कैलाली,२ असार । एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा दुई जना वनकर्मीविरुद्ध मुद्दा दर्ता गरिएको छ।प्रहरीका अनुसार वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको हो।
घटनामा नियन्त्रणमा लिइएका १२ जनामध्ये बाँकी १० जनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडितको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको हो।
घटनाबारे थप छलफलका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पीडित, स्थानीय जनप्रतिनिधि तथा वन कार्यालयका पदाधिकारीसँग पुनः छलफल गर्ने तयारी गरिएको बताएका छन्।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच छलफल भएको थियो भने सोही दिन १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो।
घटनाको छानबिनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा बनेको समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
गत शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्गको बासपानी क्षेत्रमा स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो वनका कर्मचारीले भिरबाट धकेलेर खसालेका थिए।
धामीले सडक किनारमा टेम्पो रोकी पानी, चाउचाउ, बिस्कुट र अण्डा लगायतका सामग्री बिक्री गर्दै आएकी थिइन्। वन क्षेत्र अतिक्रमण गरेको भन्दै कर्मचारीले टेम्पो हटाउने क्रममा उक्त घटना भएको बताइएको छ।
घटनापछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। यता वन कार्यालयले भने टेम्पो जानाजान नभई भौगोलिक अवस्था र असन्तुलनका कारण भिरबाट खसेको दाबी गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ कायम भएको थियो। आइतबार पनि सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढ्दै २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको थियो।
यता मंगलबार चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको थियो भने आइतबार ५५ रुपैयाँले वृद्धि भई ४ हजार ८९५ रुपैयाँ पुगेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो।
चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले कम रहेको छ।
प्रदेश सरकारले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा आर्थिक उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ असार । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबैको घटनास्थलमै ज्यान गएको अधिकारीहरूले जनाएका छन्।
मिसौरीको बट्स काउन्टीस्थित बट्लर मेमोरियल विमानस्थलबाट उडेको केही क्षणमै ‘प्यासिफिक एरोस्पेस ७५० एक्सएल’ विमानले नियन्त्रण गुमाएको बताइएको छ। उक्त विमान ‘स्काईडाइभ कन्सस सिटी’ नामक निजी कम्पनीले सञ्चालन गर्दै आएको थियो।
स्थानीय आपतकालीन व्यवस्थापन निकायका निर्देशक डेनिस ज्याकोब्सका अनुसार उडान भरेलगत्तै विमानमा प्राविधिक समस्या देखिएको संकेत प्राप्त भएको थियो। पाइलटले विमानलाई नजिकैको राजमार्गमा सुरक्षित अवतरण गराउने प्रयास गरे पनि सफल हुन सकेनन्।
केही समयपछि विमान ‘स्टाल’ भई जमिनमा बजारिएको र तत्काल आगलागी भएको जनाइएको छ। दुर्घटनापछि पुगेका उद्धार टोलीले आगो नियन्त्रणमा लिए पनि विमानमा रहेका कसैलाई पनि जीवित उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रहेका केही स्काईडाइभरका आफन्तहरूले आफ्नै आँखाअगाडि दुर्घटना देखेका थिए, जसले घटनालाई अझ पीडादायी बनाएको छ।
बट्स काउन्टीका शेरीफ च्याड एन्डरसनले घटनालाई अत्यन्त दुःखद भन्दै केही परिवारले आफ्ना प्रियजनलाई आफ्नै आँखाअगाडि गुमाउनुपरेको बताएका छन्।
दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ। अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) र संघीय उड्डयन प्रशासन (FAA) ले घटनाको संयुक्त अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक रूपमा प्राविधिक खराबी वा इन्जिनमा समस्या आएको हुन सक्ने आशंका गरिएको छ।
मृतकहरूको पहिचान सार्वजनिक गर्ने प्रक्रिया जारी रहेको र अनुसन्धान प्रतिवेदनपछि थप विवरण सार्वजनिक गरिने अधिकारीहरूले जनाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ असार । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन जारी गरेको छ।
महाशाखाले सोमबार देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको हो।
यस्तै, खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा भने सोही दरबन्दीमा शिक्षक सरुवा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिइएको छ।
त्यसैगरी ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको नतिजा नआउँदासम्म सरुवा सहमति नदिन पनि स्थानीय तहलाई महाशाखाले निर्देशन दिएको छ।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१ असार । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा पर्सि बुधबारसम्म तातो दिनको अवस्था कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ती क्षेत्रहरूमा पर्याप्त वर्षा नहुँदा तापक्रम उच्च रहने र गर्मीको प्रभाव अझै केही दिन कायम रहने देखिएको छ।
आज, भोलि र पर्सिसम्म देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने कोशी प्रदेशका केही ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
पर्सि पनि मौसमको अवस्था धेरै फरक नहुने महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा वर्षा र हिमपात जारी रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा भने पर्याप्त वर्षा नहुँदा गर्मी कायमै रहने देखिएको छ।
गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले अत्यधिक घाम लाग्ने समयमा बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,१ असार । रोल्पामा सुत्केरी बोकेर जाँदै गरेको बोलेरो दुर्घटना भएको छ। सोमबार बिहान करिब १ बजे रुन्टिगढी गाउँपालिका–७ सालिवाङ क्षेत्रमा उक्त जिप दुर्घटनामा परेको हो। जिप दुर्घटना हुदा आठजना घाइते भएका छन् ।
रुन्टिगढी–६ डुब्रिङ गोठीवनबाट वडा नम्बर ८ तल्लो लापुतर्फ सुत्केरी लैजाँदै गर्दा जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोस्ट कुर्जाका इन्चार्ज मोहन विश्वकर्माका अनुसार जिपमा सवार यात्रुहरू सामान्य घाइते भएका छन्। घाइते सबैको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३१ जेठ । बाँकेको कोहलपुरस्थित एक खेतमा २७ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका–५ का टिकाराम थापा आइतबार बिहान कोहलपुर नगरपालिका–१५ चनहवास्थित खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी अघिल्लो दिन मात्रै भारतबाट स्वदेश फर्किएका थिए। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शव नियन्त्रणमा लिएको थियो।
मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको र शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्मर पालले जानकारी दिए।
पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट भोलि (असार १ गते) प्रस्तुत गर्ने तयारी गरेको छ।
प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत हुने बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रदेश सरकारले सीमित स्रोतसाधन र बढ्दो दायित्वलाई ध्यानमा राख्दै दायित्व भुक्तानी, बहुवर्षीय आयोजना र प्रदेश गौरवका योजनालाई प्राथमिकतामा राख्ने जनाएको छ। बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताइएको छ।
कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ विस्तार, स्थानीय तथा रैथाने बाली संरक्षण, उत्पादनको ब्रान्डिङ तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिइनेछ। यसैगरी युवालाई लक्षित सीपमूलक तालिम, स्टार्टअप र स्वरोजगार कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने योजना पनि बजेटमा समेटिनेछ।
स्वास्थ्यतर्फ अस्पताल स्तरोन्नति र विशेषज्ञ सेवा विस्तार, शिक्षा क्षेत्रमा प्राविधिक तथा प्रविधिमैत्री शिक्षण प्रणाली, साथै खेलकुद पूर्वाधार विकासका कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाइएको छ।
पर्यटन, उद्योग र ऊर्जा क्षेत्रको विकासमार्फत प्रदेशको अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा स्वास्थ्य पर्यटन केन्द्रका रूपमा विकास गर्ने कार्यक्रमलाई पनि बजेटले प्राथमिकता दिने तयारी गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
प्युठान,३१ जेठ । प्यूठानमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। नौबहिनी गाउँपालिका–५ गावै माझटोलकी २१ वर्षीया दुर्गा गिरीको आइतबार बिहान अँधेरीखोला नजिकै भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ८ बजे घाँस काट्दै गर्दा उनी लडेकी थिइन्। घटनाबारे स्थानीयले करिब १० बजे सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
मृतकका श्रीमान् गोविन्द गिरी रोजगारीका लागि विदेशमा छन्। उनका तीन वर्षका एक छोरा छन्।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस