तुलसीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

   बैशाख १०, २०८३       admin

दाङ,१० वैशाख । दाङको तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २० वर्षीय विकास बुढा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले बुधबार राति करिब साढे १० बजे तुलसीपुर–४ मिलनचोक क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। तुलसीपुरबाट गोठीखोला तर्फ जाँदै गरेको रा ४ प ६६९७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मगर शंकास्पद अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनको बसोबास रहेको कोठाबाट ८ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

यस्तै, लागुऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा ३ थान मोबाइल फोन, नगद २ हजार २ सय रुपैयाँ र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले पछिल्लो समय लागुऔषध नियन्त्रण अभियानलाई थप कडाइ गरेको जनाएको छ। सोही क्रममा बुधबार मात्रै २७ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर स्क्यानिङ गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ

   बैशाख १०, २०८३       admin

काठमाडौ,१० वैशाख । धितोपत्रसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको छ।

सीआईबीले उनलाई काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छामाथि अनुसन्धान अघि बढाइएको हो।

सीआईबीका अनुसार गोल्छासमेतको मिलेमतोमा ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ अन्तर्गत दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुर भएको देखिएको छ। उक्त ऐनको दफा १०३ को उपदफा (३) अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि धितोपत्र बोर्डले सीआईबीलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इजरायलले २० करोड डलरको हवाई हतियार खरिद गर्दै

   बैशाख १०, २०८३       admin

काठमाडौ,१० वैशाख । इरानविरुद्धका सैन्य अभियान जारी रहेकै बेला इजरायलले उन्नत हवाई युद्धसामग्री खरिद प्रक्रिया अघि बढाएको छ। इजरायलको रक्षा मन्त्रालयले रक्षा कम्पनी एलबिट सिस्टम्सलाई करिब २० करोड अमेरिकी डलर बराबरको ठेक्का दिएको हो। उक्त सम्झौताअनुसार कम्पनीले आकाशबाट प्रहार गर्न सकिने उन्नत हतियार प्रणाली आपूर्ति गर्नेछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार एलबिट सिस्टम्सले विज्ञप्ति जारी गर्दै इजरायलको रक्षा मन्त्रालयसँगको लामो साझेदारीप्रति गर्व व्यक्त गरेको छ। कम्पनीले हवाई आक्रमणसम्बन्धी प्रविधिमा आफ्नो नेतृत्वसमेत दाबी गरेको छ।

उक्त प्रणाली इजरायली वायुसेनाको हवाई प्रभुत्व कायम राख्न सहयोगी हुने विश्वास गरिएको छ। इजरायलको रक्षा मन्त्रालयका अनुसार रक्षा खरिद निर्देशनालयमार्फत गरिएको यो सम्झौताको उद्देश्य हतियारमा आत्मनिर्भरता बढाउनुका साथै वर्तमान युद्ध अवस्था र भविष्यका सुरक्षा चुनौतीका लागि तयारी सुदृढ गर्नु रहेको इजरायलका रक्षामन्त्री इजरायल काट्जले बताएका छन् । उनले उक्त सम्झौता देशको हतियार आपूर्ति प्रणालीलाई अझ सुदृढ बनाउने रणनीतिक कदम भएको बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया सुरु

   बैशाख १०, २०८३       admin

काठमाडौ,१० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया सुरु भएको छ। पार्टीका तर्फबाट दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ। सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा बनेको समितिले निर्वाचन प्रक्रिया अघि बढाएको हो।

समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार ११ गतेभित्र दलको नेता चयन प्रक्रिया टुंग्याइने जनाएको थियो। सोहीअनुसार मतदाता नामावली पनि सार्वजनिक गरिएको छ।

दलको नेता चयनका लागि भोलि शुक्रबार उम्मेदवारी दर्ता गरिनेछ भने सोही दिन दिउँसो ४ बजेदेखि मतदान हुने कार्यतालिका तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फोटो टाँसेर मात्रै सच्चा कम्युनिस्ट हुँदैनन्: आचार्य

   बैशाख १०, २०८३       admin

दाङ,१०वैशाख। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लेनिनको फोटो टाँसेर मात्रै साम्राज्यवादी स्वार्थमा काम गर्नेहरू सच्चा कम्युनिस्ट हुन नसक्ने बताएका छन्।

राष्ट्रिय जनमोर्चा दाङले आयोजना गरेको लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस कार्यक्रममा बोल्दै उनले नागरिकको भावना हेरेर ‘हसिया हतौडा’लाई ट्रेडमार्कका रूपमा प्रयोग गर्नेहरू पनि वास्तविक कम्युनिस्ट हुन नसक्ने बताए। उनका अनुसार हसिया हतौडालाई ट्रेडमार्क बनाउँदै नवउदारवाद र दलाल पुँजीवाद अंगाल्दा यस्ता प्रवृत्ति हाबी भएका छन्।

आचार्यले लेनिन र लेनिनवादको महत्व आज पनि विश्व तथा नेपाली समाजमा सान्दर्भिक रहेको उल्लेख गर्दै त्यसका दार्शनिक र संगठनात्मक विचारहरू व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए। मजदुर, किसान तथा शोषित–पीडित वर्गको मुक्तिका लागि लेनिनका विचार अनुकरणीय रहेको उनले बताए।

नेपाल कम्युनिस्ट पार्टीको ७८औँ स्थापना दिवसका अवसरमा उनले दक्षिणपन्थी अवसरवादका कारण नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको दाबी गरे। यस्तो अवस्थामा आन्दोलनलाई जीवित राख्दै अघि बढाउने काम नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गरिरहेको उनको भनाइ थियो।

राष्ट्रिय जनमोर्चा दाङका सचिव बसन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल युवक सङ्घका पूर्वअध्यक्ष काशीनाथ पोखरेलले लेनिनवादको औचित्य र सान्दर्भिकताबारे विषय प्रवेश गराएका थिए।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जीएमले वर्तमान पुँजीवादी व्यवस्था र दलाल पुँजीवादी अर्थतन्त्रबाट मजदुर तथा किसानको उत्थान सम्भव नभएको बताए। उनले सरकारको कार्यशैली जनविरोधी भएको आरोप लगाउँदै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला सहसचिव कृष्ण रानाको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण घोराही नगर अध्यक्ष मनिराम खनालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन तोलामा १८ सयले घट्यो

   बैशाख १०, २०८३       admin

दाङ,१० वैशाख । बिहिबार सुनको भाउ घटेको छ। सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो भने प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ५ हजार २० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्वास्थ्यमन्त्री मेहताको सल्लाहकारमा डा. प्रधान

   बैशाख १०, २०८३       admin


काठमाडौ,१० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा।डा। मनोहर प्रधान नियुक्त हुने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले डा. प्रधानलाई सल्लाहकारका रूपमा पठाउने निर्णय गरेसँगै सरकारले उनलाई उक्त जिम्मेवारी दिने तयारी गरेको हो। डा.प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्ति पत्र दिने तयारी गरिएको छ।

चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय रहेका डा. प्रधान कलेज अफ मेडिकल साइन्सेज, भरतपुरमा विगत १८ वर्षदेखि अध्यापनरत छन्।

उनी नेपाल मेडिकल काउन्सिलका दुई पटक निर्वाचित सदस्य भइसकेका छन्। साथै नेपाल चिकित्सक संघ, चितवन शाखाको उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहेका उनले पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकका रूपमा काम गर्दै आएका थिए।

मन्त्रालयका अनुसार चिकित्सा, नीतिगत र प्रशासनिक क्षेत्रमा उनको अनुभवले स्वास्थ्य नीति निर्माण र कार्यसम्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हेडलाइनस्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शेखर गोल्छालाई पक्राउ गर्न भैरहवा पुग्यो प्रहरी

   बैशाख १०, २०८३       admin

काठमाडौ,१० वैशाख। हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छालाई पक्राउ गर्न नेपाल प्रहरीको टोली भैरहवा पुगेको छ।

प्रहरी स्रोतका अनुसार आर्थिक अनियमितता र कम्पनीसम्बन्धी निर्णय प्रक्रियामा भएको कथित त्रुटिका विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिन लागिएको हो। सम्भवतः आजै पक्राउ गर्ने तयारी रहेको जनाइएको छ।

स्रोतका अनुसार कम्पनीको वित्तीय कारोबार, पारदर्शिता तथा नियामक निकायका नियम उल्लंघनसम्बन्धी विषयमा अनुसन्धान केन्द्रित गरिएको छ। यद्यपि, प्रहरीले आधिकारिक रूपमा विस्तृत आरोप सार्वजनिक गरिसकेको छैन। पक्राउपछि थप विवरण सार्वजनिक हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

श्रीनगरमा आधुनिक बसपार्क सञ्चालन

   बैशाख १०, २०८३       admin

सल्यान,१०वैशाख। सल्यानको श्रीनगरमा आधुनिक बसपार्क सञ्चालनमा आएको छ । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा निर्माण गरिएको उक्त बसपार्कको उद्घाटन नगरप्रमुख प्रकाश भण्डारीले गरेका हुन्। बसपार्क सञ्चालनमा आएपछि साना–ठूला तथा छोटो र लामो दूरीका सवारीसाधन अब बसपार्कभित्रबाटै सञ्चालन हुन थालेका छन्।

यसअघि बजार क्षेत्रका सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई पनि बसपार्कभित्र व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।

बसपार्क सञ्चालनको जिम्मेवारी टेन्डर प्रक्रियामार्फत जय बागेश्वरी कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई दिइएको छ। सम्झौताअनुसार कम्पनीले नगरपालिकालाई वार्षिक ५२ लाख रुपैयाँ राजस्व बुझाउनेछ।

आर्थिक वर्ष २०८०र०८१ बाट निर्माण सुरु गरिएको बसपार्क करिब ७ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको हो। नेपाल सरकार, कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा करिब ५ करोड ६० लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो।

बसपार्क परिसरमा ३५ वटा स्टल र ३४ वटा सटर सञ्चालनमा रहेका छन्। साथै सार्वजनिक शौचालय, पार्किङ, गेट, फुटपाथ र नालालगायतका संरचना निर्माण गरिएको छ।

स्थानीय तहका अनुसार बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवस्थापन व्यवस्थित हुनुका साथै बजारको सौन्दर्यमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सम्पत्ति छानबिन आयोगको काम सुरुः एक वर्षभित्र प्रतिवेदन दिने

   बैशाख १०, २०८३       admin

काठमाडौ,१० वैशाख । सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। गत वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। पदाधिकारीहरूले शपथग्रहणसँगै काम थालेका हुन्।

आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ। आयोगलाई एक वर्षको समयावधि दिइएको छ। अध्यक्ष भण्डारीले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष शपथ लिएका हुन् भने अन्य सदस्यलाई अध्यक्षले शपथ गराएका छन्।

आयोगलाई जाँचबुझ ऐन, २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको छ। आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त वा पदमुक्त भएका व्यक्तिहरू तथा उनीहरूका परिवारको नाममा रहेको सम्पत्ति विवरण संकलन गरी छानबिन गर्नेछ।

छानबिन सम्पन्न भएपछि आयोगले प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्नेछ, जसलाई सरकारले ४५ दिनभित्र कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ।

आयोगले लिखित, मौखिक तथा विद्युतीय माध्यमबाट उजुरी संकलन गर्नेछ। आवश्यकताअनुसार विज्ञको सहयोग लिन सकिने भए पनि स्वार्थको द्वन्द्व भएका व्यक्तिलाई समावेश गर्न नपाइने प्रावधान राखिएको छ।

आयोगका लागि ३२ जना कर्मचारी खटाइने भएका छन्। खटिने कर्मचारीले एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगलाई २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिइएको छ।

यसअघि पनि विभिन्न समयमा सम्पत्ति छानबिनका लागि आयोग गठन भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology