रोल्पा,२२ चैत । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दाङको घोराही उपमहानगरपालिका–४ भागरे निवासी अन्दाजी २१ वर्षीय सामिल बिकको मृत्यु भएको हो।
प्रहरीका अनुसार हिजो साँझ करिब साढे ६ बजे झकेवाङबाट थवाङ बजारतर्फ जाँदै गरेको रा १ त ३८३४ नम्बरको पानी बोक्ने ट्याक्टर थवाङ गाउँपालिका–१ रिखोलामा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।
उक्त ट्याक्टरमा सवार एक जना भने सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ चैत । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु गरेको छ।
आयोगका अनुसार मङ्सिर ६ गतेदेखि रोकिएको कार्यक्रम चैत १८ गतेको निर्णयपछि पुनः सञ्चालनमा ल्याइएको हो।
राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनमार्फत सहजै नाम दर्ता गर्न सक्नेछन्। परिचयपत्र नभएकाले ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत फारम भरी फोटो र औँठाछापसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
यससँगै नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने तथा ठेगाना अद्यावधिक गर्ने काम पनि अनलाइनबाटै गर्न सकिने आयोगले जनाएको छ।
आयोगले सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ चैत । ज्ञानज्योती फाउण्डेशन र इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९आइएसटी० काठमाडौँबीच द्विपक्षीय सम्झौता भएको छ।
तुलसीपुर–६ मा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सहकार्यका लागि हस्ताक्षर गरिएको हो। सम्झौतामा ज्ञानज्योतीका सिइओ सुरेन्द्र जिसी र आइएसटीका सिइओ नरेन्द्र बज्राचार्यले हस्ताक्षर गरेका छन्।
होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक शिक्षा र व्यावहारिक अनुभव उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरिएको जनाइएको छ। आइएसटीका सिइओ बज्राचार्यले होटल म्यानेजमेन्टलाई केवल खाना पकाउने विषयका रूपमा नभई जीवनोपयोगी शिक्षाका रूपमा लिनुपर्ने बताउँदै यसले अनुशासन, सिष्टता र व्यवहारिक सीप विकास गर्ने उल्लेख गरे।
उनले इन्टर्नसिपका लागि काठमाडौँ आउने विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका तारे होटलमा अवसर प्रदान गरिने जानकारी दिए।
कलेज प्रमुख सम्झना बस्नेतले दुई वर्षअघिको योजना अनुसार सहकार्य सम्भव भएको बताउँदै विद्यार्थीलाई सिकाइमा केन्द्रित हुन आग्रह गरिन्। आवश्यकता अनुसार तालिमको व्यवस्था गर्न पनि कलेज तयार रहेको उनको भनाइ छ।
ज्ञानज्योतीका सिइओ जिसीले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको कलेजसँग सहकार्य गरिएको बताए। कक्षा ११ र १२ पछि उच्च शिक्षाका लागि काठमाडौँ जाने विद्यार्थीलाई यस सम्झौताले महत्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ।
कार्यक्रम फाउण्डेशनका सिइओ जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २१ चैत । दाङको तुलसीपुरमा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको साधारणसभा सम्पन्न भएको छ। समितिका अध्यक्ष थमन विश्वकर्मा सितलको अध्यक्षता तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको प्रमुख आतिथ्यता र तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऋषिराज भण्डारीले प्रविधिमैत्री वातावरणका कारण मोबाइल व्यवसायको व्यावसायिकीकरण बढ्दै गएको र व्यवसायमा सहजता आएको बताए। तर, अझै पनि विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै त्यसबाट जोगिन व्यवसायीहरू सचेत हुनुपर्नेमा जोड दिए। उनले व्यवसायिक हितका लागि एकता आवश्यक रहेको उल्लेख गर्दै एकरूपता कायम गर्न र अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन आग्रह गरे।
विशिष्ट अतिथि केशवराज केसीले व्यवसाय क्षेत्रमा विभिन्न जटिलताहरू रहेको भन्दै ती चुनौतीहरूलाई सहज बनाउँदै अगाडि बढ्नुपर्ने बताए। उनले उद्योग वाणिज्य संघ व्यवसायीहरूसँगै रहेको पनि स्पष्ट पारे।
समितिका महासचिव नवीन ओलीको सहजीकरणमा सम्पन्न कार्यक्रममा ज्योति प्रकाश दाहालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नारायण भण्डारी तथा समितिका निवर्तमान अध्यक्ष सुरज भण्डारीले तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समिति एकै छातामुनि आवद्ध भएको उल्लेख गर्दै व्यवसाय प्रवर्द्धनका लागि विभिन्न व्यावसायिक संस्थाहरूको साथ र सहयोग प्राप्त भएको बताए। उनीहरूले व्यवसायिक सुधार र संरक्षणका लागि सरकारसँग अपेक्षा रहेको पनि व्यक्त गरे।
कार्यक्रममा कोषाध्यक्ष रामु बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव नवीन ओलीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
नयाँ समिति गठन
साधारणसभाबाट तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको नयाँ नेतृत्व चयन गरिएको छ। समितिको अध्यक्षमा रामबहादुर बस्नेत, उपाध्यक्षमा प्रदीप घिमिरे, महासचिवमा नवीन ओली, कोषाध्यक्षमा मीनज ओली चयन भएका छन्। सदस्यहरूमा विनोद केसी र तिलक बस्नेत लगायत रहेका छन्। निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष सुरज भण्डारीले उक्त जानकारी गराएका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल तथा नेपाल मेडिकल तथा डेण्टल कलेज एशोसिएशनलाई पत्र पठाउँदै गत कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो।
उक्त सहमतिअनुसार निजी मेडिकल कलेजहरूले शिक्षण अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई कम्तीमा नेपाल सरकारको पाँचौँ तहको सुरु तलब स्केल ९हाल ३४ हजार ७३० रुपैयाँ० उपलब्ध गराउनुपर्ने व्यवस्था छ। अन्य निजी तथा सामुदायिक अस्पताल र डेण्टल कलेजहरूले भने उक्त तलबको ८० प्रतिशत उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार केही संस्थाहरूले सहमति कार्यान्वयन नगरेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
सहमतिअनुसार पारिश्रमिक नदिइएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। साथै, सम्बन्धित निकायलाई अनुगमन गरी सहमति कार्यान्वयन सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ चैत । महाराष्ट्रमा कार दुर्घटना हुँदा एउटै परिवारका ९ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार शुक्रबार राति नासिक जिल्लाको डिन्डोरीस्थित शिवाजी नगर क्षेत्रमा कार अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त स्थान मुम्बईबाट करिब ३०५ किलोमिटर उत्तरपूर्वमा पर्दछ।
दुर्घटनामा ज्यान गुमाउनेहरू सामाजिक कार्यक्रममा सहभागी भएर फर्किँदै गरेको बताइएको छ।
घटनाबारे मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतमा सडक दुर्घटना प्रायः सवारी साधनमा अत्यधिक भार, सडकको कमजोर अवस्था तथा लापरबाहीपूर्ण सवारी चालकका कारण हुने गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ चैत । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने भएको छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनको मिति तय गर्दै सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिमा मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन्।
दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले दाबी प्रस्तुत गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान,२१ चैत । सल्यान प्रहरीले मालपोत कार्यालय परिसरबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो मालपोत कार्यालय सल्यानबाट शारदा नगरपालिका–१ श्रीनगरका तिलक कवरलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार सेवाग्राहीको फाइल लिएर काम सहज बनाइदिन्छु भन्दै शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा बिहानदेखि निगरानी बढाइएको थियो। सोही क्रममा दिउँसो करिब साढे ४ बजेतिर उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा कवरले असहयोगी व्यवहार समेत गरेका थिए। उनीमाथि सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा अनधिकृत रूपमा काम गरिरहेको आरोप लागेको छ। पक्राउ परेका कवरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा, २१ चैत । रोल्पामा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। प्रहरीले शिक्षक ठगेन्द्र खड्कालाई नियन्त्रणमा लिइएको हो। उनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा कार्यरत शिक्षक हुन्।
उनिमाथि कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि चैत १७ गते जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका खड्कालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक जानकारीअनुसार बालिकालाई प्रलोभनमा पारेर एकान्त स्थानमा बोलाई घटना घटाएको आरोप स्थानीय र आफन्तले लगाएका छन्।
घटनापछि स्थानीयवासी, अभिभावक तथा सरोकारवाला निकायहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। साथै पीडितलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२१चैत । सागर लम्साल (बले) लाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि बलात्कारसम्बन्धी आरोप लागेको बताइएको छ।
अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धान गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस