दाङ, ६ चैत । राप्ती बबई क्याम्पस, तुलसीपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रह्दै नेपाल विद्यार्थी संघको प्यानल जित नजिक पुगेको छ ।खसेको १४ सय मतमा गणना भएको एकहजार मतमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मतान्तर ठूले बनाउदै जित नजिक पुगेको हो ।
अध्यक्ष पदमा नेविसंघका प्रमोद भण्डारीले ५११ मत प्राप्त गर्दै अग्रता लिएका छन्। गठबन्धनका उम्मेदवार लेखमणि खत्री (लक्ष्मण) २६६ मतमा छन । स्वतन्त्र उम्मेदवार कोमल बहादुर वलि (के.बी.)ले १०८ मत प्राप्त गरेका छन् भने कृष्ण के.सी. (डेबिट)ले २१ मत पाएका छन्।
सचिव पदमा निकै प्रतिस्पर्धा देखिएको छ। नेविसंघका टोप बहादुर वलिले ४१४ मत प्राप्त गरेका छन् भने गठबन्धनकी सोनिया थापा ४०७ मतका साथ पछ्याउँदै गएकी छ । स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले ३८ मत प्राप्त गरेकी छन ।
कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवारले अग्रता लिएका छन्। शिक्षा नेपालीले ४४६ मत प्राप्त गर्दा गठबन्धनका तिलक राज डाँगीले ३२८ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार आशिक मियाले ६६ मत ल्याएका छन्। सदस्यमा पनि नेपाल विद्यार्थी संघ को भारी मतका साथ अगाडी रहेका छ्न ।
स्ववियु निर्वाचन : राप्ती बबई क्याम्पस तुलसीपुर दाङ अपडेट । १००० मत गणना हुदा…
अध्यक्ष पदका उम्मेदवारहरू
- प्रमोद भण्डारी ( नेविसंघ ) – ५११
- लेखमणि खत्री (लक्ष्मण) ( गठबन्धन ) – २६६
- कोमल बहादुर वलि ( के बि ) ( स्वतन्त्र )- १०८
- कृष्ण के सि ( डेबिट ) ( स्वतन्त्र ) – २१
सचिव पदका उम्मेदवारहरू
- टोप बहादुर वलि ( नेविसंघ ) – ४१४
- सोनिया थापा ( गठबन्धन ) – ४०७
- अंकिता डाङ्गी ( स्वतन्त्र ) – ३८
कोषाध्यक्ष – पदका उम्मेदवारहरू
- शिक्षा नेपाली ( नेविसंघ ) – ४४६
- तिलक राज डाङ्गी ( गठबन्धन ) – ३२८
- आशिक मिया ( स्वतन्त्र ) – ६६
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ५ चैत । राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा स्ववियु चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।आज भएको निर्बाचनमा कुल मतदाता संख्या ३३१४ रहेकोमा जम्मा १४१७ मत खसेको थियो ।
मतदान शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई क्याम्पसले धन्यबाद ज्ञापन गरेको हो ।
संचालक समितिका अध्यक्ष श्यामकुमार रेग्मी र क्याम्पस प्रमुख गणेश पार्धेले निर्वाचनमा सहयोग गर्ने समिति,सुरक्षाकर्मी पत्रकार,राजनीतिक दल, विद्यार्थी संगठन ,प्राध्यापक एवम कर्मचारिहरुलाई धन्यबाद ज्ञापन गरिएको छ ।
आजै साझ देखि मतगणना सुरु गर्ने तयारि भएको निर्वाचन अधिकृत दीपक पौडेलले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , ४ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।
आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन्। उनी विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । अ
महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए। यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए।
२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो। थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
लमही, ४ चैत ।
नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चाैथाे जीत हासिल गरेकाे छ । लुम्बिनीका स्पिनरले कसिलाे बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अाज भएको खेलमा १५९ रनकाे विजयी लक्ष्य पछ्याएकाे मधेश प्रदेशका कुनै पनि खेलाडीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा लुम्बिनीले ८३ रनकाे सानदार जीत निकाल्याे।
युवा खेलाडी सम्मिलित लुम्बिनीका खेलाडीले मधेशका चार खेलाडीलाई बाेल्ड गर्दा ३ खेलाडी एलबीडब्लू आउट भए । १-१ जना स्पम्पिङ आउट, रनआउट र क्याच आउटकाे सिकार हुँदै २५ दशमलव ५ अाेभरमा सबै विकेट गुमाएर मधेश प्रदेशका खेलाडीले जम्मा ७५ रन जाेडे ।मधेशका लागि दीपेश दासले ५९ बल खेलेर १ चाैकासहित २३ रन बनाएर रनआउट हुन पुगे । हरिशंकर शाहले ३३ बलमा १ चाैकासहित १४ रन जाेडेर विप्रसन केसीको बलमा एलबीडब्लू आउट भए ।
पहिलाे अाेभरमा राम्रो शुरुवात गरेकाे मधेशका लागि हतारिएर ब्याटिङ गर्दा सस्तैमा समेटिए ।पहिलाे पावर प्लेमा ३३ रन जाेड्दा ४ विकेट गुमाएको मधेश प्रदेश २६ दशमलव ५ अाेभरमा अलअाउट भयाे ।
मधेशका लागि दुई जना बाहेक अरु कुनै पनि खेलाडीले दाेहाेराे अंककाे रन जाेड्न सकेनन् । कप्तान अनिल साह ६ रनमा स्पम्पिङ अाउट हुँदा राेशन बिक ४ रनमा रमेश कुर्मीकाे बलमा बाेल्ड भए ।मयन यादव २ रन, पवन सर्राफ १ रन, प्रदीप पासवान ८ रन, रुपेश सिंह ९ रन, कमल गुप्ता २ रन बनाएर पेभेलियन फर्किँदा विशाल पटेल र रञ्जित कुमारले खाता नै खाेल्न सकेनन् ।मधेशकाे टीमदाई धरासयी बनाउन रमेश कुर्मीले ८ अाेभरमा २ मेडनसहित जम्मा १० रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए ।
विप्रसन केसीले ५ अाेभरमा ३ मेडनसहित जम्मा ७ रन दिएर ३ विकेट लिए ।कप्तान देव खनालले २ अाेभरमा ८ रन दिएर १ विकेट, अजय चाैहानले ७ दशमलव ५ अाेभरमा २ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए । लुम्बिनी प्रदेशका लागि ७३ रन बनाउँदै जीतका आधार तय गरेका आकाश त्रिपाठी प्लेयर अफ द म्याच भए ।
यसअघि, युवा ब्याटर आकाश त्रिपाठीले धैर्यतापूर्ण ब्याटिङ गर्दै ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले १५८ रन बनाएकाे थियाे ।टस हारेर ब्याटिङकाे निम्तो पाएकाे लुम्बिनी प्रदेशले ४६ अाेभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएकाे थियाे ।
लुम्बिनीका लागि मध्यम लक्ष्य बनाउन आकाशले १२३ बलकाे सामना गर्दै १ छक्का र ६ चाैकाकाे मद्दतमा ७३ रनकाे याेगदान दिए । उनले अर्धशतक बनाउन १०५ बल खेले । ६० रनमा पाँच विकेट गुमाई सकेकाे अवस्थामा आकाश त्रिपाठी र कृष्ण कार्कीले धैर्यता देखाउँदै ७५ रनकाे साझेदारी गरेपछि लुम्बिनीले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएकाे हाे । विशाल पटेलकाे बलमा बाेल्ड हुँदै ७३ रनमा आकाश आउट भएपछि लुम्बिनीका लागि कृष्ण कार्कीले पारी केही उकासे । कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चाैकाकाे मद्दतमा ३३ रन बनाए ।
कप्तान देव खनाल २५ बल खेल्दै २ चाैकाकाे मद्दतमा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबीडब्लूकाे सिकार भए । लुम्बिनीका अरु खेलाडी सस्तैमा आउट भए । अाेपनरद्वय मृनाल गुरुङले ६ रन, मनिष थापाले ५ रन बनाए । नरबहादुर सार्कीले ५ रन, अजय चाैहानले ४ रन, निर्मल गुरुङ र विप्रसन केसीले समान ३-३ रन, प्रज्वल थापा र रमेश कुर्मले १-१ रन जाेडे ।
पहिलाे १० अाेभरमा जम्मा २९ रन बनाउँदा दुवै अाेपनर गुमाएकाे लुम्बिनीले २३ अाेभरकाे समाप्तिमा पाँच विकेट गुमाएर जम्मा ६० रन बनाएकाे थियाे । त्यसपछि लुम्बिनीका खेलाडी सम्हालिएर खेल्दा मध्यम लक्ष्य बनाउन सफल भएको हाे । मधेश प्रदेशका कमल गुप्ताले निकै कसिलाे बलिङ गर्दै १० अाेभरमा ४ मेडनसहित ३२ रन खर्चेर ३ विकेट हात पारे । विशाल पटेलले पनि किफायती बलिङ गर्दै ३ विकेट लिए । उनले ५ अाेभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिँदा हरिशंकर शाहले ५ अाेभरमा १ मेडनसहित १४ रन दिएर १ विकेट लिए । रञ्जित कुमारले १० अाेभरमा ३२ रन दिएर १ विकेट लिँदा प्रदीप पासवानले पनि ८ अाेभरमा २१ रन दिएर १ विकेट लिए ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चौथो स्थानमा लुम्बिनी र पाँचौं स्थानमा मधेश प्रदेश रहेकाे छ ।अहिलेसम्म ४ खेल खेलीसकेको लुम्बिनीले ३ खेलमा जीत र १ मा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहँदा ४ खेल खेलीसकेको मधेश प्रदेश १ खेलमा जीत र दुईमा हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा यथावत छ ।
लुम्बिनीले यसअघि कोशी प्रदेशलाई २६ रनले हराएको थियो । नेपाल पुलिस क्लबसँग ८७ रनले हारेको लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रन र वाग्मती प्रदेशलाई ४८ रनले हराएको छ ।
यसैगरी, मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको थियो । विभागीय टीम एपीएफ क्लबसँग २ विकेट र नेपाल पुलिस क्लबसँग १९३ रनले हारेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ४ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेर कोषाध्यक्ष भोलाप्रसाद थापा लोकप्रिय उम्मेदवार बनेका छन्।
थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न ब्यक्ति हुन
खानेपानीमा खानेपानी निर्वाचनमा कुल खसेको मतको झण्डै ४७% मत प्राप्त गरेर उपभोक्ता माझ थापा लोकप्रिय देखिएका हुन्। यसअघि स्वतन्त्र रूपमा उम्मेद्वार बनेका थापा कोषाध्यक्ष पदम लोकप्रिय मत ल्यएरै निर्वाचित भएका थिए । थापा यसपटक कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबाट कोषाध्यक्षका उम्मेदवार बनेका थिए। उनले आफ्ना प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतान्तरले कोषाध्यक्षमा विजय भएका छन उनलाई यो निर्वाचनमा लोकप्रिय मत प्राप्त भएको छ । भोला थापाले ३२७८ मत ल्याउँदा प्रतिपक्षले १४२३ मत मात्र प्राप्त गरेको छन ।
खानेपानी संस्थालाई आर्थिक सुशासनमा अब्बल भएका थापा यसपटक पनि उपभोक्ताहरूले पूर्ण रुपमा रुचाएको देखिएको छ । एक कार्यकाल कोषाध्यक्षमा काम गरिसकेका थापाले तुल्सीपुर खानेपानीको कोषलाई व्यवस्थापन सहित आर्थिक सुशासन र पारदर्शिता अपनाएका थिए । यहि देखेर उपभोक्ताहरूले उनीमाथि थप विश्वास व्यक्त गरेका छन ।
हँसिला मिजासिला र सबैसँग मिल्न सक्ने क्षमता रहेका थापा सबै उपभोक्ता माझ चर्चित छन ।
कोषाध्यक्ष पदमा भोलाप्रसाद थापाले ३२६८ मत प्राप्त गरी सबै उम्मेदवारहरुमा लोकप्रिय मत प्राप्त गरेक हुन । उनको निकटतम प्रतिस्पर्थी एमालेकी सुशिला न्यौंपानेले १४२३ र माओबादीका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गरे ।
थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न ब्यक्ति हुन । प्रतिस्पर्धीमा सबैभन्दा बढी मतान्तर पनि कोषाध्यक्षमै भएको छ। भने सबैभन्दा बढी मत पनि कोषाध्यक्ष भोला थापाले प्राप्त गरेका हुन् ।
निर्वाचनमा तीन वट प्यानलमा निर्वाचन भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ४ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थामा नयाँ नेतृत्व आएको छ। निर्वाचन मार्फत तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व आएको हो । खानेपानीमा काङ्ग्रेस समर्थित लोकतान्त्रिक प्यानलका ८ जनस उम्मेदवर हरु निर्वाचन भएका छन । सचिवमा एमाले र राप्रपा समर्थित उम्मेदवार विजय भएका हुन । नौ सदस्य कार्यसमिति रहेको खानेपानीमा आठ जना नेपाली कांग्रेस समर्थित र एकजना एमाले राप्रपा समर्थित निर्वाजित भएका छ्न ।
तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा दोस्रो कार्यकालका लागि लोकतान्त्रिक प्यानलका यमकान्त भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । नौ जना पदाधिकारी मध्य एक जना बाहेक सबै पदहरुमा काँग्रेस उम्मेदवार निर्वाचित भएका हुन ।
सोमबार बिहान सार्वजनिक अन्तिम मत परिनाम अनुसार नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भण्डारीले दुई हजार नौं सय ६९ मत प्राप्त गरि बिजयी भएका हुन । भण्डारी यसअघि पनि खानेपानीको अध्यक्ष थिए ।
निर्वाचन समितिका संयोजक प्रदीपकुमार धितालका अनुसार २९६९ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले २३८१ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित भण्डारी निकटतम प्रतिष्पर्धी शर्मा भन्दा ५८८ मत बढी प्राप्त गरि निर्वाचित भएका हुन ।
अर्का नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले १२१३ मत प्राप्त गरे । उनीलाई राप्रपाले सहयोग गरेको थियो ।
लामिछाने प्राप्त गरेको मत अध्यक्षमा निर्वाचित भण्डारी भन्दा १७५६ले कम हो । लामिछाने शर्मा भन्दा ११६८ मत कम प्राप्त गरे ।
उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्मा निर्वाचित भएका छन् । २७०६ मत प्राप्त गरि शर्मा निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसीले १९०३ र अर्का प्रतिपर्धी माओबादीका दुर्गाप्रशाद भण्डारीले १४२० मत प्राप्त गरे । काँग्रेसका शर्माले राप्रका केसी भन्दा ८०३ र माओबादीका भण्डारी भन्दा १२८६ मत बढी मत प्राप्त गरि निर्वाचित भएका हुन ।
सचिव पदमा भने नेकपा एमालेका भुवन भुसाल निर्वाचित भए । भुसालले २४५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार गौतमले २४१३ मत प्राप्त गरे । यी दुई बीचको मतान्तरण ३८ छ ।
मतगणनाको सुरुमा परिनाम सार्वजनिक हुँदा भुसालको अग्रता थियो । त्यसपछि भने काँग्रेसका गौतमले अग्रता लिएका थिए ।
यी दुई बीचको रोचक प्रतिष्र्धाका बीच अन्तिममा भुसाल झिनो मतान्तरले निर्वाचित भएका हुन । सचिव पदका अर्का उम्मेदवार माओबादी केन्द्रका रुद्रबहादुर वलीले १०९५ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै भोलाप्रसाद थापा बिजयी भएका छन । थापाले निर्वाचनमै सबैभन्दा लोकप्रिय मत प्राप्त गरे । थापा ३२६८ मत प्राप्त गरि निर्वाचित हुदा निकटतम प्रतिस्पर्थी एमालेकी सुशिला न्यौंपानेले १४२३ र माओबादीका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गरे ।
थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न सफल भए ।
सदस्य तर्फका पाँचै सिट नेपाली काँग्रेसका उम्मेदवारले जितेका छन् । खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) २५०७ र बुद्धिराम चौधरी २१२० मत प्राप्त गरि निर्वाचित भए । अन्य दलका उम्मेदवारहरुले आधा कम मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्य तर्फ सुष्मा अधिकारी २४५९ , लुमा बुढा मगर २३८५ र शारदी सार्कीले २१४८ मत प्राप्त गरि निर्वाचित भए ।
शनिबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार १ सय ८२ मत खसेको थियो ।निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए । निर्वाचनमा दलित उम्मेदवार प्तानल सहित नेतृत्वको प्रतिस्पर्धामा थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३ चैत । तुलसीपुर खानेपानी निर्वाचनमा२१८१ मत गणना हुँदा गर्दा कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता कायमै रहेको छ । सुरु देखिकै निरन्तता रहिरहेको छ ।
पदाधिकारीमा आएको प्यानल अनुसारको मत परिणाम ।
१. (कांग्रेस)प्यानल
अध्यक्ष : यमकान्त भण्डारी ९५०
उपाध्यक्ष : नारायणप्रसाद शर्मा ९५१
सचिव : रञ्जन कुमार गाैतम ८५८
कोषाध्यक्ष : भाेला प्रसाद थापा १०१२
२. (माओवादी-विप्लव-जनमोर्चा)प्यानल
अध्यक्ष : सिताराम शर्मा (माओवादी केन्द्र ) ७४१
उपाध्यक्ष : दुर्गा प्रसाद भण्डारी (जनमाेर्चा) ३४६
सचिव : रूद्रबहादुर वली (विप्लव) ४४०
कोषाध्यक्ष : कर्णबहादुर वली (माओवादी केन्द्र) ३५२
३. (एमाले-राप्रपा)प्यानल
अध्यक्ष : मनाेज लामिछाने (एमाले) ४७८
उपाध्यक्ष : लक्षमण केसी(राप्रपा) ६४१
सचिव : भुवन भुषाल (एमाले) ७०९
कोषाध्यक्ष : शुसिला न्याैपाने (एमाले) ६२६
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , २ चैत । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। घटाइएको मूल्य राति १२ बजेदेखि लागू हुने छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २ चैत । तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले अभिभावक शिक्षा कार्यक्रम गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको सभापतित्वमा तथा प्रमुख प्रशिक्षक प्रतीक्षा गौतम को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
गौतमले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो गुरु अभिभावक भएको भन्दै अभिभावक चनाखो हुनु पर्ने बताइन । बालबालिकाहरूलाई कुनै पनि नियममा राख्दाखेरि त्यो आफूबाटै लागू गर्नुपर्ने भनाइ थियो। पछिल्लो अवस्थामा अभिभावकहरूले भनेको बच्चाहरूले नमान्ने, नटेर्ने, अटेरी गर्ने र बालबालिकाहरु बिग्रिदै गएका गुनासाहरु विद्यालयमा आइरहँदा अभिभावक शिक्षा आजको आवश्यकता भएको महसुस गरी यस्तो खालको कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल छवि कुमार वलीले बताए । वलीले अभिभावकले आज सिकेका कुराहरू व्यवहारमा लागू गर्न सके मात्र छोराछोरीको भबिष्य सोचेको जस्तो हुने कुरामा विश्वस्त गरे । कतिपय कुराहरू सही हो भनेर गर्दागर्दै गलत गरिराखेका रहेछौं आजको अभिभावक शिक्षा कार्यक्रमले हाम्रो आँखा खोलिदिएको छ। हामी हर्षित छौं अभिभावक सीताचन्द डांगीले भने ।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीले बुवाआमा शीर्षकको कविता वाचन गरेका थिए । विद्यालयका एकाडेमिक हेड तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गरेक थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २ चैत्र । अनुभवको संगालो कवितासंग्रह प्रकाशन भएको छ । कवि सूर्यप्रसाद पौडेलले कविता संग्रह प्रकाशनमा ल्याएका हुन ।
पूर्व शिक्षक तथा साहित्यकार पौडेलले जीवन भोगाइमा आधारित कवितसंग्रह प्रकाशनमा ल्याएका हुन्। कथा संग्रहको शनिबार एक कार्यक्रमका बीच तुलसीपुरमा विमोचन गरिएको छ। दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा कविता संग्रह विमोचन कार्यक्रम गरिएको हो।
वरिष्ठ साहित्यकार गणेश बिशमले कविता संग्रहको विमोचन गरेका हुन् । कवि सूर्यप्रसाद पौडेलले आफ्नो जीवनमा भएका अनुभवहरूलाई कवितामा रूपान्तरण गरेर कृति प्रकाशन गरेको बताए । उनले यो संग्रह भित्र जीवन भोकाइएका कथाहरू रहेको र विसं २०५० सालदेखि अहिलेसम्मका विभिन्न समयमा लेखिएका कविता समाबेश गरिएको गरिएको जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा कृति समीक्षक दीपक कुमार आचार्यले कविता संग्रहले यस क्षेत्रको साहित्य क्षेत्रलाई थप मद्दत पुर्याएको बताए। उनले जीवन भोगाइ र समग्र अवस्थाको विषयमा कवितासंग्रहले चित्रण गरेको बताए। कार्यक्रममा मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कविता संग्रह प्रकाशक धर्मराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संग्रहको विषयमा कवि सूर्यप्रसाद पौडेलले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिव ले सहजीकरण गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस