अनलाइन ठगीमा फसेका ५१ नेपालीको कम्बोडियाबाट उद्वार

   चैत ११, २०८२       admin

काठमाडौ,११ चैत ।कम्बोडियामा अनलाइन ठगी र गैरकानुनी काममा संलग्न गराइएका ५१ नेपालीको उद्धार गरिएको छ।

थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरुलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो।

दूतावासका अनुसार उनीहरु विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम गर्न बाध्य बनाइएका थिए।

त्यस्तै, केही नेपाली बिना राहदानी बसिरहेको तथा राहदानी जफत गरिएको वा हराएको गुनासो आएको दूतावासले जनाएको छ। यस्तो अवस्थामा नेपाल फर्कन दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।

दूतावासले अलपत्र परेका अन्य नेपालीलाई पनि उद्धार गरी नेपाल फर्काउने प्रयास भइरहेको जनाएको छ। साथै, वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र जान र छिटो धेरै कमाउने प्रलोभनमा नपर्न अनुरोध गरेको छ।

तथ्यांकअनुसार पछिल्लो समय कम्बोडिया जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१४ हजार ६ सयले बढ्यो सुन

   चैत ११, २०८२       admin

दाङ,११ चैत । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ सय १५ रुपैयाँले बढेर ४ हजार ९ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कुलोमा डुबेर दाङमा एक पुरुषको मृत्यु

   चैत १०, २०८२       admin

दाङ,१० चैत । दाङमा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ। राप्ती गाउँपालिका–३, दक्षिण मसुरियामा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५० वर्षीय राजु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार उनी गएराति घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। घरबाट करिब २–३ सय मिटर टाढा रहेको मौरीघाट कुलोम डुबेको अवस्थामा उनको शव फेला परेको हो।

स्थानीयले बिहान करिब ६ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार मृतक नियमित मादक पदार्थ सेवन गर्ने गरेका थिए र सो दिन पनि मदिरा सेवन गरेका कारण कुलोमा खसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पताल, दाङको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लागुऔषधको लतमा १५ वर्षीय किशोरद्वारा वृद्ध महिलाको विभत्स हत्या

   चैत १०, २०८२       admin

रुपन्देही,१० चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसईमा १५ वर्षीय किशोरले ६० वर्षीया महिलाको हत्या गरेका छन्।

प्रहरीका अनुसार किशोरले चुरोट किन्न राति पसल खोल्न लगाएर विवाद हुँदा वृद्धा रेनु पटवारको हत्या गरेका हुन्।

घटना चैत २ गते राति करिब ११ बजेतिर भएको प्रहरीले जनाएको छ। चुरोट किन्ने क्रममा पैसाको विषयमा विवाद भएपछि किशोरले पसलमै रहेको कैँचीले टाउको, अनुहार र घाँटीमा प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले विवादपछि कैँची प्रहार गरी हत्या गरेर आरोपी फरार भएको बताए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेका किशोर लागुऔषध सेवनकर्ता रहेका छन्। प्रारम्भिक बयानमा उनले लागुऔषध किन्न पैसा अभाव भएकाले चोरी गर्न गएको र देखेपछि आवेगमा हत्या गरेको बताएका छन्।

प्रहरीले घटनामा संलग्न किशोरलाई चैत ७ गते नियन्त्रणमा लिएको जनाएको छ। रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाउँमा लुकिछिपी हुने लागुऔषध कारोबार र अभिभावकको ध्यान नपुग्दा यस्ता घटना बढ्ने खतरा रहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपा सांसद ओलीले संस्कृत भाषामा शपथ लिने

   चैत १०, २०८२       admin

काठमाडौ,१० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार समानुपातिक सांसद ओलीले शपथका लागि संस्कृत भाषा रोजेकी हुन्।

उनीसहित विभिन्न दलका करिब दुई दर्जन सांसदहरूले मातृभाषा वा रुचिअनुसारका भाषामा शपथ लिने विवरण बुझाएका छन्।संसद् सचिवालयले नेपाली बाहेक अन्य भाषामा शपथ लिन चाहने सांसदहरूलाई सोमबारसम्म नाम दर्ता गराउने समयसीमा तोकेको थियो।

यस पटकको शपथ ग्रहणमा नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ र बान्तावा लगायतका भाषाहरू प्रयोग गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एन्फा केन्द्रीय कार्यालय बन्द

   चैत १०, २०८२       admin

काठमाडौ,१० चैत । अखिल नेपाल फुटबल संघ ९एन्फा०को केन्द्रीय कार्यालय बन्द गरिएको छ।

चैत १३ गते झापा जिल्लामा हुने साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले जारी गरेको सूचनामा कार्यालय कहिले खुल्ने भन्ने उल्लेख गरिएको छैन।

सूचनाअनुसार चैत १० गतेदेखि सातदोबाटो, ललितपुरस्थित केन्द्रीय कार्यालय सचिवालय बन्द रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

   चैत १०, २०८२       admin

काठमाडौ,१० चैत। कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

दक्षिणतर्फ उडान भरेको केही समयपछि नै सी–१३० हर्कुलस विमान दुर्घटनाग्रस्त भएको हो। विमानमा १ सय १४ सैनिक र ११ जना चालक दलका सदस्य सवार रहेका थिए।

वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जानकारी दिएका छन्। पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटना भएको हो। घटनास्थलमा खटिएका उद्धार टोलीले भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्।

रक्षामन्त्री पेड्रो सान्चेजले सैनिक बोकेर उडेको विमान उडानकै क्रममा दुर्घटनामा परेको बताए। उनका अनुसार विमानमा आगलागी भएपछि भित्र रहेका गोला–बारुदसमेत विस्फोट भएको थियो।

स्थानीयवासीले घाइते सैनिकहरूलाई मोटरसाइकलमार्फत अस्पताल पुर्‍याएका छन्। राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमार्फत यस्तो दुर्घटना हुनु दुःखद भएको बताएका छन्। उनले सशस्त्र बलका उपकरण र विमान आधुनिकीकरणमा ढिलाइ हुनुको कारण ‘नोकरशाही समस्या’ रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युरिया बोकेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

   चैत १०, २०८२       admin

काठमाडौ,१० चैत ।फलेवास नगरपालिका–४, पर्वतस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कुश्मा–फलेवास सडक खण्डमा ग१ज ८०२९ नम्बरको जीप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्माबजारबाट युरिया मल लिएर फलेवासतर्फ जाँदै गरेको जीपमा ३५ वर्षीय चालक सज्जन परियार एक्लै सवार थिए।

घाइते चालकलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

सशस्त्र प्रहरी बल चण्डिका गण र नेपाल प्रहरीको टोलीले कठिन परिस्थितिमा उद्धार कार्य गरेको सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिका–इरान वार्ताः ट्रम्पद्वारा आक्रमण स्थगित

   चैत ०, २०८२       admin


दाङ,९चैत । अमेरिका र इरानबीच सप्ताहान्तमा वार्ता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच रचनात्मक वार्ता भएको बताएका छन्। उनले तत्कालका लागि इरानका ऊर्जा प्लान्टमा गर्ने भनिएको आक्रमण स्थगित गरेको जानकारी दिए।

सिएनएनका अनुसार अमेरिका पाँच दिनका लागि इरानी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने निर्णयमा पुगेको छ। “अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा रचनात्मक वार्ता भएको छ,” ट्रम्पले भने।

उनले मध्यपूर्वमा शान्ति स्थापना गर्ने लक्ष्यसहित वार्ता सकारात्मक रहेको उल्लेख गर्दै युद्ध विभागलाई आक्रमण नगर्न निर्देशन दिएको बताए। यसअघि ट्रम्पले इरानलाई हर्मुज जलडमरूमध्य खोल्न दबाब दिँदै ४८ घण्टे अल्टिमेटम दिएका थिए।

ट्रम्पको पछिल्लो घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सुधार देखिएको छ।बीबीसीका अनुसार कच्चा तेल ९ब्रेन्ट क्रुड०को मूल्य १३ प्रतिशतले घटेर प्रतिव्यारेल ९६ डलरमा झरेको छ भने एफटीएसई १०० सूचकांक ०.५ प्रतिशतले बढेको छ।

यसअघि तनावका कारण घटेको शेयर बजार र बढेको तेलको मूल्यमा वार्तापछि सुधार आएको बताइएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्रिप्टो कारोबारमा संलग्न भारतीयसहित तीन जना पक्राउ

   चैत ०, २०८२       admin

काठमाडौँ,९ चैत। नेपाल प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको विवरण सोमबार सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा भारतका ४१ वर्षीय प्रवेश अली रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो मोबाइलमार्फत करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ। उनी ललितपुर महानगरपालिका–१३, एकान्तकुनामा बस्दै आएका थिए र हुण्डी कारोबारीसँग सम्बन्ध रहेको पाइएको छ।

यसैगरी पक्राउ पर्ने अन्यमा नरेश रेउले र दिप्ती पोखरेल रहेका छन्। रेउले काठमाडौं महानगरपालिका–६, बौद्ध जोरपाटीमा बस्दै आएका थिए भने पोखरेल भक्तपुरमा बसोबास गर्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले हुण्डी तथा क्रिप्टो कारोबार भइरहेको सूचनाका आधारमा रेउलेलाई सामाखुशी, काठमाडौंबाट पक्राउ गरेको थियो।

सोधपुछका क्रममा उनले दिप्ती र प्रवेशका लागि यूएसडीटी खरिद–बिक्री गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले दिप्तीलाई सामाखुशीस्थित रेडहन पुलबाट नगद १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको थियो भने प्रवेशलाई एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology