फागुन १६, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन्। संघको शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय तदर्थ समिति विघटन गर्दै सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा दीपेन्द्र शाह र योगेश मल्ल, सचिवमा लक्ष्मण बस्नेत, कोषाध्यक्षमा भुपेन्द्र डाँगी चयन भएका छन्। सदस्यहरूमा राम भट्टराई, रीता थापा, ज्ञानुमाया बुढाथोकी, फर्साराम गौतम, माधव सुवेदी, भरत दर्नाल, पुरुषोत्तम पोखरेल र प्रदीप बस्याल रहेका छन्।
साधारण सभा तथा अधिवेशन उद्घाटन समारोह संघका अध्यक्ष अजय केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार र लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिट्नेस संघका सदस्य खिम जिएम विशेष उपस्थित थिए।
सो अवसरमा वक्ताहरूले फिट्नेसको विकास र विस्तारमा नयाँ नेतृत्वलाई सक्रिय भूमिका खेल्न सुझाव दिएका थिए। शरीरको सुन्दरता मात्र नभई स्वस्थ जीवनशैलीका लागि पनि फिट्नेस महत्त्वपूर्ण भएकाले यसलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
त्यसैगरी, पहिलो बैठकले संघलाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझावका लागि सल्लाहकार समिति पनि गठन गरेको छ। अध्यक्ष अजय केसीको अध्यक्षतामा बसेको बैठकले आशिष कुमार श्रेष्ठ, दीपेन्द्र रिजाल, खिम जिएम, सुवर्ण बस्नेत, र मञ्जित बाठालाई सल्लाहकार चयन गरेको हो।
कार्यक्रममा जिल्ला भित्रका फिट्नेस क्लबका सञ्चालक, खेलाडी, खेलप्रेमी, युवा व्यवसायी तथा संघका पूर्व पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन संघका सचिव लक्ष्मण बस्नेतले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी। भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लाको बद्रीनाथ क्षेत्रमा शुक्रबार गएको ठूलो हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन्। हालसम्म १६ जनालाई उद्धार गरिए पनि ४१ जना अझै बेपत्ता छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले हिमपहिरो प्रभावित क्षेत्रमा व्यापक उद्धार कार्य भइरहेको जानकारी दिएका छन्। उनले भने, “सीमा सडक संगठन (बीआरओ) का कामदारहरू मानानजिकै काम गरिरहेका बेला अकस्मात् हिमपहिरो खस्दा धेरै जना हिउँमुनि परेका छन्। उद्धारका लागि सेना र अन्य सुरक्षा निकाय परिचालित छन्।”
हिमपहिरोमा परेकामध्ये गम्भीर घाइते भएका व्यक्तिहरूलाई मानानजिकै रहेको सेनाको क्याम्पमा उपचारका लागि पठाइएको छ। तर, भारी हिमपातका कारण उद्धार टोलीलाई कठिनाइ भइरहेको भारतीय अधिकारीहरूले बताएका छन्।
प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेका अनुसार उद्धार कार्यमा सेनाका विशेष टोली, बीआरओ, राज्य आपत्कालीन टोली र स्थानीय प्रशासन सक्रिय छन्। “हामी बाँकी फसेका कामदारहरूको उद्धारका लागि सबै प्रयास गरिरहेका छौँ,” उनले भने।
उक्त क्षेत्र उच्च हिमाली भूभागमा पर्ने भएकाले हिउँपहिरोको जोखिम पनि उत्तिकै रहेको उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १६ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि कोलकाता डाइभर्ट गरिएको छ।
परराष्ट्रमन्त्रीका सल्लाहकार एकराज पाठकका अनुसार कतार एयरलाइन्सको उक्त विमान दोहाबाट काठमाडौं आउँदै थियो। काठमाडौंमा अवतरणको धेरै प्रयास भए पनि निरन्तर खराब मौसमका कारण सुरक्षित रूपमा अवतरण गर्न नसक्दा विमानलाई कोलकाता मोडिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१६ फागुन । पर्सामा ३५ सय रुपैयाँको विवादका कारण एक युवकको हत्या भएको छ । आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् । प्रहरीका अनुसार उनीहरूले आफ्नै साथी इशालप्रसाद कुर्मीलाई हत्या गरेको स्वीकार गरेका छन् ।
घटनाको विवरणअनुसार, फागुन ७ गते इशालप्रसाद कुर्मी आफ्ना छिमेकी साथीहरूसँग तास खेल्न गएका थिए । तास खेल्ने क्रममा ३५ सय रुपियाँको विषयमा विवाद भएको थियो । विवादकै क्रममा मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीले मिलेर इशालप्रसाद कुर्मीको हत्या गरी उनको शव भेडाहा खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार फागुन ७ गते घरबाट काम गर्न निस्किएका इशालप्रसाद कुर्मी अबेर रातिसम्म नफर्किएपछि परिवारले फागुन ८ गते प्रहरीमा निवेदन दिएका थिए । खोजीका क्रममा फागुन ११ गते भेडाहा खोलामा कुर्मीको शव फेला परेको थियो ।
हाल प्रहरीले पक्राउ परेका तीन जनालाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको छ । घटनाका थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दिया ,१६ फागुन । बर्दियामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ एकजना गम्भीर घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा एकको मृत्यु भएको हो ।
बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले बताए ।
गम्भीर घाइते भएका चालक मख्खुरामलाई उपचारार्थ शिक्षण अस्पताल नेपालगन्ज लगिएको उनले बताए । प्रहरीले ठक्कर दिने भे १ स ८६३२ नम्बरको अटोका चालक ठाकुरबाबा–२ तिनघरुवाका ४७ वर्षीय धनीराम थारुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
सुनसरी,१६ फागुन । लगातार दुई दिनसम्म परेको असिनासहितको हुरीबतासले सुनसरीका किसानले लगाएको केराखेतीमा ठूलो क्षति पुर्याएको छ। हुरीका कारण इनरूवा, भोक्राहा नरसिंह, गढी गाउँपालिका, हरिनगर र देवनागञ्ज क्षेत्रका अधिकांश केराका बोट ढलेका छन्।
भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान जब्बार मियाँले १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका थिए। करिब ५० लाख रुपैयाँ लागतमा गरिएको यो खेती हुरीबतासका कारण तहसनहस भएको छ। मियाँले बताएअनुसार दुई महिनापछि बजार पठाउन मिल्ने अवस्थामा रहेका केरा नष्ट हुँदा किसानलाई ठूलो आर्थिक क्षति पुगेको छ।
उनकै जस्तै इनरूवा–८ का खुर्सीद अन्सारीले दुई बिघामा नौ लाख रुपैयाँ लगानी गरेर केराखेती गरेका थिए। तर, हुरीका कारण उनको खेतमा लगाएको अधिकांश केराका बोट ढलेका छन्। “लगानी उठाउने आशामा थियौं, तर प्राकृतिक प्रकोपले सबै नोक्सान गर्यो,” उनले भने।
इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताका अनुसार सुनसरीका विभिन्न स्थानमा गरी करिब १०० बिघा क्षेत्रफलमा गरिएको केराखेतीमा व्यापक क्षति पुगेको छ। “करिब एक करोड रुपैयाँ बराबरको केराखेती नष्ट भएको छ,” मेहताले बताए।
हुरीबतासका कारण केवल केराखेती मात्र नभई गहुँ र मकै खेतीमा पनि क्षति पुगेको स्थानीय किसानहरू बताउँछन्। किसान श्यामकुमार यादवका अनुसार यस वर्ष सुनसरीमा केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको छ।
कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा वार्षिक रूपमा ५२० हेक्टर (१,००० बिघा) क्षेत्रफलमा केराखेती हुँदै आएको छ। “हुरीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिँदै छ, आवश्यक राहतका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ,” उनले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ १६ फागुन । सिन्धुपाल्चोकमा भूकम्प गएको छ। शुक्रबार बिहान २बजेर ५१मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पका कारण जिल्लामा सामान्य क्षति भएको छ भने मानवीय क्षति नरहेको प्रशासनले जनाएको छ।
प्राप्त जानकारीअनुसार, भूकम्पका कारण सिन्धुपाल्चोक कारागारका एक कैदी भाग्ने क्रममा लडेपछि हात भाँचिएको छ। उनलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
यसैगरी, कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। “जवानहरू बस्ने भवनको भित्ता सामान्य चर्किएको छ, थप क्षति नभएको रिपोर्ट आएको छ,” प्रजिअ थापाले बताए।
भूकम्पकै कारण भोटेकोशी गाउँपालिका–३ दुगुनागढी क्षेत्रमा पहिरो खसेको छ। प्रशासनले थप विवरण संकलन गरिरहेको छ भने सुरक्षाकर्मी र स्थानीय तहका प्रतिनिधिहरू क्षतिको मूल्यांकनमा जुटेका छन्।
स्थानीय प्रशासनले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरी तथा अन्य सुरक्षा निकायलाई सम्भावित जोखिम क्षेत्रहरूबारे जानकारी संकलन गर्न निर्देशन दिइएको छ।
(
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ फागुन। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजना । तुलसीपुर-६ स्थित हात्तिखौवामा जारी महोत्सवमा आज पनि चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ सुरु भएको दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सव-२०८१मा शुक्रबार चर्चित लोकदोहोरी गायक कृष्ण रेउले,नरेश खाती,गायिका ,रेश्मा पुन,आशा वि.सी.,शिवा संगीत ,दोषहरण चौधरी , गीता सेन्चुरी लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए।
तुलसीपुर चेम्बर अफ कमर्स आयोजनामा जारी महोत्सवमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। महोत्सवमा कृषि, व्यापार, तथा मनोरञ्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आज चर्चित कलाकारहरूको प्रस्तुति रहने भएकाले थप दर्शक आकर्षित हुने आयोजकको विश्वास छ।
सोह्रौं दिनको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूका प्रस्तुति, लोकदोहोरी, सामूहिक लोकनृत्य, बालउद्यान, आकर्षक थारु गाउँ, रोटे पिङ लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत रहनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ फागुन । दाङको तुलसीपुरमा जारी दोस्रो कृषि पर्यटन सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ को १५औ दिन पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ। महोत्सवमा बिहिबार चर्चित कलाकारहरू अनु चौधरी,गोपाल नेपाल (जी.एम.), र सुनिता परियारले प्रस्तुति दिने भएका छन्।
तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालनमा रहेको महोत्सवमा कृषि, पर्यटन, संस्कृति र व्यापार प्रवर्द्धनका विविध कार्यक्रमहरू भइरहेका छन्।
पन्ध्रौँ दिनको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूका प्रस्तुति, लोकदोहोरी, सामूहिक लोकनृत्य, बालउद्यान, आकर्षक थारु गाउँ, रोटे पिङ लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत रहनेछन्।
महोत्सवको यस विशेष कार्यक्रममा उद्घोषकको रूपमा माधवी जी.एम., सन्तोष के.सी., र कोष खड्का रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए।
महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ फागुन । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका कविराज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। फागुन १४ गते (हिजो) साझ तुलसीपुर उपमहानगरपालिका-८ चमिखोला नजिक भएको मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका थिए।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४८ वर्षीय लक्ष्मीप्रसाद थारु र पछाडि सवार तुलसीपुर-१ निवासी ३५ वर्षीय कविराज चौधरी घाइते भएका थिए। कविराजलाई टाउको र पेटमा गम्भीर चोट लागेको थियो।
गम्भीर अवस्थामा रहेका चौधरीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।
उनि तुलसीपुर उपमहानगरपालिकाको सरसफाइ शाखामा कार्यरत रहेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चालक लक्ष्मीप्रसाद थारुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस