टेक्सास,२७ साउनl अमेरिकाको टेक्सास राज्यको डल्लास सहरमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ। घटनामा एक बालकसहित परिवारका सबै सदस्यको मृत्यु भएको हो।
गत शनिबार बिहान डल्लासस्थित एक अपार्टमेन्टमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानको ज्यान गएको सीबीएस न्युजले जनाएको छ।
प्रहरीका अनुसार रञ्जना र सानो छोरा प्रनिश घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए भने ललित प्रधान गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उपचारको क्रममा अस्पतालमा उनको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
ललित प्रधान झन्डै १५ वर्षअघि पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका थिए। उनकी श्रीमती रञ्जनाको माइती काठमाडौंमा रहेको जनाइएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ। गोलीकाण्डको कारण र संलग्न व्यक्तिको बारेमा हालसम्म थप विवरण सार्वजनिक गरिएको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
बेइजिङ, २५ साउन । चीनका भावी विदेशमन्त्रीका सम्भावित दावेदार मानिएका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओलाई पक्राउ गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख रहेका लिउलाई जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्किएपछि अधिकारीहरूले नियन्त्रणमा लिएको वाल स्ट्रिट जर्नलले जनाएको छ।
लिउलाई नियन्त्रणमा लिनुको कारण सार्वजनिक गरिएको छैन। घटनाबारे पुष्टि गर्न चिनियाँ विदेश मन्त्रालयसँग सम्पर्क गर्दा तत्काल प्रतिक्रिया नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।
६१ वर्षीय लिउले यसअघि फिलिपिन्स र इन्डोनेसियाका लागि राजदूत, विदेश मन्त्रालयका प्रवक्ता लगायतका उच्च कूटनीतिक पदमा काम गरिसकेका छन्। उनी राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियान अन्तर्गत विभिन्न राष्ट्रिय तथा क्षेत्रीय निकायहरूको नेतृत्वमा समेत रहेका थिए।
गत वर्ष विवाहेत्तर सम्बन्धको रिपोर्टपछि बर्खास्त गरिएका तत्कालीन विदेशमन्त्री किन गाङपछि हिरासतमा पर्ने लिउ दोस्रो उच्च अधिकारी हुन्। राष्ट्रपति सीका विश्वासपात्र मानिने लिउलाई चिनियाँ कूटनीतिक वृत्तमा उदीयमान व्यक्तित्वको रूपमा हेरिँदै आएको थियो।
जुलाईको सुरुमा उनले अमेरिकाका रक्षामन्त्रीमाथि चीनको सामना गर्न अमेरिकी सहयोगीहरूलाई सेनालाई बलियो बनाउन आग्रह गरेर ‘टकराव र द्वन्द्व उक्साएको’ आरोप लगाएका थिए। उनको अन्तिम सार्वजनिक उपस्थिति जुलाई २९ मा अल्जेरियामा भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ , २३ साउन l भारतको उत्तराखण्ड राज्यमा हालैका दिनमा भएको अविरल वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण १७ जना नेपाली नागरिक बेपत्ता भएका छन्। घटनाप्रति नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै छिमेकी मित्रराष्ट्र भारतमा आएको प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको खबरले आफू अत्यन्त दुःखी र चिन्तित भएको बताएका छन्।
उनले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन्। साथै, उनले प्रारम्भिक विवरणअनुसार घटनामा १७ जना नेपालीहरू बेपत्ता भएको जानकारी दिँदै भारतस्थित नेपाली दूतावासमार्फत उद्धार तथा खोजी कार्यका लागि आवश्यक कूटनीतिक पहल सुरु गरिएको बताएका छन्।
भारतका विभिन्न सञ्चारमाध्यमहरूका अनुसार उत्तराखण्डमा हालैको निरन्तर वर्षासँगै विभिन्न स्थानमा बाढी र पहिरोले सडक, पुल, बस्ती र अन्य संरचनामा क्षति पुर्याएको छ। घटनास्थलमा भारतीय सुरक्षाकर्मी र उद्धार टोली परिचालित छन् भने उद्दार कार्य जारी रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२० साउन। भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्।
उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदो र पानीको भेलले स्थानीय भौतिक संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। बाढीपछि गंगोत्री धाम जाने सबै सडक सम्पर्क विच्छेद भएको छ।
बाढी धराली गाउँमा आएको हो, जुन हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा पर्छ। खीर गढ नालीमा आएको भेलले होटल, बजारलगायतका संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
एक प्रत्यक्षदर्शीले सञ्चारमाध्यमलाई भनेका छन्, “होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ, मैले पहिले कहिल्यै यस्तो विपत्ति देखेको थिइनँ।”
घटनाप्रति उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् कि उनी उच्च अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छन् र परिस्थितिको नजिकबाट निगरानी गरिरहेका छन्।
घटनापछि प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धार टोलीहरू बाढी प्रभावित क्षेत्रमा खटिइसकेका छन्। भारतीय सेनाले हालसम्म कम्तीमा १५ जनाको उद्धार गरिसकेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको लक्की मारवात जिल्लामा भएको घटनामा पाँच बालबालिकाले ज्यान गुमाएका छन्। घटनामा १३ जना घाइते भएका छन्, जसमा दुई महिला पनि रहेका छन्।
बीबीसी उर्दूको रिपोर्टअनुसार बालबालिकाहरू खेल्ने क्रममा पुरानो मोर्टार शेल भेट्टाएका थिए। उनीहरूले उक्त शेललाई घर लैजाँदा अचानक विस्फोट भएको हो। घटनास्थलमा ज्यान गुमाउनेमध्ये चार बालिका रहेको जनाइएको छ।
प्रहरीका अनुसार सबै घाइतेहरू एउटै परिवारका सदस्य हुन्। घाइतेमध्ये एक जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
लक्की मारवात क्षेत्र विगतमा इस्लामिक अतिवादी समूह र सुरक्षाफौजबीचको संघर्षको केन्द्रबिन्दु रहँदै आएको छ। त्यस क्षेत्रमा पुराना विस्फोटक सामग्री अझै भेटिन सक्ने सम्भावनाले स्थानीयबासीको सुरक्षामा चिन्ता थपिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । थाइल्यान्डको सेनाले कम्बोडियामाथि युद्धविराम उल्लंघन गर्दै विवादित सीमाका तीन फरक स्थानमा हतियार प्रहार गरेको गम्भीर आरोप लगाएको छ। थाई सेनाले आक्रोशित हुँदै यदि आक्रामकता कायमै रह्यो भने थप निर्णायक कारवाही गर्न बाध्य हुने चेतावनी दिएको छ।
थाइल्यान्ड र कम्बोडियाबीच मलेसियामा भएको सहमतिअनुसार सोमवार मध्यरातदेखि युद्धविराम लागू भएको थियो। तर, त्यसयता यो दोस्रोपटक युद्धविराम उल्लंघन भएको थाई सेनाको भनाइ छ, जसले दुई देशबीचको विश्वासमा खलल पुर्याएको छ।
थाई सेनाका प्रवक्ता मेजर जनरल विनथाइ सुवारीका अनुसार कम्बोडियाली सेनाले थाइल्यान्डको सिसाकेत प्रान्तमा रहेका थाई सैनिकमाथि साना हतियार र ग्रिनेड प्रयोग गरेर आक्रमण गरेको थियो, जसको जवाफमा थाई सेनाले आत्मरक्षाका लागि प्रतिक्रिया जनाएको थियो।
सीमाविवादका कारण हालसम्म भएको हिंसात्मक भिडन्तमा कम्तीमा ४३ जनाको ज्यान गएको छ भने दुवै देशका गरी ३ लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। यद्यपि, पछिल्लो झडपमा भने भारी हतियार प्रयोग भएको पुष्टि भएको छैन र दुबै पक्षले अझैसम्म सैनिक फिर्ता पनि बोलाएका छैनन्।
कम्बोडियाले भने थाइल्यान्डको आरोपलाई अस्वीकार गर्दै आफू युद्धविराममा प्रतिबद्ध रहेको बताएको छ। कम्बोडियाको विदेश मन्त्रालयका प्रवक्ता चुम सौनरीले यी आरोपहरू गलत, भ्रामक र विश्वास निर्माण प्रक्रियाका लागि हानिकारक भएको प्रतिक्रिया दिएका छन्। उनले स्वतन्त्र पर्यवेक्षकहरूलाई सीमामा बोलाउने र अनुगमन संयन्त्र बनाउने कुरामा पनि सरकार सहमत रहेको बताएका छन्।
दुवै देशबीच उत्पन्न तनावको समाधान खोज्न आगामी अगस्ट ४ मा उच्चस्तरीय बैठक हुँदैछ, जसमा थाइल्यान्ड र कम्बोडियाका रक्षामन्त्रीहरू सहभागी हुने तय भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ साउन ।दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध अभियोजन पक्षले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको छ। सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि उपस्थित नहुँदा विशेष अदालतले बुधबार औपचारिक रूपमा पक्राउ अनुमति दिएको हो।
अभियोजन पक्षका अनुसार युनले संसदमा सेनाको प्रयोग गरी नियन्त्रण लिने प्रयास गर्दै गत डिसेम्बर ३ मा मार्शल कानून लागू गर्ने घोषणा गरेका थिए। नागरिक शासन अन्त्य गरी सैनिक शासन पुनःस्थापित गर्ने प्रयासका कारण उनीमाथि विद्रोहको मुद्दा चलाइएको हो।
पटक–पटकको विरोधपछि उनी जनवरीमा पक्राउ परेका थिए र दक्षिण कोरियाको इतिहासमा पक्राउ पर्ने पहिलो कार्यरत राष्ट्रपति बनेका थिए। प्रमाण नष्ट गर्ने आशंकामा उनलाई राष्ट्रपति पदबाट निलम्बनसमेत गरिएको थियो। युनलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो, तर जुलाईको सुरुमा पुनः हिरासतमा लिइएको थियो।
संसदीय चुनावमा धाँधली भएको आरोपमा अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि दुई पटक बोलाएका थिए। तर उनी दुबै पटक उपस्थित हुन अस्वीकार गरेका थिए। विशेष अभियोजक कार्यालयका ओह जियोङ हीका अनुसार, दोस्रो पटकको आदेश पनि उल्लंघन भएपछि अदालतले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको हो।
पक्राउ पुर्जी जारी भएपछि अब अभियोजन पक्षले उनलाई जबर्जस्ती उपस्थित गराई सोधपुछ गर्न कानुनी अनुमति पाउनेछ।
पूर्वराष्ट्रपति युनका साथै उनकी पत्नी एवं पूर्व प्रथम महिला किम किन हीविरुद्ध पनि अनुसन्धान भइरहेको छ। अभियोजन पक्षका अनुसार, युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले किमलाई हिराको हार र महँगो ह्यान्डब्याग दिएका थिए, जसले भ्रष्टाचारको आशंका बढाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १३ साउन । भारतको झारखण्डस्थित देवघरमा तीर्थयात्री बोकेको बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १८ जना कावाँरिया (बोलबम भक्त) को मृत्यु भएको छ। भारतीय जनता पार्टी (भाजपा) का सांसद निशिकान्त दुबेले घटनामा १८ जनाको मृत्यु पुष्टि गरेका छन्।
देवघर–वासुकिनाथ मुख्य सडकको जमुनिया चौक नजिकै दुर्घटना भएको हो। ‘बोल बम’को जयकार गर्दै बाबा बैद्यनाथधामतर्फ गइरहेका तीर्थयात्रीहरू सवार बस ट्रकसँग ठोक्किएपछि घटनास्थलमै शोकको वातावरण छाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा दर्जनौँ भक्तजनहरू घाइते भएका छन्। केही अन्य स्रोतहरूले ६ जनाको मृत्यु र ३० भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
प्रशासनले तत्काल उद्धार तथा राहत कार्य सुरु गरिसकेको छ भने घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१ साउन । अमेरिकी राज्य अलास्काको तटमा बुधबार ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पपछि अलास्काको तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरिए पनि केही घण्टामै फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ।
भूकम्प स्यान्ड पोइन्ट टापु नजिकै, समुद्र सतहबाट करिब १२ माइल गहिराइमा गएको हो। भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी )गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पपछि ५.२ म्याग्निच्युडसम्मका पराकम्पनहरू पनि मापन गरिएको छ।
स्यान्ड पोइन्टमा ६ सेन्टिमिटर जतिको सानो सुनामी देखिए पनि ठूलो क्षतिको रिपोर्ट छैन। अलास्का भूकम्पीय रूपमा सक्रिय क्षेत्र रिङ अफ फायर मा पर्ने भएकाले यस्ता घटनाहरू बारम्बार हुने गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ ।
‘एउटा प्रमुख सपिङ सेन्टरमा भएको दुःखद आगलागीमा पीडित, शहीद र घाइतेको सङ्ख्या करिब ५० जना पुगेको छ’, वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले आधिकारिक आइएनए समाचार एजेन्सीलाई भने । आगलागी बुधबार राति सुरु भएको थियो । आगोले कथित रूपमा पहिलो तलाबाट सुरु भएर छिट्टै हाइपर मललाई घेरेको थियो । कारण तुरुन्तै थाहा हुन सकेको छैन ।
एम्बुलेन्सहरूले बिहान ४ः०० बजेसम्म घाइतेहरूलाई अस्पतालमा लगिरहेका थिए । बगदादबाट करिब एक सय ६० किलोमिटर ९एक सय माइल० दक्षिणपूर्वमा रहेको कुटको अस्पतालका वार्डहरू भरिएका थिए । एएफपीका एक संवाददाताले मल पाँच दिनअघि मात्र खोलिएको र अस्पतालमा जलेका शवहरू देखेको रिपोर्ट गरेको बताए ।
आगलागी अहिले नियन्त्रणमा आएको छ तर दमकलकर्मीहरूले बेपत्ता पीडितहरूलाई खोज्न जारी राखेका छन् ।सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा विचलित आफन्तहरू समाचारको प्रतीक्षामा रहेको देखाइएको छ । तीमध्ये केही एम्बुलेन्सहरू आइपुग्दा शोकमा डुबेका छन् ।
एक व्यक्ति भुईँमा बसेर छाती पिट्दै र ‘हे मेरो बुबा, हे मेरो हृदय’ भनेर रोएको देखिएको थियो ।एम्बुलेन्सहरू आइपुग्दा जाँच गर्दै दर्जनौँ मानिस अस्पताल अगाडि भेला भएका थिए र केही मानिस पीडामा भुईँमा बेहोस भएका थिए ।
तीमध्ये एक ५० वर्ष उमेरका चिकित्सक नासिर अल–कुरैशीले आगलागीमा परिवारका पाँच जना सदस्य गुमाएको बताए ।
‘हामीमाथि एउटा विपत्ति आएको छ’, उनले एएफपीलाई भने, ‘हामी केही खाना खान, रातिको खाना खान र घरमा बिजुली कटौतीबाट बच्न मलमा गएका थियौँ । दोस्रो तलामा एयर कन्डिसनर विस्फोट भयो र त्यसपछि आगो लाग्यो र हामी यसबाट उम्कन सकेनौँ ।’
गभर्नर मियाहीले तीन दिनको शोक घोषणा गरेका छन् र स्थानीय अधिकारीहरूले मलको मालिक र भवन ठेकेदार विरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष ४८ घण्टाभित्र आउने अपेक्षा गरिएको गभर्नरले बताए ।
‘यो त्रासदी एउटा ठूलो आघात हो र सबै सुरक्षा उपायहरूको गम्भीर समीक्षा आवश्यक छ’, उनले भने ।
इराकको निर्माण क्षेत्रमा सुरक्षा मापदण्डहरू प्रायः बेवास्ता गरिन्छ र दशकौँको द्वन्द्वपछि पूर्वाधार बिग्रिएको यो देश प्रायः घातक आगलागी र दुर्घटनाहरूको दृश्य हुन्छ । तापक्रम ५० डिग्री सेल्सियस ९१२२ डिग्री फारेनहाइट० पुग्ने गर्मीमा आगलागी बढ्छ ।
सन् २०२३ सेप्टेम्बरमा भीडभाड भएको इराकी विवाह हलमा आगलागी भएपछि बाहिर निस्कनका लागि आतङ्कित भागदौड हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको थियो ।
सन् २०२१ जुलाईमा दक्षिणी इराकको अस्पतालको कोभिड युनिटमा आगलागी हुँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । एएफपी
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस