सम्पत्ति छानबिन आयोगको काम सुरुः एक वर्षभित्र प्रतिवेदन दिने

   बैशाख १०, २०८३       admin

काठमाडौ,१० वैशाख । सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। गत वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। पदाधिकारीहरूले शपथग्रहणसँगै काम थालेका हुन्।

आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ। आयोगलाई एक वर्षको समयावधि दिइएको छ। अध्यक्ष भण्डारीले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष शपथ लिएका हुन् भने अन्य सदस्यलाई अध्यक्षले शपथ गराएका छन्।

आयोगलाई जाँचबुझ ऐन, २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको छ। आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त वा पदमुक्त भएका व्यक्तिहरू तथा उनीहरूका परिवारको नाममा रहेको सम्पत्ति विवरण संकलन गरी छानबिन गर्नेछ।

छानबिन सम्पन्न भएपछि आयोगले प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्नेछ, जसलाई सरकारले ४५ दिनभित्र कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ।

आयोगले लिखित, मौखिक तथा विद्युतीय माध्यमबाट उजुरी संकलन गर्नेछ। आवश्यकताअनुसार विज्ञको सहयोग लिन सकिने भए पनि स्वार्थको द्वन्द्व भएका व्यक्तिलाई समावेश गर्न नपाइने प्रावधान राखिएको छ।

आयोगका लागि ३२ जना कर्मचारी खटाइने भएका छन्। खटिने कर्मचारीले एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगलाई २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिइएको छ।

यसअघि पनि विभिन्न समयमा सम्पत्ति छानबिनका लागि आयोग गठन भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पक्राउ परेका विद्यार्थी नेताको रिहा गर्न कांग्रेसको माग

   बैशाख ०, २०८३       admin

काठमाडौ,९वैशाख। गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ।कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेपाल विद्यार्थी संघका नेताहरूलाई बिना शर्त रिहा गर्न र नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका हुन्।

गुरुङको राजीनामा माग गर्दै गरिएको प्रदर्शनका क्रममा नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टसहित कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल बिसी पक्राउ परेका थिए।कांग्रेसले असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मूल्य र संविधानको मर्मविपरीत भएको जनाएको छ।

विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शन र विरोध जनाउने अधिकार नागरिकका मौलिक अधिकार भएको उल्लेख गर्दै त्यस्ता अधिकारको सम्मान र संरक्षण गर्न राज्य बाध्य हुने बताइएको छ। कांग्रेसले असहमति र विरोधलाई दमन गर्ने होइन, संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गृहमन्त्री गुरुङले दिए राजीनामा

   बैशाख ०, २०८३       admin

दाङ,९ वैशाख। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्। बिचौलियासँग साँठगाँठ गरेको आरोप लागेपछि गुरुङले पद त्यागेका हुन्।

गुरुङ १३ चैतमा प्रधानमन्त्री शाह नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका थिए। उनीमाथि बिचौलियासँग मिलेमतो गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो।

उक्त आरोपपछि सत्तारूढ दल रास्वपाका नेतासहित विपक्षी दलहरूले समेत उनको राजीनामा माग गरेका थिए। गुरुङले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । तर छानबिनमा सघाउनका लागि राजीनामा दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आगलागीमा परी एक वृद्धको मृत्यु

   बैशाख ०, २०८३       admin

दाङ,९वैशाख । सल्यानमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। बागचौर नगरपालिका–४ नमुना बस्तीमा विद्युत् सर्ट भई लागेको आगलागीमा ७० वर्षीय मोतिराम वलीको जलेर मृत्यु भएको हो।

प्राप्त जानकारी अनुसार वली बाख्राको खोरमा सुतिरहेका बेला अचानक आगलागी भएको थियो। स्थानीयका अनुसार उनी नजिकै आफन्तको बिहेमा सहभागी हुन पुगेका थिए र गर्मीका कारण टहरामा सुतिरहेका थिए। आगलागीबाट खोरमा रहेका करिब ३५ वटा लोकल कुखुरा पनि जलेर नष्ट भएका छन्।

वडा अध्यक्ष कृष्णा बस्नेतका अनुसार आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सांसदलाई कुटनीतिक राहदानी दिन कानुन संशोधनको तयारी

   बैशाख ०, २०८३       admin

काठमाडौ,९ वैशाख । प्रतिनिधिसभा सदस्यलाई कुटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी गरिएको छ।

बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग सो विषयमा छलफल गरेका हुन्। छलफलमा हालको कानुनी व्यवस्थाअनुसार सांसदलाई कुटनीतिक राहदानी दिने विषय जटिल देखिएको भन्दै सहजीकरणका उपायबारे विचार विमर्श गरिएको थियो।

राप्रपा प्रमुख सचेतक खश्बु ओलीका अनुसार ऐन र नियमभन्दा बाहिर नजाँई विद्यमान कानुनी व्यवस्थालाई परिमार्जन गर्ने विषयमा छलफल भएको हो।

हाल राहदानी ऐनअनुसार सरकारी काम वा विशेष कार्यक्रमका लागि तोकिएका पदाधिकारीले मात्रै कुटनीतिक राहदानी पाउने व्यवस्था छ। तर सांसदहरू विभिन्न अन्तर्राष्ट्रिय निमन्त्रणामा विदेश जानुपर्ने अवस्थामा उक्त व्यवस्था अवरोध बनेको बताइएको छ। छलफलमा उठेका विषयमा दलभित्र थप परामर्श गरी पुनः सभामुखसँग छलफल गर्ने सहमति भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

   बैशाख ०, २०८३       admin

दाङ,९ वैशाख। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन निर्देशन दिएको छ। पछिल्लो समय भाडा वृद्धि भए पनि विद्यार्थीहरूले तोकिएको छुट नपाएको गुनासो बढेपछि विभागले यातायात व्यवसायीलाई उक्त छुटलाई निरन्तरता दिन निर्देशन दिएको हो।

विभागका अनुसार हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले ४५ प्रतिशत छुट नपाएको गुनासो दर्ता भएपछि ध्यानाकर्षण भएको हो।निर्देशन अवज्ञा गरी छुट नदिएको पाइएमा सम्बन्धित व्यवसायीमाथि कारबाही गरिने विभागले चेतावनी दिएको छ।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार लागू हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गर्भवती मृत्यु प्रकरणः चिकित्सकसहित ५ जना नियन्त्रणमा

   बैशाख ०, २०८३       admin

दाङ,९ वैशाख। गर्भपतनका क्रममा पाल्पाको बगनासकाली–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा बुटवलका दुई चिकित्सकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा.सतिष रुपाखेती, सोही क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर रहेका छन्।

मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभका लागि उपचारमा गम्भीर लापरवाही गरेको भन्दै ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार खत्री नर्सिङ होमका सञ्चालक डा. खत्री र डा. रुपाखेती मंगलबार साँझ आफैं इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको हो। अन्य तीन जनालाई भने यसअघि नै पक्राउ गरिएको थियो।

पाण्डे १२ हप्ताको गर्भ परीक्षणका लागि चैत २७ गते खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यसपछि उनलाई विभिन्न स्थानमा पठाउँदै उपचार प्रक्रिया अघि बढाइएको थियो।

वैशाख ५ गते इन्दु लेखा क्लिनिकमा गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको बताइएको छ। मृतकका पतिले लापरवाही र आर्थिक लाभको उद्देश्यले उपचार गरिएको आरोप लगाएका छन्। साथै, आवश्यक रिपोर्ट तथा कागजात लुकाइएको दाबी पनि गरेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार घटनाको थप अनुसन्धान जारी छ। प्रहरीले संलग्न सबैको भूमिकाबारे विस्तृत छानबिन भइरहेको जनाएको छ। मृतक गीता रक्त सञ्चार सेवा केन्द्रमा कार्यरत थिइन्। उनका ५ वर्षका एक छोरा छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घट्यो सुनको भाउ

   बैशाख ०, २०८३       admin

दाङ,९ वैशाख। बुधबार सुनको भाउ घटेको छ। सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ। हिजो भने प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ठूला घरजग्गा कारोबारमा अब एजेन्सी अनिवार्य

   बैशाख ०, २०८३       admin

काठमाडौ,९ वैशाख । महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार अब इजाजत प्राप्त एजेन्सी वा कम्पनीमार्फत मात्र गर्नुपर्ने भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार यो व्यवस्था वैशाख ८ गतेदेखि लागू हुने भएको हो। यसअनुसार ठूला मूल्यका घरजग्गा खरिद–बिक्री अब व्यक्तिगत रूपमा गर्न नपाइने भएको छ।

भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सार्वजनिक गरेको सूचनामा मालपोत ऐन, २०३४ को दफा २६ (क) तथा २०८२ असोज २७ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख छ।

सरकारले महानगर र उपमहानगर क्षेत्रमा हुने उच्च मूल्यका कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन यो कदम चालेको जनाएको छ। अब यस्ता कारोबारमा इजाजत प्राप्त कम्पनीको संलग्नता अनिवार्य हुनेछ।

यसअघि व्यक्तिगत रूपमा हुँदै आएका ठूला कारोबार अब मालपोत कार्यालयबाट सीधै पारित हुने छैनन्। विभागका अनुसार इजाजत प्राप्त कम्पनीहरूको सूची आधिकारिक वेबसाइटमा उपलब्ध छ। सरोकारवालालाई सूचीकृत कम्पनीमार्फत मात्र कारोबार प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।

सरकारले यो व्यवस्थाले ठगी नियन्त्रण गर्नुका साथै घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गर्भपतन गराउँदा गर्भवती महिलाको मृत्युः तीनजना पक्राउ

   बैशाख ०८, २०८३       admin

दाङ,८ वैशाख। क्लिनिकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएपछि तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा क्लिनिकको लापरबाहीको कारण मृत्यु भएको भन्दै जाहेरी परेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको गर्भपतन गराउने क्रममा स्वास्थ्य बिग्रिएपछि मृत्यु भएको हो। उनी करिब १२ हप्ताकी गर्भवती थिइन्।

प्रहरीका अनुसार चैत २७ गते प्रारम्भिक जाँच गराएकी पाण्डे वैशाख ५ गते फलोअपका लागि बुटवल आएकी थिइन्। एक क्लिनिकबाट अर्को क्लिनिकमा पठाइँदै अन्ततः औषधि प्रयोग गरेपछि उनको अवस्था गम्भीर बनेको थियो।

गम्भीर अवस्थामा उनलाई लुम्बिनी सिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा सन्ध्या बस्नेत, निलम घर्तीमगर र खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको निशान्त श्रीवास्तवले जानकारी दिए। अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको छ।

परिवारले क्लिनिकहरूले जिम्मेवारी नलिई असुरक्षित रूपमा औषधि प्रयोग गर्दा मृत्यु भएको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology