दाङ,२८ भदौ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले रुकुम–पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक विज्ञप्ती जारी गर्दै उक्त दुःखद् घटनाले अत्यन्तै मर्माहत तुल्याएको उल्लेख गरे।
काठमाडौैंबाट रुकुम पूर्व आउंदै गर्दा आज विहान रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गल्कोट नगरपालिका–२ भुङखानीमा दुर्घटना हुंदा उपाध्यक्ष बुुढा सहित पुथाउत्तरगंगा गाउँपालिका वडा नं २ का अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्ष बुढाको आमा गोपीमाया बुढाको निधन भएको छ । चालक प्रेम बहादुर पुन घाईते भएका छन् ।
सभामुख घर्ती मगरले दुःखद् यस घडीमा दिवंगत भुपेन्द्रा बुढासहित मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छ्न । साथै घाईतेको शिघ्रस्वास्थ्य लाभको कामना कामना गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तीय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरू मनोनयन गरेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३१ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरे । यस्तै, उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए ।
सभाको विशेष समयमा बोल्दै सांसद सोनामग्याल्जेन शेर्पाले विद्युतीय जोखिमका क्षेत्रमा काम गर्नेलाई प्रभावकारी बीमाको प्रबन्ध गर्न, सुरक्षाका उपकरणको प्रयोग गर्न तथा सञ्चार सम्पर्कको व्यवस्थित प्रबन्ध गर्न माग गरे । उनले राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन तथा त्यसको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए । राष्ट्रिय सहमतिका आधारमा नै संविधान संशोधनलगायतका विषयलाई अगाडि बढाउनुपर्ने सांसद शेर्पाको भनाइ छ ।
सांसद झक्कुप्रसाद सुवेदीले माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई हिसांत्मक द्वन्द्व भनिएकामा आपत्ति प्रकट गरे । उनले जनताको अधिकार स्थापित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको राजनीतिक अभियानलाई गलत संज्ञा दिइएकाप्रति गुनासो गरे ।
सांसद सुवेदीले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो मूल्य मान्यता विपरीत गएर संविधान संशोधन गरेर दुई दलीय व्यवस्था ल्याउन खोजेको हो रु भनेर प्रश्न गरे । उनले संविधान संशोधन गरेर जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्न तथा पूर्ण लोकतान्त्रिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए । समाजको बनोटअनुसार संसद्को बनोट हुनुपर्ने उनले उल्लेख गरे ।
सांसद नारायणदत्त भट्टले मुलुकको द्वन्द्व व्यवस्थापनका लागि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएकामा खुसी व्यक्त गरे । उनले राजनीतिक दलका बीचको आरोप प्रत्यारोपले कुनै पनि निकास ननिस्किने बताए । सबै वर्ग तथा क्षेत्रलाई थप अधिकार सम्पन्न बनाउनेगरी संशोधन गर्नुपर्नेमा उनको भनाइ छ ।
सांसद गोमादेवी तिमिल्सिनाले संविधान परिवर्तनीय दस्तावेज भएकाले त्यसलाई समयक्रममा संशोधन गर्न सकिने भए पनि लामो सङ्घर्षपछि नेपाली जनताको प्राप्त गरेको अधिकार कुण्ठित नहोस् भन्ने धारणा राखिन् । सरकारी स्वामित्वका उद्योग तथा सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपका कारण बन्द हुनु दुःखद रहेको उनले बताइन् । रोजगारी प्रदान गर्ने, देशभित्रै सहज रुपमा कच्चापदार्थ उपलब्ध हुने उद्योग बन्द हुँदा ठूलो समस्या पैदा भएको सांसद तिमिल्सिनाको भनाइ थियो ।
सांसद मोहम्मद खालिदले कमला पुलको निर्माणमा ध्यान नदिइएका कारण स्थानीयवासी मर्कामा परेका भए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
सांसद विष्णुकुमारी सापकोटाले युवा शक्तिलाई देशभित्रै रोजगारी दिनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताइन् । मुलुकलाई समृद्ध बनाउने उद्देश्य राखेर गरिबीको दुश्चक्रबाट बाहिर निकाल्ने गरी अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपालको संविधानले नागरिकलाई समानताको हकको प्रबन्ध गरेको भए पनि महिलालाई सधैँ दयामा राखिएकामा आपत्ति प्रकट गरिन् । महिलाले खोजेको समानता र समावेशी हालसम्म प्राप्त हुन नसकेको उनको भनाइ छ ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाउन नसकेकामा गुनासो गरे । उनले सूचीकृत हुन बाँकी रहेका अपाङ्गता भएका नागरिकलाई सूचीकरण गरी संविधानको मौलिक हकमा भएको व्यवस्था अनुसारको प्रबन्ध गर्न माग गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
उमा भण्डारी, दाङ। वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक एवम् वातावरणविद सञ्जीवनी योञ्जन श्रेष्ठले पछिल्लो समय पर्यावरण असन्तुलनको अवस्था भयावह बन्दै गएको बताएकी छन् । प्राकृतिक श्रोतको मनपरी प्रयोग, दोहन र होडबाजिको औद्योगिकरणले पर्यावरणमा असन्तुलन र जलवायुमा परिवर्तन हुँदा प्रकृति र मानवीय सभ्यतालाई पनि खतरामा पु¥याएको उनले बताएकी हुन् ।
लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको चक्रिय अर्थतन्त्र र जलवायु परिर्वतन सम्वन्धी दुईदिने तालिमको अवसरमा उनले वातावरणीय संरक्षणमा दिगोपना ल्याउन नसक्दा पर्यावरणमा क्षति पुगेको बताएकी थिइन् । आर्थिक विकास र सम्वृद्धिको नाममा प्रकृतिमाथी भइरहेको तीव्र दोहनले पर्यावरणीय सकंट बढ्दै गएको उनको भनाई थियो ।
पृथ्वीको तापक्रम बढ्दै जानु, समयमा पानी नपर्नु,समयमा हिँउ नपर्नु, ओजनतहमा ह्रास आउनु, प्रत्येक वर्ष मानसिक विचलनका बिरामीको सँख्या बढ्दै जानु,प्रजनन् प्रकृयामा फेरबदल हुनु, खाद्य उत्पादन घट्दै जानु जस्ता उदाहरण दिँदै उनले विश्वमा प्राकृतिक सभ्यता संकटमा परेको जानकारी गराएकी थिइन् ।
‘पछिल्लो समय आमाको दूधमा प्लाष्टिक भेटिनु, डिएनएमा समस्या देखिनु, डिप्रेसनका बिरामी बढ्दै जानु मानव सभ्यताका लागि राम्रो संकेत होइन,उनले भनिन्– हामीले वातावरणमैत्री ढंगले प्राकृतिक श्रोतसाधनको उपभोग र संरक्षण गर्न आजैबाट लाग्न जरुरी छ । ’
तालिममा उनले पर्यावरणीय संरक्षका लागि राज्यका हरेक निकायले चक्रिय अर्थतन्त्रको अवधारणलाई अवलम्वन गर्नुपर्ने बताइन् । वातावरण संरक्षणका लागि चक्रिय अर्थतन्त्रले शुन्य फोहोर अवधारणाको विकासको गरेको जानकारी दिँदै उनले रहेक बस्तुको उत्पादन र उपभोलाई त्यससंग जोडन् जरुरी रहेको बताइन् ।
त्यस, अवसरमा वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ वातावरण निरिक्षक निर्मल चौधरीले जलवायु परिवर्तन र नेपालको निर्धारित राष्ट्रिय देनका बारेमा जानकारी गराएका थिए। जलवायु परिवर्तन महासन्धी अन्र्तगत पेरिस सम्झौता बमोजिम नेपालले तय गरेको लक्ष्य प्राप्तीको दस्तावेज, दीर्घकालिन हरीतगृह ग्याँस नियन्त्रणका लागि शुन्य उत्सर्जनको रणनीति र यसका क्षेत्रका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए।
मानवीय कृयाकलापका कारणले वातावरणीय प्रदुषण र जलवायु परिवर्तन भइरहेको भन्दै मानव मार्फत प्रदुषण र यसको असर प्रभाव व्यवस्थापन आजको महत्वपूर्ण विषय बनेको उनको भनाई थियो।
सो अवसरमा वन्यजन्तु संरक्षण संघ नेपालका कोर्डिनेटर राजेश्वर रिजाल, वातावरण पत्रकार शेरबहादुर केसी,पर्यावरण संचार विज्ञ पिताम्वर सिक्देलले वातावरण संरक्षणका निमित्त पछिल्लो समय भएगरेका प्रयासहरुका बारेमा जानकारी गराएका थिए। उनीहरुले चक्रिय अर्थतन्त्रको पद्दतीमा रहेर पर्यावरण संरक्षण गर्नतर्फ लाग्नुपर्ने बताएका थिए ।
हामीले उत्पादन तथा निर्माण गरेका, उपभोग गरेका हरेक वस्तु माटोसंग घुल्न सक्ने खालको हुनुपर्ने उनीहरुको भनाई थियो । कुनैपनि वस्तु एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न मिल्ने अथवा त्यसलाई परिमार्जन गरी प्रयोग गर्न मिल्ने खालको हुनुपर्ने उनीहरुले बताएका थिए ।
तालिममा सहभागी पत्रकारहरुले मानीवय व्यवहारलाई प्रकृतिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। चक्रिय अर्थतन्त्रलाई लागु गर्न हरेक व्यक्ति, टोल, समुदाय, समाज र राष्ट्र आ–आफ्नो ठाउँमा सचेत र जिम्मेवार बन्नुपर्ने बताएका थिए ।
वातावरण संरक्षण र जलवायु परिवर्तन न्युनिकरणलाई पहिलो प्राथमिकतामा राखेर राज्ये नीति तथा कार्यक्रम ल्याउनुपर्ने र त्यसको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई थियो।
युरोपियन युनियनको आर्थिक सहयोगमा वन्यजन्तु संरक्षण संघ र ईम्प्याक्ट हबको समन्वयमा उक्त तालिम सञ्चालन भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , १८ असार ।
प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्वपूर्ण विषयमा सहमति भएको हो ।
शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमति भएको छ । त्यस पछिको वाकी अवधि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बन्ने छ ।सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।
सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले तीन वटा प्रदेश र काग्रेसले ३ वटा प्रदेशको नेतृत्व लिने छ ।
मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । सत्ता सहकार्यसँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति गरेका हुन् । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गरेका छैनन् । आज (मंगलबार) सहमतिको औपचारिक पत्र सार्वजनिक हुनेछ ।
ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवास छिरेका थिए । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका नेता पनि राखेर राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।
दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण मंगलबार सार्वजनिक हुँदैछ । नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसका एक नेताले भने, ‘दुई दल मिलेर सरकार बनाउन देउवा र ओलीले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ । बाँकी काम मंगलबार हुन्छ ।
सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए भने एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडाल जुटेका थिए । आव एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनबारे जानकारी गराउने भएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
२१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि।” सधैका बर्षको असार १५ जस्तै यस बर्षको असार १५ मा पनि २१ औं राष्ट्रिय धान दिवस २०८१ मनाईदैछ।यस बर्ष धान दिवसको नारा-“जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि” रहेको छ।
वि.स. २०६१ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।२० औं राष्ट्रिय धान दिवस २०८० को नारा-“जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि रहेको थियो भने १९ औं राष्ट्रिय धान दिवस २०७९ को नारा-“धानवालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको थियो।
पन्ध्रौ योजनाको (२०७६/७७- २०८०/८१) धान उत्पादकत्वको लक्ष्य ४.५ मेट्रिक टन प्रति हेक्टर रहे पनि आ.व. ७९/८० सम्म आउदाँ धानको उत्पादकत्व ३.७८ मेट्रिक टन प्रति हेक्टर रहेको छ जुन योजनाको लक्ष्यबाट धेरै टाढा हो।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।हामी सबैलाई भात मनपर्छ र भातले नै हाम्रो भोक मेटाउँछ।प्राय हुने खाने होस् वा हुदाँ खाने सबै नेपालीहरुको भान्सामा एक छाक चामलको भात पाकेकै हुन्छ।त्यसैले होला किसान पनि वर्षभरको छाक जुटाउनको लागी यो महिना खेतीमा व्यस्त हुन्छन्आ जका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।
छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। राष्ट्रिय धान दिवस २०८१ को नारालाई राम्रो सँग नियाल्ने हो भने जलवायुमैत्री कृषि र धानको उत्पादनमा बृद्धि गर्ने कुरामा जोड दिएको सजिलै देख्न सकिन्छ।भौगोलिक विविधता कारण नेपालमा ठाँउ अनुसारको फरक-फरक हावापानी पाइन्छ।
पुर्वी तराईका जिल्लाहरु अत्याधिक बर्षाका कारण बाढी, पहिरो जस्ता समस्या भोगिरहदाँ, पश्चिमका तराई जिल्लामा बर्षा हुन सकेको छैन।अझ आकाशको बर्षामा भर परेर खेति गर्नु पर्ने ठाँउमा त धान खेति शुरु हुन सकेको छैन।तसर्थ यस बर्षको धान दिवसले सबै धान रोप्ने ठाँउलाई समेट्न नसक्ने छर्लङ नै छ।
नेपाल कृषि अनुसन्धान परीषद (नार्क)ले धानाबालीका ९९ खुल्ला सेचित जात र ५८ वर्णशंकर जात गरी जम्मा १५७ वटा जातहरु विकास गरेको छ।नार्कले जलवायुमैत्री कृषिलाई मध्यनजर गर्दै धानको खडेरी सहन सक्ने, डुवान सहन सक्ने, चिसो सहन सक्ने जातहरुको विकास गरेको छ। नार्कले धानको खडेरी सहन सक्ने जातहरु जस्तै सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५, सुख्खा धान-६, तरहरा-१ र हर्दिनाथ-२ विकास गरेको छ भने डुवान सहन सक्ने जातहरुमा स्वर्ण सव-१, साँवा मसुली सव-१, सेहराङ्ग सव-१ विकास गरेको छ।
त्यस्तै खडेरी र डुबान दुबै सहन सक्ने जातहरुमा बहुगुणी धान-१, बहुगुणी धान-२ र सुख्खा धान-६ विकास गरेको छ। चिसो सहन सक्ने जातमा भने लेकाली धान-१, लेकाली धान-३ र चन्दननाथ- ३ विकास गरेको छ। नार्कले विकास गरेको वर्णशंकर धान हर्दिनाथ हाईब्रिड धान-१, हर्दिनाथ हाईब्रिड धान-३
रहेको छ।
बिगत १० बर्षको धान उत्पादन हुने क्षेत्रफल, उत्पादन र उत्पादकत्वको तथ्याङ्ग नियाल्ने हो भने क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा सोचे जति आमुल परीवर्तन भने आएको देख्न सकिदैन।
पन्ध्रौ योजनाको (२०७६/७७- २०८०/८१) धान उत्पादकत्वको लक्ष्य ४.५ मेट्रिक टन प्रति हेक्टर रहे पनि आ.व. ७९/८० सम्म आउदाँ धानको उत्पादकत्व ३.७८ मेट्रिक टन प्रति हेक्टर रहेको छ जुन योजनाको लक्ष्यबाट धेरै टाढा हो।
दश आ.व.को धान उत्पादन हुने क्षेत्रफल हेर्ने हो भने आ.व. ६९/७० मा १४२०५७० हे. आ.व. ७०/७१ मा १४८६९५१ हे.
आ.व. ७१/७२ मा १४२५३४६ हे. आ.व. ७२/७३ मा १३६२९०८ हे. आ.व. ७३/७४मा १५५२४६९ हे. आ.व. ७४/७५ मा १४६९५४५ हे. आ.व. ७५/७६ मा १४९१७४४हे आ.व. ७६६७ मा १४५८९१५ हे आ.व. ७७/७८ मा १४७३४७४ हे आ.व. ७८/७९ मा १४७७३७८ हे आ.व. ७९/८० मा १४४७७८९ हे. मा धान खेति गरीएको छ।
त्यस्तै धानको उत्पादनको तथ्याङ्क नियाल्ने हो भने आ.व. ६९/७० मा ४५०४५०३ मेट्रिक टन, आ.व. ७०/७१ मा ५०४७०४७ मेट्रिक टन, आ.व. ७१/७२ मा ४७८८६१२ मेट्रिक टन, आ.व. ७२/७३ मा ४२९९०७९ मेट्रिक टन, आ.व. ७३/७४ मा ५२३०३२७ मेट्रिक टन, आ.व. ७४/७५ मा ५१५१९२५ मेट्रिक टन, आ.व. ७५/७६ मा ५६१००११ मेट्रिक टन, आ.व. ७६/७७ मा ५५५०८७८ मेट्रिक टन, आ.व. ७७/७८ मा ५६२१७१० मेट्रिक टन, आ.व. ७८/७९ मा ५१३०६२५ मेट्रिक टन, आ.व. ७९/८० मा ५४८६४७२ मेट्रिक टन उत्पादन भएको देखीन्छ।
उत्पादकत्वको तथ्याङ्क नियाल्ने हो भने आ.व. ६९/७० मा ३.१७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७०/७१मा ३.३९ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७१/७२ मा ३.३६ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७२/७३ मा ३.१५ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७३/७४ मा ३.३७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७४/७५ मा ३.५१ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७५/७६ मा ३.७६ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७६/७७ मा ३.८० मेट्रिक टन प्रति हेक्टर, आ.व. ७७/७८ मा ३.८२ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७८/७९ मा ३.४७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७९/८० मा ३७८ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व भएको देखिन्छ।
चालु आर्थिक वर्ष (२०७९/८०) को ११ महिनामा ३३ अर्ब ६४ करोड ३१ लाख ४९ हजार रुपैयाँको धान- चामल आयात भएको केन्द्रीय भन्सार विभागको तथ्याङ्गमा छ।
जसमध्ये ७५ करोड ६३ लाख ८६ हजार रुपैयाँको १८८२.९८ मेट्रिक टन धानको बीउ, १८ अर्ब १५ करोड १४ लाख २८ हजार रुपैयाँको ५०४८९८.६३ मेट्रिक टन धान आयात भएको छ।
यस्तै १४ अर्ब ४४ करोड ३६ लाख ४२ हजार रुपैयाँको २०८९१९.५९ मेट्रिक टन चामल, २८३०१४ हजार रुपैयाँको ८८७४.२३ मेट्रिक टन कनिका, १८ लाख २३ हजार रुपैयाँको ३३.१६ मेट्रिक टन धानको भुजा र ६५ लाख ३४ हजार रुपैयाँको १५४.२ मेट्रिक टन चिउरा आयात भएको विभागको तथ्यांकमा छ।
यसरी नेपालमा भएको धानको उत्पादन र आयात गरीएको चामललाई मात्रै तुलना गर्ने हो भने नेपाल चामलमा आत्मनिर्भर छैन भन्ने कुरा प्रष्ट हुन्छ। कृषि तर्फ अर्बै बजेट बिनियोजन हुदाँ पनि कृषकले बाली उत्पादन गर्दा पाउनु पर्ने आवश्यक मल, बिउ र सिंचाईको सुविधा समयमा प्राप्त भने गर्न सकेका छनैन्।
झन यो असार महिनामा मल, बिउ र सिंचाईको अभावमा गरिने धान खेतीका कारण उत्पादन र उत्पादकत्व घट्दै गईरहेको छ।
नेपाल कृषि अनुसन्धान परीषद (नार्क) ले धानका विभिन्न जलवायु अनुकुलित जातहरु विकास गरेको छ। कृषि डायरी २०८१ का अनुसार नेपालमा हालसम्म धानका १५७ जातहरु सूचित भएका छन्। यस्ता जलवायु अनुकुलित र विशेष गुण भएका
जातहरु विकास भए पनि कृषकको खेत सम्म भने पुग्न सकेका छैनन्।
तसर्थ यस्ता जातहरुको प्रचार प्रसार हुनुपर्छ र कृषकका खेत सम्म पुग्ने वातावरण सिर्जना गर्नुपर्छ अनि मात्र नारा र दिवसले सार्थकता पाउँछ नत्र भने नारा नारामा मात्रै सिमीत हुन्छ।धान उत्पादन लाई बढाउन अनेक नारा र दिवस मनाए पनि धानको
उत्पादन भने बढ्न सकेको छैन।धानको उत्पादन भन्दा उपभोग बढी हुने हुँदा भारतबाट बर्षेनी अर्बौ रुपैयाको
धान र चामल आयात हुने गरेको छ।
विकासका नाममा जथाभावि डोजर चलाउँदा बाढी पहिरोको समस्या झन् झन् बढ्दै छ।जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण रोग कीराको प्रकोप पनि बढ्दो छ।नेपालमा अझै पनि धान खेति गर्न सबै क्षेत्रमा सिचाईको सुबिधा छैन।अझै पनि बर्षाको पानीमा भर पर्नुपर्ने बाध्यात्मक अवस्था छ जसले गर्दा सोचे अनुरूप उत्पादन हुन सकेको छैन।कहिले लामो समयसम्म पर्ने खडेरी त कहिले आउने बाढीले धान उत्पादनमा नकारात्मक असर पुर्याईरहेको छ।
उन्नत धानको बिउ र आधुनिक प्रविधिको सहि तरिकाले उपयोग हुन नसक्दा पनि सोचे अनुरुप उत्पादन लिन नसकिरहेको अवस्था छ।समयमा किसानले मल र बिउ नपाउनु पनि उत्पादन नबढ्नुको कारण हो।
नेपालको बजेटमा कृषि क्षेत्र कहिल्यै मुख्य प्राथमिकतामा परेको देखिदैन।गत बर्षको बजेटमा रासायनिक मलमा किसानलाई अनुदान दिन ३० अर्ब छुट्याउने बाहेक धान खेती प्रवर्द्धनका लागी खासै अरु नयाँ कार्ययोजना थिएन।तसर्थ स्थानिय सरकारले नै कृषक, कृषि बिज्ञ, कृषि कर्मचारी सँग संमन्वय गरी धान उत्पादन बृद्धका लागी आफ्नो क्षेत्रमा धानका रैथाने जात संरक्षण गर्नुका साथै जलवायु अनुकुलित कृषक मैत्री प्रविधि अबलम्बन गर्नुपर्ने देखीन्छ। कृषकका लागी मल, बिउ, सिचाईको राम्रो प्रवन्ध मिलाउनु पर्ने देखिन्छ।
धानमा लाग्ने रोग र कीराको प्रकोपले हुने क्षती न्युनिकरण गर्न विभिन्न वडामा टाक्सफोर्स टिम बनाउनु पर्छ। यसका लागी संघिय सरकार, प्रदेश सरकार र कृषि संग जोडिएका सघं-सस्थाहरुले पनी हातमा हात मिलाउनु पर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले पनी जलवायु अनुकुलित धानका जातहरु कृषककै खेतमा परिक्षण गरी कृषकलाई हुने पाईदाका बारेमा प्रसारकर्ता सँग समन्वय गर्नु पर्ने देखीन्छ।
कृषि सँग सम्बन्धित सरकारी र गैरसरकारी संस्थाले हातेमालो गर्दै कृषकलाई प्रोत्साहन गर्ने र कृषि उत्पादन बढाउनुका साथै कृषि बजारको पनि राम्रो प्रवन्ध गर्न सके र किसानले भोग्दै आएका समस्यालाई गम्भिर रुपमा लिई बिउ, सिचाँई, मल,
आधुनिक प्रविधि, प्राविधिक ज्ञान किसानलाई प्रदान गर्ने सके मात्र २१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि।” नाराले सार्थकता पाउने छ नत्र भने नारा नारा मै सिमित हुने स्प्रष्ट छ।
लेखकः बबि बस्नेत । बस्नेत इलाम सामुदायिक कृषि क्याम्पस, पुर्वान्चल विश्वविद्यालयका पशु पोषण विद तथा उपप्रध्यापक हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
“बाल विवाह” भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ। विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ-आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ।नेपालको सन्दर्भमा विवाह गर्ने जोडाहरुको दुवै वा एक जनाको उमेर २० बर्षभन्दा मुनिको विवाह बालविवाह हुन्छ।
नेपालमा बालबालिकाको परिभाषा भित्र उमेर १८ वर्ष र बालविवाहको लागि तोकिएको उमेर २० वर्ष फरक फरक रहेको छ। यसर्थ, नेपालको सन्दर्भमा ‘बाल विवाह’ भन्नाले नेपालको प्रचलित कानुन अनुसार २० बर्षभन्दा कम उमेरमा गरिने विवाह हो।नेपालमा बालविवाह एकविषम र जटिल समस्याको रूपमा रहेको छ। मानव अधिकारको गम्भिर उल्लङ्घन र लैङ्गिक विभेदको रूपमा बालविवाह रहेको छ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४.४%) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको भएको छ। दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा विवाह हुने व्यक्तिहरू २२.३ प्रतिशत छन्। दश वर्षमुनीको उमेरमा विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन्। यसैगरी १०-१४ वर्ष उमेरमा विवाह हुनेहरू ७ प्रतिशत छन्। समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर (Median age at first marriage) १९ वर्ष हुन आउँछ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ।
लैङ्गिक आधारमा बिवाह गर्ने उमेरको विश्लेषण गर्दा ३२.६ प्रतिशत पुरुषको १८ देखि २० वर्षको उमेरमा र २६.८ प्रतिशतको २१ देखि २४ वर्षको उमेरमा, ३.१ प्रतिशतको १४ वर्ष मुनिको उमेरमा पहिलो विवाह भएको छ। महिलाको हकमा ३५.९ प्रतिशतको १८ देखि २० वर्षको उमेरमा पहिलो विवाह भएको छ। करिव ३०.४ प्रतिशत महिलाको १५ देखि १७ वर्षकोउमेरमा पहिलो विवाह भएको छ भने १० देखि १४ वर्षको उमेरमा १०.२ प्रतिशत र १० वर्ष मुनीको उमेरमा ०.५ प्रतिशत महिलाको पहिलो विवाह भएको पाईन्छ।
बालविवाहले बालक र बालिका दुवैलाई नकारात्मक असर पार्ने भएता पनि बालक भन्दा बालिकाहरु यसबाट बढी मात्रामा पीडित हुने गर्दछन्। वैवाहिक सम्बन्धभित्र हुने यौन तथा शारीरिक शोषण एवं हिंसा र विशेषगरी महिलाको प्रजननसम्बन्धी भूमिकाको कारणबालविवाह गर्ने बालिका बाल्यकालमै आमा बन्नु पर्ने बाध्यताले गर्दा उनिहरुको स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका कुरामा जीवनका लागि अपरिहार्य अन्य कैयौं मानव मौलिक हक अधिकारको उपभोगबाट वञ्चित हुन्छन्।
बालविवाह विरूद्धको अधिकारको क्षेत्रमा केही सकारात्मक पहलहरु भएको छ। नेपालको संविधानतथा मुलुकी अपराध संहिता, २०७४ र मुलुकी देवानी संहिता, २०७४ ले बालविवाहलाई कसूर कायम गर्ने तथा बालविवाह विरूद्धको अधिकारलाई संरक्षण गरेको छ। यसका साथै नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धिसम्झौताले बालविवाह भएमा दोषीलाई कारवाही तथा पीडितलाई पर्याप्त क्षेतिपुर्ती प्रदान गर्नुपर्ने दायित्व नेपाल सरकारलाई सृजना गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा जे जस्तो लेखिए तापनि सांस्कृतिक परम्परातथा सामाजिक आर्थिक परिवेशले बालविवाह गराउन सघाउ पुऱ्याइरहेको पाईन्छ। नेपाली समाजमा बालविवाह कुनै खास जाति वा समुदायमा सीमित छैन। यो प्रथा हिमालदेखि तराईसम्म फैलिएको छ। बालविवाहको कारणले शारीरिक र मानसिक परिवर्तन हुने उमेरका बालबालिकाहरु वैवाहिक बन्धनमा बाँधिन पुग्छन्। यसको परिणाम सबैभन्दा पहिले उनीहरुको शिक्षा पाउने अधिकार समाप्त पारी दिन्छ। त्यसपछि उनीहरु यौन दुर्व्यहार, स्वास्थ्य समस्या र घरायसी उल्झनमा पर्छन्। बालविवाह बालिका र किशोरीको व्यक्तित्व विकासको समाप्ती यसको सबैभन्दा ठूलो प्रहार हो।
वि.सं. १९१० मा बनेको नेपालको पहिलो मुलुकी ऐनमा पनि विवाहका लागि कन्याको न्यूनतम उमेर पाँच वर्ष तोकिएको थियो। उक्त ऐनको विहावारीको महलमा रहेको धारा तत्कालीन समाजको प्रचलन मानिन्छ। त्यस्तै वि.सं. २०२० को मुलुकी ऐनमा विवाह गर्न स्त्रीको १४ र पुरुषको १८ वर्ष उमेर तोकिएको छ। वर्तमान समयमा दुवैको न्यूनतम उमेर २० वर्ष तोकिएको छ। विडम्बना ! नेपालमा अझै ४1 प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालविवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनबाट थाहा हुन्छ। वर्तमान कानुनअनुसार बाल विवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको सजाय बनाइएको छ तर व्यहारमा भने कडाइ गरेको पाइँदैन।
बालविवाहविरुद्ध कानूनी व्यवस्थाहरू
नेपालको संविधानले बालविवाह लगायत लैङ्गिक विभेद र हिंसाको अन्तयका लागि महत्वपूर्ण कानुनी आधार प्रदान गरेको छ। सबैभन्दा महत्वपूर्ण कुरा संविधानले पहिलो पटक बालविवाहलाई स्पष्टतः निषेध गरेको छ। निषेधित बालविवाह लगायतका बालबालिका विरुद्धका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने व्यवस्था गरिएको छ र पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरिएको छ।नेपालको संविधानको भाग 3 मामौलिक हक र कर्तव्यहरु सुनिश्चित गरेको छ त्यसमा बालविवाहविरुद्धको अधिकार सम्बन्धी प्रदान गरेका मौलिक हकहरू निम्न अनुसार रहेका छन्M–
सम्मानपूर्वक बाँच्न पाउने हकः धारा १६ (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ।
स्वतन्त्रताको हकः १७ (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिकस्वतन्त्रताबाट वञ्चित गरिने छैन।
समानताको हकः १८(२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन।
अपराध पीडितको हकः २१(२) अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ।
शोषण विरुद्धको हकः २९ (१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ।(२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन।
शिक्षा सम्बन्धी हकः३१(१) प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ।
स्वास्थ्य सम्बन्धी हकः ३५ (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्यसेवाबाट वञ्चित गरिने छैन।(२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ।(३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ।
महिलाको हकः ३८ (२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ।(३) महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।
३९ बालबालिकाको हकः३९(२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ।(५) कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन।(६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन।(१०) उपधारा (५) र (६)विपरीतका कार्य कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।
त्यस्तै मुलुकी अपराध संहिता, २०७४ को मुलुकी अपराध संहिता, २०७४, दफा १७३ (१) मा विवाह गर्ने व्यक्तिको उमेर बीस बर्ष नपुगी कसैले विवाह गर्न वा गराउनहुँदैन भनी व्यवस्था गरेको छ।(२) उपदफा 1 विपरीत भएको विवाह स्वत: वदर हुनेछ। (३) उपदफा 1 बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरीवानाहुनेछ भनि बालविवाह गर्ने गराउने कार्यलाई दण्डनीय हुने व्यवस्था गरेको छ।
कसैले बालविवाह गर्न लागेमा वा गरेको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने र यस्तो उजुरी जो सुकैले पनि दिन सक्ने साथैबालविवाह भएको देख्ने जो सुकैले थाहा पाएको तीनमहिनाभित्र उजुर गर्नु पर्दछ भनी बालविवाह विरुद्ध बालबालिकाको संरक्षणको सिद्धान्तलाई अङ्गिकार गरेकोछ।उमेर नपुगेका केटा केटीको विवाह गर्ने गराउनेबाट लिएको जरिवाना रकम पीडित बालबालिकालाईक्षतिपूर्ति वापत दिनु पर्ने व्यवस्था समेत गरेको छ। सोही ऐनको दफा 219
जवर्जस्ती करणी गर्न नहुनेः (१) कसैले जवर्जस्ती करणी गर्न हुँदैन।(२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ व्याख्या गरेको छ। अतः कसैले बालविवाह अन्तर्गत करणी लिन दिन भएको रहेछ भनेबालविवाहको साथसाथै जबरजस्ती करणीमा समेत कारवाही हुन्छ।
त्यस्तै मुलुकी देवानी संहिता, २०७४ मादफा ७०(१)(घ)विवाह गर्ने व्यक्तिको उमेर बीस बर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेकोछ।ऐ., दफा ७२(१)(ग)उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्थागरेको छ।ऐ., दफा ७४(२)(ग) ऐनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोहीकारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने छैन भनी व्यवस्था समेत गरेको छ।
२० वर्ष उमेर नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने छ। साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ। विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको) बीस वर्ष हदम्याद हो भने बाल बिवाह भएको थाहा पाएको मितिले ३ महिना सम्म बाल विवाहको उजुर दिन सक्ने व्यवस्था रहेको छ। बालबालिका सम्वन्धि ऐन २०७५ को उपदफा ६६(२)(ण) अनुसार बालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानेको छ। र दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले दश(१०) बर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न, मनोनित हुन, वा निर्वाचित हुन पाउँदैनन् भनी कडा रुपमा कानूनी व्याख्या गरिएको छ।
विवाह गर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो तर कम उमेरमा विवाह गर्नु/गराउनु जीवन र लक्ष्यको बर्वादी गर्नु हो। त्यसैले हामी सबै बालबालिकाले आफ्नो जीवनको लक्ष्य निर्धारण गरौं। लक्ष्य अनुरूप अघि बढौं र उमेर पुगेपछि मात्र विवाह गरौं।
लेखकः दर्शन आचार्य
२२ सय व्यक्ति फरार सूचिमा
सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ। अर्थात विभिन्न प्रकारका मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ त्यस्ता बस्तुहरूलाई लागु पदार्थ भनिन्छ।यसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा नकारात्मक परिवर्तन ल्याउदछ। लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो र भयावह हुन्छ। यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ। यो मादक पदार्थ (रक्सी) भन्दा दशौँ गुणा हानिकारक हुन्छ।विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो।लागु औषध नियन्त्रण ऐन २०३३को दफा ३मा लागु औषध भनेर निम्न लाई परिभाषित गरेको छ
लागु औषधका प्रकार
मुख्य गरेर लागु पदार्थहरूलाई दुई भागमा बिभाजन गरिएको छ।
लागु औषध प्रयोगका कारणहरू
लागु औषध दुर्व्यसनका कारणहरू देहाय अनुसारका रहेको पाइयोः
लागु औषध प्रयोगकर्तामा देखापर्ने लक्षणहरू
लागु औषध प्रयोगकर्ताहरूमा देहाय अनुसारका कुनै वा सबै लक्षणहरू देखिन सक्दछन।
लागु औषधका असरहरू
लागु पदार्थको सेवनबाट हुने असरहरूलार्इ देहाय अनुसार उल्लेख गर्न सकिन्छ।
नेपालमा हाल कति लागु औषध प्रयोगकर्ता
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६का अनुसार नेपालमा १,३०,४२४ जना लागु औषध प्रयोगकर्ता रहेको देखिन्छ। यस अघि २०६९मा गरिएको सर्वेक्षणमा ९१,५३४ जना प्रयोगकर्ता थिए। २०७६को सर्वेक्षण प्रतिवेदन अनुसार लागु औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६प्रतिशत रहेको छ।
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागु औषध प्रयोगकर्ताको प्रदेशगत अवस्था देहाय बमोजिम रहेको छ:
प्रदेश | पुरुष | महिला | जम्मा |
कोशी प्रदेश | २७०१३ | ५९२ | २७६०५ |
मधेश प्रदेश | १५६१४ | २२० | १५८४३ |
बागमति प्रदेश | ४०८५५ | ५६२५ | ४६४८० |
गण्डकी प्रदेश | ७९६८ | ९८८ | ८९५६ |
लुम्बिनि प्रदेश | २४९१२ | १०१८ | २५९३० |
कर्णाली प्रदेश | १७६८ | ४३ | १८११ |
सुदुर पश्चिम प्रदेश | ३५६२ | २४६ | ३८०८ |
जम्मा | १२१६९२ | ८७३२ | १३०४२५ |
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागु औषध प्रयोगकर्ताको उमेरगत अवस्थालाई हेर्दा देहाय बमोजिम देखिन्छ।
लिङ्ग | लागु औषध प्रयोगकर्ताको उमेर समुह (वर्ष) | ||||||||
१५बर्ष भन्दा कम | १५-१९ | २०-२४ | २५-२९ | ३०-३४ | ३५-३९ | ४०-४४ | ४५-४९ | ५० भन्दा माथि | |
पुरुष | ०.२ | ६.९ | ३३.४ | ३५.५ | १२.९ | ६.८ | २.८ | १.१ | ०.५ |
महिला | ०.० | १२.१ | ५१.५ | २९.३ | ६.१ | १.० | ०.० | ०.० | ०.० |
लागु औषध प्रयोगकर्ताको उमेरगत अवस्थालाई हेर्दा २५-२९ उमेर समुहका पुरुपमा र २०-२४ उमेर समुहका महिलामा लागु औषधदुर्व्यसनी अवस्था भहावहदेखिन्छ।
लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू
लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू देहाय वमोजिम रहेको छ
लागु औषध नियन्त्रणका लागि रहेका संस्थागतव्यवस्थाहरू
लागु औषध नियन्त्रणको प्रमुख केन्द्रीय निकायको रुपमा गृह मन्त्रालय रहेको र साथ साथै लागु औषध नियन्त्रणका सम्बन्धमा गृह मन्त्रालय मातहत देहाय अनुसारको संस्थागत व्यवस्था रहेको छ।
लागु औषध सम्बन्धी अपराधमा सजायको व्यवस्था
लागु औषध नियन्त्रण ऐन, २०३३ले देहाय अनुसार निषेधित कार्य भनि व्यवस्था गरेको छ र ती निषेधित कार्यहरूमा देहाय अनुसार दण्ड सजायको व्यवस्था पनि गरेको छ।
क) गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न, विक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, सन्चय गर्न वा सेवन गर्न,
ख) अफीम वा कोकाको खेतीगर्न वा अफीम वा कोकाको पात वा अन्य लागु औषधको उत्पादन गर्न,
ग) लागु औषधको निर्माण वा तैयारी गर्न,
घ) लागु औषधको विक्री वितरण गर्न,
ङ) लागु औषधको निकासी वा पैठारी गर्न,
च) लागु औषध खरीद गर्न, संचय गर्न, राख्न वा ओसार पसार गर्न,
छ) गाँजाबाहेक अन्य लागु औषध सेवन गर्न,
दण्ड सजाय
क) गाँजा सेवन गर्ने व्यक्तिलाई एक महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना।
ख) पच्चीसवटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई तीन महिना सम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना।
ग) पच्चीसवटा बोट भन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँ देखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना।
घ) गाँजा उत्पादन, तयारी, खरीद, विक्री, वितरण निकासी वा पैठारी , ओसार पसार तथा संचय गर्ने व्यक्तिलाईः-
१) पचास ग्रामसम्मको भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना।
२) पचास ग्रामदेखि पाँचसय ग्रामसम्मको भए एक महीनादेखि एक वर्ष सम्म कैद र एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना।
३) पाँचसय ग्रामदेखि दुई किलो ग्रामसम्मको भए ५ महीनादेखि दुई वर्षसम्म कैद र दुई हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना।
४) दुई किलो ग्रामदेखि दश किलो ग्रामसम्मको भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँचहजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना।
५) दश किलो ग्रामदेखि माथि जतिसुकै भए पनि दुई वर्षदेखि दश वर्षसम्म कैद र पन्ध्र हजार रुपैयासम्म एक लाख रुपैयाँसम्म जरिवाना।
ङ) अफीम, कोका वा सोबाट बनेको लागु औषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना।
च) अफीम वा कोकाको खेती गर्ने व्यक्तिलाईः-
१) पच्चीसवटा बोटसम्म भए एक वर्षदेखी तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना।
२) पच्चीस बोट भन्दा माथि जतिसुकै भए पनि तीन वर्षदेखि दश वर्षसम्म कैद र पच्चीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना।
छ) अफिम, कोका वा सोबाट बनेका लागु औषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाईः-
१) पच्चीस ग्रामसम्मको कारोवार गर्नेलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना।
२) पच्चीस ग्रामदेखि एक सय ग्रामसम्मको कारोवार गर्नेलाई दश वर्षदेखि पन्त्र्र वर्षसम्म कैद र पचहत्तर हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना।
३) एक सय ग्रामदेखि माथि जतिसुकै परिणामको कारोवार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना।
ज) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सुचना प्रकाशित गरि तोकीदिएका प्राकृतिक वा कृत्रिम लागु औाष्ध तथा मनोद्दीपकपदार्थ (साईकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थ समेतको दूव्र्यसन गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।
झ) माथि खण्ड (ज) मा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि वीस लाख रुपैयाँसम्म जरिवाना।
लागु औषध प्रयोगकर्तामा देखापर्ने स्वास्थ्य समस्याहरु
लागु औषधको प्रयोगबाट प्रयोगकर्ताहरूमा हेपाटाइटिस B/C, क्षयरोग, एच.आई.भि./एड्स, एस.टि.डी., कुपोषण लगायत विभिन्न स्वास्थ्य समस्या देखापर्दछन्।त्यसैगरी लागु औषधको सेवनबाटै व्यक्तिको अकालमा ज्यानै पनि जाने गर्दछ।
नेपालमा लागु औषध नियन्त्रणको सुरुवात: वि.सं.२०३३सालभन्दा अगाडी नेपालमा गाँजाजन्य पदार्थहरू खुल्लम खुल्ला विक्री वितरण हुने गर्दथे। जब लागु औषध नियन्त्रण ऐन,२०३३कार्यान्वयनमा आयो त्यसपछि लागु औषधलाई कानूनतः प्रतिवन्ध लगाइयो। तथापी संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले सन् 1961 मा SINGLE CONVENTION ON NARCOTIC DRUGS, 1961 लागु गरेपछी विश्वस्तरबाट नै यसको नियन्त्रण सुरुवात भएको हो।
लागु औषध प्रयोगकर्तालाई कुलतबाट छुटाउने उपचार सम्बन्धी व्यवस्था : लागु औषध दूर्व्यसनमा फसेका व्यक्तिहरूलार्इ दूर्व्यसनबाट छुटार्इ समाजमा पुनर्स्थापना गर्न नेपालभर २४० भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्रहरू संचालनमा रहेका छन।ती केन्द्रहरूमा विभिन्न वैज्ञानिक विधिको प्रयोग गरेर डिटक्सिफाइ गर्ने गरिन्छ। विशेषज्ञ चिकित्सकको सल्लाहमा उपयुक्त औषधिको प्रयोग पनि गर्ने गरिन्छ।
लेखक: दर्शन आचार्य
२२ सय व्यक्ति फरार सूचिमा
म जन्मदा केही कुरा पनि स्थिर थिएन । न देशको अवस्था न त मेरो परिवारको आर्थिक अवस्था नै। देशमा माओवादी युद्घ भर्खर सुरु भएको थियो। देश राजनीतिक अस्थिरता तर्फ अगाडि बढेको थियो। यता, हाम्रो आर्थिक अवस्था पनि स्थिर थिएन। नेपालमा तीन खानदानको इज्जत र प्रतिष्ठा थियो ।मुख्य बगाल, पटवारी बगाल र साहु खलक। हाम्रो परिवार साहुखलकको एउटा हिस्सा थियो।
त्यो जमानामा पूरा गाउँलाई हाम्रो ठूलो बाबाको नामले चिन्दथे। यो साहुटोलको साइलाको कान्छो छोरो। मेरो परिचय यसरी दिन्थे त्यो गाउँका मानिस। मैले सुने अनुसार हाम्रो पनि चार÷पाँच जना काम गर्ने मान्छे थिए रे । तर त्यो एकादेशको कहानी जस्तो थियो जतिबेला म थाहा पाउने भए। सहरीकरण र सुविधा खोज्दै मेरा बा–आमा पनि आसाम हुँदै दाङ झर्नु भएको थियो । त्यो बेला साहु खलक । उहाँहरुसँग पैसा टन्नै थियो रे। तर विलासिताको जीवन र गलत मान्छेसँगको भेटले गर्दा अधिकांश पैसा सकिएको थियो रे। जे जति बच्यो त्यो जोडेर उहाँहरुले केही वर्ष त्यसको भोग गरी यो संसार छोडेर जानुभयो। अहिले मेरो काधमा त्यो विरासत र इज्जत फर्काउने जिम्मेवारी आएको छ। तर कसरी ? यो वैश्य युगमा मसँग विकल्प ज्यादै कम छन् ।
सन 1995 र त्यसपछि जन्मिएका म जस्ता हजारौं नेपाली युवाले देशको अवस्था र विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनलाई नजिकबाट देख्ने र भोग्ने अवसर पायौं। कतिपय राजनीतिक आन्दोलनमा म आफै पनि सरिक भएको छु। देशमा यो व्यवस्था ठिक भएन यो व्यवस्था आयो भने जनताले अधिकार र न्यायको महसुस गर्न पाउँछन भन्ने स्कुलिङ मलाई गराइएको थियो सोही अनुरुप म पनि २०६२\ ६३ को १९ दिने जनआन्दोलनमा सरिक भएको थिए। त्यो बेला बच्चै थिए। जिन्दाबाद र मुर्दाबाद, फलानो चोर देश छोड भन्दै कराउँदै हिडियो। अहिले बुझ्दैछु को चोर रहेछ। को देश छोड्नुपर्ने मान्छे रहेछन भनेर।
राजनीतिक रुपमा म लेफ्ट अफ सेन्टरमा बस्न चाहने मान्छे हुँ। समाज हिजोभन्दा आज र आजभन्दा भोलि समृद्धिको मार्गमा अगाडि बढ्नु पर्छ र जनताले समानता र न्यायको महसुस बराबर रुपमा गर्नुपर्दछ भन्ने मान्यता बोकेर हिँड्ने म जस्तालाई के थाहा राजनीतिको रङ ग्रे हुन्छ भनेर। मैले माओवादी युद्ध, राजाको शासन र गणतान्त्रिक शासन व्यवस्थालाई नजिकबाट देख्न र भोग्न पाए। जुनसुकै व्यवस्था आए पनि जनताको अवस्थामा किन परिवर्तन आउन सकेन भन्ने प्रश्नले हमेशा म जस्ता हजारौं नेपालीलाई घचघचाउँछ होला । देशमा अवस्था परिवर्तनको राजनीति गर्छु भनेर आएकाहरु सँग केही आशा बाँकी थियो तर अहिले फेरि अर्कै नारा लगाएर देशलाई अस्थिर बनाउन खोजिँदैछ।
हाम्रो देशलाई विभिन्न एजेन्डा र नारा दिँदै आखिर कसले पेन्डुलम बनाउन खोज्दैछ भन्ने कुरा अब सारा नेपालीले बुझ्न र राजनीतिक रुपमा सचेत भई भोटको माध्यमद्धारा त्यस्ता तत्त्वलाई परास्त गर्न आवश्यक छ। हामीसँग दुईवटा विकल्प छन् ।
पहिलो दल होइन मत परिवर्तन गर्दै देशमा अवस्था परिवर्तन गर्न सक्ने व्यक्ति छान्ने, दोस्रो सडक संघर्षद्धारा यी पापी र भ्रष्ट नेतालाई यहाँबाट लखेट्ने।
हामी अब गर या मरको अवस्थामा नजाने हो भने देश बिस्तारै सकिँदै जान्छ र हाम्रो टाउकोमा ऋणको भार थपिँदै जान्छ। यिनीहरुले गर्ने भ्रष्टाचारमा हामीलाई ऋण बोकाउँदै छन ।हामी बलियो र समृद्ध नभएको कारणले गर्दा नै हो विदेशीले हामी माथि खेल्ने ।
उनीहरुलाई थाहा छ हाम्रो नेताको कमजोरी के हो भनेर। उनीहरुले त्यही कमजोरीमा टेकेर हामीलाई सधैँ अस्थिर बनाउँदै आफ्नो फाइदा लिन्छन् ।
देश बिग्रनुमा तपाईँ हाम्रो पनि दोष छ। हामी अलि व्यक्तिवादी स्वार्थ बोकेका नेपाली हौँ। हामीलाई देश होइन हाम्रो स्वार्थ पुरा गरिदिने नेता वा पार्टी चाहिएको छ। त्यही स्वार्थको कारणले गर्दा हामी सधैँ पार्टीको झोले भएर उसको गुणगान गाउन थाल्छौं। नेताले हाम्रो सीमित स्वार्थमा टेकेर असमित फाइदा लुट्दै देशलाई कंगाल बनाएका छन् । आज नेपालमा नागरिक समाज ,पत्रकार , पुलिस प्रशासन, अधिकारकर्मी, बाद्धिक व्यक्ति यस्ता अनेक,अनेक संस्थाभित्र वा व्यक्तिभित्र व्यक्तिगत लोभ भएका मानिसको कारणले गर्दा नै उनीहरुले हामीमाथि राज गरेका हुन् ।
आजको सूचना प्रविधिको जमानामा हामीसँग हजारौं तथ्य र प्रमाण छन कि देश कस्ले सक्यो भनेर। म त्यो प्रमाण र तथ्य यहाँ दिन चाहन्न। म यति मात्र भन्न चाहन्छु कि अब हामी सचेत भएर निर्णय गरौं। हो लोभ र स्वार्थ त्याग्न गाह्रो छ । पैसा र अवसरको मुख कालो हुन्छ तर कति दिन हामीले हाम्रो आत्म बेच्दै आफ्नो स्वार्थको कारण देशलाई अस्थिर बनाउने ?
नेपालको राजनीति मुख्यत चार किसिमले चलेको छ। पहिलो( दलाल र पुँजीपति वर्ग, दोस्रो (अन्धभक्त कार्यकर्ता, तेस्रो (विदेशी शक्ति र चौथो (सचेत वर्ग । अब यो देश सचेत नेपाली नागरिकले चलाउनुपर्दछ। त्यो चाबी तपाईं हाम्रो हातमा छ। आज हेर्नुस त काठमाडौँ, धरान र धनगढीका जनताले आफ्नो सचेतनादद्धारा फेरिदिएको निर्णयले देशलाई कति फाइदा भएको छ। हामीले आफ्नो स्वार्थ त्याग्न सक्ने रहेछौं भन्ने यो महान उदाहरण होइन र ? अब भन्नुस मेरो देश को आए बन्ने हो ?
यो लेखको उदेश्य सचेतना जगाउने र जागरुकता ल्याइदिने मात्र हो। सूचना त तपाईं हामीसँग छँदै छ नि देश कस्ले सक्यो भनेर। अब देश को आए बन्ने हो ? यो निर्णय तपाईं हाम्रो हातमा छ प्रिय पाठक।
लेखक: लक्ष्मण शर्मा घोराही उपमहानगरपालिका, दाङ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ । हुन त प्रेम भन्ने कुरा कुनै एक दिनको लागि हुँदैन । कुनै एक ठाउँका लागि र कुनै एक जोडिका लागि पनि हुँदैन । प्रेम सबैका लागि सँधैभरी विशेष हुने गर्दछ । यो त भावनाको उत्कृष्ट रूप हो। यो हरेक उमेर समूहका फरक फरक व्यक्तिहरू बीच हुने गर्दछ। यद्यपि यो विशेष दिनमा प्रेमीप्रेमिकाहरू कुनै विशेष ठाउँमा गएर आफ्ना भावनाहरू साटासाट गरी यो दिनलाई यादगर बनाउने गर्दछन्।
आजभोलि सामाजिक सञ्जालले गर्दा हो वा वैश्य युगको समयले गर्दा हो। प्रेम शब्दको परिभाषा र व्यवहारिकतामा परिवर्तन आएको छ। पछिल्लो समय युवापुस्ता बीच “फ्रेन्ड्स विथ बेनिफिट्स” भन्ने भावनाको विकास भएको छ। उनीहरू बीच सोसल मिडिया मार्फत एक अर्कामा आकर्षण बढ्ने र एकले अर्काबाट कसरी हुन्छ फाइदा लिने मनोविज्ञान हावी भएको छ। जसले गर्दा हप्ता वा महिना पिच्छे शारीरिक सम्बन्ध राख्ने र एकले अर्कोबाट फाइदा लिँदै छुट्टिने ट्रेनको विकास भएको छ।
भर्चुअल दुनियाको संसारबाट जब उनीहरु यथार्थतामा आउँछन्। त्यसपछि उनीहरूबीच दुरी बढ्दै जान्छ। किन आजभोलि मानिसहरू आत्मैदेखि प्रेम गर्न हिच्किचाउँछन्? किन प्रेममा मानिस भावनात्मक रुपमा निकै कमजोर हुन्छन् भन्ने सन्दर्भमा अहिले सोच्न आवश्यक छ। हाम्रो पारिवारिक एवं सामाजिक वातावरण, संस्कार र संस्कृतिले पनि प्रेमलाई बुझ्ने दृष्टिकोणमा फरक पार्दछ।
प्रेम र विवाह नितान्त फरक कुरा हुन्। विवाह एउटा सामाजिक सम्झौता र बन्धन हो तर प्रेम भावना र संबेदनशीलताको उच्चतम अवस्था हो। सबै प्रेम विवाहमा परिणत हुन आवश्यक छैन। यद्यपि प्रेमिल जोडीहरू बीच विवाह भएमा सुनमा सुगन्ध हुन्छ । प्रेमिकाले आफ्नो जीवनको सुरक्षा हुने नदेखेसम्म विवाह गर्न राजी हुँदैनन्। उनीहरूले आफ्नो जीवनमा सेफ ल्यान्डिङ चाहन्छन् । आफ्नो प्रेमीले आफूलाई सुख र खुसीसाथ राखोस् भन्ने हरेक प्रेमिकाको चाहना हुन्छ। त्यसैले मानिसहरू सामाजिक रूपमा सेटल भएको जिम्मेवारी बोध गर्न सक्ने व्यक्तिसँग विवाह गर्न चाहन्छन् तर प्रेम जुनसुकै उमेर समूहका जो कोहीसँग हुन सक्छ।
जबसम्म उसको सम्मान, स्वतन्त्रता र खुसीलाई आफ्नै सम्झेर महसुस गर्न सकिँदैन तबसम्म त्यहाँ साँचो प्रेम भएको महसुस गर्न सकिँदैन। प्रेममा शरीर मात्र दुईवटा तर मन एउटै हुन्छ ।
सन् २०१७ तिर म सामाजिक सञ्जालको युगमा प्रवेश गरेको थिए। सन् १८ तिर अध्ययन र कामको सिलसिलामा म विदेश आएको थिए। विदेशमा अध्ययन, काम र प्रेमलाई बाँड्ने सौभाग्य मिलेको थियो। तर त्यो प्रेम विवाहमा परिणत हुनसक्ने सम्भावना थिएन। जुन कुरा मैले मेरो प्रेम साहित्य “प्रियसी” मार्फत मेरा पाठक सामु बाँडेको छु।
सन् २०२३ को अन्त्यतिर जब उसले मेरो एउटा पोस्टमा “किप इट अप” भन्ने कमेन्ट गरी मेरो मन खुसीले प्रफुलित भयो। किनकि त्यो भन्दा अघि मैले उसलाई धेरैपटक Friends Request पठाउँदै एक्सेप्ट नभएपछि क्यान्सिल गरेको थिए। उसलाई म त्यतिबेला वा त्योभन्दा पछि पनि प्रेमिल भावनाद्वारा हेर्दैन थिए। कारण हाम्रो कर्मको फिल्ड एउटै थियो । म बेलाबेलामा लेख लेखिरहन्थे। म एउटा प्रेसमा लामो समयसम्म व्यवस्थापकको भूमिकामा काम गरेको थिए। उसको सम्पर्कबाट मलाई मेरो लेखन यात्रामा केही सूचना पाउन सकिन्छ कि भन्ने हेतुले म उसँग जोडिन चाहन्थे तर त्यो सपना सन् २०२३ को अन्ततिर पूरा भएको थियो।
सन् २४ को जनवरी १५ तिर अचानक उसको प्रोफाइल तस्बिरमा मेरो नजर गयो खोलेर उसको तस्बिर नियालेर हेरे। उसका अनेक पोस्ट र फोटाहरु हेर्दै गए। कुन्नी के भएर हो कसैको फोटो वा पोस्टलाई त्यति लामो समय सम्म त्यसरी हेरेको त्यो नै मेरो जीवनको पहिलो क्षण थियो । अक्सर समय अभाव वा अरु नै कारणले गर्दा म कसैको व्यक्तिगत कुरामा आफ्नो समय खर्चिदैन तर ऊ मलाई किन किन राम्रो लाग्दै गई थाहा भएन। मनमा उसका प्रति एक किसिमको सम्मान र माया मिश्रित भावना आउन थाले अनि उसँग बोल्न र दूरी नजिक गराउन मन लागेर आयो अनि उसको डे स्टोरीमा कमेन्ट गर्न थाले।“के खाएर मानिस यति राम्रा हुन्छन् ? looking beautiful, nice “ यस्तै यस्तै।
म मुलतः लजालु स्वभावको अन्तरमुखी मान्छे अक्सर मलाई प्रेमको कुरा गर्न त्यति आउँदैन फेरि उसले के भन्ने हो भन्ने कुराको पनि डर लाग्छ । मेरो व्यवहारको कारणले गर्दा उसलाई म बाट गुमाउन नपरोस् भन्ने चाहनाले गर्दा म शब्द तौलेर बोल्ने गर्छु। मनमा शब्दका अनेक प्रेमिल भावना आउने गर्दछ तर मेरो भावनाको कारणले गर्दा उसलाई चोट नपुगोस् भन्ने चाहन्छु। म एकोरो उसको प्रेममा डुब्न चाहन्छु। तर मेरो व्यवहारको कारणले गर्दा उसलाई मबाट अलग गराउन चाहन्न।
मेरो पनि खुसीको क्षण आएको थियो। १६ श्राद्ध चलेको बेला विवाहमा खिचिएको एउटा भिडियो फुटेजमा उसले कमेन्ट गर्दै लेखेकी थिई । “१६ श्राद्धमा पनि विवाह हुन्छ र?” म खुसीले प्रफुल्लित भएको थिए। उसले पनि मेरो डे स्टोरीको फुटेजमा कमेन्ट गरी भनेर। मनमा अनेक भावना आएका थिए के लेख्ने भनेर तर सम्हालिँदै भने –“यो पहिला लिएको भिडियो हो। यत्तिकै राखेको।” ऊ निकै सुन्दर र संस्कारिक लाग्छ मलाई। थाहा छैन उसले कुनै व्यक्तिलाई आफ्नो मनमा सजाएर राखेकी छे वा छैने? यद्यपि म उसलाई बेहिसाब प्रेम गर्न चाहन्छु। यो जन्ममा मात्र नभएर यदि मानिसको रूपमा मेरो र उसको अर्को जन्म भएमा पनि ! उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। कुन शब्द खर्चेर उसको बयान गरू दुविधामा छु।
जन्म, मृत्यु र विवाह लेखेर आएको हुन्छ भन्छन्। म आध्यात्मिक मानिस भएको हुँदा यो कुरामा वैज्ञानिक सत्यता भएको पाउँछु। मेरो भावनालाई उसले बुझेर म सँग जीवन बिताउन उसले आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गरे मात्र पनि म आफूलाई भाग्यमानी ठान्नेछु। ऊ मेरो लागि सबैथोक हो। म आफूलाई मेटाएर उसलाई खुसी दिन चाहन्छु। मसँग भौतिक रुपमा उसलाई चाहेको सुख दिन सक्ने सामर्थ्य र ल्याकत छ। उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। उसको कल्पनाले मात्र पनि मलाई धेरै आनन्द दिन्छ। उसँग बोल्न र घन्टौ कुरा गर्न मन छ तर त्यो गर्न सक्ने म सँग साहस छैन। उसले के भन्दी हो, के सम्झेर मसँग यस्तो कुरा गर्छ भन्ने सोच्छे कि भन्ने डर लाग्छ । उसको नबोल्ने तस्बिर र टिकटकको भिडियो हेरेर चित्त बुझाउँछु। हजारौं पटक उसको फेसबुक प्रोफाइल र टिकटक प्रोफाइल खोलेर उसको भिडियो हेर्दै दिनमा एक दुई चोटी लाइक र कमेन्ट गर्दै मेरो समय व्यतीत हुन्छ आजभोलि। तर मेरो व्यवहारको कारणले उसलाई म बाट गुमाउन चाहन्न डियर पाठक।
लेखकः लक्ष्मण शर्मा
घोराही उपमहानगरपालिका–२ रामपुर, दाङ
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस