बसको ठक्करबाट सल्यानमा एक महिलाको मृत्यु

   जेठ ३१, २०८३       admin

सल्यान,३१ जेठ । सल्यानमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरस्थित राप्ती राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको हो।

आइतबार दिउँसो करिब १२ बजे दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले छत्रेश्वरी गाउँपालिका–७ की ४६ वर्षीया उमा रेउलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी रेउलेको टाउको र दुवै खुट्टामा चोट लागेको थियो। उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार बस चालक कुमाख गाउँपालिका–३ निवासी करिब ३० वर्षीय डिल्ली बुढा हुन्। चालक र बसलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए

   जेठ ३१, २०८३       admin

कैलाली,३१ जेठ ।कैलालीमा वन क्षेत्र अतिक्रमण हटाउने अभ क्रममा वनका कर्मचारीले एक टेम्पो भीरबाट खसालेको घटना सार्वजनिक भएको छ।

गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा सडक किनारामा सञ्चालनमा रहेको धनादेवी धामीको टेम्पो हटाउने क्रममा उक्त घटना भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कर्मचारीले टेम्पो धकेलेर भीरतर्फ खसालेको देखिन्छ।

पीडित धनादेवीका अनुसार उनले टेम्पोमा राखिएको सामान निकालेर घर लैजान खोज्दा पनि कर्मचारीले नमानेको र अन्ततः जबरजस्ती धकेलेर भीरमा खसालिएको हो।

तर डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक–पटक हटाउन आग्रह गर्दा अटेरी भएपछि अवस्था नियन्त्रण बाहिर गएको दाबी गरेका छन्। उनका अनुसार अतिक्रमण हटाउने क्रममा कर्मचारीमाथि गालीगलौज भएपछि टेम्पो धकेल्ने अवस्था बनेको हो।

घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक छानबिन भइरहेको जनाएको छ।

डिभिजन वन कार्यालयले भिमदत्त राजमार्ग आसपासका वन क्षेत्र अतिक्रमण हटाउने अभियान चलाइरहेको छ। सो क्रममा हालसम्म दर्जनौँ संरचना हटाइसकिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा घिमिरे निर्वाचित

   जेठ ३१, २०८३       admin

दाङ,३१जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।

सभापति पदका लागि पहिलो चरणको निर्वाचनमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। उक्त चरणमा घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरे पनि ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणको तयारी गरिएको थियो।

दोस्रो चरणमा जाने तयारी भइरहेका बेला निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन जनाएपछि पुनः मतदान नगरी शालिकरामलाई निर्वाचित घोषणा गरिएको रास्वपा नेता डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए।

पहिलो चरणको मत परिणाम अनुसार गोपाल घिमिरेले ८७, गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।

मतदानमा ८४३ मतदाता रहेकामा ५५२ मत खसेको थियो। अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

   जेठ ३१, २०८३       admin

बर्दिया,३१ जेठ । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ।

बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सहायक हवल्दार कँडेललाई आइतबार बिहान गुलरिया नगरपालिका–११ लालपुरमा ट्रकले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याइए पनि चिकित्सकले बिहान करिब साढे ५ बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनामा परी सशस्त्र प्रहरी जवान दीपककुमार जङ शाह घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू अवैध रूपमा भारततर्फ लैजान लागिएका भैंसी नियन्त्रणमा लिएर भन्सार कार्यालयतर्फ लैजाँदै गर्दा दुर्घटना भएको हो। सोही क्रममा एउटा भैंसीको पनि मृत्यु भएको छ।

ट्रक चालक निरञ्जन दर्जी समेत घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पताल गुलरियामा भइरहेको छ। ट्रकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ढुङ्गाले लागेर एक किशोरीको मृत्यु

   जेठ ३०, २०८३       admin

हुम्ला,३० जेठ । हुम्लाको सर्केगाड गाउँपालिकामा माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद शुक्रबार बिहान गाईगोरु चराउन जाँदा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे घटना भएको हो। घटनाको जानकारी करिब ११ः५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हबल्दार गोबर्द्धन परियारको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को टोली समेत पठाइएको छ।

कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दंगीशरणमा न्यायिक समितिबीच अन्तरक्रिया: समन्वय र पहुँचमा जोड

   जेठ ३०, २०८३       admin

दाङ,३० जेठ । दंगीशरण गाउँपालिकामा जिल्लास्तरीय न्यायिक समितिका पदाधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा न्यायिक समितिका अनुभव आदानप्रदान, चुनौती पहिचान तथा समाधानका उपायबारे छलफल गरिएको थियो।

कार्यक्रम दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पिमा कुमारी वलि खड्काको अध्यक्षता तथा अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा भएको हो।

कार्यक्रममा बबई गाउँपालिकाकी उपाध्यक्ष बमकुमारी खड्काले आफ्नो पालिकाको प्रगति प्रस्तुत गरिन् भने बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जि.सी.ले वडा तहसम्म न्यायिक समिति विस्तार गर्ने तयारीबारे जानकारी दिए। उनले कार्यक्रममा स्थानीय तहहरूको न्यून सहभागिताप्रति असन्तुष्टि पनि जनाए।


वरिष्ठ पत्रकार सुशील बस्नेतले नागरिकलाई छिटो र सहज न्याय दिलाउनु नै न्यायिक समितिको मुख्य दायित्व भएको बताए। जिल्ला सरकारी वकिल कार्यालय दाङका जिल्ला न्यायाधिवक्ता रत्नप्रकाश गिरीले मेलमिलाप प्रक्रियाका चरणहरूबारे जानकारी गराउँदै समितिको भूमिकामा जोड दिए।

त्यस्तै, जिल्ला अदालत दाङका तहसिलदार अमृत पौडेलले अदालत र स्थानीय तहबीच समन्वयको आवश्यकता औँल्याए भने जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले न्यायिक समितिको अधिकार क्षेत्र र प्रक्रियागत विषयमा स्पष्ट पारे।

कार्यक्रममा दंगीशरण, बबई र बङ्गलाचुली गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

   जेठ ३०, २०८३       admin

काठमाडौ,३० जेठ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गएराति जनकपुरबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार काठमाडौँको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद प्रकरणमा पूरा रकम नतिरेको आरोपमा साहविरुद्ध सकुन्तला थापा (अधिकारी)ले मुद्दा दायर गरेकी थिइन्।

जिल्ला अदालत काठमाडौँबाट अनुमति प्राप्त भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रमानन्द चोकबाट साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

५२ लाखभन्दा बढीको सुनसहित अमेलियाबाट दुईजना पक्राउ

   जेठ ३०, २०८३       admin

दाङ,३० जेठ । दाङको लमही नगरपालिका–९ अमेलियाबाट प्रहरीले ५२ लाखभन्दा बढी मूल्यको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

अमेलियास्थित ‘नमस्ते होटेल’को एक कोठामा अवैध रूपमा सुन कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमेलियाको टोलीले शुक्रबार बेलुका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २१४.५०० मिलिग्राम पहेँलो धातु (सुन) बरामद भएको छ। उक्त सुनको हालको बजार मूल्य करिब ५२ लाख ७४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए।

पक्राउ पर्नेहरूमा दाङ राजपुर गाउँपालिका–७ सुनपतरी नाका निवासी ४० वर्षीय रुपलाल गिरी र रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६ मग्माका २२ वर्षीय दिलिप परियार रहेका छन्।

प्रहरीका अनुसार गिरीले भारतबाट सुन ल्याएको र परियार खरिदकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेसिबीले फालेको बालुवामा पुरिँदा मजदुरको मृत्यु

   जेठ ३०, २०८३       admin

दाङ,३० जेठ । दाङको कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा जेसिबीले फालेको बालुवामा पुरिँदा एक मजदुरको मृत्यु भएको छ।

गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादव शनिबार बिहान करिब साढे ९ बजे काम गरिरहेकै क्रममा बालुवामा पुरिएका थिए। उनी बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिद्वारा सञ्चालित बिटुमिन (अलकत्रा) प्लान्टमा कार्यरत थिए।

प्रहरीका अनुसार यादव काम गरिरहेको जानकारी नपाई जेसिबी चालकले बालुवा फालेपछि उनी पुरिएका थिए। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो।

घटनापछि जेसिबी र चालक अनिलकुमार थारुलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा तीनदिने योग तथा मोटिभेशन कक्षा हुने

   जेठ २, २०८३       admin

दाङ,२९ जेठ । दाङको तुलसीपुरमा तीनदिने योग तथा मोटिभेशन कक्षा सन्चालन हुने भएको छ। तुलसीपुरस्थित अरनिको मैदानमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उक्त योग तथा मोटिभेशन कक्षा सञ्चालन हुने भएको हो ।

पतञ्जलि योग, रोग निवारण साधना केन्द्र तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो। केन्द्रको आयोजनामा एवं तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्यमा असार १ देखि ३ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ।

केन्द्रका अध्यक्ष बामदेव धितालका अनुसार पतञ्जलि योग समिति नेपालका केन्द्रीय सहप्रभारी ललितशंकर योगीले योग तथा मोटिभेशनसम्बन्धी विशेष कक्षा सञ्चालन गर्नेछन्। कक्षा तुलसीपुरस्थित अरनिको मैदानमा प्रत्येक दिन बिहान ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको उद्देश्य योगमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि र रोग निवारणसम्बन्धी जानकारी प्रदान गर्नु रहेको अध्यक्ष धितालले बताए। उनले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अपनाउन सबैलाई आग्रह गरेका छन्।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले स्वस्थ जीवनसँगै तुलसीपुरको विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।

त्यस्तै, पतञ्जलि योग समितिका सोसल मिडिया प्रभारी डा. अरुण श्रेष्ठले सबैलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

संघका महासचिव केशवराज केसीका अनुसार कार्यक्रम सफल बनाउन व्यवसायीहरूलाई सहभागी हुन पत्राचार गरिसकिएको छ। मौसम प्रतिकूल भएमा संघको सभाहल प्रयोग गरिने पनि जनाइएको छ।

कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए भने केन्द्रका आजीवन सदस्य गोकर्ण गिरीले विषय प्रवेश गराएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology