काठमाडौं,१४ चैत । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्।
मुगु जिल्लाको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
उनीलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।
मल्लविरुद्ध बलात्कारको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
पीडित महिलाले फागुन ५ गते नै प्रहरीमा उजुरी दिएकी थिइन्। उनी केही समयअघि माइतीघर मण्डलामा अनशनसमेत बसेकी थिइन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ चैत । रूसले अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ऊर्जा मन्त्रालयलाई प्रतिबन्धसम्बन्धी प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्।
रूसले यो कदम घरेलु आपूर्ति कायम राख्न र मूल्य नियन्त्रण गर्न लक्षित रहेको जनाएको छ। हाल रूसले दैनिक करिब एक लाख २० हजारदेखि एक लाख ७० हजार ब्यारेल पेट्रोल निर्यात गर्दै आएको छ।
नोभाकले इजरायल–इरान द्वन्द्वका कारण विश्वव्यापी तेल तथा पेट्रोलियम बजारमा अस्थिरता बढेको र मूल्यमा उतारचढाव आएको बताएका छन्।
यो निर्णयले चीन, टर्की, ब्राजिल, अफ्रिका र सिंगापुरजस्ता देशहरू प्रभावित हुन सक्ने बताइएको छ। यी देशहरू रूसी तेलका प्रमुख खरिदकर्ता हुन्। भारतले पनि रुसबाट कच्चा तेल किन्ने गरेको छ।
पेट्रोल निर्यात प्रतिबन्धसम्बन्धी विषयमा शुक्रबार मस्कोमा बैठक बसेको थियो। राष्ट्रपति भ्लादिमिर पुटिनले इन्धनको मूल्य नियन्त्रणमा राख्न विशेष जोड दिएका छन्।
बैठकमा मन्त्री नोभाकले पेट्रोल र डिजेलको पर्याप्त भण्डार रहेको र रिफाइनरीहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको बताएका छन्। तेल कम्पनीहरूले समेत पर्याप्त भण्डार रहेको जनाउँदै क्षमता भन्दा बढी उत्पादन भइरहेको जानकारी दिएका छन्।
रूसले गत वर्ष पनि युक्रेन युद्धका कारण रिफाइनरी प्रभावित भएपछि मूल्य नियन्त्रण र घरेलु आपूर्ति सुनिश्चित गर्न पेट्रोल तथा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो।
उद्योग तथ्याङ्कअनुसार रूसले गत वर्ष करिब ५० लाख मेट्रिक टन पेट्रोल निर्यात गरेको थियो, जुन दैनिक झन्डै एक लाख १७ हजार ब्यारेल बराबर हुन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत । नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले केपी शर्मा ओली र रमेश लेखकको पक्राउ कानुनी शासनअनुसार नभएको बताएका छन्।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहान सुरक्षाकर्मीले उनीहरूलाई निवासबाट नियन्त्रणमा लिएका थिए।
वरिष्ठ अधिवक्ता मिश्रले पक्राउ प्रक्रियामाथि प्रश्न उठाउँदै रंगेहात अपराधमा संलग्न व्यक्तिलाई मात्र जरुरी पक्राउ पुर्जी प्रयोग गर्न मिल्ने बताएका छन्।
“सामान्य अवस्थाका व्यक्तिलाई पक्राउ गरेर लैजाने कानुनी व्यवस्था छैन, जुन तरिकाले पक्राउ गरियो त्यो कानुनी शासनअनुकूल देखिँदैन,” उनले भने।
उनले भदौ २३ र २४ गतेका घटनामा निष्पक्ष अनुसन्धान गरी एकैपटक अभियोजन गर्नुपर्नेमा फरक तरिका अपनाइएको टिप्पणी गरेका छन्।
“सबैलाई एकैपटक अभियोजन लगाउनुपर्ने हो, दुई जनालाई मात्र लिएर प्रचार गर्ने गरी जानु राज्यका लागि ठीक होइन,” उनले भने।
सरकारले असाधारण र अप्राकृतिक कार्य गरेको आरोप लगाउँदै मिश्रले बन्दी प्रत्यक्षीकरण र म्याद थपका क्रममा अदालतमा वास्तविक विषय प्रस्तुत गरिने जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ चैत ।भारत सरकारले नेपाल सरकारलाई १९ थान सवारीसाधन हस्तान्तरण गरेको छ।
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका वाणिज्यदूत मनीषकुमार दासले आईईसीपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन्।
दूतावासका अनुसार नेपाल सरकारको आग्रहअनुसार सहयोगस्वरूप ती सवारीसाधन उपलब्ध गराइएको हो।
सहायक प्रजिअ कार्कीले प्राप्त सवारीसाधन गृह मन्त्रालय, नेपालतर्फ पठाइएको जानकारी दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१४ चैत । प्रतिनिधिसभाका स्वतन्त्र सांसद तथा वैज्ञानिक महावीर पुनले मौसम खराब भए पनि शनिबार काठमाडौं उपत्यकाका दुई स्थानमा पुस्तक बिक्री अभियान जारी राख्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आजको तालिका सार्वजनिक गरेका हुन्।
उनका अनुसार नयाँ बानेश्वर, काठमाडौंस्थित चोकको उत्तरपट्टि खुला ठाउँमा बिहान १० बजेदेखि १ बजेसम्म पुस्तक बिक्री गरिनेछ।
यस्तै, दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म सल्लाघारी, भक्तपुर मुख्य चोक नजिकै खुला स्थानमा पुस्तक उपलब्ध हुनेछ।
पुनले पुस्तक बिक्रीबाट संकलित रकम वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा खर्च गरिने बताएका छन्।
“मौसम अलि खराब भए पनि आज शनिबार किताब बेच्ने तालिका यस अनुसार छ,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
ओली पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले पूर्वाग्रह र प्रतिशोधको मूल्य महँगो पर्ने चेतावनी दिएका हुन्।
“पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेवार बन, अविलम्ब रिहा गर,” उनले उल्लेख गरेका छन्।
शनिबार बिहान गृहमन्त्री सुदन गुरुङको निर्देशनमा प्रहरीले गुण्डु, भक्तपुरबाट ओलीलाई पक्राउ गरेको थियो।
यसैबीच प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ। ओलीको पक्राउप्रति एमालेका अन्य नेताहरूले पनि प्रतिक्रिया जनाइरहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत । केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ।
काठमाडौं प्रहरी परिसर, भद्रकालीमा राखिएका ओलीको स्वास्थ्य अवस्था ख्याल गर्दै अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
“उहाँ बिरामी हुनुहुन्छ, स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै अस्पताल पठाइएको हो,” प्रहरी स्रोतले जनाएको छ।
ओलीले नियमित रूपमा धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ।
स्वास्थ्य परीक्षणपछि उनलाई कहाँ राख्ने भन्ने निर्णय गरिने प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरेका हुन्। उनलाई कटुन्जे, भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यसपछि गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए। प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्न सरकारसँग लिखित आदेशसमेत मागेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ चैत । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की आज बालुवाटारबाट धापासीस्थित निजी निवासमा फर्किएकी छन्। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट बाहिरिएकी हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको उल्लेख गरेकी छन्। कठिन परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको स्मरण गर्दै उनले सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको बताएकी छन्।
उनले लोकतन्त्रप्रति जनताको विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको उल्लेख गर्दै जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी लागेको जनाएकी छन्। साथै नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई समृद्ध र स्थिर भविष्यतर्फ लैजाने विश्वास व्यक्त गरेकी छन्।
यस क्रममा उनले नागरिक, सहकर्मी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेकी छन्।
गत भदौ २७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्दै नवनिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गरेकी हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिँदै साहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमा राखेको विश्वास झल्काएको बताएका छन्।
उनले नेपाल र भारतबीचको मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन प्रधानमन्त्री साहसँग नजिकबाट काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्।
भारत र नेपालबीचको सम्बन्धलाई दुवै देशका जनताको हितमा अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गर्दै मोदीले सफल कार्यकालको शुभकामना दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस