विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरिनुपर्छ: सांसद पुन

   चैत १, २०८२       admin

काठमाडौं ,१९ चैत । स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयहरूलाई राजनीतिक प्रभावबाट मुक्त गरी शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले देशभर सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्न आवश्यक रहेको बताए।

उनले विज्ञान तथा प्रविधिको प्रवर्द्धनलाई प्राथमिकता दिँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे। “विज्ञान र प्रविधिको विकासविना देश आर्थिक रूपमा अघि बढ्न सक्दैन,” उनले भने।

सांसद पुनले विद्यालय शिक्षामा देखिएका विकृति सुधार गर्न शिक्षा नियमावलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिमा बढ्दो राजनीतिक प्रभावप्रति चिन्ता व्यक्त गरे।

यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिनिधिसभामा तीन अध्यादेश पेस

   चैत १, २०८२       admin

काठमाडौं, १९ चैत । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेस गरेका छन्।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखेपछि नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन्।

संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिक बन्द सूचीमा जनसङ्ख्याको आरक्षण सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको जानकारी दिइएको छ।

त्यसैगरी, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्ने उद्देश्यले अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो।

गृहमन्त्री गुरुङले ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयअन्तर्गत ल्याइएको जानकारी गराए।

बैठकमा संविधानसभा सदस्य तथा पूर्वसदस्य ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा र राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रदेश खारेज गर्न सरकारलाई साथ दिन्छौं: सांसद शाही

   चैत १, २०८२       admin

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न सरकारले पहल गरे आफ्नो दलले पूर्ण समर्थन गर्ने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश खारेजीका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्‍याउन राप्रपा तयार रहेको बताए। देशमा ८८४ जना सांसद रहेको उल्लेख गर्दै उनले प्रदेश संरचना सञ्चालनमा मात्र वार्षिक करिब १ खर्ब रुपैयाँ खर्च भइरहेको दाबी गरे।

प्रदेश संरचना राजनीतिक दलका कार्यकर्ता व्यवस्थापनका लागि मात्रै ल्याइएको आरोप लगाउँदै उनले सरकारले खारेजी प्रक्रिया अघि बढाए राप्रपाले बहुमत जुटाउन सहयोग गर्ने बताए।

‘यही संसदबाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइका लागि १८४ संख्या चाहिन्छ, हामी पुर्‍याउँछौं,’ उनले संसदमा भने।

यसैबीच, शाहीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

उनले देशको सार्वभौमसत्ता र राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने धारणा पनि राख्दै यस विषयमा गम्भीर बहस आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यामना अटो दुर्घटना हुँदा पाँचजना घाइते: दुइको अवस्था गम्भीर

   चैत १, २०८२       admin

सल्यान, १९ चैत । सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान करिब साढे ११ बजे किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको म.प्र.०३००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चालक ३८ वर्षीय टिकाराम राना, ७२ वर्षीय डिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर ऐरी र भारत उत्तर प्रदेश घर भई भाँडा बेच्दै हिँड्ने करिब ५२ वर्षीय सफि अहमद घाइते भएका छन्।

प्रहरीका अनुसार सुनार र अहमदको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको छ। प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी कपुरकोट आधारभूत अस्पताल पुर्‍याइएको थियो।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारी निकायका सूचना अब सरकारी मिडियामा

   चैत १, २०८२       admin

दाङ, १९ चैत । सरकारी निकायले अबदेखि विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र जारी गर्दै आगामी दिनमा सरकारी स्वामित्वका सञ्चारमाध्यममै सूचना र विज्ञापन प्रकाशन/प्रसारण गर्न निर्देशन दिएको हो।

परिपत्रमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, सूचना तथा विज्ञापन प्रणालीमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी सञ्चारमाध्यमको प्रवर्द्धन गर्ने उद्देश्य उल्लेख गरिएको छ।

त्यसका लागि आफू तथा मातहतका निकायले सोहीअनुसार कार्यान्वयन गर्न २०८२ चैत १८ गते सचिवस्तरको निर्णयअनुसार परिपत्र गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रजनन स्वास्थ्यसम्बन्धी एकीकृत स्क्रिनिङ शिविर: ३८१ जना लाभान्वित

   चैत १, २०८२       admin

दाङ,१९ चैत । दाङको सतबरियामा प्रजनन स्वास्थ्य सम्बन्धि एकीकृत स्क्रिनिङ व्यवस्थापन शिविर सम्पन्न भएको छ। लमही नगरपालिका–८ सतबरियामा सम्पन्न शिविरबाट ३ सय ८१ जनाले लाभ लिएका छन् ।


सतबरिया स्वास्थ्य चौकीका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार सेवा लिनेहरूमध्ये ५४ जना बालबालिका र ३२७ जना वयस्क रहेका छन्। वडा नं. ५ देखि ९ सम्मका स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

लमही नगरपालिकाको आयोजना तथा केयर सिटी अस्पतालको प्राविधिक सहयोगमा सेवा सञ्चालन गरिएको हो।

शिविरमा नगर उपप्रमुख लक्ष्मी योगीले विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध गराइएकाले नगरबासीलाई अधिकतम लाभ लिन आग्रह गरेकी थिइन् । उनले सबै वडाका नागरिकलाई सहज पहुँच हुने स्थानमा सेवा सञ्चालन गरिएको बताइन् ।

सेवामा स्त्रीरोग विशेषज्ञ डा. राजन महत, ग्यास्ट्रोलोजिस्ट डा. सुदीप रेग्मी र बालरोग विशेषज्ञ डा. दीपेन्द्र रायसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो।


शिविरअन्तर्गत पाठेघर क्यान्सर स्क्रिनिङ, अल्ट्रासाउन्डलगायत सेवा प्रदान गरिएको थियो। कार्यक्रमको व्यवस्थापन वरिष्ठ नर्सिङ निरीक्षक मिना भुसाल शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु

   चैत १, २०८२       admin


दाङ, १९ चैत । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

संघीय संसद्अन्तर्गतको माथिल्लो सभा राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ।

संविधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आजदेखि एसइई सुरु: दाङमा झण्डै १४ हजार विद्यार्थी सहभागी

   चैत १, २०८२       admin


दाङ ,१९ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ। पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुँदै छ।

यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदै छन्। परीक्षाका लागि एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।
दाङमा भने यस वर्ष १३ हजार ९९८ विद्यार्थी एसइईमा सहभागी हुँदै छन्।

जिल्लाका १० स्थानीय तहमा रहेका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। एसइईका लागि दाङमा ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ दाङका शाखा अधिकृत एवं सूचना अधिकारी तिलकराम बञ्जाडेका अनुसार गत वर्षको तुलनामा विद्यार्थी सङ्ख्या २५६ ले घटेको छ भने ३ वटा परीक्षा केन्द्र कटौती गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आजदेखि SEE परीक्षा सुरु: शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको अपिल

   चैत १, २०८२       admin

दाङ, १९ चैत – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल गरेका छन्।
देशभर आज बिहीबारदेखि एकैसाथ सुरु भएको उक्त परीक्षामा लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना तथा ग्रेड वृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कुल ८९ हजार १७ जना परीक्षार्थी सहभागी भएका छन्।
परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३ सय ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा व्यवस्थापनका लागि ३ सय ३८ केन्द्राध्यक्ष, ६ सय ३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक तथा ६ सय ७६ कार्यालय सहयोगी गरी कुल ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
परीक्षालाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलमार्फत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। साथै, सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, अभिमुखीकरण, प्रश्नपत्र तथा उत्तरपुस्तिका ढुवानी लगायत सम्पूर्ण तयारी पूरा भइसकेको सम्बन्धित निकायले जनाएको छ।
मन्त्री तिमिल्सिनाले परीक्षार्थीहरूलाई डर र त्रासविना उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्। साथै, परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार तथा नागरिक समाजलाई समेत सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राजीनामा माग गर्दै एमाले महासचिव पोखरेलको पुत्ला दहन

   चैत १८, २०८२       admin

दाङ,१८ चैत । अनेरास्ववियुका विद्यार्थीहरूले शंकर पोखरेलको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। अस्कल क्याम्पसबाट निस्किएका विद्यार्थीहरूले पोखरेलविरुद्ध नाराबाजी गर्दै सडक प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सुहाङ नेम्वाङको पक्षमा समेत नारा लगाइएको थियो। नेम्वाङ नेकपा एमाले संसदीय दलको नेताका आकांक्षी थिए।

रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन सांसदहरूलाई महासचिव पोखरेलले दबाब दिएको आरोप लगाउँदै युवाहरूले सामाजिक सञ्जालमा समेत आपत्ति जनाइरहेका छन्।

सोही विषयलाई लिएर राजीनामा अभियान चलाइरहेका युवा–विद्यार्थीहरूले बुधबार राति सडक प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले पार्टीभित्र युवालाई अवसर दिनुपर्ने, पार्टी कब्जा गर्न नपाइने र महासचिव पदबाट पोखरेलले राजीनामा दिनुपर्ने माग राख्दै नाराबाजी गरेका छन्।

प्रदर्शनकारीहरूले पार्टी केन्द्रीय कार्यालय अगाडि पोखरेलको पुत्ला दहन समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology