काठमाडौ,३० चैत। इरानले ५० भन्दा बढी ‘अमेरिकी गुप्तचर’ पक्राउ गरेको दाबी गरेको छ। शान्ति वार्ता असफल भएपछि गरिएको अपरेशनमा ती व्यक्तिहरू पक्राउ परेको इरानी अधिकारीहरूले बताएका छन्।
उनीहरूलाई शत्रु राष्ट्रसँग सहकार्य गरेको र सरकारविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।
बिबिसीका अनुसार, पक्राउ परेकाहरूले अमेरिका र इजरायल लाई संवेदनशील सूचना पठाएको आरोप छ।
उनीहरूबाट इलेक्ट्रोनिक उपकरण, हतियार र गोला-बारुद समेत बरामद भएको जनाइएको छ।
यसैबीच, गिलान प्रान्तमा इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स ले १०२ जनालाई पक्राउ गरेको दाबी गरेको छ। साथै, मोसाद सँग सम्बन्ध रहेको आरोपमा ४ जना पनि पक्राउ परेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२९ चैत । अमेरिका–इरानबीच बढ्दो तनावका बीच कूटनीतिक वार्ताको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। जापानस्थित इरानी दूतावास जापान ले सैन्य आक्रमणबाट प्राप्त गर्न नसकिएका उद्देश्य कूटनीतिमार्फत थोपर्न नसकिने स्पष्ट पारेको छ।
इस्लामाबादमा हालै सम्पन्न वार्तापछि अन्तर्राष्ट्रिय स्तरमा धारणा तीव्र भइरहेका बेला इरानले आफ्नो अडान पुनः दोहोर्याएको हो।
दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको वक्तव्यमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले अघि सारेको ‘अन्तिम तथा उत्कृष्ट प्रस्ताव’ लाई एकपक्षीय भन्दै अस्वीकार्य ठहर गरेको छ। प्रस्ताव स्वभावतः पारस्परिक हुनुपर्ने उल्लेख गर्दै कुनै एक पक्षले दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्न नमिल्ने जनाइएको छ।
वक्तव्यमा भान्सको “इरानले हाम्रो सर्त स्वीकार नगर्ने छनोट गरेको छ” भन्ने अभिव्यक्तिलाई पनि अस्वीकार गर्दै यसलाई जबरजस्ती तर्कको संज्ञा दिइएको छ। दूतावासका अनुसार यस्तो धारणा अर्को पक्षलाई युद्धमैदानमा असफल भएका मागहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास हो, जुन कूटनीतिक सिद्धान्तविपरीत छ।
इरानले पछिल्लो द्वन्द्वको सुरुआत आफूबाट नभएको दाबीसमेत गरेको छ। साथै, भान्सका अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा थप गम्भीर बहस आवश्यक बनाएको उल्लेख गरिएको छ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमान्ड ले आफ्ना युद्धपोत युएसएस फ्रान्क ई. पिटरसन (डिडिजी–१२१) र युएसएस माइकल मर्फी (डिडिजी–११२) होर्मुज जलडमरूमध्य पार गर्दै जलमार्ग सुरक्षासम्बन्धी अभियान सुरु गरेको जनाएको छ।
तर इरानले अमेरिकी दाबी अस्वीकार गर्दै उक्त क्षेत्रमा कुनै पनि अमेरिकी जहाज प्रवेश नगरेको जनाएको छ। इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताका अनुसार होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन इरानकै सशस्त्र बलको नियन्त्रणमा रहेको छ।
अमेरिका र इरानबीच बढ्दो आरोप–प्रत्यारोपले कूटनीतिक समाधानको सम्भावनालाई थप जटिल बनाउँदै लगेको विश्लेषण गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
इस्लामाबाद, २६ चैत । अमेरिका–इरानबीच हुन लागेको उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा इस्लामाबादमा दुई दिन आकस्मिक बिदा घोषणा गरिएको छ ।
बिहीबारदेखि लागू हुने गरी गरिएको निर्णयबारे जिल्ला प्रशासनले औपचारिक कारण भने खुलाएको छैन । तर यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ ।
पाकिस्तानले उच्चस्तरीय कूटनीतिक गतिविधिअघि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै यस्ता निर्णय लिने अभ्यास दोहोर्याउँदै आएको छ ।
अमेरिका–इरानबीच हुने वार्तालाई क्षेत्रीय स्थिरतासँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिएको छ । ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्ताका लागि इस्लामाबाद जाने कार्यक्रम छ ।
घोषित बिदा बिहीबार र शुक्रबार राजधानी क्षेत्रभित्र मात्र लागू हुनेछ । यस अवधिमा सरकारी तथा निजी कार्यालयहरू बन्द रहनेछन् ।यद्यपि, प्रहरी, अस्पताल, विद्युत् र ग्यास सेवा भने नियमित सञ्चालनमा रहने प्रशासनले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२४ चैत भारतको अदालतले कोभिड–१९ महामारीका बेला हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार तमिलनाडुस्थित मदुराईका जिल्ला अदालतले व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई दोषी ठहर गरेको हो।
प्रहरी हिरासतमा रहेका उनीहरूलाई क्रूर यातना दिएर हत्या गरिएको जनाइएको छ।
मिडिया रिपोर्टअनुसार मोबाइल पसल सञ्चालन गर्दै आएका बाबुछोरालाई लकडाउनका क्रममा तोकिएको समयभन्दा बढी पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो।
घटनापछि तमिलनाडु सरकारले अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिएको थियो। सीबीआईले ९० दिनभित्र अनुसन्धान पूरा गर्दै नौ जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको थियो।
सुनुवाइका क्रममा ५० भन्दा बढी साक्षीको बयान लिइएको र घटनाले जनभावनामा गम्भीर असर पारेको भन्दै कडा सजायको माग गरिएको थियो।
अदालतले अभियुक्तहरूलाई हत्या तथा प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरेको जनाएको छ।
भारतमा यसअघि पनि गम्भीर आपराधिक घटनामा मृत्युदण्डका सजाय सुनाइँदै आएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ चैत । यूएईको आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात जना नेपाली घाइते भएका छन्। घटनामा १२ जना घाइते भएकामा सात जना नेपाली परेका हुन्। घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ।
अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ। घटनामा घाइते हुने अरु पाँच जना भारतीय नागरिक हुन्। घाइतेहरूको उपचार भइरहेको छ।
यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ। ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२० चैत । परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज (शुक्रबार)देखि तीन दिन विशेष उडान सञ्चालन गर्ने भएको छ।
मन्त्रालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म नेपाल एयरलाइन्समार्फत युएईको दुबई र साउदी अरबको दमाममा विशेष उडान गरिनेछ। पहिलो उडान शुक्रबार राति ११ः१५ बजे काठमाडौँबाट दुबईका लागि प्रस्थान गर्नेछ भने सोही विमान शनिबार बिहान स्थानीय समय अनुसार ४ः१० बजे काठमाडौँ फर्किनेछ।
यसैगरी अर्को उडान आइतबार बिहान ८ः३० बजे काठमाडौँबाट दमामका लागि हुने र सोही दिन दिउँसो १२ः२० बजे दमामबाट काठमाडौँ फर्कने तालिका रहेको छ।
नेपाल एयरलाइन्सकी सहायक प्रवक्ता कल्पना काफ्लेका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अलपत्र परेका तथा आवतजावत गर्न नसकेका नेपालीलाई लक्षित गर्दै विशेष उडान गर्न लागिएको हो।
उनले आवश्यक कागजात पूरा गरेका जो कोही यात्रुले यी उडानमार्फत यात्रा गर्न सक्ने बताइन्। विशेषगरी टिकट भएर पनि आउन नसकेका तथा अप्ठेरोमा परेका नेपालीलाई प्राथमिकता दिइने जनाइएको छ।
यात्रुको सङ्ख्याअनुसार सानो वा ठूलो विमान पठाइने नेपाल एयरलाइन्सले जनाएको छ। निगमका अनुसार सानो विमानमा १५८ र ठूलो विमानमा २७४ यात्रु अट्ने क्षमता रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ चैत । क्रिमियन प्रायद्वीपमा रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ।
रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा ६ जना चालक दल र २३ जना यात्रु सवार थिए।
दुर्घटनामा सबैको ज्यान गएको पुष्टि भएको छ।
विमान नियमित उडानमा रहेका बेला मङ्गलबार साँझ करिब ६ बजेतिर सेनाले सम्पर्क गुमाएको थियो। उक्त विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको बताइएको छ।
सन् २०१४ मा रुसले युक्रेनबाट उक्त क्षेत्र कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अवैध मानेको छ।
दुर्घटनापछि उद्धार टोली परिचालन गरिए पनि घटनास्थलमै सबैको मृत्यु भएको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्राविधिक खराबीका कारण दुर्घटना भएको र कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको मन्त्रालयले जनाएको छ।
राज्य सञ्चालित समाचार एजेन्सीहरूका अनुसार विमान चट्टानी क्षेत्रमा खसेको हुँदा क्षति झन् भयावह बनेको हो।
एएन–२६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य तथा लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ चैत । रूसले अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ऊर्जा मन्त्रालयलाई प्रतिबन्धसम्बन्धी प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्।
रूसले यो कदम घरेलु आपूर्ति कायम राख्न र मूल्य नियन्त्रण गर्न लक्षित रहेको जनाएको छ। हाल रूसले दैनिक करिब एक लाख २० हजारदेखि एक लाख ७० हजार ब्यारेल पेट्रोल निर्यात गर्दै आएको छ।
नोभाकले इजरायल–इरान द्वन्द्वका कारण विश्वव्यापी तेल तथा पेट्रोलियम बजारमा अस्थिरता बढेको र मूल्यमा उतारचढाव आएको बताएका छन्।
यो निर्णयले चीन, टर्की, ब्राजिल, अफ्रिका र सिंगापुरजस्ता देशहरू प्रभावित हुन सक्ने बताइएको छ। यी देशहरू रूसी तेलका प्रमुख खरिदकर्ता हुन्। भारतले पनि रुसबाट कच्चा तेल किन्ने गरेको छ।
पेट्रोल निर्यात प्रतिबन्धसम्बन्धी विषयमा शुक्रबार मस्कोमा बैठक बसेको थियो। राष्ट्रपति भ्लादिमिर पुटिनले इन्धनको मूल्य नियन्त्रणमा राख्न विशेष जोड दिएका छन्।
बैठकमा मन्त्री नोभाकले पेट्रोल र डिजेलको पर्याप्त भण्डार रहेको र रिफाइनरीहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको बताएका छन्। तेल कम्पनीहरूले समेत पर्याप्त भण्डार रहेको जनाउँदै क्षमता भन्दा बढी उत्पादन भइरहेको जानकारी दिएका छन्।
रूसले गत वर्ष पनि युक्रेन युद्धका कारण रिफाइनरी प्रभावित भएपछि मूल्य नियन्त्रण र घरेलु आपूर्ति सुनिश्चित गर्न पेट्रोल तथा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो।
उद्योग तथ्याङ्कअनुसार रूसले गत वर्ष करिब ५० लाख मेट्रिक टन पेट्रोल निर्यात गरेको थियो, जुन दैनिक झन्डै एक लाख १७ हजार ब्यारेल बराबर हुन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिँदै साहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमा राखेको विश्वास झल्काएको बताएका छन्।
उनले नेपाल र भारतबीचको मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन प्रधानमन्त्री साहसँग नजिकबाट काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्।
भारत र नेपालबीचको सम्बन्धलाई दुवै देशका जनताको हितमा अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गर्दै मोदीले सफल कार्यकालको शुभकामना दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,११ चैत ।कम्बोडियामा अनलाइन ठगी र गैरकानुनी काममा संलग्न गराइएका ५१ नेपालीको उद्धार गरिएको छ।
थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरुलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो।
दूतावासका अनुसार उनीहरु विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम गर्न बाध्य बनाइएका थिए।
त्यस्तै, केही नेपाली बिना राहदानी बसिरहेको तथा राहदानी जफत गरिएको वा हराएको गुनासो आएको दूतावासले जनाएको छ। यस्तो अवस्थामा नेपाल फर्कन दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।
दूतावासले अलपत्र परेका अन्य नेपालीलाई पनि उद्धार गरी नेपाल फर्काउने प्रयास भइरहेको जनाएको छ। साथै, वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र जान र छिटो धेरै कमाउने प्रलोभनमा नपर्न अनुरोध गरेको छ।
तथ्यांकअनुसार पछिल्लो समय कम्बोडिया जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस