रोल्पा,७ फागुन ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा मा १ हजार ६२२ जना कर्मचारी खटाइने भएका छन्।
मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाका अनुसार जिल्लाका ८६ मतदान स्थल र १८२ मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी परिचालन गरिन लागेको हो। १९ फागुनसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, रोल्पा ले जनाएको छ।
१८० मतदान केन्द्रमा ९ जनाका दरले तथा अस्थायी मतदान केन्द्रमा २ जनाका दरले कर्मचारी खटाइनेछ। प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी, ३ जना स्वयंसेवक र एक जना कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ।
अस्थायी मतदान केन्द्रमा भने एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत गरी २ जना मात्र कर्मचारी रहने बताइएको छ। जिल्ला जनशक्ति व्यवस्थापन समितिबाट छनोट गरिएका १ हजार ६२२ कर्मचारीलाई मतदान केन्द्रमा खटाइने भएको हो।
कर्मचारी विवरणअनुसार २४ जना महिला मतदान अधिकृत र ३६ जना महिला सहायक मतदान अधिकृत रहेका छन्। त्यस्तै १९३ जना महिला सहायक कर्मचारी तथा ६८ जना महिला सहयोगी कर्मचारी छन्।
पुरुषतर्फ १५८ जना मतदान अधिकृत, १४६ जना सहायक मतदान अधिकृत, ३४७ जना सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी रहेका छन्।
महिला र पुरुष गरी मतदान अधिकृत १८२, सहायक मतदान अधिकृत १८२, सहायक कर्मचारी ५४०, सहयोगी कर्मचारी १८२ र स्वयंसेवक ५३८ जना गरी कुल १ हजार ६२२ जना परिचालन गरिने मुख्य निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए।
५०० भन्दा कम मतदाता भएका केन्द्रमा २ जना र ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा ३ जना स्वयंसेवक नियुक्त गरिनेछ।
‘पारदर्शी हिसाबले कर्मचारी खटाइने काम हुनेछ,’ खतिवडाले भने, ‘निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक निर्देशन जारी गरिनेछ।’
निर्वाचनमा खटिने कर्मचारीलाई एक–दुई दिनभित्र तालिम प्रदान गर्ने तयारी रहेको जनाइएको छ। कर्मचारीको विवरण जिल्ला प्रशासन कार्यालय, रोल्पा मा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए। कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने विषयमा छलफल भइरहेको र तालिमपछि मात्र अन्तिम टुंगो लाग्ने उनले जानकारी दिए।
१८२ मतदान केन्द्रमध्ये समानुपातिक मतदानका लागि एक केन्द्र कारागार कार्यालय, लिवाङ रोल्पा र अर्को जिल्ला समन्वय समिति कार्यालय, लिवाङ रोल्पा मा रहने समेत जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ फागुन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिएरा नेभाडा पर्वत शृंखलामा मंगलबार आएको हिमपहिरोमा १५ जनाको समूह फसेको छ। उक्त समूह ब्ल्याकबर्ड माउन्टेन गाइड्स कम्पनीसँग तीन दिने गाइडेड यात्रामा निस्किएको थियो। दिउँसो करिब ११ः३० बजे आएको हिमपहिरोले उनीहरूलाई चपेटामा पारेको हो।
अधिकारीहरूका अनुसार घटनामा ८ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता रहेका छन्, जसलाई मृत मानिएको छ। नेभाडा काउन्टी शेरिफ कार्यालय का शेरिफ श्यानन मुनले बुधबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्। मृतकमध्ये कम्पनीका तीन जना गाइड पनि रहेका छन्। कुल मृत र बेपत्ता व्यक्तिमध्ये सात महिला र दुई पुरुष रहेका छन्।
मंगलबार साँझ ६ जनालाई सकुशल उद्धार गरिएको थियो। यो अमेरिका मा पछिल्लो ४५ वर्षयताकै सबैभन्दा घातक हिमपहिरो दुर्घटना मानिएको छ। यसअघि सन् १९८१ मा माउन्ट रेनियर (वाशिङ्टन) मा भएको हिमपहिरोमा ११ जनाको ज्यान गएको थियो।
दुर्घटनाका बेला क्षेत्रमा भारी हिमपात भइरहेको थियो। पछिल्लो ३६ घण्टामा २ देखि ३ फिटसम्म नयाँ हिउँ परेको थियो भने प्रतिघण्टा २–४ इन्चसम्म हिउँ झरिरहेको थियो। तीव्र हावाका कारण ‘ह्वाइटआउट’ अवस्था सिर्जना भएको थियो, जसका कारण हेलिकप्टर उडान सम्भव भएन र स्थलमार्गबाट उद्धार कार्यमा समेत कठिनाइ भएको थियो।
सिएरा एभालाञ्च सेन्टर ले यसअघि नै उच्च हिमपहिरो जोखिमको चेतावनी जारी गर्दै यात्रा नगर्न सल्लाह दिएको थियो। मृतकहरूको शव हिउँमुनि दबिएको अवस्थामा रहेको र मौसम खुलिएपछि निकालिने जनाइएको छ। पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइनेछ।
शेरिफका अनुसार यति खतरनाक अवस्थामा समूहलाई किन पठाइयो भन्ने विषयमा कम्पनीको निर्णयमाथि अनुसन्धान भइरहेको छ। दुर्घटना डोनर पास नजिक, लेक ताहो को उत्तर–पश्चिम क्षेत्रमा भएको हो, जहाँ इन्टरस्टेट ८० राजमार्गसमेत बन्द गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ फागुन । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली संकलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।
आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि निर्माण गरी लागू गरेको जनाएको छ। कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ। आवश्यकताअनुसार उक्त सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश हुने व्यवस्था कार्यविधिमा गरिएको छ।
आयोगका अनुसार कुनै व्यक्तिको नाम छुटेको वा मतदाताको नाम तथा विवरणमा त्रुटि भएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिई आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन सक्नेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा केवल राजनीतिक संरचनाले मात्र नभई पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उनले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
वि.सं. २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गर्दै उनले उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको बताएका छन्।
मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै विभिन्न चरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज तथा लोकतन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गरेका छन्।
जनताको एकता र सङ्कल्प भए अन्याय, निरंकुशता र विभेदलाई पराजित गर्न सकिने सन्देश यस दिवसले निरन्तर दिँदै आएको उल्लेख गर्दै उनले लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मानलाई व्यवहारमा उतार्न सके मात्र प्रजातन्त्रको सार्थकता स्थापित हुने धारणा राखेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र मान्यताप्रति पुनः प्रतिबद्ध हुने अवसर प्रदान गरेको पनि उनले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ फागुन । नेपाली सेनाको बस भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै दुर्घटनामा परेको छ। निर्वाचन सुरक्षाका लागि खटिएको सेनालाई लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस सडकबाट तल खसेको हो। बसमा २४ जना सेना र चालकसहित २६ जना सवार रहेका थिए।
दुर्घटनामा परी २४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको हो।
गम्भीर घाइते ८ जनालाई सेनाका दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ।
पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि भोजपुरस्थित नयाँ श्रीनाथ गणबाट सेना खटिएको थियो।
अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल भोजपुरमा भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले राजनीति जनताको जीवनस्तर सुधारका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई तुलसीपुर मा सम्बोधन गर्दै उनले दलहरूले राजनीतिलाई स्वार्थपूर्तिको माध्यम बनाएको आरोप लगाए। उनले भने, “हामीले राजनीति सत्ता, भोक वा निजी सुविधाका लागि गरिरहेका छैनौं। हाम्रो उद्देश्य नेपाली जनताले राम्रो जीवन पाओस् भन्ने हो।”
विप्लवले रोजगारीको अभावका कारण युवा विदेशमा जोखिमपूर्ण अवस्थासम्म पुग्न बाध्य भइरहेको उल्लेख गर्दै जनताका माग पूरा नभएकै कारण पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि बढाएको दाबी गरे।
उनले विगतमा पार्टीभित्र बनेको गठबन्धनका कारण अनियमितता र अराजकता देखिएको स्वीकार गरे। राज्यसत्तामा पुगेपछि पनि अपेक्षित सुधार हुन नसकेको उनको भनाइ थियो। यद्यपि परिवर्तनकारी आन्दोलनमा जनताको साथ निरन्तर रहेको उनले बताए।
निर्वाचनमा सहभागी हुने निर्णय एकतर्फी नभएको स्पष्ट पार्दै उनले गाउँ–टोलमा गरिएको छलफल र भेटघाटबाट आएको सुझावका आधारमा चुनावमा सहभागी भएको बताए। “जनताको चाहनालाई संघर्षको मोर्चाका रूपमा स्वीकार गर्दै हामी निर्वाचनमा आएका हौं,” उनले भने।
उनका अनुसार स्थानीय कार्यकर्ता र समर्थकसँगको परामर्शका आधारमा उम्मेदवार छनोट गरिएको हो। यो उम्मेदवारी नेतृत्वको व्यक्तिगत इच्छा नभई जनताको सुझावको परिणाम भएको उनको भनाइ थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन्। बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनी पार्टी प्रवेश गरेकी हुन्। उनलाई कांग्रेसका सभापति गगन थापाले स्वागत गरेका थिए।
शर्माले बुधबार मात्रै रास्वपा परित्याग गरेको घोषणा गरेकी थिइन्। उनी रास्वपाको महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी थिइन्।
पार्टी प्रवेशसँगै उनले रास्वपामा विधि र प्रक्रिया नअपनाइएको आरोप लगाइन्।
साथै ‘दागैदाग भएकाहरूको बिगबिगी’ बढेकाले आफूले योगदानको कदर नपाएको दाबी गरिन्।
“रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएको महसुस भयो। त्यसैले उक्त पार्टी परित्याग गरी जेन–जीको भावना बोक्ने र सुशासनमा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ,” उनले भनिन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,६ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टीम नेपाल’ अवधारणालाई अघि सारेका छन्। थापाले पार्टीको चुनावी सभामा सम्बोधन गर्दै देशलाई सम्हालेर अघि बढाउन सबै पक्षलाई समेटेर साझा प्रयास आवश्यक भएको बताए।
उनका अनुसार ‘टीम नेपाल’मा ७ वटा प्रदेश, ७५३ स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक समावेश हुनुपर्छ। थापाले भने, “सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिन सक्छ। एमाले, माओवादी, रास्वपा, जसपासहित सबैलाई मिलाएर देश बनाउन कांग्रेसले मात्रै सक्दछ।”
सभापतिले देशको लोकतान्त्रिक स्पेस हाइज्याक भएको पनि बताए। उनले भने, “गठबन्धनको राजनीतिले जनताको चयन गर्ने अधिकार हाइज्याक गरिदिएको थियो। अहिले कांग्रेसले प्रदूषित भएको प्रक्रिया सफा गर्ने प्रारम्भ गरेको छ।”
थापाले राजनीतिक बहस अहिले मूल एजेन्डामा केन्द्रित नभएको पनि बताए। उनले भने, “हामीसँग संविधानले दिएका हक अधिकार, सुशासन र विकासका एजेन्डा छन्। तर वर्तमान राजनीतिक माहोलले यी सबै छलफल गर्ने ठाउँलाई भत्काइदिएको छ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ फागुन । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका छन्।
प्रवक्ता कार्कीका अनुसार सरस्वती श्रेष्ठले जापान पठाइदिने भन्दै रु २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाइदिने भन्दै रु १७ लाख तथा मनिराज राईले अल्बानिया पठाइदिने भन्दै रु तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,६ फागुन। तुलसीपुरदेखि हराएका दुई बालक सकुशल फेला परेका छन्। मङ्गलबार दिउँसोदेखि हराएका बालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमार गाउँमा फेला परेका हुन्। तुलसीपुर उपमहानगरपालिका १३ बखरियाबाट हराएका ११ वर्षीय सुजन बस्नेत र ६ वर्षीय तुफान बस्नेत दमार गाउँस्थित स्थानीय शोभा छन्त्यालको घरमा भेटिएका हुन्।
बुधबार बिहान बाटोमा हिँडिरहेको अवस्थामा स्थानीय छन्त्यालले सामाजिक सञ्जालमा ती दुई बालक हराएको सूचना देखेपछि शंकास्पद रूपमा सोधखोज गरेकी थिइन्। सोधपुछका क्रममा उनीहरू नै हराइरहेका बालक भएको पुष्टि भएपछि उनले फकाएर आफ्नै घरमा राखी खाना खुवाएकी थिइन्। त्यसपछि विद्यालयलाई खबर गरेपछि बालकहरूको पहिचान भई परिवारसँग सम्पर्क गरिएको हो।उनीहरू तुलसीपुरस्थित हिमाल एकाडेमीमा अध्ययनरत छन्।
मंगलबार दिउँसो घर नजिकैको खेतमा घाँस काट्न गएका बालकहरू साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीमा निवेदन दिँदै खोजी थालेको थियो। विद्यालयका शिक्षक शालिकराम ओलीकाअनुसार उनीहरू मंगलबार बेलुका उरहरी आसपास खेतमै सुतेका थिए । बिहान सबेरै आफ्नै घर जाने उद्देश्यले सल्यानतर्फ हिँडेको खुल्न आएको शिक्षक ओलीले जानकारी दिए।
शिक्षक ओलीका अनुसार सुजन कक्षा ४ मा अध्ययनरत छन् भने तुफान कक्षा १ मा पढ्छन्। ओलीले बालकहरूलाई भेटेर अभिभावकको जिम्मा लगाइएको जानकारी दिए। उनका अनुसार बालकहरू विद्यालयमा राम्रो आचरणका छन् र सुजन काकाको घरमा बसेर पढ्ने भएकाले परिवारको अत्यास लागेर घर जान हिँडेको खुलेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस