चर्चामा सुधाको ‘माया बस्दै छ’

   फागुन १३, २०८०       admin

दाङ, १३ फागुन। हालै सार्वजनिक गायिका सुधा रत्नको ‘माया बस्दै छ’ बोेलको गीतले चर्चा बटुल्दैछ । एक दशकदेखि नेपाली गीत–संगीत क्षेत्रमा अग्रसर गायिका सुधाको ‘माया बस्दै छ’ बोेलको गीत बद्री विष्ट नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

पछिल्लो चरण नृत्यमा नयाँपन प्रस्तुत गरेर चर्चामा रहनु भएका विष्टको निर्देशनमा बनेको ‘माया बस्दै छ’ गीतको अहिले व्यापक चर्चा भइरहेको छ । नवीन रावलको शब्द÷संगीत रहेको यस गीतमा सुधा रत्न र नवीन रावलले मधुर स्वर दिएका छन् । ‘माया बस्दै छ’ को निर्माता समेत रहेकि गायिका सुधाका हाल सम्म एक सय बढी गीत रेकर्डेड छन् ।

सबै खाले गीतमा सुमधुर आवाज भर्न सक्ने गायिका सुधाको यो नृत्य गीतलाई पनि धेरै श्रोता÷दर्शकले रुचाएका छन् । दर्शकको रुचीलाई विशेष ध्यान दिएर गीतमा नयाँपन प्रस्तुत गर्न खोजिएको छ । युट्युबमा सार्वजनिक भएको आठ दिनमै पाच लाख सात हजार बढीको भ्यूज देखिन्छ भने एक हजार पाच सय बढीले गीत र नृत्य दुबै उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन ।

नाचौँ नाचौँ लाग्ने प्रेमिल भावले भरिपूर्ण यस गीतमा बद्री विष्ट र बिना राउतको कलात्मक नृत्य रहेको छ । गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गितमा छायांकन गरिएको दृश्य समेत आकर्षक देखिन्छ । भिडीयोको सम्पादन मिलन विश्वकर्माले गरेका छन।

भिडियो:

भिडियोको कोरियोग्राफि पनि निर्देशक बद्री विष्टकै रहेको छ । गीतको एरेञ्ज मिक्स्–मास्टरिङ रवि सुनारले गरेका हुन् । गायिका सुधाले विगत झैं यो गीतमा पनि दर्शक÷श्रोताको माया र साथ मिल्ने विश्वास व्यक्त गरिन । आगामी दिनमा दर्शक÷श्रोताको रोजाइलाई मध्यनजर गर्दै थप गीत समेत बजारमा ल्याउने गायिका सुधाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दङ्गाली गीतकार अभि क्षेत्रीको “नसोध भो” सार्वजनिक

   श्रावण ३१, २०७८       admin

कपिल लामिछाने
“नसोध भो कस्तो बित्छ दिन,कस्तो बित्छ रात
सम्झनामा तिमी हुन्छौ सिरानीमा पराईको हात”
बिगत लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउदै आएका दङ्गाली गीतकार अभि क्षेत्री समर्पण द्धारा रचना गरिएको आधुनिक गजल गीत “नसोध भो” सार्वजनिक भएको छ ।

एभेरेष्ट ग्यालरीको अफिसियल्ली यूटुभ च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई दङ्गाली संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने गीतलाई गायक प्रबिण बेडवाल र रचना रिमालले स्वर दिएका छन् ।
अकेस्टिक स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले एरेन्जर गरेका छन् भने गीतको भिडियोमा मोडल शिल्पा पोख्रेल र कर्ण वली “शिशिर”ले अभिनय गरेका छन् ।
बिद्यमान नेपाली समाजमा प्रेम एउटा सँग बिहे अर्को सँग भईरहेको घटनालाई गीतको भावले ब्याख्या गरेको छ । आफुले चाहेको मान्छे नपाउदा पराई सँग बिहे गर्ने बाध्यता नेपाली समाजमा अहिले पनि बिद्यमान नै छ । गीतले यसरी घरपरिवारले दुई प्रेमीको प्रेमलाई स्वीकार नगरेपछि नचिनेको मान्छे सँग बिहे गर्ने बाध्यता सिर्जना गरेको र पहिलेको मायामा पनि उत्तिकै प्रेम र सम्मान रहने कुरालाई कारूणिक दृश्य मार्फत छर्लङ्ग परिदिएको छ ।

गीतले माया कहिले नओईलाउने र जहाँ जो सँग आफ्नो प्रेमी वा प्रेमीका भएपनि उसको खुसीका लागी सधै प्रार्थना गरिरहने एउटा प्रेमी प्रेमीकाको कथालाई भिडियो मार्फत प्रस्तुत गरेको छ ।
https://youtube.com/watch?v=hnZZgg1U7GI&feature=share
उक्त गीतलाई माथिको लिङ्क क्लिक गरि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरको खोप केन्द्रमा तनाव, जनप्रतिनिधि भए आक्रोसित (भिडियो)

   श्रावण ०४, २०७८       admin

दाङ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा राखिएको खोप केन्द्रमा कोरोना विरुद्धको खोप वितरणमा अनियमितता भएको भन्दै जनप्रतिनिधि आक्रोसित भएका छन् ।

तुलसीपुरमा हिजोदेखि खोप लगाउन शुरु गरिएको थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

म्युजिक भिडियोमा जम्दै दाङका कुलदिप

   माघ ११, २०७७       admin

काठमाडौ। चलचित्र क्षेत्रमा स्थापित भैसकेका दङ्गाली कलाकर कुलदिप अधिकारीले म्युजिक भिडियोमा पनि आफ्नो अभिनयकला प्रस्तुत गरेका छन।

थोरै खुशि मिल्छ यहाँ थोरै आँसु पनि बोलको गितमा कविता न्यौपानेका साथ जोडि बाधेर म्युजिक भिडियोमा देखिएका हुन । पण्डित बाजेको लौरी,कुम्भकरन जस्ता चलचित्रमा मुख्य भुमिका निभाएका कुलदिपले थुप्रै चलचित्रहरुमा छोटो भुमिकामा काम पनि गरिसकेका छन ।

चलचित्र क्षेत्रबाट म्युजिक भिडियो तिर आउदै गरेका अधिकारीलाई चलचित्रमा अभिनय गर्दा सहज कि म्युजिक भिडियोमा भन्ने प्रश्नमा दुबै क्षेत्रमा मेहनत र लगाव चाहिने र लगाव भएमा काम जुन क्षेत्रमा पनि सहज हुने बताए । प्रबिन बेडवाल र रङ्गिला बटलाको स्वरमा रहेको यो गितको भिडियोमा आफुले अत्यन्तै मेहनत गरेको र दर्शकहरुलाई पनि मनपर्नेमा आफू आशावादी भएको उनले बताए । पारिवारिक कथावस्तुमा तयार पारिएको म्युजिक भिडियोमा समृद्धि निरौलालाई बाल कलाकारको रुपमा देख्न सकिनेछ ।

गोपाल लोहारको शब्द रहेको गितमा वसन्त सापकोटाले संगीत भरेका छन भने विश्राम आचार्यले एरेन्ज गरेका हुन । बिमल धमलाको प्रोडक्सनमा तयार पारिएको गितमा श्याम तामाङको छायांकन,बिनोद लामाको मेकअप,रिता बलामीको हेयर डिजाइनिङ देख्न सकिन्छ । भिम लोहारले लगानी गरेको म्युजिक भिडियोको निर्देशन श्याम लामा र काजी लिम्बुले गरेको छन । यो गितको भिडियो आईतवार बेलुका ४ बजे Golo lohar युट्युव च्यानल मार्फत रिलिज गरिने छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युट्युबको ट्रेन्डिङ एकमा चलचित्र ‘प्रसाद’

   मङि्सर ०८, २०७७       admin

युट्युब ट्रेन्डिङको नम्बर एकमा नेपाली चलचित्र ‘प्रसाद’ आइपुगेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मेलिना राईको ‘तिमी आयौ’ सार्वजनिक (भिडियो)

   मङि्सर ०५, २०७७       admin

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमी आयौ’ गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम् विसन मान्धरको एरेन्ज गीतमा छ।

गीतको भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय निकै लोभलाग्दो रहेको छ।

म्युजिक भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खा जसुको निर्देशन रहेको छ।

भिडियो हेर्नुहोस्

https://youtu.be/nptGCRkKKYA

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology