भुकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु

   पुष २३, २०८१       admin

काठमाडौँ, २३ पुस । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।

सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ ।

केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट ९नेपाली समय० मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरीले क्षतिबारे बुझ्ने काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भूकम्प अपडेट: चीनमा ९ जनाको मृत्यु

   पुष २३, २०८१       admin

काठमाडौँ,२३ पुस। मङ्गलबार बिहान गएको भूकम्पका कारण चीनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै नेपाल-चीन सिमानामा मङ्गलबार बिहान गएको भूकम्पका कारण ९ जनाको मृत्यु भएको जनाएको छ ।

आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६।८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्टिल प्लान्टमा आगलागी हुदा चारजनाको मृत्यु

   पुष १७, २०८१       admin

नयाँ दिल्ली, १७ पुस । भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ ।

घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो ।

स्टील प्लान्टका प्रवक्ताले भने,“घटना उपकरणको विफलताको कारण भएको हो ।”

“हामीले थाहा पाएका छौं कि प्लान्टको एक भागमा कोइला जलाउँदा अचानक आगो फैलियो । परिणामस्वरूप आगोले प्लान्टमा लिफ्टमा रहेका चार मजदुरको मृत्यु भयो,” सुरतका पुलिस आयुक्त अनुपम सिंह गहलोतले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विमान दुर्घटना अपडेट: १७९ जनाको मृत्यु

   पुष १४, २०८१       admin

काठमाडौं,१४ पुस। दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १७९ पुगेको छ। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ।

योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो।

१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो। विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए। आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ। त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विमान दुर्घटनामा ६२ जनाको मृत्यु

   पुष १४, २०८१       admin

काठमाडौं ,१४ पुस। दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ।

१ सय ८१ जना सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उद्धार कार्य जारी रहेको छ र केहीको जिवितै उद्धार गरिएको छ।

थाल्याण्डको बैंककबाट १ सय ७५ यात्रु र चालक दलका ६ सदस्यसहित फर्किएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लाग्दा रन–वेमा चिप्लिएर विमानस्थलको बारमा ठोक्किन पुगेको थियो।

योनहाप समाचार एजेन्सीले विमानको ल्याण्डिङ गेयरमा समस्या आउँदा दुर्घटना भएको अनुमान गरिएको उल्लेख गरेको छ। घाइते अवस्थामा उद्धार गरिएकाहरुलाई अस्पताल भर्ना गरिएको छ। साथै मानवीय क्षति बढ्न सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिरियाको झडपमा १७ जनाको मृत्यु

   पुष ११, २०८१       admin

काठमाडौं,११ पुस।सिरियामा भएको झडपमा १७ जनाको मृत्यु भएको छ। बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर अल–असदको नेतृत्वमा एक अधिकारीलाई पक्राउ गर्न खोजेपछि भएको झडपमा १७ जनाको मृत्यु भएको बताइएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सिरियाको नयाँ अधिकारीहरूका ‘सामान्य सुरक्षा बलका १४ सदस्य’ र ‘तीन सशस्त्र व्यक्ति’ खिरबेट अल–माजामा मारिएको बताएको छ ।

यसले पहिलेको नौ जनाको मृत्युको सङ्ख्यालाई बढाएको छ ।अब्जर्भेटरीले बलहरूले ‘सैदनाया जेलका अपराधका जिम्मेवारहरू’ मध्येका एक अधिकारीलाई पक्राउ गर्न खोजेको बताएको छ।

नयाँ गृहमन्त्री मोहम्मद अब्देल रहमानले वक्तव्यमा भन्नुभयो, “सुरक्षा र सुरक्षा कायम राख्ने आफ्नो काम गरिरहेको बेला टार्टस प्रान्तमा आपराधिक शासनका अवशेषहरूले गरेको विश्वासघाती आक्रमणमा गृह मन्त्रालयका १४ जना कर्मचारी मारिए र अन्य १० जना घाइते भए।”

हयात तहरीर अल–शाम ९एचटिएस० को नेतृत्वमा विद्रोहीहरूले यस महिना असदलाई हटाएपछि सिरियाका जेलका ढोकाहरू खोलिएका थिए । सरकार विरोधी प्रदर्शनको क्रूर दमनले युद्ध सुरु गरेको १३ वर्षभन्दा बढीपछि पाँच लाखभन्दा बढी मानिस मारिए ।

अब्जर्भेटरीले वाञ्छित व्यक्ति ‘पूर्व शासन बलका एक अधिकारी थिए जसले सैन्य न्याय विभागको निर्देशक र फिल्ड कोर्टको प्रमुखको पद सम्हालेका थिए’ भनी पहिचान गरेको छ । उनको नाम मोहम्मद कान्जो हसन हो । उनले ‘हजारौँ कैदीविरुद्ध मृत्युदण्ड र स्वेच्छाचारी फैसलाहरू’ जारी गरेको बताइएको छ ।

असदको अलावी अल्पसङ्ख्यकको गढ टार्टस प्रान्तमा ‘धेरै बासिन्दाले आफ्नो घर खोजी गर्न अनुमति दिन अस्वीकार गरेपछि’ झडप भएको सिरियाभित्रका स्रोतहरूको नेटवर्कमा भर पर्ने बेलायतस्थित अब्जर्भेटरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

६२ जना यात्रु बोकेको जहाज दुर्घटना:२५ जना बाच्न सफल

   पुष १०, २०८१       admin

बाकु। कजाकस्तामा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना भएको हो । दुर्घटना हुँदा २५ जना यात्रु बाँच्न सफल भएका छन् ।

कजाकस्तानको आपतकालीन उद्धार मन्त्रालयले जहाज दुर्घटनामा परेकामध्ये २५ जना बाँचेको जनाएको छ ।

जहाज खुला चौरमा बजारिएको र जहाजको केही भागमा आगो लागेको छ । पुच्छरतिरको भाग उछिट्टिएर अर्कातिर खसेको छ ।

जहाज दुर्घटनाको कारण भने खुलेको छैन।
अजरबैजान एयरलाइन्सको उडान नम्बर जे २-८२४३ जहाज राजधानी बाकुबाट रूसको ग्रोजनीतर्फ गइरहेको थियो । रिपोर्टअनुसार बाक्लो हुस्सुका कारण जहाजलाई डाइभर्ट गरिएको थियो ।

समाचार एजेन्सी रोटर्सका अनुसार खिचिएको एक भिडियोमा जहाज तीव्र गतिमा तलतिर झरिरहेको थियो । जसको ल्यान्डिङ गियरसमेत तलतिर थियो ।

तर जहाजले आपतकालीन अवतरणको कोशिश गर्नेबित्तिकै आगो लागेको थियो । यस जहाजमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

जहाजमा सवार अधिकांश मानिस अजरबैजानकै थिए । केही रूस, कजाकस्तान र कीर्गिस्तानका पनि यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाकिस्तानी हमलामा १५ भन्दा बढिको मृत्यु

   पुष १०, २०८१       admin

एजेन्सी । पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ । पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ ।

तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानद्वारा पाक्टिकाको बर्मलमा राति भएको हवाई हमलाप्रति कडा प्रतिक्रिया जनाएको छ ।

अफगानिस्तानको मन्त्रालयले पाकिस्तानलाई यस आक्रमणको उचित जवाफ दिइने बताएको छ। मन्त्रालयले भन्यो,’।

पाकिस्तानको हवाई हमलामा वजिरिस्तानका शरणार्थीहरूलाई निशाना बनाइएको छ। त्यहाँ रहेका मानिस पाकिस्तानबाट शरणार्थी भएर अफगानिस्तान पुगेका हुन्। यस हमलामा ज्यान गुमाउनेमा धेरै बालबालिका र महिला छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कोरियाली राष्ट्रपतिमाथी यात्रामा प्रतिबन्ध

   मङि्सर २४, २०८१       admin

सियोल। दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो ।

संसदीय सुनुवाइमा एक सांसदले मंगलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ-अपले भने, “हो, यो सही हो ।”

“उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्य विरोधी तत्वलाई समाप्त पार्न नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भनेका थिए ।

उनको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टा पछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए ।

राष्ट्रपतिको घोषणासँगै सेना प्रमुख जनरल पार्क आन-सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो ।

घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजीनामा दिएका थिए । उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कोरियाका सेना प्रमुखले दिए राजिनामा

   मङि्सर २०, २०८१       admin

काठमाडौ,२०मंसिर । दक्षिण कोरियाका सेना प्रमुखले राजिनामा दिएका छन् । समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाका सेना प्रमुख पार्क आन सुले राजीनामा दिएको जनाएको छ । तर, उनको राजिनामा स्विकृत भए नभएको केही खुलाइएको छैन् ।

पार्क मार्शल ल कमाण्डर थिए, तर उनले मंगलबार राति राष्ट्रपति युनको घोषणासँग धेरै कम समयमा संसद सेनालाइ पठाएका थिए । हेलिकोप्टरवाट संसद भवनमा कोरियाली सेना उत्रिरहेको तथा झ्याल फुटाएर सेनाहरू प्रवेश गरेको दृश्य अचम्म लाग्दो थियो ।

संसद बैठक हुन नदिनका लागि सांसदहरू माथी कोरियाली सेनाले धरपकड गरेकोमा चौतर्फी बिरोध भएको थियो ।

‘हामी सैन्य विज्ञ हौं, हामी मार्शल लका विशेषज्ञ होइनौं,’ भन्दै आदेशको मस्यौदामा आफू संलग्न नभएको बताएका थिए । तर, राष्ट्रपतिले दिएको आदेश कार्यान्वयन मात्रै गरेको उनको तर्क थियो ।

यसअघि राष्ट्रपति युनले रक्षामन्त्री किम योङ ह्युनको राजीनामा स्वीकृत गरेका छन, जसले उनलाई मार्शल लको प्रस्ताव गरेको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology