काठमाडौ,२३ वैशाख। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श कार्यक्रम तय गरिएको हो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरूसँग संविधान संशोधनका विविध विषयमा छलफल गर्न लागेको हो।
कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनसम्बन्धी आवश्यक सुझाव संकलन गरिनेछ। उनले प्राप्त सुझावलाई बहसपत्र तयारी प्रक्रियामा समेटिने पनि जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ वैशाख । दाङ प्रहरीले एकसाताको अवधिमा १८ सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले वैशाख १५ गतेदेखि २१ गतेसम्मको अवधिमा २ वटा जेसिबी, ६ वटा टिप्पर र १० वटा ट्याक्टर गरी जम्मा १८ सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनबाट गरिएको कारबाहीमार्फत ४ लाख ५२ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, सोही अवधिमा प्रहरीले १२ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। पक्राउ परेकामध्ये उनीहरूबाट ४ वर्ष ९ महिना १० दिनको कैद सजाय कार्यान्वयन हुनुका साथै ५ हजार रुपैयाँ आर्थिक जरिवाना असुलउपर हुने प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाठौ, २३ वैशाख। अर्गावन कमर्शल कम्प्लेक्समा भएको भीषण आगलागीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा पर्ने अन्डिशे सहरस्थित उक्त कम्प्लेक्समा आगालागी भएको हो ।
सरकारी सञ्चारमाध्यम आइआरआइबीका अनुसार आगलागीबाट ठूलो मानवीय क्षति भएको हो। उक्त बहुउद्देश्यीय भवनमा २५० भन्दा बढी व्यापारिक एकाइ सञ्चालनमा रहेका थिए।
इरानी विद्यार्थी सङ्गठन (आइएसएनए)ले अन्डिशे अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समय अनुसार बेलुका ४ः४० बजे आगलागी सुरु भएको जनाएको छ। भवनको अग्रभागमा प्रयोग गरिएको मिश्रित सामग्रीका कारण आगो छिट्टै फैलिएको पाइदारनको भनाइ छ।
उद्धार तथा खोजी कार्य जारी रहेको जनाइएको छ। रेड क्रिसेन्ट सोसाइटीका अनुसार तालिम प्राप्त कुकुरसहित उद्धार टोली घटनास्थलमा खटिएको छ र घाइतेहरूको उपचार तथा हराइरहेकाको खोजी भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ वैशाख। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि रूपमा बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले उकालो लाग्दा चाँदी पनि १७५ रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार भने सुनको भाउ २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन देखिँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२वैशाख । मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा पहिरो जाँदा स्काभेटर चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका–७ टाडीगाउँमा सडक खन्ने क्रममा माथिबाट ढुंगासहितको ढिस्को खसेर स्काभेटर पुरिदा चालकको मृत्यु भएको हो
मृत्यु हुनेम स्काभेटर चालक रौतहट पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्मालीको रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ वेशाख। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–५ स्थित घमाहा खोलामा रहेको पुल भासिएको छ। मंगलबार दिउँसो निर्माणाधीन सडक खण्डमा पर्ने उक्त पुल भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पुल मर्मतमा ३ दिनदेखि एक सातासम्म समय लाग्न सक्छ।
हाल वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। सैनामैना–४ लुम्बिनी रोडको कुश्मा हुँदै बक्सडाँडा भएर सोही स्थानभन्दा अगाडि कलौनी जोड्ने करिब ३ किलोमिटर लामो डाइभर्सन निर्माण गरिएको प्रहरीले जनाएको छ।
बुटवल–गोरुसिंगे ५० किलोमिटर सडक विस्तारको क्रममा रहेकाले यस क्षेत्रमा यात्रा गर्ने सवारी साधन र यात्रुहरूले थप सास्ती व्यहोर्नु परेको छ।
हाल पूर्वबाट पश्चिम जाने सवारीहरू बुटवल–भैरहवा–लुम्बिनी–तौलिहवा हुँदै गोरुसिंगे निस्किरहेका छन् भने पश्चिमबाट पूर्व जाने सवारीहरू गोरुसिंगे–तौलिहवा–लुम्बिनी–भैरहवा हुँदै यात्रा गरिरहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२ वैशाख। विश्वकप डिभिजन लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा १ बल बाँकी छँदै २५६ रन बनाएर अलआउट भयो।
नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ९४ रनको योगदान दिए। ओमानका नदीम खानले ३ विकेट लिए। २५७ रनको लक्ष्य पछ्याएको ओमान १७५ रनमै समेटियो। नेपालका गुलशन झाले शानदार बलिङ गर्दै ५ विकेट लिए।
यस जितसँगै नेपालले शृङ्खलाका ४ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंक जोडेको छ। यूएईले २ खेल जितेको छ भने ओमानले १ खेल मात्र जित्न सकेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’ मंगलबार प्रमाणीकरण गरेका छन्। यसअघि सरकारले प्रमाणीकरणका लागि पठाएका आठ अध्यादेशमध्ये सातलाई राष्ट्रपतिले स्वीकृति दिएका थिए भने ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’ पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर, मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले सोही अध्यादेशलाई यथावत् पुनः प्रमाणीकरणका लागि सिफारिस गरेपछि राष्ट्रपतिले अन्ततः उक्त अध्यादेश स्वीकृत गरेका हुन्।
यो अध्यादेश लागू भएसँगै अब ६ सदस्यीय संवैधानिक परिषद्मा तीन सदस्यको सहमतिमा पनि निर्णय कार्यान्वयन गर्न सकिने व्यवस्था भएको छ। यसअघि बहुमत (कम्तिमा चार सदस्य) को निर्णय आवश्यक पर्ने व्यवस्था थियो।
संवैधानिक व्यवस्थाअनुसार परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहनेछन् भने प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने प्रावधान छ। प्रधानन्यायाधीशको पद रिक्त भएमा कानुन तथा न्यायमन्त्री सदस्यका रूपमा रहने व्यवस्था रहेको छ।
हाल प्रधानन्यायाधीशको पद रिक्त रहेको अवस्थामा कायममुकायम प्रधानन्यायाधीशका रूपमा सपना प्रधान मल्ल कार्यरत छन्। यस्तो अवस्थामा परिषद्का तीन सदस्यबाटै निर्णय कार्यान्वयन गर्न सकिने भएकाले संवैधानिक नियुक्तिहरूमा सहजता आउने अपेक्षा गरिएको छ।
हाल विभिन्न संवैधानिक आयोगहरूमा पाँच अध्यक्षसहित १३ पद लामो समयदेखि रिक्त छन्। नयाँ व्यवस्थासँगै ती पदहरूमा नियुक्ति प्रक्रिया अघि बढ्ने देखिएको छ।
यस विषयलाई लिएर विपक्षी दलहरूले भने सरकारको कदमप्रति आपत्ति जनाउँदै लोकतान्त्रिक मर्मविपरीत कार्य भएको आरोप लगाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ पदाधिकारी पदमुक्त भएका छन्। सरकारद्वारा जारी पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशको दफा(२)को उपदफा(१) अनुसार मन्त्रिपरिषद्बाट नियुक्त भएका ती पदाधिकारीहरू पदमुक्त भएका हुन् ।
वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन्।
पदमुक्त भएका पदाधिकारीहरुको नामावली विवरण यसप्रकार छ:

२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ वैशाख । टिकटकमा खुकुरी समातेको भिडियो पोस्ट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक रहेका छन्।
प्रहरीका अनुसार कुमालले ‘अजय मगर’ र खटिकले ‘अनिल सोनखर’ नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो सार्वजनिक गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक पातलीले आम सर्वसाधारणमा डरत्रास फैलाउने र समाजलाई आतंकित पार्ने खालका गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
दुवै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस