काठमाडौं,१० फागुन । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘पेट्रोलमा इथानोल मिसाउने आदेश–२०८२’ स्वीकृत भइसकेको र छिट्टै राजपत्रमा प्रकाशित हुने जानकारी दिए।
उनका अनुसार १० प्रतिशत इथानोल मिश्रणबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिनेछ। यसले व्यापार घाटा कम गर्नुका साथै उखु उत्पादन, उद्योग स्थापना र रोजगारीमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले कार्यक्रम कार्यान्वयनमा १–१.५ वर्ष लाग्न सक्ने र गुणस्तर मापदण्ड तयार गरिँदै रहेको बताए।
सरकारले इथानोलको न्यूनतम मूल्य निर्धारण, गुणस्तर मापदण्ड तय र उत्पादनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको जनाएको छ। निजी क्षेत्रले भने उद्योग स्थापना र स्पष्ट कार्यविधिको आवश्यकता औंल्याएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताएका छन्।
आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमकमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले अहिले संविधान संशोधनको विषय उठाउँदा सुन्ने वातावरण नरहेको टिप्पणी गरे।
उनले नेपाली कांग्रेससँगको सहकार्यमा सरकार गठन भएका बेला भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय समेटिएको स्मरण गराए। त्यसबेला राजनीतिक परिस्थिति प्रतिकूल ढंगले विकास भएकाले उक्त विषय अघि बढ्न नसकेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले जनताको आवश्यकता, देशको प्रगति र समयको मागअनुसारका विषय समावेश गरी संविधान संशोधन गरिने बताए। उनले उपयुक्त समय आएपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १० फागुन । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।आज सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो।
शुक्रबार तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ३७५ रुपैयाँले वृद्धि भई ५ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
मकवानपुर, १० फागुन । यात्रुवाहक बस विद्युत पोलमा ठोक्किँदा दुर्घटना भएको छ । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र०६–००१ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार घाइते सबै यात्रुलाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ फागुन । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षतामा र नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रमुख अतिथि अधिकारीले शिक्षाले मानिसको ज्ञानको आँखा खोल्ने बताउँदै केवल किताबी ज्ञान पर्याप्त नभएको र बालबालिकाको रुचि र क्षमता अनुसार सिक्ने वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।
विद्यालयका प्रिन्सिपल छबिकुमार वलीले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले नृत्य, गायन र सांस्कृतिक प्रस्तुतीमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। सो अवसरमा गायिका रेखा पोख्रेलको सांगीतिक प्रस्तुति समेत रहेको थियो ।
कार्यक्रम भाइस प्रिन्सिपल केशर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रम संयोजक शरद शर्मा मज्गैँले कार्यक्रमको सहजीकरण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ फागुन । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित डिभाइन मन्टेश्वरीले आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।
फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा उक्ति कार्यक्रम सम्पन्न भएको हो।
एनप्याब्सन अध्यक्ष न्यौपानेले मन्टेश्वरी शिक्षाले बालबालिकाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । जिल्ला सचिव हरिप्रसाद भण्डारीले निजी क्षेत्रबाट सञ्चालित विद्यालयको गुणस्तरीय शिक्षा र समाजमा योगदानको प्रशंसा गरे।
उक्त अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, चेतनामूलक नाटक, सामाजिक सञ्जालका जोखिमबारे सन्देशमूलक प्रस्तुति दिएका थिए। साथै नेपालका विभिन्न जातजाति र पेशालाई झल्काउने भेषभूषा प्रदर्शनले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
कार्यक्रमको सहजीकरण शिक्षिका सुजाता डाँगीले गरेकी थिइन् भने कार्यक्रमको स्वागत विद्यालयकी प्रिन्सिपल बिन्दु न्यौपानेले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ फागुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीप्रति जनताको उत्साहजनक समर्थन देखिएको छ। नेपाली काँग्रेस तुलसीपुर–१३ को आयोजनामा फुलवारीमा सम्पन्न भव्य चुनावी सभामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यसपटक जनतामा काँग्रेसप्रति विश्वास बढेको दाबी गरे। वडा इकाई सभापति चेतकान्त योगीको अध्यक्षता तथा काँग्रेसका केन्द्रीय सदस्य केशव आचार्यको प्रमुख आतिथ्यमा भएको सभालाई सम्बोधन गर्दै आचार्यले देशभर काँग्रेसको पक्षमा जनलहर देखिएको बताए। उनले दाङ क्षेत्र नं. ३ मा पनि उम्मेदवार दीपक गिरीलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे।
प्रतिनिधि सभा क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले देशको वर्तमान अवस्था गम्भीर रहेको उल्लेख गर्दै लोकतन्त्र, धर्म–संस्कृति र विकासको रक्षाका लागि काँग्रेसलाई मत दिनुपर्ने बताए। उनले यस क्षेत्रको विकासमा आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देश बनाउने शक्तिका रूपमा काँग्रेसलाई प्रस्तुत गर्दै विकासप्रेमी नेताका रूपमा गिरीलाई विजयी गराउन अपिल गरे। नेता शंकर गिरीले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै विकासको एजेन्डा काँग्रेसले अघि सारेको बताए।
त्यस्तै, प्रतिनिधि टेकबहादुर वलीले तुलसीपुर–१३ का जनताले उठाएका विकासका माग सम्बोधन गर्न काँग्रेसको जित आवश्यक रहेको धारणा राखे। कार्यक्रममा महाधिवेशन प्रतिनिधि विमल रिजाल, तुलसीपुर नगरसभापति सुरेश हमाल, नेता हरिहर पौडेललगायतले पश्चिम दाङको विकासमा दीपक गिरीको भूमिका उल्लेखनीय रहेको बताए।
यसैबीच, तुलसीपुर–६ मा पनि चुनावी सभा सम्पन्न भएको छ भने वडा नं. १२ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम जारी रहेको काँग्रेसले जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयले दीपक गिरीप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै विकास र स्थायित्वका लागि समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ९ फागुन । रौतहट जिल्लाको गौरमा दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् रहेको छ। शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो।
झडपका क्रममा केही सवारीसाधनमा आगजनी भएको तथा केही व्यक्ति घाइते भएको प्रशासनले जनाएको छ। उच्छृंखल गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म २० जनालाई प्रहरीले पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले जानकारी दिए।
कर्फ्यु आदेश जारी भएपछिसमेत केही स्थानमा छिटपुट आगजनीका घटना भए पनि अहिले स्थिति नियन्त्रणमा रहेको प्रशासनको भनाइ छ। प्रहरीले क्षेत्रमा सुरक्षा सतर्कता बढाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,९ फागुन । देशको समसामयिक अवस्था, शान्ति–सुरक्षा र निर्वाचनसम्बन्धी विषयमा केन्द्रित रहेर गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको छ।
बैठकमा विशेषगरी तराई–मधेस क्षेत्रमा देखिएका समस्या समाधान, साथै आसन्न निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीबारे विस्तृत छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ।
बैठकले आवश्यक विषयमा निर्णय गर्ने मन्त्रालयले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ फागुन । भेरी नदीमा हाम फालेर तुलसीपुरकी एक महिला बेपत्ता भएकी छन् । बेपत्ता भएकी उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नदीमाथिको पक्की पुलबाट दाङको तुलसीपुर उपमहानगरपालिका–६ वरुवा गाउँ निवासी २१ वर्षीया पुष्पा सिंहले शुक्रबार दिउँसो करिब १२ बजे नदीमा हाम फालेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी राखे पनि हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीले जानकारी दिए। स्थानीय स्रोतबाट सम्भव नभएपछि गोताखोर परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
डीएसपी केसीका अनुसार पुष्पा र उनका श्रीमान ३० वर्षीय त्रीदेव मल्ल दाङको तुलसीपुर फर्किंदै थिए। पुल पार गर्ने क्रममा श्रीमतीले श्रीमानलाई झोला समात्न दिएकी र त्यसलगत्तै पुलबाट नदीमा हाम फालेको श्रीमानको भनाइ छ।
डेढ महिनाअघि विवाह भएका पुष्पा र त्रीदेव केही दिनअघि मात्र बनगाड कुपिण्डे नगरपालिका–६ सुनौलीस्थित माइतीघर गएका थिए। घटनापछि पुष्पाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा राखेको छ।
श्रीमानले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय देवस्थलमा जानकारी गराएपछि प्रहरी निरीक्षक सागर पौडेलको कमाण्डमा सात जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो। युवतीले नदीमा हाम फाल्नुको कारण भने खुल्न सकेको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस