अतिक्रमण हटाउने दाङ प्रशासनको निर्णय

   बैशाख १५, २०८३       admin

दाङ,१५ वैशाख । दाङमा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउने अभियान सन्चालन गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले आह्वान गरेको स्थानीय तहहरूको बैठकले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ९२ अनुसार अतिक्रमण नियन्त्रणमा कडाइ गर्ने निर्णय गरिएको हो।

बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, क्षेत्रीय प्रहरी आवासीय विद्यालय लमही, इलाका प्रहरी कार्यालय तुलसीपुर, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, नेपाल संस्कृत विश्वविद्यालय लगायत विभिन्न सरकारी निकायको जग्गामा भएको अवैध कब्जा तत्काल हटाउने निर्णय गरेको छ।

यसका लागि सम्बन्धित कार्यालयहरूले काम सुरु गर्ने र स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, मालपोत तथा नापी कार्यालयले आवश्यक सहयोग गर्ने जनाइएको छ।
त्यस्तै नयाँ अतिक्रमणलाई कडाइका साथ रोक लगाउँदै अवैध कब्जा हटाउन लगत संकलन, सूचना प्रकाशन र सरोकारवाला निकायसँग समन्वय गरी विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको छ।

सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका वास्तविक भूमिहीन सुकुम्वासीको लगत संकलन गरी वैकल्पिक व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित पालिकालाई दिइएको छ।

अभियान सफल बनाउन सबै सरोकारवाला निकाय र जिल्लावासीलाई सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालकमाथि कुटपिट गर्ने एक पक्राउः दुई फरार

   बैशाख १५, २०८३       admin

दाङ,१५ वैशाख । रोल्पामा बालकमाथि कुटपिट गर्ने एकजना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बालकमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गंगादेव गाउँपालिका–५ का ५० वर्षीय भिमबहादुर खत्री रहेका छन् । सोही वडाका ११ वर्षीय खगेन्द्र विकमाथि गत शुक्रबार बेलुका कुटपिट भएको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य दुई अभियुक्त ४५ वर्षीय मस्तबहादुर खत्री र २० वर्षीय टोपबहादुर खत्री फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीनै जनाविरुद्ध भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख बढीको भ्रष्टाचार मुद्दा

   बैशाख १५, २०८३       admin

काठमाडौ,१५ वेशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झापाको दमक नगरपालिका–२ स्थित उक्त विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालय भवन निर्माणमा झुट्टा बिल बनाएर वास्तविक लागतभन्दा बढी रकम भुक्तानी लिइएको पाइएको छ।

प्राविधिक मूल्याङ्कनअनुसार १ करोड ४८ लाख रुपैयाँ खर्च हुनुपर्नेमा २ करोड ७ लाख रुपैयाँ भुक्तानी गरिएको देखिँदा ५९ लाखभन्दा बढी रकम हिनामिना भएको ठहर गरिएको छ।

यसका साथै नगद मौज्दातमा १६ लाखभन्दा बढी बेरुजु देखिनुका साथै करिब १८ लाख रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको पनि अनुसन्धानबाट खुलेको छ।

आयोगले दुवै जनाविरुद्ध कुल ९३ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गर्दै कैद र जरिवानासहित हिनामिना रकम असुलउपर गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको तयारी

   बैशाख १५, २०८३       admin

दाङ,१५ वैशाख । सरकारले विभिन्न निकायमा भएका राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले अध्यादेशमार्फत करिब १५०० पदाधिकारीलाई पदमुक्त गर्ने तयारी गरेको स्रोतको दाबी छ। यसका लागि अध्यादेश पारित गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने अन्तिम तयारी भइरहेको जनाइएको छ।

यो निर्णय कार्यान्वयनमा आए प्रशासनिक इतिहासकै ठूलो ‘राजनीतिक शुद्धीकरण’ हुने दाबी गरिएको छ। प्रस्तावित कदमअन्तर्गत विश्वविद्यालय, कूटनीतिक नियोग, सार्वजनिक संस्थान, विकास समिति तथा विभिन्न बोर्डमा दलीय भागबन्डाका आधारमा भएका नियुक्ति खारेज गरिने बताइएको छ।

सरकार गठनपछि नै नियुक्त पदाधिकारीलाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्न आग्रह गरिँदै आएको थियो। एकैपटक हटाउँदा कानुनी जटिलता आउन सक्ने भएकाले अध्यादेशमार्फत अघि बढ्न लागिएको स्रोतको भनाइ छ।

यसअघि यस्ता प्रयास अदालतबाट बदर भएका नजीरलाई ध्यानमा राख्दै संसद नचलाइ अध्यादेशमार्फत कानुनी व्यवस्था गर्न खोजिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

   बैशाख १५, २०८३       admin

काठमाडौ,१५ वैशाख । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका उद्योगी शेखर गोल्छालाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । नृपध्वज निरौलाको एकल इजलासले गोल्छा पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मंगलबार यस्तो आदेश दिएको हो । शेखरकी श्रीमती सीमा गा्ल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एकएक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाइ नियमानुसार पेस गर्नू ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु:८४ जना घाइते

   बैशाख १५, २०८३       admin

काठमाडौ,१५ वैशाख । इन्डोनेसियाको बेकासी क्षेत्रमा दुई वटा रेल एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार मंगलबार बेलुका करिब ८:५० बजे जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीका रेलहरू ठोक्किँदा दुर्घटना भएको जनाइएको छ।

दुर्घटनापछि प्रबोवो सुबिआन्तोले अस्पताल पुगेर घाइतेहरूलाई भेट्दै समवेदना व्यक्त गरेका छन् र घटनाको छिटो अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।

रेल अपरेटर केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकको पहिचानका लागि प्रहरी अस्पतालमा राखिएको छ भने घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घटनाको कारणबारे रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा अतिक्रमण हटाउन प्रशासनको पहल सुरु

   बैशाख १५, २०८३       admin


दाङ,१५ वैशाख । जिल्ला प्रशासन कार्यालय दाङले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई छलफलका लागि बोलाएको छ।

संघीय सरकारको शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीअनुसार अतिक्रमण नियन्त्रणमा कडाइ गर्न प्रशासनले पहल थालेको हो।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सो कार्यसूचीको बुँदा नम्बर ९२ अनुसार नयाँ अतिक्रमण रोक्ने र बनाइएका संरचना हटाउने कार्य तत्काल सुरु गर्ने लक्ष्य राखिएको छ।

यसैका आधारमा प्रशासनले पालिकाहरूलाई परिपत्र गर्दै आज बिहान सवा १० बजे स्वास्थ्य कार्यालयको सभाहलमा छलफल आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्तीमा घडियालका ७ गुँडबाट १९५ अण्डा संकलन

   बैशाख १४, २०८३       admin

दाङ,१४ वैशाख । राप्ती नदीमा भेटिएका घडियाल गोहीका गुँडमध्ये सात गुँडबाट १९५ वटा अण्डा संकलन गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार जोखिमयुक्त गुँडबाट अण्डा संकलन गरेको जनाएको छ।

सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय तथा वन्यजन्तुको खतरा भएका गुँडबाट मात्रै अण्डा संकलन गरिन्छ भने सुरक्षित स्थानका गुँडलाई प्रकृतिमै छोडिन्छ।

संकलित अण्डालाई गोही प्रजनन केन्द्रमा लगेर कोरल्ने प्रक्रिया सुरु गरिएको छ। त्यहाँ कोरिएका गोहीलाई करिब पाँच वर्षपछि पुनः नदीमा छाड्ने गरिन्छ।

गत वर्ष १८ गुँडबाट २३२ अण्डा संकलन गरिएको थियो। यस वर्ष भने राप्ती नदीमा मात्रै गुँड खोजी गरिएको निकुञ्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

   बैशाख १४, २०८३       admin

काठमाडौ,१४ वैशाख । शौचालयमा लडेर एकजना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ। सप्तरीको
बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी क्याम्पमा शौचालयमा लडेर उनको मृत्यु भएको ह्प

सशस्त्र प्रहरी बल नेपाल राजविराजका अनुसार बारा पचरोता नगरपालिका–८ का ३५ वर्षीय जितेन्द्र यादवको मृत्यु भएको हो।

बिहान शौचालय जाने क्रममा एक्कासी लडेका यादवको घटनास्थलमै ज्यान गएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपभोक्तालाई चामल खरिदमा छुट

   बैशाख १४, २०८३       admin

दाङ,१४ वैशाख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरले चामल खरिदमा उपभोक्तालाई छुट दिने व्यवस्था गरेको छ।

वैशाख ११ गतेदेखि लागू गरिएको छुटअनुसार स्टिम जिरा चामल प्रति क्विन्टल ८,२०० रुपैयाँबाट ५०० रुपैयाँ घटाएर ७,७०० रुपैयाँ कायम गरिएको छ। यसअनुसार प्रति बोरा १,९२५ रुपैयाँ पर्नेछ।

त्यस्तै सोना मन्सुली चामल ५,८०० रुपैयाँबाट घटेर ५,३०० रुपैयाँमा बिक्री भइरहेको छ भने प्रति बोरा १,३२५ रुपैयाँ पर्ने कार्यालय प्रमुख तुलमाया लोवाले जानकारी दिइन्।

मोटा चामल पनि ५,४०० रुपैयाँबाट ५०० रुपैयाँ घटेर ४,९०० रुपैयाँमा बिक्री भइरहेको छ। यसको प्रति बोरा मूल्य १,२२५ रुपैयाँ रहेको छ। यसैगरी चिनीको मूल्य पनि घटाइएको छ। प्रति क्विन्टल १०,००० रुपैयाँ रहेको चिनी ५०० रुपैयाँ छुटसहित ९,५०० रुपैयाँमा बिक्री भइरहेको छ भने हाल प्रति किलो ९५ रुपैयाँमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology