इरानमाथि इजरायलको पुनः आक्रमण

   फागुन १६, २०८२       admin

काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्।

इरानको राज्य समर्थित फार्स न्यूज एजेन्सीले उत्तरी र पूर्वी भागमा समेत थप विस्फोटका आवाज सुनिएको जनाएको छ। घटनासँगै इजरायलले इरानमाथि ‘प्रि-एम्प्टिभ’ (अग्रिम) आक्रमण सुरु गरेको घोषणा गरेको छ।

इजरायली रक्षामन्त्री इस्रायल काट्जले राष्ट्रविरुद्धको खतरालाई निस्तेज पार्न यो कदम चालिएको बताए। आक्रमणसँगै इजरायलभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ लागू गरिएको छ।

इरानले पनि जवाफी क्षेप्यास्त्र प्रहार गर्न सक्ने चेतावनी दिइसकेको छ। यो सैन्य टकराव अमेरिका र इरानबीच कूटनीतिक वार्ताका प्रयासकै बीच भएको बीबीसीले जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम आफ्नो देशका लागि ठूलो खतरा रहेको भन्दै कुनै पनि सम्झौता स्वीकार नगर्ने चेतावनी दिइसकेका छन्।

गत जुन महिनामा पनि इजरायलले इरानमाथि आक्रमण गर्दा ‘१२ दिने युद्ध’ सुरु भएको थियो। अहिले फेरि सुरु भएको आक्रमणले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाएको विश्लेषकहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

   फागुन १६, २०८२       admin

काठमार्डाँ,१६ फागुन। बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

सी–१३० हर्कुलस विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर व्यस्त एभिन्यूमा खसेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, कार र ट्रकमा क्षति पुगेको देखिएको छ।

दुर्घटनापछि सडकमा छरिएको बैंकनोट सङ्कलन गर्न भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। पछि अधिकारीहरूले घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए।

राष्ट्रिय दमकल विभागका कर्नल पावेल तोवरका अनुसार १५ देखि १६ जनासम्मको मृत्यु भएको पुष्टि गरिएको छ। स्वास्थ्य मन्त्रालयले कम्तीमा २८ जना घाइते भएको जनाएको छ। विमानस्थल परिसर र एभिन्यू दुवै स्थानमा मानवीय क्षति भएको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले दुर्घटनाको बेला मौसम अत्यन्त खराब रहेको बताएका छन्। भारी असिना, वर्षा र बिजुली चम्किरहेका कारण अवतरण जटिल बनेको अनुमान गरिएको छ।

लकहिड मार्टिनद्वारा निर्मित उक्त विमान पूर्वी सहर सान्ता क्रुजबाट उडेको थियो। रक्षा मन्त्रालयका अनुसार विमानमा बोकेको बैंकनोटमा आधिकारिक क्रमिक नम्बर नभएको र त्यसको कानूनी मान्यता नरहेको उल्लेख गरिएको छ। त्यसको सङ्कलन वा प्रयोग अपराध हुने चेतावनी दिइएको छ।

दुर्घटनापछि लुटपाटको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको ला पाज अभियोजकको कार्यालयले जनाएको छ। घटनापछि विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ भने औपचारिक अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

   फागुन १६, २०८२       admin

दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् ।  सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर  पढ्ने चाहाउने इच्छा पुरा भएको हो।

दैनिक मजदुरी गर्दै तयारी गरेका उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका हुन्।
प्रतिष्ठानले दोस्रो वर्षका ५० विद्यार्थीका लागि आयोजना गरेको ‘ह्वाइट कोट सेरेमनी’ कार्यक्रममा सत्यनारायणसहित विद्यार्थीहरूलाई औपचारिक रूपमा सेतो कोट प्रदान गरिएको थियो।

कार्यक्रममा निमित्त उपकुलपति प्रा. श्याम लम्साल, निमित्त डिन प्राडा. रमेश कडेल र निमित्त अस्पताल निर्देशक प्राडा. जनार्दन पन्थीले सेतो एप्रोन प्रदान गर्दै चिकित्सा पेशाको मर्यादा, अनुशासन र नैतिकताबारे विद्यार्थीलाई मार्गदर्शन दिएका थिए।

दलित समुदायका सत्यनारायणको परिवारसँग साढे चार धुर घडेरीबाहेक अन्य सम्पत्ति छैन। उनका बुबा मधुरी साफी मजदुरी गर्दै परिवार चलाउँदै आएका छन्। पाँच सन्तानमध्ये जेठा सत्यनारायणले २०७७ मा एसईई उत्तीर्ण गरेपछि २०७९ मा विराटनगरबाट कक्षा १२ विज्ञान विषयमा उत्तीर्ण गरेका थिए।

एमबीबीएस पढ्ने लक्ष्य राखेका उनले आर्थिक अभावका कारण काठमाडौंमा लामो समय तयारी गर्न सकेनन्। गाउँ फर्किएपछि निर्माण क्षेत्रमा मजदुरी गर्दै स्वाध्ययनमार्फत तयारी गरेका थिए। बिहान काम र बेलुका ६–७ घण्टा अध्ययन गर्ने नियमित अभ्यासले उनलाई दोस्रो प्रयासमा छात्रवृत्तिमा नाम निकाल्न सफल बनायो।

भर्नाका लागि उनकी आमाले छिमेकीसँग ८० हजार रुपैयाँ सापटी लिएपछि गत ८ पुसमा उनी प्रतिष्ठानमा भर्ना भएका हुन्। छात्रवृत्तिमा अध्ययनको अवसर पाए पनि बसोबास, खानपान, यातायात र अध्ययन सामग्रीमा ठूलो खर्च लाग्ने भएकाले परिवारमा आर्थिक चुनौती कायम रहेको छ।

सेतो कोट ग्रहण गरेपछि सत्यनारायणले स्वास्थ्य सेवा क्षेत्रमा समर्पित भएर अध्ययन र सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कूटनीतिक पहलमार्फत बीबीसीको भिडियो हटाइने

   फागुन १५, २०८२       admin

काठमाडौँ,१५फागुन। बीबीसीले प्रसारण गरेको जेनजी आन्दोलसम्बन्धी भिडियो हटाउने तयारी भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मुखमा बीबीसीले प्रशारण गरेको भिडियो हटाउन कूटनीतिक पहल थालिएको बताएका छन्।

शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले उक्त भिडियो नेपाली कानुनअनुसार प्रत्यक्ष कारबाहीको दायरामा नपर्ने भएकाले कूटनीतिक माध्यमबाट हटाउने प्रयास सुरु गरिएको जानकारी दिए। “नेपाली कानुनअनुसार सो सामग्रीमाथि कारबाही गर्न नमिल्ने अवस्था रहेकाले कूटनीतिक पहलमार्फत सम्भव भएसम्म छिट्टै हटाउने प्रक्रिया अघि बढाइएको छ,” उनले भने।

भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमा पनि तीव्र रूपमा कारबाही भइरहेको बताए। उनका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा परेका करिब १ हजार उजुरीमध्ये अधिकांशमाथि कारबाही भइसकेको छ। फागुन २० गतेभित्र बाँकी उजुरीको टुंगो लगाउने तयारी रहेको उनले स्पष्ट पारे।

यस्तै, फागुन १४ गते मात्रै २५ वटा उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले अन्य उजुरी परेमा विश्लेषण, छानबिन र आवश्यक कारबाही गरिने बताए। निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आयोग प्रतिबद्ध रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

   फागुन १५, २०८२       admin

दाङ, १५ फागुन । दाङमा निर्वाचनको मतपरिणामलाई डिजिटल प्रणालीबाट सार्वजनिक गर्ने तयारी थालिएको छ।लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम डिजिटल सञ्चार माध्यमबाट सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो ।

शुक्रबार घोराहीमा सञ्चारकर्मीसँग आयोजित ‘निर्वाचन र आमसञ्चार’ विषयक छलफल कार्यक्रममा निर्वाचनका क्रममा रिपोर्टिङ कार्यलाई सहज बनाउँदै लुम्बिनी प्रदेशभरकै नतिजा डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था मिलाइँदै गरिएको जानकारी गराइएको हो।

निर्वाचनको सुरक्षा संवेदनशीलता कायम राख्दै नागरिकको गोप्य मतदान अधिकार सुरक्षित हुने गरी रिपोर्टिङको वातावरण बनाइने बताइएको छ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले दाङका तीनवटै निर्वाचन क्षेत्रसहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको मतपरिणाम यथासक्य छिटो सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनका क्रममा मिलाइएको सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए।

त्यसैगरी कार्यालय प्रमुख लालसिंह खड्का र सूचना अधिकारी कवँरले फागुन २१ गते हुने निर्वाचनको समग्र तयारीबारे प्रकाश पारेका थिए।

छलफलमा नेपाल पत्रकार महासंघ का निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष प्रताप रेग्मी लगायतले निर्वाचनका क्रममा सहज रिपोर्टिङको व्यवस्था मिलाउँदै गोप्य मतदानको सुनिश्चितता हुने गरी मतदान स्थल व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको सहजीकरण सूचना अधिकारी गेहेन्द्र कवँरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा निर्वाचन तयारी तीव्रः २ हजार ८९८ कर्मचारी खटिँदै

   फागुन १५, २०८२       admin

दाङ,१५ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा कर्मचारी परिचालनको तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाभरका ४ सय ८२ मतदान केन्द्रमा प्रत्येक केन्द्रमा ६ जनाका दरले २ हजार ८ सय ९८ जना कर्मचारी खटिनेछन्। त्यस्तै घोराही र तुलसीपुरस्थित कारागारमा स्थापना गरिएका दुई अस्थायी मतदान केन्द्रमा ३/३ जनाका दरले थप ६ जना कर्मचारी परिचालन गरिनेछ। यससँगै कुल २ हजार ८ सय ९८ कर्मचारी निर्वाचनमा सक्रिय रहनेछन्।

प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी रहने व्यवस्था गरिएको छ। अस्थायी मतदान केन्द्रमा भने एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी खटाइनेछ।

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गर्नुका साथै आवश्यक सामग्री वितरणको काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कर्मचारी व्यवस्थापन तथा मतदान केन्द्र निर्धारणको प्रक्रिया सम्पन्न भइसकेको छ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा सतर्कता पनि बढाइएको छ। जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएको छ। जिल्लाभर करिब साढे पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक

   फागुन १५, २०८२       admin

दाङ,१५ फागुन । दाङमा मदिरा बिक्री वितरण र सेवनमा  रोक लगाइएको छ।  जिल्ला प्रशासन कार्यालय  दाङले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उक्त कार्यमा रोक लगाएको हो।

शुक्रबार सहाय प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले एक सूचना जारी गर्दै  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई   स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराएकी हुन् ।

उक्त सूचनामा फागुन  २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै  आज (फागुन १५) गतेदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म दाङ जिल्ला भित्र सबै प्रकारका मादक पदार्थ बिक्री–वितरण तथा सेवन गर्न निषेध गरिएको जारी  सूचनामा उल्लेख छ।

प्रशासनले उक्त निर्णयको पूर्ण पालना गर्न सम्बन्धित सबै सरोकारवालासँग अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुमलाई विकासको नमुना बनाउने जनार्दनको प्रतिबद्धता

   फागुन १५, २०८२       admin

रुकुम पश्चिम,१५ फागुन ।आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिएका जनार्दन शर्मा ले रुकुमलाई विकास र समृद्धिको नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी का नेता शर्माले आफ्नो उम्मेदवारी पदका लागि नभई विकास, सुशासन र सामाजिक न्यायका लागि भएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले रुकुमलाई देशकै नमुना जिल्ला बनाउने, गरिबी र बेरोजगारी अन्त्य गर्ने तथा सुशासनसहितको समाज निर्माण गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताए।

शर्माले रुकुमको भविष्य सुनिश्चित गर्न आम मतदातालाई समर्थनका लागि आह्वान गर्दै विकास र सामाजिक न्यायको एजेन्डा जिताउन आग्रह गरे। आफू साझा उम्मेदवारका रूपमा प्रस्तुत भएको उल्लेख गर्दै उनले विगतमा विभिन्न दललाई समायोजन गर्दै नेतृत्व गरेको अनुभव र गरिएका कामका आधारमा जनताको विश्वास पाएको दाबी गरे।

उनले आगामी दिनमा अन्य राजनीतिक तथा सामाजिक पक्षहरूको समेत समर्थन जुट्दै जाने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बीबीसी डकुमेन्ट्री हटाउन आयोगको पत्र

   फागुन १५, २०८२       admin

काठमाडौं ,१५ फागुन । निर्वाचन आयोग ले जेन–जी आन्दोलनसम्बन्धी भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ।
बिबिसी वर्ड सर्भिसले तयार पारेको ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ शीर्षकको वृत्तचित्रमा भदौ २३ र २४ गतेको आन्दोलन दबाउने क्रममा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गोली चलाउने आदेश दिएको दाबी गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई पत्र पठाउँदै उक्त डकुमेन्ट्री हटाउने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। डकुमेन्ट्री नहटाए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। ४१ मिनेट ३० सेकेन्ड लामो भिडियोमा सुरक्षाकर्मीले अमानवीय बल प्रयोग गरेको उल्लेख छ।

निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले भिडियो सार्वजनिक गरिएको आशंका आयोगले जनाएको छ। यस विषयमा नेपाल प्रहरी का प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले ले डकुमेन्ट्रीमा उल्लेख गरिएको कागजात आधिकारिक नभएको बताएका छन्। उनले उक्त भिडियोलाई प्रहरीले गम्भीर रूपमा नलिएको र सार्वजनिक टिप्पणी गर्न आवश्यक नठानेको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचनमा २ लाख २१ हजार कर्मचारी खटिने

   फागुन १५, २०८२       admin

काठमाडौँ,१५ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्।

निर्वाचन आयोग का अनुसार ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी केन्द्रमा कर्मचारी परिचालन गरिनेछ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइसकेपछि अन्य कर्मचारीलाई सम्बन्धित केन्द्रमै प्रशिक्षण दिने तयारी गरिएको छ।

निर्वाचनका लागि आवश्यक सामग्री र मतपत्र बिहीबारसम्म देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology