पूर्व गृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

   चैत २६, २०८२       admin

काठमाडौ,२६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पछि पूर्वगृहमन्त्री रमेश लेखक पनि हाजिरी जमानीमा रिहा भएका छन् ।

लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

प्रहरीले लेखकलाई उनकी पत्नी यशोदा लेखक को जिम्मा लगाएको जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेल को इजलासले बिहीबारभित्र अनुसन्धान नसकिए हिरासत मुक्त गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार लेखकलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इस्लामाबादमा आकस्मिक बिदा घोषणा

   चैत २६, २०८२       admin

इस्लामाबाद, २६ चैत । अमेरिका–इरानबीच हुन लागेको उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा इस्लामाबादमा दुई दिन आकस्मिक बिदा घोषणा गरिएको छ ।

बिहीबारदेखि लागू हुने गरी गरिएको निर्णयबारे जिल्ला प्रशासनले औपचारिक कारण भने खुलाएको छैन । तर यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ ।

पाकिस्तानले उच्चस्तरीय कूटनीतिक गतिविधिअघि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै यस्ता निर्णय लिने अभ्यास दोहोर्‍याउँदै आएको छ ।

अमेरिका–इरानबीच हुने वार्तालाई क्षेत्रीय स्थिरतासँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिएको छ । ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्ताका लागि इस्लामाबाद जाने कार्यक्रम छ ।

घोषित बिदा बिहीबार र शुक्रबार राजधानी क्षेत्रभित्र मात्र लागू हुनेछ । यस अवधिमा सरकारी तथा निजी कार्यालयहरू बन्द रहनेछन् ।यद्यपि, प्रहरी, अस्पताल, विद्युत् र ग्यास सेवा भने नियमित सञ्चालनमा रहने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओली हाजिरी जमानीमा रिहा

   चैत २६, २०८२       admin

काठमाडौ,२६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार उनलाई अनुसन्धानमा आवश्यक परे उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए ।

लेखक हाल हिरासतमा रहेका छन् भने ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।ओलीकी पत्नी राधिका शाक्य र लेखकपत्नी यशोदा लेखकले गैरकानूनी हिरासतविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले चैत २३ गते अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो । तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो ।

सोही आदेशअनुसार ओलीलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको हो । प्रहरीले रमेश लेखकलाई पनि आजै रिहा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनचाँदीको भाउ घट्यो

   चैत २६, २०८२       admin

दाङ,२६ चैत । बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।समग्रमा विगत एक सातामा भने सुनको भाउ ७ सय रुपैयाँले मात्रै बढेको देखिएको छ । गत बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५० रुपैयाँले घटेको हो ।हिजो ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८७५ रुपैयाँमा झरेको छ ।गत बिहीबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्वमन्त्री खड्का प्रकरणमा सर्वोच्चले झिकायो कागजात

   चैत २५, २०८२       admin

काठमाडौ,२५ चैत। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्का सम्बन्धी अनुसन्धानका कागजात झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायका नाममा आदेश जारी गरेको हो ।

आदेशमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट गरिएको अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण फाइल तथा कागजात पेश गर्न भनिएको छ । विशेषगरी दोस्रो पटक हिरासतमा राख्न अनुमति लिइएको कागजात नदेखिएको भन्दै त्यससम्बन्धी विवरण माग गरिएको हो ।

खड्काकी पत्नी विनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । साथै, थुना प्रकरणमा बिहीबार साँझ ५ बजेसम्म लिखित जवाफ पेश गर्न पनि निर्देशन दिइएको छ ।

सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयमार्फत सम्बन्धित सबै कागजात पेशीमा ल्याउन समेत आदेश दिएको छ ।

यसअघि चैत १८ गते नै अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट पनि अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । तर उक्त फाइल अझै प्राप्त नभएको आदेशमा उल्लेख छ ।

खड्कासम्बन्धी बन्दीप्रत्यक्षीकरण रिट बिहीबार इजलासमा पेश हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते

   चैत २५, २०८२       admin

कञ्चनपुर,२५ चैत । महेन्द्रनगरस्थित जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । कारागारभित्र एकापसमा विवाद बढ्दै जाँदा झडप भएको प्रहरीले जनाएको छ । घटनामा शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी घाइते भएका छन् ।

यस्तै शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र २६ वर्षीय भुवन ऐर पनि घाइते भएका छन् । त्यसैगरी भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाईं घाइते भएका छन् । प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा का अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।

झडपपछि कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । हाल कारागारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाँसबाट सामाग्री निर्माण तालिम सुरु

   चैत २५, २०८२       admin

दाङ,२५ चैत । दाङमा बाँसबाट विभिन्न सामग्री निर्माण तालिम सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ स्थित वडाकार्यालय तकियापुरमा मंगलबारदेखि एक महिनाका लागि बाँसको चोयाबाट सामाग्री निर्माण सम्बन्धि तालिम सुरु भएको छ। तालिम चैत २४ गतेदेखि बैशाख २३ गतेसम्म जारी रहनेछ।

तालिम थर्ड आई नेपाल को आयोजना तथा पर्यटन डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोग र तुलसीपुर–२ को सहकार्यमा उक्त तालिम सुरु भएको हो।

तालिम उद्घाटनका अवसरमा वडाध्यक्ष भिमबहादुर योगीले स्थानीय बाँसको सदुपयोग गर्दै फुर्सदको समय सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गरेका थिए। उनले पुर्खाले बनाएका मोका, सुपो, डोको, डालो जस्ता सामाग्री लोप हुँदै गएको उल्लेख गर्दै नयाँ पुस्ताले बाँसको सीप सिक्नुपर्ने बताए।

पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख मुक्तिप्रशाद पाण्डेले प्लाष्टिकको विकल्पका रूपमा बाँसको सामाग्री निर्माण उपयोग गर्नुपर्ने बताए। उनले तालिमबाट सिकेका सीपलाई भान्सादेखि बजारसम्म प्रयोग गर्न सकिने र आयआर्जनमा समेत सहयोग पुग्ने बताए।

तालिमका प्रशिक्षक बृषराज बिकले रेडिमेड र आयातित सामाग्रीको प्रयोगले पूर्खाको सीप लोप हुने अवस्था आउँदै गरेको बताउँदै, तालिमबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए।

पूर्व शिक्षक अम्बिका योगीले पुर्खाको बाँस सीप नयाँ पुस्तामा लैजानुपर्ने आवश्यकता औंल्याए। तालिममा स्थानीय २५ जना महिला सहभागी छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा चार सयबढी फरार प्रतिवादी पक्राउ

   चैत २५, २०८२       admin

दाङ,२५ चैत। अदालतको फैसला कार्यान्वयनमा दाङ प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिरहेको छ ।

प्रहरीका अनुसार विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई धमाधम पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठका अनुसार करिब आठ महिनामा चार सय बढी प्रतिवादी पक्राउ परेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि चैत दोस्रो सातासम्म ४१४ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अदालतले ठूलो परिमाणमा जरिवाना र कैद सजाय तोकेको छ ।

उनीहरूबाट एक करोड २५ लाख १२ हजार ६ सय १७ रुपैयाँ जरिवाना र १६५ वर्ष ८ महिना ४ दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । सोही अभियानअन्तर्गत विभिन्न समयमा फैसला भएका मुद्दाका प्रतिवादी खोजी गरिएको हो ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत घोराहीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

महिनाअनुसार साउनमा २७, भदौमा ३५, असोजमा ५७, कात्तिकमा ३७, मङ्सिरमा ७३, पुसमा ८६, माघमा ५६, फागुनमा २९ र चैतको दोस्रो सातासम्म १४ जना पक्राउ परेका छन् । आगामी दिनमा पनि फरार प्रतिवादी पक्राउ अभियानलाई थप तीव्र बनाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि

   चैत २५, २०८२       admin

काठमाडौ २५ चैत । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडादरमा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार सार्वजनिक यातायातको भाडा १६ दशमलव ७१ प्रतिशतले वृद्धि गरिएको छ । मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि गरिएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१ दशमलव ६८ प्रतिशतले बढाइएको छ ।

तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५ दशमलव ७५ प्रतिशतले वृद्धि गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको विभागले जनाएको छ । विभागले छिट्टै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि भाडा समायोजन गरिएको जनाइएको छ । नयाँ भाडादर लागू भएपछि सर्वसाधारणको दैनिक खर्चमा असर पर्ने देखिएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रियसभाका चार समितिका सभापतिले शपथ लिए

   चैत २५, २०८२       admin

काठमाडौ,२५ चैत । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई शपथ लिएका छन् ।

त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया ले पनि शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology