काठमाडौ,५ वैशाख। सरकारले स्थानीय तहको निर्वाचनअघि नै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संख्या आवश्यकताअनुसार फेरबदल गर्ने तयारी गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम स्थानीय तहको संख्यामा पुनर्विचार गर्न गृहकार्य गरिरहेको जनाएको छ।
मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार करिब १० वर्षदेखि स्थानीय तहको संख्या पुनरावलोकन भएको छैन। नेपालको संविधान–२०७२ र स्थानीय तह सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीय तहको संख्या निश्चित गरिएको छैन, तर मापदण्ड भने तोकिएको छ।
ऐनअनुसार दुई स्थानीय तह आपसमा गाभिन सक्ने, वडाको सिमाना हेरफेर गर्न सकिने तथा नगरपालिका उपमहानगरपालिका वा महानगरपालिकामा स्तरोन्नति हुन सक्ने व्यवस्था छ। तर यस्तो निर्णयका लागि सम्बन्धित गाउँसभा वा नगरसभाबाट प्रस्ताव पारित हुनुपर्छ र अन्तिम निर्णय भने केन्द्र सरकारले गर्ने व्यवस्था छ।
मन्त्रालयले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, गाभिने तथा वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ को मस्यौदा तयार गरेको छ। यसबारे सुझाव दिन सातै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई परिपत्रसमेत गरिएको छ।
मन्त्रालयले तीन दिनभित्र सुझाव दिन आग्रह गरेको छ। हाल देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ वैशाख । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
खड्काको उम्मेदवारी मोहन आचार्यको प्रस्ताव र जनकराज गिरीको समर्थनमा दर्ता गरिएको थियो।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो। सोहीअनुसार अन्य विपक्षी दल नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले पनि कांग्रेस उम्मेदवारलाई समर्थन गरेका थिए।
निर्वाचनपछि खड्काले मुलुकमा आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संघदेखि स्थानीय तहसम्म आर्थिक पारदर्शिता र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै ढिलासुस्ती गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने बताए।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र लेखा समितिको नाममा काम ढिलाइ गर्ने प्रवृत्ति अब सह्य नहुने पनि स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ वैशाख । इन्डोनेसियाको बोर्नियो टापु स्थित घना जंगलमा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित ६ जना यात्रुको मृत्यु भएको छ।
यातायात मन्त्रालयका अनुसार म्याथ्यू एयर नुसान्टारा स्वामित्वको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेटपछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको थियो।
नागरिक उड्डयन महानिर्देशनालय का महानिर्देशक लुकमान एफ.लाइसाका अनुसार हेलिकप्टरमा एक मलेसियाली नागरिकसमेत सवार थिए।
सूचनाका आधारमा परिचालित संयुक्त खोज तथा उद्धार टोलीले दुर्घटनास्थल पत्ता लगाएको र हेलिकप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरिएको छ।
मृतकका शवहरू प्रान्तीय राजधानी पोन्टियानाक लगिएको जनाइएको छ। जनवरीमा सुलावेसी टापुमा भएको दुर्घटनामा १० जनाको ज्यान गएको थियो भने गत वर्ष सेप्टेम्बरमा दक्षिण कालिमान्टन मा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो। साथै पपुवा जिल्लामा भएको अर्को दुर्घटनामा चार जनाको ज्यान गएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ वैशाख। देशका विभिन्न जिल्लामा गरिएको नियमित गस्तीका क्रममा प्रहरीले लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, बेलौरी नगरपालिका–८ पचुईबाट दुई जना पक्राउ परेका छन्।
त्यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट दुई, गोदावरी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एक र रत्ननगर नगरपालिका–११ बटर टोलबाट एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी बुटवल उपमहानगरपालिका–११ हात्तीसुडबाट दुई, कनकाई नगरपालिका–३ सुरूङगा र टप्पु चोकबाट सात जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–११ बाट दुई, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई र राप्ती गाउँपालिका–१ बाट दुई जनालाई समेत बिहीबार नियन्त्रणमा लिइएको हो।पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ वैशाख। हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ।
आज छोराछोरीले बिहानै नुहाइधुवाइ गरी आमालाई नयाँ लुगा लगाइदिने, मिठा–मीठा खानेकुरा खुवाउने र आशीर्वाद लिने परम्परा रहेको छ। आमा नभएकाहरूले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादान गरी श्रद्धाञ्जली अर्पण गर्ने गर्छन्।
वैदिक शास्त्रअनुसार आमा, बुबा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो मानिएको छ। सन्तानलाई जन्म दिई पालनपोषण गर्ने भएकाले आमाको योगदानलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। आजको दिनलाई मातृप्रति सम्मान, कृतज्ञता र श्रद्धा व्यक्त गर्ने विशेष अवसरका रूपमा मनाइन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ वैशाख । गैँडाको खागसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको बर्जु गाउँपालिका–६ ताल नजिकबाट बिहीबार राति उनीहरूलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गोप्य सूचनाका आधारमा खागसहित नियन्त्रणमा लिएको जनाएको छ।
सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका अनुसार झापाबाट गैँडाको खाग लिएर आउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट एउटा गैँडाको खाग र दुई वटा मोटरसाइकल बरामद गरेको जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ वैशाख। जनकपुर रिफाइनरीमा आगलागी हुँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। मिथिला नगरपालिका–७ ढल्केबरस्थित रिफाइनरीमा गएराति भएको आगलागीबाट जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेर नष्ट भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिएका छन्।
आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँच वटा वारुणयन्त्र परिचालन गरिएको थियो। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना को संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको हो।
ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,४ वैशाख। खरको थुप्रोमा खेल्ने क्रममा काठले लागेर एक ५ वर्षीय बालकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–६ सानो भुर्तीका बालाराम ओलीका छोरा शङ्कर ओलीको बिहीबार राति मृत्यु भएको हो।
नेपाल प्रहरीका अनुसार दिउँसो करिब ३ बजे घरआँगनमा थुपारिएको खरको थुप्रोमा खेल्ने क्रममा भित्र लुकेको काठको ठुटोमा ठोक्किँदा बालकको पेटमा गम्भीर चोट लागेको थियो।
घाइते बालकलाई राति करिब पौने ९ बजे नेर्पा स्वास्थ्य चौकी, जुगार लगिएको थियो। तर उपचारका क्रममा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ वैशाख । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका १० वटा विषयगत समितिको नेतृत्व चयन आज हुँदैछ।
१० मध्ये ९ वटा समितिमा सभापति निर्विरोध चयन भइसकेका छन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
उक्त समितिको सभापतिमा डा। ओजश्वी शेरचन ९राष्ट्रिय स्वतन्त्र पार्टी० र गुरु बराल ९नेकपा एमाले० ले उम्मेदवारी दिएका छन्। अन्य ९ समितिहरूमा निर्विरोध नेतृत्व चयन भएको छ। जसअनुसार विभिन्न दलका सांसदहरू सभापतिमा चयन भएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, सार्वजनिक लेखा समितिमा भरत खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग तथा वाणिज्य तथा श्रम समितिमा रहबर अन्सारी निर्विरोध चयन भएका छन्।
त्यस्तै संयुक्त समितिहरूमा पनि नेतृत्व चयन भएको छ। राज्यका निर्देशक सिद्धान्त तथा अनुगमन समितिमा गणेश कार्की र मदनकुमारी साह तथा संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध चयन भएका छन्। समितिको औपचारिक निर्वाचन प्रक्रिया आज दिउँसो १ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ वैशाख। प्रेस काउन्सिल नेपालले चुनावलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित गर्ने खालका सामग्री नप्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
हिजो बसेको काउन्सिल बैठकले चुनावजस्तो संवेदनशील विषयमा दल, उम्मेदवार र मतदान प्रक्रियामा असर पर्ने सामग्री, विश्लेषण तथा भ्रामक सूचना प्रकाशन–प्रसारण नगर्न सचेत गराएको हो।
बैठकले विदेशी सञ्चारमाध्यमबाट आउने चुनाव प्रभावित गर्ने सामग्रीबारे पनि चासो व्यक्त गरेको छ। विशेषगरी बिबिसी जस्ता माध्यमबाट प्रसारित सामग्री काउन्सिलको क्षेत्राधिकार बाहिर पर्ने भएकाले कूटनीतिक माध्यमबाट समाधान खोज्न नेपाल सरकार र निर्वाचन आयोग लाई पत्राचार गर्ने निर्णय गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस