रामुपाका केन्द्रीय उपाध्यक्ष रास्वपामा प्रवेश

   १ घण्टा अगाडि       admin

काठमाडौ,२८ माघ । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

बुधबार रास्वपामा प्रवेश गर्दै उनले सोही क्षेत्रका रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरेका हुन्। राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले अब ‘घण्टी’ चुनाव चिह्नका उम्मेदवार मनिष झालाई समर्थन गर्ने बताएका छन्।

यसअघि केही दिनअघि रामुपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सचिव सञ्जय चौधरीसहित धनुषाका अधिकांश नेताहरू पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कमजोरी स्वीकार गर्दै कांग्रेस अघि बढ्नेछ : सभापति थापा

   माघ २७, २०८२       admin

काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरी लुकाउने नभई स्वीकार गरेर सुधारसहित अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् । कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका थापाले कांग्रेस अब नयाँ सोच र कार्यदिशासहित अघि बढ्ने बताए ।

विशेष महाधिवेशनपछि पहिलोपटक विराटनगर आएका थापालाई स्वागत गर्न कांग्रेस नेता डा. शेखर कोइरालासहितका नेताहरू उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा शुद्धीकरण आवश्यक रहेको बताए । “ऐना पुछेर होइन, अनुहारकै दाग मेटेपछि मात्रै कांग्रेसमा शुद्धीकरण हुन्छ,” उनले भने ।

विगतमा निर्वाचन जित्नु र सरकारमा टिकिरहनुलाई मात्र उपलब्धि ठान्ने गलत सोचले पार्टी कमजोर बनेको थापाले स्वीकार गरे । सत्ताका लागि जोसँग पनि मिल्ने प्रवृत्तिले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले बनाएको पार्टीको छविमा असर पुगेको उनले बताए । “अब त्यो बाटोमा कांग्रेस फेरि हिँड्दैन,” थापाले स्पष्ट पारे ।

कम्युनिस्ट दलहरूसँगको अस्वस्थ प्रतिस्पर्धाका कारण कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाउँदै गएको थापाको भनाइ थियो । अदालत र संवैधानिक निकायहरूमा दलीय भागबन्डा खोज्ने प्रवृत्तिमा कांग्रेस पनि कतै न कतै दोषी रहेको उनले बताए ।

“कायरले कमजोरी लुकाउँछ, साहसीले गल्ती स्वीकार गर्छ,” थापाले भने, “अब गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित नागरिकको भरोसा जित्न कांग्रेस मैदानमा उत्रिन्छ।” कांग्रेस परिवर्तन भएको कुरा भाषणमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उनले कार्यकर्ताहरूलाई कांग्रेस बदलिँदा नागरिकको जीवनमा के फरक पर्छ भन्ने ठोस उत्तरसहित टोल–टोलमा पुग्न आग्रह गरे ।

देशलाई पुनः कुनै पनि प्रकारको द्वन्द्वतर्फ जान नदिन वर्तमान संविधान नै मुख्य आधार भएको थापाले बताए । संविधानको रक्षा र पूर्ण कार्यान्वयनमार्फत जनताको समस्या समाधान गर्न कांग्रेस दृढ रहेको उनको भनाइ थियो । “देशभर कार्यकर्तामा देखिएको ऊर्जा कोठाभित्र थुन्नु हुँदैन,” थापाले भने, “यो ऊर्जा जनताको घरदैलोसम्म पुर्‍याउनु हाम्रो साझा जिम्मेवारी हो।”

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

   माघ २५, २०८२       admin

काठमाडौ,२४ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज जारी गरेको विज्ञप्तिमार्फत बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–२०८२, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ तथा केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ र झापामा नेकपालाई चुनावी सहकार्य गर्न एमालेको प्रस्ताव

   माघ २२, २०८२       admin

काठमाडौं,२१ माघ । नेकपा (एमाले) ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग आगामी निर्वाचनमा चुनावी सहकार्यका लागि औपचारिक प्रस्ताव गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग प्रत्यक्ष संवाद गर्दै सहकार्यको प्रस्ताव राखेका हुन्।

नेकपा स्रोतका अनुसार ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ तथा एमाले महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ–२ मा सहकार्यका लागि प्रस्ताव गरेका छन्।

स्रोतका अनुसार ती दुई क्षेत्रमा सहयोगको बदलामा ओलीले नेकपालाई चार सिटमा सहयोग गर्ने वचन दिएका छन्। नेकपाका एक नेताका अनुसार ओलीले प्रचण्डसँग ‘जुन क्षेत्र चाहियो, त्यसमा सहयोग गर्न तयार’ रहेको प्रस्तावसमेत गरेका हुन्।

तर, नेकपा स्रोतका अनुसार प्रचण्डले उक्त प्रस्तावमा अहिलेसम्म स्पष्ट प्रतिबद्धता जनाइसकेका छैनन्। एमालेसँग चुनावी सहकार्य नगर्नुपर्ने अडानमा नेकपाका शीर्ष नेताहरू रहेकाले प्रचण्डमाथि आन्तरिक दबाब बढेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङका दुई उम्मेदवारसहित बन्दसूचीबाट ७६ जनाको नाम हटाइयो

   माघ २१, २०८२       admin

दाङ, २० माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट दाङका दुई उम्मेदवारसहित ७६ जना उम्मेदवारको नाम हटाएको छ।

निर्वाचन आयोगले घोराही उपमहानगरपालिका–१५ की जनता समाजवादी पार्टी (जसपा) की उम्मेदवार कमला खत्री र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गढवा गाउँपालिका–७ की उर्मिला चौधरीको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट हटाएको हो ।

आयोगले खत्रीको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको कारण हटाइएको हो भने चौधरीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लिखित अनुरोधअनुसार हटाइएको जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूचीसम्बन्धी परेका उजुरी, उम्मेदवारको योग्यता, प्रचलित कानुनी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय तथा राजनीतिक दलहरूले बुझाएको विवरण मापदण्डअनुसार नपुगेको पाइएपछि नाम हटाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार हटाइएका ७६ उम्मेदवारमध्ये २५ जना प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेत नाम समावेश भएकाले अयोग्य ठहरिएका छन्।

त्यसैगरी, कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना तथा सम्बन्धित राजनीतिक दलले नै लिखित रूपमा नाम हटाउन अनुरोध गरेका १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको छ।

उम्मेदवारमध्ये २५ वर्ष उमेर पूरा नगरेका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना तथा पिछडिएको क्षेत्रको मतदाता नामावलीमा नाम नसमेटिएका २ जना रहेका छन्।

यस्तै, महिला उम्मेदवार पेश गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवारको नाम समावेश गरिएको १ जना र एकभन्दा बढी कारणले अयोग्य ठहरिएका २ जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घोराहीमा कांग्रेस उम्मेदवार घिमिरेद्वारा घरदैलो

   माघ २१, २०८२       admin

दाङ, २० माघ । दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले घोराहीमा घरदैलो तथा भेटघाट गरेका छन् ।

मंगलबार बिहान घोराही–१५ गौतमनगरदेखि गुजुरी बजारसम्मका विभिन्न टोलमा पुगेर उम्मेदवार घिमिरेले स्थानीय बासिन्दा तथा व्यवसायीसँग भेटघाट र संवाद गरेका हुन् ।

घरदैलो तथा भेटघाटका क्रममा उम्मेदवार घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरेका थिए ।

सो अवसरमा स्थानीय बासिन्दा तथा व्यवसायीले देश र जनताले आशा गरेको पार्टी नेपाली कांग्रेस भएकाले निर्वाचनमा दायाँबायाँ गर्न नसकिने धारणा व्यक्त गरे ।
आफ्नो आस्था र विचारबाट बिचलित नहुने बताउँदै उनीहरूले नागरिकलाई अप्ठ्यारो पर्दा साथ दिने नेता आवश्यक रहेको बताए ।

अहिले ठूला विकास निर्माणका आश्वासनभन्दा पनि किसान, व्यवसायी तथा सर्वसाधारणका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने नेतृत्व चाहिएको उल्लेख गर्दै त्यसैअनुसार अघि बढ्न उम्मेदवार घिमिरेलाई सुझाव दिएका थिए । व्यवसायी तथा स्थानीयका कुरा सुन्दै उम्मेदवार घिमिरेले आफू यस क्षेत्रको विकास निर्माण र जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको बताएका थिए ।

घरदैलो अभियानमा उम्मेदवार घिमिरेसँगै नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, संविधानसभा सदस्य अनिता देवकोटा, कांग्रेस नेताहरू भूपबहादुर डागी, बिमला योगी, बद्री खड्का, पवन आचार्य, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङ ३ का मतदातासंग उम्मेदवार, न एजेन्डा न घोषणापत्र

   माघ १, २०८२       admin

दाङ ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू अहिले घरदैलो अभियानमा व्यस्त छन्। स्पष्ट एजेन्डा, ठोस योजना र दीर्घकालीन भिजन बिना उम्मेदवारहरु चुनावी रणभूमीमा देखिन्छन्  । एजेन्डाको अभावका कारण चुनावी बहस सतहमा सीमित बन्दै गएको छ भने । घरदैलोमा लागेका उम्मेदवार नागरिकले खोजेको उत्तर भने  दिन नसक्ने अवस्थामा देखिन्छन्।

घर–घरमा पुगेर मत मागिरहेका उम्मेदवारहरूसँग न त दलगत घोषणापत्र छ, न त एजेन्डा नै छ । स्थानीय समस्या समाधानका लागि ठोस कार्ययोजना समेत छैन । जनता झुक्याएर पुराना एजेन्डालाई नै दोहोर्‍याउँदै नयाँ–पुराना सबै दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यसले मतदाता थप अन्योलमा परेका छन्। नागरिकका आधारभूत प्रश्नमा उम्मेदवारहरू अलमलिने, जवाफ टार्ने वा सामान्य भाषणमै सीमित हुने अवस्था देखिन्छ। उम्मेदवारहरू स्वयं स्पष्ट रणनीति नहुँदा नागरिकका प्रश्नहरूमा बेढंगका जवाफ दिने स्थिति सिर्जना भइरहेको छ। चुनावी अभियान र भेटघाटमा फोटो, भिडियो  खिचाउनेमा मात्रै सीमित बन्दै गएको छ। एजेन्डा प्रस्तुत हुन नसक्दा  चुनावी रणनीति पनि स्पष्ट देखिँदैन। यस्तो अवस्थामा कसको पल्ला भारी हुने हो भन्ने अनुमान गर्न कठिन बन्दै गएको छ।

पुरानै उम्मेदवारहरूले आफूले विगतमा गरेको कामको सूची मात्र मतदातामा प्रस्तुत गरिरहेका छन्। तर अब को योजना के भन्दा कुनै उम्मेदवारसंग उत्तर छैन । नयाँ उम्मेदवारहरू ‘पुरानाले गर्न सकेनन्, हामी गर्छौं’ भन्ने नारामा सीमित छन्। तर के गर्ने, कसरी गर्ने र कति समयमा गर्ने भन्ने प्रश्नमा उनीहरू नजवाफ देखिन्छन ।
दाङसहित देशभर उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूमा यो समस्या समान रूपमा देखिएको छ। दलहरूबीच प्रतिस्पर्धा त छ, तर विचार, नीति र समाधानको प्रतिस्पर्धा भने कमजोर देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, एजेन्डाविहीन चुनावले लोकतन्त्रलाई कमजोर बनाउँछ। मतदाता विवेकपूर्ण निर्णय गर्न नपाउँदा चुनाव केवल व्यक्तिको लोकप्रियता र दलको प्रभावमा सीमित हुने छ। चुनाव भनेको केवल जित–हार होइन, यो भावी पाँच वर्षको दिशा तय गर्ने प्रक्रिया हो, डा नहकुल केसी भन्छन् , तर अहिलेको अभियानमा त्यो गम्भीरता देखिँदैन।

नागरिकहरू अब केवल हात जोडेर मत माग्ने उम्मेदवार होइन, स्पष्ट योजना, जवाफदेहिता र भविष्यको रोडम्याप खोजिरहेका छन्। चुनाव नजिकिँदै गर्दा दल र उम्मेदवारहरूले एजेन्डामुखी बहस नगरे लोकतन्त्रप्रति जनविश्वास थप कमजोर हुने बरिस्ठ अधिवक्ता डिल्लीराज धितालले बताए । उनले अहिले यो अवस्थाको संकेत देखिन थालेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दाङ क्षेत्र नं ३ का  उम्मेदवार कमल सुवेदी आफू नयाँ राजनीतिक संस्कृतिको दाबी गर्छन्। घरदैलो क्रममा उनले अरु दलहरूले केहि नगरेको बाहेक अरु एजेन्डा दिन सकेका छैनन । उनी मतदातासंग पुरानो दलप्रति  असन्तुष्टि पोख्छन, तर  ठोस कार्ययोजना सोध्दा उनी प्रष्ट छैनन ।  निर्वाचनका लागि उनी संग अहिले नत प्रष्ट एजेन्डा छ नत, पार्टीको घोषणापत्र नै उनीसँग छैन।

नेपाली कांग्रेसका  दाङ क्षेत्र नं ३ का उम्मेदवार दीपक गिरी भने आफ्नो विगतको भूमिकालाई मुख्य एजेन्डा बनाइरहेका छन्। उनले घरदैलोमा आफूले दाङका लागि धेरै काम गरेको र अझै बाँकी रहेको बताइ रहेका छन । उनले दाङमा सिँचाइ पुलपुलेसा र सडकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर पहिले काम गरेको र अब अधुरा काम गर्ने दोहोर्याइरहेका छन् । तर यो प्रतिनिधि सभाको निर्वाचनका लागि प्रष्ट एजेन्डा र पार्टीको घोषणापत्र भने उनीसँग छैन। गिरी निवर्तमान सांसद हुन भने पूर्व सिचाई मन्त्री समेत हुन ।
नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डे नगर प्रमुख हुदाका विकासको कुरा गरिरहेका छन । भने त्यहि योजना र कार्यक्रम मतदाता माझ पुर्याइ रहेका छन । नयाँ  योजना बिनाका  आश्वासनमा भने छदै छन । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर मास्की प्रदेश सभा सदस्य राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनले प्रदेश सभा सदस्य हुँदाका बखत गरेका कामलाई अगाडि सारेर मतदाता समक्ष मत मागिरहेका छन्। यद्यपि उनीसँग पनि आफ्ना छुट्टै एजेन्डा र पार्टीको घोषणापत्र साथमा छैन ।
दाङमा भएका अधिकांश राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको अहिलेको हविगत यस्तै रहेको छ। दाङमा ६१ जना उम्मेदवार रहेका छन । भने ४लाख ३१ हजार ६ सय ८६ मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्थानीय र प्रदेश निर्वाचनअघि १५औँ महाधिवेशन हुन्छ : सभापति थापा

   माघ १८, २०८२       admin

काठमाडौं,१७ माघ। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने बताएका छन्।

शनिबार काठमाडौं–४ मा आयोजित निर्वाचन लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार ‘प्राइमरी इलेक्सन’मार्फत वडास्तरबाटै चयन गरिने जानकारी दिएका छन्।

उनले नयाँ स्थानीय तथा प्रदेश निर्वाचनभन्दा अघि पार्टीको महाधिवेशन सम्पन्न भइसकेको हुने उल्लेख गर्दै महाधिवेशनपछि उम्मेदवार चयनको प्रक्रिया पूर्ण रूपमा परिवर्तन हुने बताएका छन्। उनका अनुसार अब उम्मेदवारको टिकट वडास्तरका पार्टी सदस्यहरूले नै प्राइमरीमार्फत छनोट गर्नेछन्।

सभापति थापाले अब उम्मेदवार बन्नका लागि पार्टी सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था नरहने दाबी गरेका छन्। उनले पार्टीभित्र पारदर्शी र विधिसम्मत प्रणाली लागू गरिएको बताएका छन्।

त्यसैगरी, कांग्रेसभित्र गुटबन्दी तथा ६०–४० को भागबण्डा अन्त्य भएको दाबी गर्दै उनले पार्टीभित्र अब कुनै प्रकारको भागबण्डा नरहेको स्पष्ट पारेका छन्। पार्टीले आन्तरिक र बाह्य रूपमा समान व्यवहारको नीति अवलम्बन गर्ने उनको भनाइ छ।

नागरिक र पार्टी सदस्यलाई सशक्त बनाउने अभियान पार्टीभित्र सुरु भइसकेको उल्लेख गर्दै सभापति थापाले पार्टी सभापतिको बन्द कोठामा हुने अप्राकृतिक सम्बन्धको संस्कृति अन्त्य भएको बताएका छन्। उनले बदलिएको कांग्रेसमा पारदर्शिता, समानता र विधिको शासन स्थापित भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकताबद्ध भएर निर्वाचनमा लाग्न तरुण परिचालन समिति ३को आह्वान

   माघ १७, २०८२       admin

दाङ । नेपाल तरुण दल दाङ युवा तथा तरुण परिचालन समिति निर्वाचन क्षेत्र नम्बर ३ ले नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीलाई भारी मतका साथ विजय गराउन नेपाल तरुण दलका सम्पूर्णमा हार्दिक आह्वान गरेको छ।

नेपाल तरुण दल दाङ जिल्ला कार्यसमितिको निर्णयअनुसार सम्पूर्ण तरुण साथीहरूलाई आआफ्नो वार्ड, पालिका, क्षेत्रमा एकताबद्ध भएर निर्वाचनको माहोल निर्माण गरी पार्टीका उम्मेदवारलाई विजय गराउन हार्दिक अपिल गरिएको हो ।

नेपाल तरुण दल तथा युवा निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ का संयोजक तथा तरुण दल दाङ जिल्ला कोषाध्यक्ष नविन योगी र तरुण दल क्षेत्रीय अध्यक्ष तथा परिचालन समिति सहसंयोजक राजकुमार केसीले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर सबै तरुणहरूमा एकताबद्ध भएर निर्वाचन केन्द्रित हुन आह्वान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

   माघ १६, २०८२       admin

काठमाडौं,१५ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट दर्ता गरिएको उनको उम्मेदवारी आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका हुन्।

उक्त रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि न्यायाधीश ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

रेशम चौधरीको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएको थियो। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उक्त निर्णयको वैधतामाथि अदालतमा कानुनी बहस हुने भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology