काठमाडौं , २१ चैत । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
बुधबार एक तोला सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने बताएका छन । प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि नबढाउने तयारी गरेको जान्कारी दिदै सोही अनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए ।
यससँगै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरू समेट्न आग्रह गरे । ‘आउँदो वर्षको बजेट घाटा बजेट हुने छैन । ३२/३३ अर्बको हाराहारीमा बजेट आउँछ,’ उनले भने, ‘वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ । प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ ।’
प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने र त्यसका लागि गृहकार्यमा जुटेको बताए । ‘जनतामा निराशा होइन, आशा जगाउने खालका योजना ल्याउन जरुरी छ । मन छुने योजनाहरू समेट्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश स्थापना भएपछि अघिको अवस्था कस्तो थियो र अहिलेको अवस्था के छ भन्नेबारेमा समेत तुलना गरेर योजना अघि सार्न जरुरी छ ।’
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले व्यक्ति योजना माग्न आउने प्रवृत्तिको अन्त्य गर्ने र प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए । प्रदेश स्थापना भएपछि कार्यान्वयन भएका योजनाहरूको पहिचान गर्न जरुरी रहेको र यसका लागि पनि काम गर्नुपर्ने बताए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जनताको भावनालाई सम्बोधन गर्नेगरी कामको गतिलाई बढाउन जरुरी रहेको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, वन तथा वातावरण मन्त्री देवकरण कलवार, प्रमुख सचिव बावुराम अधिकारी लगायत मन्त्रालयका सचिव तथा विभिन्न क्षेत्रका विज्ञहरूले सुझावसहितको धारणा राखेका थिए ।
योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेश विकास समस्या समाधान समितिको बैठकमा चालु आर्थिक वर्षको हालसम्मको अवस्था, उपलब्धि र आगामी योजनासहितको विषय प्रस्तुत गरेका थिए ।
बैठकमा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना तथा टुक्रे आयोजनालाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्ने लगायतका विषयबारे छलफल भएको थियो । चालु आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेट विनियोजन भएका ४ हजार ३ सय ९२ आयोजना रहेका छन् भने १० लाखभन्दा कम बजेट भएका ८ हजार २ सय ६ वटा आयोजना रहेका छन् । टुक्रे आयोजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएपछि सरकारले निरुत्साहित गर्ने रणनीति अवलम्बन गर्न थालेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १८ चैत । दाङको टरिगाउँ एर्पोटमा तीन महिना पछि पुनः हवाई सेवा सन्चालनमा आएको छ । तीन महिनासम्म रोकिएको हवाइ सेवा सोमबारबाट पुनः सुरु भएको हो ।
तीन महिनापछि सोमवारदेखि टरिगाउँ विमानस्थलबाट केहि यात्रुलाई लिएर नेपाल एरलाइन्स के जहाज काठमाडौ गएको हो । नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारका अनुसार विमानको इन्जिनमा समस्या आएपछि सेवा बन्द भएको थियो।
चैत महिनामा हप्तामा दुई दिन उडान हुने र वैशाख महिनादेखि यात्रु संख्या अनुसार चार दिनसम्म सेवा बढ्न सक्ने इन्चार्ज सुनारले जानकारी दिए । विमानस्थलको धावनमार्ग ७५० मिटर मात्र भएका कारण सना जहाजले मात्रै सेवा दिने अबस्था रहेको छ ।
विमानस्थलको स्तरोन्नति र विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। यसमा धावनमार्ग १,२५० देखि १,५०० मिटर लम्ब्याउने प्रस्ताव छ। यसका लागि चार बिघा जग्गा अधिग्रहण प्रक्रिया अघि बढिरहेको छ। नेपाल सरकारले बजेट समेत बिनियोजन गरेको छ । साबिक राप्ती अञ्चलको पुरानो विमानस्थल हो । यो विमानस्थल २०११ साल देखि संचालन हुदै आएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठकले तीनकुने क्षेत्रमा भएको हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।
आइतबार सिंहदरबारमा बसेको दलहरूको बैठकले पूर्वराजाको गतिविधिलाई सामान्य मान्न नहुने बताएका हुन्।
गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिको सबै दलले भर्त्सना गरेको बताए। उनले संविधान समाप्त गर्ने खेलमा पू्र्वाराजा ज्ञानेन्द्र लागेको दलहरूको आरोप रहेको बताए। दलका नेताहरूले पूर्वराजालाई कारबाही गर्नुपर्ने आग्रह गरेको उनको भनाइ छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि भइरहेको षडयन्त्रमाथि दलहरूबीच छलफल भयो। धेरै लामो संघर्ष र बलिदालीपछि यो व्यवस्था आएको छ। त्यसकारण यो संविधानको रक्षा गर्ने कुरामा हामी सबै एकमत छौं। यसै व्यवस्थाको माध्यमबाट नागरिकलाई थप सुविधा र समृद्धिमा लैजान सकिने निष्कर्ष निकाल्यौं। तर, व्यवस्था उल्ट्याउने र संविधान समाप्त गर्ने गतिविधिलाई सामान्य मान्न सकिँदैन। चैत १५ गते बर्बरतापूर्वक भएको घटनाका दोषी पूर्वराजा ज्ञानेन्द्र हुन् भन्ने सबै दल एकमत छन्,’ ।
फागुन ७ गतेपछि पूर्वराजा ज्ञानेन्द्रले संविधान विपरीत गतिविधिमा लागेको आरोप लगाए। ‘फागुन ७ गतेपछि पूर्वराजाले जुनखालका गतिविधि गरेका छन्। र, चैत १५ मा जुन हिंसात्मक घटना घटाइएको छ। संविधान विरोधी त्यस्ता गतिविधि सह्य छैन। क्षम्य हुँदैन,’ गृहमन्त्री लेखकले भने।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ , १७ चैत । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
२०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनामै इदमा बिदाको दिने उल्लेख थियो । सोहि अनुसार बिदा दिएको गृह मन्त्रालयली जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १७ चैत । तीनकुने घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले सूचना माग गरेको छ । प्रहरीले फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन माग गरेको हो ।
“मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध छ,” प्रहरीले माग गरेको सूचनामा भनिएको छ ।
सूचना र सूचनाकर्ताको गोपनीयता कायम राख्ने पनि प्रहरीले जनाएको छ ।

२२ सय व्यक्ति फरार सूचिमा
वासिङ्टन डीसी, १७ चैत । अमेरिकामा विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो ।
एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले एक विज्ञप्तिमा भनेको छ । विमानले एक पटकमा ६ जनासम्म बोक्न सक्थ्यो । विमानमा सवार कोही पनि जीवित नरहेको बताइएको छ । घरका बासिन्दाहरू घाइते नभएको तर घर आगलागीबाट पूरै नष्ट भएको ब्रुकलिन पार्कका प्रवक्ता रिसिकत अदेसाओगुनले बताएका छन् ।
विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एफएएले बताएको छ । विमान अनोका काउन्टी–ब्लेन विमानस्थलमा अवतरण हुन जाँदै थियो । यो मिनियापोलिसको अर्को उपनगरमा अवस्थित छ । घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ १६ चैत। काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा झन्डै ८ लाख रुपैयाँ जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।
कुन शीर्षकमा कति जरिवाना ?
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
दमकल तोडफोड- रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड ६३ हजार
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, १५ चैत । काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार भएको छ।
राजावादी समर्थकहरूले निषेधिक क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ जान खोजेपछि धकेलाधकेल भएको थियो। भिड अनिन्यत्रित तरिकाले अघि बढ्न र प्रहरीमाथि जाइलागेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। भिडले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेको छ। यसअघि प्रहरीले भिड नियन्त्रणका लागि पानीको फोहोरा प्रहार गरेको थियो।
राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौँको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्याली निकालेको छ। प्रदर्शनकारीलाई प्रशासनले तीनकुनेमा सभा गर्न ठाउँ उपलब्ध गराएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ चैत । तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ।
दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । बिहिबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो भारतको बहराइचमा दुर्घटना भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राम बहादुर जिसीले भारत्मा भएको दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजि ३७ वर्षिय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको खबर प्रप्त भएको बताए । यस्तै अन्य तीन जना रहेका छन । उनीहरुको नाम नखुलेको उनले बताए ।
गाडीमा नौ जना सवार रहेको र ५ जना घाइते भएका छन ।गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको अनुमान गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस