काठमाडौं ,१९ मंसिर ।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ।
युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए। विपक्षीले बुधबार राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन्।
चार दशकभन्दा बढी समयपछि पहिलोपटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो उथलपुथलमा तानेको हो। कदमले सियोलका निकट सहयोगीहरूलाई चिन्तितसमेत बनाएको छ।
सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका परम्परावादी राजनीतिज्ञ तथा पूर्व सरकारी वकिल युनको भविष्य अहिले निकै अनिश्चित बनेको छ।
दक्षिण कोरियाका विपक्षी दलले बुधबार युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन्।
प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३०मा भएको थियो। मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो।
दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन्। पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ।
मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ भने घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
लेबनान। इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ। जाबलिया शरणार्थी शिविरको छेवैमा रहेको एक घरमा इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थका कारण उनीहरूको मृत्यु भएको हो। अहिले चार लाख प्यालेस्टाइनी इजरायली सेनाको ट्यापमा परेका छन्।
लेबनानमा युनिफलको प्रतिनिधित्व गर्ने राष्ट्र सङ्घीय ‘पिस किपर’ले त्यस स्थान नछाड्ने जनाएका छन्। इजरायली आक्रमणमा परी पिसकिपर घाइते भएपछि प्रमुख जिया पियरे ल्याक्रोक्सले सो कुरा जनाएका हुन्।
युद्धले धेरैको ज्यान लिनेक्रम अझै जारी छ। उत्तरी लेबनानमा सोमबार भएको इजरायली आक्रमणमा परी २१ जनाको ज्यान गएको छ। आक्रमणमा अटेउमा रहेको घरमा विस्फोट नभएको थियो। त्यस घरमा युद्धकै कारण विस्थापितको बसोबास छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह नाश नभएपछिसम्म आक्रमण जारी राख्ने जनाएको छ।
पछिल्लो साता इजरायलको आक्रमण सबै भन्दा धेरै पूर्वको बेक्का उपत्यका र दक्षिणको सीमा भइरहेको हो। यी दुवै स्थान हिजबुल्लाहको प्रभाव क्षेत्र मानिन्छ। सोमबार भएको आक्रमण अघि कुनै चेतावनी युक्त साइरन बजेको थिएन।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,२८ असोज । इजरायलले गरेको हवाइ हमलामा गाजाको विद्यालयमा आश्रय लिएर बसेका १५ जनाको मृत्यु भएको छ। सो विद्यालयमा विस्थापित प्यालेस्टिनीहरू आश्रय लिएर बसेका थिए।
गाजाको नुसैरत शिविरमा इजरायलले दर्जनौ प्रहार गरेको थियो। इजरायली हमलामा अन्य ५० जना घाइते भएका छन्।
हालैका दिनहरूमा गाजामा द्वन्द्वका मुख्य क्षेत्रहरू उत्तरमा रहेका छन् । यो स्थानमा इजरायली सेनाहरूले एक साताभन्दा बढी समयदेखि आक्रमणलाई तीव्र पारेका छन्। त्यसयता सयौं मारिएका छन् ।
बेइट हानौन, जबलिया र बेट लाहियाका बासिन्दाहरूले गाजा सहर नजिकैबाट सम्पर्क टुटेको रिपोर्ट गरेका छन् । इजरायली ट्याङ्कहरू सबैभन्दा ठूलो सहरको बाहिरी भागमा देखिएका छन् ।
यसअघि उत्तरी गाजामा सडकको कुनामा खेल्दै गर्दा ड्रोन हमलामा पाँच बालबालिकाको मृत्यु भएको थियो ।
सिभिल डिफेन्सका प्रवक्ताले गाजा वरपरका सयौं विस्थापित मानिसहरूलाई आश्रय दिएको अल(मुफ्ती स्कूलमा भएको आक्रमणमा कम्तीमा ५० जना घाइते भएको र एक दर्जनभन्दा बढीको मृत्यु भएको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी। निरन्तर हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको छ। इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले मंगलबार लेबनान प्रवेश गरेको जानकारी दिएको हो।
आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा सोमबार रातिबाटै भूमिगत अपरेशन सुरु गरेको जनाएको छ।
इजरायली सेनाले सीमानजिकका गाउँहरूलाई निशाना बनाएको बताएको छ। यहाँबाट हिजबुल्लाहले इजरायलमाथि आक्रमण गर्ने गरेको छ। आईडीएफले तालिमप्राप्त सैनिकहरूलाई आक्रमणका लागि खटाएको जनाएको छ। गुप्तचरका सूचनाका आधारमा यी आक्रमणहरू भइरहेको इजरायलले जनाएको छ। जहाँ स्थल सेनालाई इजरायली वायुसेनाले सहयोग गरिरहेको छ।
इजरायलले लेबनानमा स्थलगत कारबाहीका लागि अमेरिकाको समर्थन पाएको छ। अमेरिकी विदेशमन्त्री लोयड अस्टिनले इरानले इजरायलमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। यद्यपि, राष्ट्रपति बाइडेनले सोमबार इजरायल र लेबनानबीच तत्काल युद्धविराम हुनुपर्ने धारणा राखेका थिए।
समाचार एजेन्सी एपीका अनुसार सन् २००६ पछि इजरायली सेना लेबनानमा प्रवेश गरेको यो पहिलो पटक हो। उक्त समयमा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म युद्ध भएको थियो। जसमा ११ सयभन्दा बढी लेबनानी मारिएका थिए। इजरायलतर्फ भने ४९ नागरिक र १ सय २१ सैनिकको ज्यान गएको थियो
२२ सय व्यक्ति फरार सूचिमा
टोकियो। जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्युजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा राजीनामा दिएको हो ।
किशिदा सन् २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए ।
सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी ९एलडिपी० को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने जनाइएको छ ।
शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।
हालको संसदको कार्यकाल सन् २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरूले बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।
बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।
राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दू चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् ।
जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ ।
बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । तेल बोकेको ट्याङ्कर, यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको त्यहाँको विपद् एजेन्सीले बताएको छ । यो घटना आइतबार स्थानीय समयअनुसार मध्यराति भएको बताइएको छ ।
नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार ट्याङ्कर पल्टिएर विस्फोट भएपछि दुवै सवारी साधन आगोको चपेटामा आएको थियो । स्थिति नियन्त्रणमा लिन तत्कालै प्रतिक्रिया टोलीलाई घटनास्थलमा पठाइएको एजेन्सीका महानिर्देशक अब्दुल्लाही बाबा–अराहले भने । विस्फोटले अन्य केही सवारी साधनमा पनि क्षति पु¥याएको बताइएको छ । शव र मरेका बस्तुभाउ निकाल्ने र काम भइरहेको बताइएको छ । यस घटनामा मृत्यु भएकाहरुको शव व्यवस्थापनको काम भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २३ भदौ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपलाल चौधरी (लालु)को मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलकनारका लालु भनेर चिनिने रुपलालको मलेसियाको एयरपोर्टमा मृत्यु भएको हो।
चार वर्ष अगाडि मलेसिया पुगेका उनी आज नेपाल फर्कँदै थिए । घर फर्कन लागेका चौधरीको कुवालालम्पुर एयरपोर्टमा मृत्यु भएको उनका नातेदार घनश्याम चौधरीले बताए।
चौधरीका नातेदार घनश्याम चौधरीका अनुसार एअरपोर्टमा बसिरहेको बेला अचानक लडेको खबर आएको थियो। उनलाई एअरपोर्टमै मृत घोषणा गरिएको थियो।
चौधरी नेपाल फर्कनका लागि बोर्डिङ पास लिएर प्रतीक्षारत अवस्थामा थिए। तर, घर पुग्न नपाउँदै उनको असामयिक निधन भएको छ।
मलेसियामा मृत्यु भएपछि उनका परिवार शोकमा डुबेका छन्। परिवारका सदस्यलाई चौधरीको मृत्यु हृदयघातबाट भएको जानकारी प्राप्त भएको छ। मृतक चौधरीको शव नेपाल ल्याउने प्रक्रिया बारेमा परिवारमा चिन्ता बढिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
अहमदाबाद । भारतको गुजरातमा बाढी आउँदा २८ जनाको मृत्यु भएको छ । लगातारको भारी मनसुनी वर्षाका कारण आएको बाढीमा परी ३ दिनमा २८ जनाको मृत्यु भएको हो। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।
भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।
गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ । इन्डियन एक्सप्रेसले राज्यभरी समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस