दाङ,१२चैत । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् भने ४७९ जनाको मृत्यु भएको छ।
यस अवधिमा १ हजार ८०० जना घाइते भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा धेरै ३ हजार ४८० वटा आगलागीका घटना भएका छन्। यसैगरी बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षाका ४४२, चट्याङका ४०६ र सर्पदंशका ६०० घटना भएका छन्।
यस्तै वन डढेलोका २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका छन्। यस अवधिमा भूकम्पका सात, असिना र डुङ्गा पल्टिएका दुई/दुई तथा असिनासहित हुरी र शीतलहरका एकरएक घटना भएका प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म मात्र २६ वटा विपद्का घटना भएका छन्। एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागी हुँदा १० जना घाइते भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२ चैत। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले भने बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
तर, नयाँ प्रतिनिधिसभा र कायम रहने राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन भने अहिलेसम्म आह्वान गरिएको छैन। कानुनी प्रावधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ।
हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अधिवेशन आह्वान नगरेको जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले मन्त्रिपरिषद् बैठक बस्ने निर्णय नभएको र नयाँ सरकारले नै अधिवेशन आह्वान गर्ने सम्भावना रहेको बताएका छन्।
अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने हुन्छ। यसअघि चैत १६ गतेका लागि अधिवेशन बोलाउने चर्चा भए पनि अब उक्त मितिमा अधिवेशन हुने सम्भावना टरेको छ।
अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिनुपर्ने प्रावधान रहेकाले पनि चैत १६ मा अधिवेशन बस्ने सम्भावना समाप्त भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संसद् अधिवेशन सञ्चालनका लागि आवश्यक ‘बिजनेस’ नयाँ सरकारले तय गरेपछि मात्र बैठक बोलाउने प्रक्रिया अघि बढाइनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२चैत । सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न तीन वटा प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग २०७७ को प्रतिवेदन तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।
यी प्रतिवेदनहरू संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गरिने प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।प्रतिवेदन सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको छ।यद्यपि, प्रतिवेदन सार्वजनिक गर्ने मिति भने अहिलेसम्म तय भइनसकेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२चैत । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (चैत १२) सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १०० रुपैयाँले घटेर चार हजार ८२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी चार हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२चैत । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एउटै प्रहरी अधिकारीलाई कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको भेटिएको छ।
प्रतिवेदनमा सिद्धिविक्रम शाह (एआईजी) लाई एकातिर पुरस्कृत गर्नुपर्ने र अर्कोतर्फ विभागीय कारबाही गर्नुपर्ने सिफारिस गरिएको उल्लेख छ।
प्रतिवेदनको पृष्ठ ६८९ मा टंगालस्थित भाटभटेनी र नक्सालको हिल्टन होटलमा आगजनीपछि प्रहरी प्रधान कार्यालय आक्रमणको प्रयास हुँदा एआईजी शाहले नेतृत्वदायी भूमिका निर्वाह गरी मुख्य गेट सुरक्षित राखेको भन्दै पुरस्कृत गर्नुपर्ने उल्लेख गरिएको छ।
तर सोही प्रतिवेदनको पृष्ठ ७२५ मा भने कर्तव्य पालनामा कमजोरी देखिएको भन्दै प्रहरी प्रधान कार्यालयमार्फत विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।
प्रतिवेदनमा प्रहरी ऐन २०१२को दफा ९ को उपदफा ९४० र प्रहरी नियमावलीको नियम १०९ अनुसार कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १२ चैत । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार साँझ एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५/१५ रुपैयाँका दरले मूल्य बढाएको जनाएको हो।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पनि पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दछन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश गरिएका छन्।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,११चैत । रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले दिएको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन्।
निर्वाचन आयोग नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रमा मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकमत हुने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्ध बनाउने काममा सबैलाई जुट्न आह्वान गरेका छन्। उनले निर्वाचनमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास झन् मजबुत भएको बताए।
त्यस्तै, निर्वाचन आयोगले मतदाता सहभागिता बढाउने, मितव्ययिता, पारदर्शिता र आचारसंहिता कार्यान्वयनमा उल्लेखनीय काम गरेको पनि उनले बताएका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरणमैत्री बनाउन आयोग सफल भएको उनले उल्लेख गरे। साथै, प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,११चैत । न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एन्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
मर्मतका क्रममा निस्किएको आगोको झिल्कोबाट पार्लरको भान्साबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागीबाट केक बनाउने सामग्री, मेसिन तथा अन्य तयारी सामान जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणका लागि धरान, दुहवी, रामधुनी, इनरुवा, विराटनगर र सुन्दरहरैंचाबाट आएका वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब डेढ घण्टामा नियन्त्रणमा लिइएको थियो।
इटहरी उपमहानगरपालिकाको वारुणयन्त्र भने भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा जलेको अवस्थामा रहेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,११ चैत। प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न २० जना विदेशी महिलालाई पक्राउ गरेको छ । काठमाडौ प्रहरीले ठमेलका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा युगान्डाका महिला रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले स्वदेशी तथा विदेशी नागरिकसँग अवैध रूपमा पैसामा बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरिरहेका थिए।

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,११ चैत । अर्जुननरसिंह केसीले प्रतिनिधि सभाको ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्।
संसद सचिवालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। यसअघि उनले रामचन्द्र पौडेलबाट शपथ लिएका थिए।
नेपाली कांग्रेसका नेता समेत रहेका ७८ वर्षीय केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका हुन्।
केसीले चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस