अमेरिकी आक्रमणले इरानको परमाणु केन्द्र ध्वस्त भएको छैनः सीएनएन

   असार ११, २०८२       admin


काठमाडौँ,११ असार। अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको छ ।

अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले जनाएको छ ।

इजरायल र इरानबीच युद्ध जारी रहेका बेला अमेरिकाले गत शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । भूमिगत संरचना नष्ट गर्न प्रभावकारी मानिने जीबीयू–५७ नामक ‘बंकर–बस्टर’ बमले ६१ मिटर तलसम्म घुसेर विष्फोट हुने गर्दछ ।

अमेरिकाले आक्रमणपछि सार्वजनिक गरेको स्याटेलाइट तस्वीरहरूमा फोर्दो साइटमा दुई स्थान नजिक ६ वटा गहिरा खाडलहरु देखिन्छन्, तर भित्री भाग कति नष्ट भयो भन्ने खुलस्त छैन । यद्यपि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले आक्रमणबाट इरानका तीनवटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह: शान्तपूर्वक यथास्थानमै बस्नुहोस

   असार १०, २०८२       admin

दाङ,१० असार । नेपाली राजदूतावासले कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन र यथास्थानमै बस्न आग्रह गरेको छ।हालको परिस्थितिलाई ध्यानमा राख्दै दोहा स्थित नेपाली दूतावासले यस्तो आग्रह गरेको हो।

दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा भनिएको छ, “वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौं ।” साथै, उनीहरूलाई शान्तपूर्वक बस्न र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशनको पालना गर्न समेत अनुरोध गरिएको छ।

दूतावासले नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सबै नेपालीको साथमा सधैँ रहन प्रतिबद्धता व्यक्त गरेको छ। कतारमा कार्यरत लाखौँ नेपाली श्रमिकहरू रहेका छन्।

हेर्नुस् सूचना:

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यात्रु बोकेर उडिरहेको बेलून फुट्दा ८ जनाको मृत्यु

   असार ०७, २०८२       admin

एजेन्सी । यात्रु बोकेर उडिरहेको बेलुन फुट्दा आठ जनाको मृत्यु भएको छ। ब्राजिलको दक्षिणी राज्य सान्ता क्याटरिनामा शनिबार २१ यात्रु बोकेको हट एयर बेलुन दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको हो ।

राज्यको अग्नि नियन्त्रण विभागका अनुसार बिहान सबेरै उडानका क्रममा पर्यटन बेलुनमा आगो लाग्दा प्रेया ग्रान्डे सहरमा खसेको हो। 

अग्नि नियन्त्रण विभागका अनुसार बाँचेका १३ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उत्तराखण्डमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार

   असार ०७, २०८२       admin

दाङ, ७ असार । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डमा बन्दी बनाइएका ३५ जना नेपाली युवाको उद्धार गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको सफल उद्धार गरिएको जनाएको छ।

राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार नेपालका विभिन्न जिल्लाका युवाहरूलाई आकर्षक रोजगारीको प्रस्ताव राखी उत्तराखण्डको काशिपुर बोलाइएको थियो। तर, त्यहाँ पुगेपछि उनीहरूलाई जबरजस्ती बन्दी बनाइयो, कुटपिट र यातना दिइयो तथा विभिन्न शीर्षकमा रकम असुल गरिएको जानकारी दूतावासलाई प्राप्त भएको थियो।

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार तत्काल पहल गर्दै दूतावासले उद्धार प्रक्रिया अघि बढाएको थियो। सोही पहलमा ३५ जना नेपाली युवाको उद्धार गरिएको हो।

घटनामा संलग्न केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ भने अन्य सम्भावित पीडितको खोजी तथा उद्धार कार्य पनि जारी रहेको दूतावासले जनाएको छ।

उद्धार गरिएका युवाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने जानकारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ईरानमाथि सम्भावित सैन्य कारवाहीबारे ट्रम्पको सैद्धान्तिक सहमति

   असार ०५, २०८२       admin

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि सैन्य आक्रमण गर्ने योजनामा सैद्धान्तिक सहमति जनाएका छन्। तर उनले अझै अन्तिम निर्णय भने गरेका छैनन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, यदि ईरानले आफ्नो परमाणु कार्यक्रम तत्काल बन्द गर्ने प्रतिबद्धता जनायो भने सम्भावित आक्रमण रोक्न सकिने छ।

सीबीएस न्यूजले एक वरिष्ठ खुफिया स्रोतलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। यसअघि वल स्ट्रिट जर्नलले सबैभन्दा पहिला यो समाचार प्रकाशन गरेको थियो।

बुधवार पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले हस्तक्षेपको सम्भावनाबारे अस्पष्ट प्रतिक्रिया दिएका थिए। “म गर्न सक्छु, म नगर्न पनि सक्छु,” ट्रम्पले भनेका थिए।

यसैबीच, इजरायलले जुन १३ मा ईरानका केही परमाणु केन्द्रहरूमा हमला गरेको पुष्टि भएको छ। त्यसको जवाफस्वरूप ईरानले पनि इजरायलमाथि हमला गरेको बताइएको छ। यस घटनाक्रमपछि दुवै देशबीच स्थिति अत्यन्त तनावपूर्ण बनेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

केदारनाथमा हेलिकप्टर दुर्घटना: सबैजनाको मृत्यु

   असार ०१, २०८२       admin

काठमाडौँ ,१ असार । भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ। आज बिहान भएको हेलिकप्टर दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु भएको छ। देहरादूनबाट केदारनाथतर्फ जाँदै गरेको आर्यन कम्पनीको हेलिकप्टर त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त भएको हो।

गौरीकुण्ड क्षेत्रको गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको उक्त हेलिकप्टरमा रहेको सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले गरेका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक बालिका समेत रहेको प्रारम्भिक जानकारी छ।

दुर्घटनाको बेला गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर खसेको देखेर प्रारम्भिक जानकारी दिएका थिए। घटनास्थलमा हेलिकप्टर पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको छ भने शवहरू नराम्ररी जलेका छन्।

दुर्घटनाको कारण खराब मौसम रहेको प्रारम्भिक अनुमान गरिएको छ। यसअघि पनि गत जुन ७ मा केदारनाथ क्षेत्रको बडासु हेलिप्याडबाट उडान भर्ने क्रममा एक हेलिकप्टरमा प्राविधिक गडबडी देखिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एयर इन्डियाको विमान थाइल्यान्डमा आपतकालीन अवतरण

   जेठ ३१, २०८२       admin

काठमाडौं,३० जेठ । एयर इन्डियाको एउटा विमान थाइल्यान्डमा आपतकालीन अवतरण गरेको छ।

थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि शुक्रबार बिहान उडेको विमान आपतकालीन अवतरण गरेको हो । विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्‌कालीन अवतरण गर्नुपरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई-३७९ विमान शुक्रबार बिहान आपत्‌कालीन अवतरण गरिएको हो।

बमको धम्की कसले किन दियो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। अवतरणलगत्तै सबै यात्रुलाई ओरालिएको थियो।

बिहीबार मात्र एयर इन्डियाकै विमान भारतकै अहमदाबादमा दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एयर इन्डियाको विमान दुर्घटना

   जेठ ३०, २०८२       admin

काठमाडौँ,२९ जेठ । एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना भएको छ । भारतको गुजरातस्थित अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विमान अहमदाबादबाट लन्डनका लागि उडेको केही समयमै दुर्घटना भएको हो। विमानमा २४२ सवार रहेको बताइएको छ। दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगिसकेका छन्। अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ।

अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले विमानस्थल क्षेत्रबाहिर धुवाँ देखिएपछि जाँचका लागि सम्पूर्ण टोली घटनास्थलतर्फ गएको जानकारी दिए।

सार्वजनिक केही तस्बिरमा विमानमा लागेको आगो र धुवाँको मुस्लो देखिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकाको लस एन्जलसमा कर्फ्यु

   जेठ २, २०८२       admin

काठमाडौँ, २८ जेठ । अमेरिकाको लस एन्जलस सहरमा संघीय आप्रवासन कडाइको विरोधमा भइरहेको प्रदर्शन पाँचौँ दिनमा प्रवेश गरेसँगै आंशिक कर्फ्यु लगाइएको छ। प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल गार्डको परिचालन तीव्र बनाएका छन्।

लस एन्जलसकी मेयर करेन बासले राति ८ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्युको घोषणा गरेकी हुन्। उनले भनेकी छन्, “सहरभरि ठूलो क्षति पुगेको छ। जनधनको सुरक्षाका लागि कर्फ्यु आवश्यक भएको हो।” उनका अनुसार यो कर्फ्यु केही दिनसम्म जारी रहन सक्छ।

करिब १ वर्ग माइल क्षेत्रमा लागू भएको कर्फ्युका कारण जनजीवन प्रभावित भएको छ। कर्फ्यु लागू भएपछि लस एन्जलस प्रहरी विभागले मंगलबारदेखि सामूहिक गिरफ्तारको कार्य सुरु गरेको छ। प्रहरीले आदेश उल्लंघन गरेर अवैध रूपमा भेला भएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा बढ्दो अशान्तिलाई दृष्टिगत गर्दै कर्फ्यु लगाउनु परेको बताएका छन्। उनले चेतावनी दिए, “कर्फ्यु उल्लंघन गर्ने जो–कोहीलाई पनि पक्राउ गरिनेछ।”

सुरक्षा निकायका अनुसार शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र मङ्गलबार १९७ जनालाई पक्राउ गरिएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले आप्रवासीमाथिको छापा अभियानको विरोधमा भइरहेका प्रदर्शन नियन्त्रण गर्न थप २ हजार नेसनल गार्ड परिचालनको अनुमति दिएका थिए। पेन्टागनका अनुसार अहिले लस एन्जलसमा संघीय आदेशअनुसार परिचालित सुरक्षाकर्मीको संख्या ४ हजार १ सय नाघिसकेको छ।

प्रदर्शनको प्रभाव टेक्साससम्म फैलिएको छ। टेक्सासका गभर्नर ग्रेग एबटले पनि राज्यका विभिन्न स्थानमा टेक्सास नेसनल गार्ड परिचालन गर्ने बताएका छन्। ट्रम्प प्रशासनविरुद्धको विरोध हाल न्युयोर्क, सिकागो, सिएटल, डेनभर, सैन फ्रान्सिस्को र एटलान्टाजस्ता सहरहरूमा पनि फैलिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतमा प्रेमिका हत्याको अभियोगमा एक नेपाली पक्राउ

   जेठ २६, २०८२       admin

दाङ,२५ जेठ । भारतको हैदराबादमा एक नेपाली युवतीको हत्या अभियोगमा उनका प्रेमी पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय नेपाली युवक विजय टोपा रहेका छन् । उनी ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या अभियोगमा पक्राउ परेका हुन्।

दुवै जनाको चिनजान फेसबुकमार्फत भएको थियो। विवाहित र दुई सन्तानकी आमा बोहरा अप्रिलदेखि टोपासँग हैदराबादमा बस्न थालेकी थिइन्। बोहरा गर्भवती भएपछि टोपा गर्भपतन गराउन दबाब दिँदै आएका थिए। यही विषयमा दुवैबीच पटक–पटक झगडा हुने गरेको थियो।

भारतीय सञ्चारमाध्यम तेलंगाना टुडेका अनुसार मे २३ मा झगडापछि टोपाले नाइलनको डोरीले घाँटी कसेर बोहराको हत्या गरे। त्यसको भोलिपल्ट उनले कुकटपल्लीबाट ट्रली ब्याग किनेर शव त्यसमा राखे र बाचुपल्लीस्थित एक खाली स्थानमा फ्याँके।

घटनाको अनुसन्धान गर्न प्रहरीले पाँचवटा विशेष टोली खटाएको थियो। सीसीटीभी फुटेजका आधारमा ७० वटा ट्रली ब्याग पसलमा छानबिन भयो। एक फुटेजमा टोपाले ब्याग किन्दै गरेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

टोपालाई बिहीबार पक्राउ गरी सोधपुछ गर्दा उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology