प्रधानमन्त्रीको राजिनामा पछि सेनाको अन्तरिम सरकार बन्दै

   श्रावण २१, २०८१       admin

काठमाडौं,२१ साउन । बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ। सेना प्रमुख वकार(उज(जमानले मिडियालाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा गरेकी हुन्।

प्रधानमन्त्री हसिनाले देश छोडिन्

प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन्। निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री हसिनाले देश छोडिन्

   श्रावण २१, २०८१       admin

काठमाडौँ, २१ साउन । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएसंगै देश छोडेको बिबिसीले जनाएको छ ।

प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेको खबर बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् । सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् ।

यसैबिच बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने एएफपीले जानकारी दिएको छ ।

आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ ।

ढाकाको मोहाली क्षेत्रमा उपस्थित बीबीसी बंगलाका संवाददाताका अनुसार हजारौं मानिस पैदल र रिक्सामा शाहबागतर्फ लागेका छन् ।

यद्यपी, गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लेबनानमा रहेका नेपालीलाई सर्तकता अपनाउन आग्रह

   श्रावण १७, २०८१       admin

काठमाण्डौ,१७ साउन। लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो ।

लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतमा रहेको
अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिङ्क मार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र मारिएपछि तनाव बढेको छ ।

नेपाली दूतावास कायरोको ह्वाट्सएप नम्बर २०१०९७७७२३४८ तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासको ह्वाट्सएप नम्बर २०१००२५०५९९७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु ३४ घाइते

   श्रावण ०१, २०८१       admin

एजेन्सी। अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ दुर्घटनामा परी ३४ जना घाइते भएका छन्। हुनुका साथै ३४ जना घाइते भएका छन् ।

मंगलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसेको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताए ।

मंगबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् ।

उनीहरूका अनुसार महिला र बालबालिका सहित ३४ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

जुलाई–४ मा पश्चिमी हेरात प्रान्तमा भएको यस्तै दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य १५ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

   असार २७, २०८१       admin

दाङ,२६ असार। भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो ।

बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन् । यस्तै दुर्घटनामा १९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारी वर्षाका कारण चीनमा १ लाख व्यक्ति विस्थापित

   असार १८, २०८१       admin

काठमाडौं,१७ असार । भारी वर्षाका कारण चीनमा १ लाख मानिस विस्थापित भएका छन्।

चीनको अन्हुई प्रान्तमा परेको वर्षाले आठ लाख ११ हजार मानिसलाई प्रभावित बनाएको छ । भने एक लाख ९५ हजार मानिसहरूलाई वासस्थान बाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार बिहानसम्म, अन्हुईका छ प्रान्तीय शहर, ३५ काउन्टी तथा जिल्लाहरूमा वर्षाले भयानक क्षति पुर्याएको थियो ।

चीनको सबैभन्दा लामो याङ्जी नदीको अन्हुई खण्डमा पानीको तह खतराको रेखाभन्दा बढी कायम भएको छ । मुसलधारे वर्षाका कारण प्रान्तका अन्य १९ वटा नदीमा पनि पानी सतर्कताका लागि तोकिएको तहभन्दा माथि पुगेको छ ।

पछिल्लो २४ घन्टादेखि प्रान्तको ठूलो भूभागमा भारी वर्षा हुदाँ २५८ वटा स्टेसनमा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको देखिएको छ । योमध्ये सबैभन्दा अधिकतम बर्षा २५५ मिलिमिटर थियो ।

वर्षा र बाढीको आपतकालीन प्रतिक्रियामा, याङ्जी नदीको किनारमा रहेका पाँचवटा सहरसहित अन्हुईका आठवटा सहरका अधिकारीले कुल २६ हजार नागरिकलाई गस्ती गरी सावधानी अपनाउन भनेका छन् ।

अन्हुई मौसम विज्ञान केन्द्रका अनुसार, आगामी २४ घन्टा देखि सोमबारसम्म, याङ्जे नदीको किनार र दक्षिणी क्षेत्रमा भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ ।

चीनको याङ्जी नदीले २०२४ को बाढीको सबैभन्दा धेरै अनुभव गरिरहेको छ ।

मन्त्रालयले अन्हुई, जियाङ्सी, हुबेई र हुनान प्रान्तमा आपतकालीन बाढी प्रतिक्रिया स्तर तेस्रो स्तरमा बढाएको छ भने बाढी राहत प्रयासका लागि मार्ग निर्देशन प्रदान गर्न तत्काल चार अतिरिक्त कार्य टोली पठाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गुजरात विमानस्थलको छत भत्कियो

   असार १६, २०८१       admin

गुजरात,१५ असार । गुजरातको राजकोट विमानस्थलको क्यानेपीको एक भाग भत्किएको छ । विमानस्थल बाहिर भारी वर्षा भएपछि क्यानोपी भत्किएको हो ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार खसेको थियो । शनिबार पनि यस्तै घटना दोहोरिएको छ।

गुजरातको राजकोट विमानस्थलबाहिर भारी वर्षापछि क्यानोपीको एक भाग भत्किएको हो । यस दुर्घटनामा कोही घाइते भएको खबर छैन र मर्मत कार्य जारी छ।

दिल्ली एयरपोर्टको टर्मिनल–१ बाहिर शुक्रबार छत खस्दा एक जनाको मृत्यु भएको छ । त्यसपछि भने टर्मिनल–१ बाट उडान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकार विरोधी आन्दोलनमा ३० जनाको मृत्यु

   असार १६, २०८१       admin

केन्या,१५ असार। केन्यामा सरकार विरोधी आन्दोलनमा ज्यान गुमाउनेको सँख्या ३० पुगेको छ ।

पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ ।

केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ह्युमन राइट्स वाचका सहयोगी अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्य बिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मदिरा सेवनबाट मृत्यु हुनेको सँख्या ६३ पुग्यो

   असार १४, २०८१       admin

बेंगलोर,१३ असार। दक्षिणी भारतको एक सहरमा मदिरा सेवनबाट मृत्यु हुनेको सँख्या ६३ पुगेको छ ।
भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ भने तमिलनाडू राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो ।

घटना गत साताको भएपनि प्रहरीले बिहिबार मात्रै जानकारी गराएको छ । उक्त घटनाले गाउँ नै स्तव्ध भएको छ ।
तमिलनाडू राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्थरमा बनेको मदिरा पिएकामध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् ।

यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख रजत चतुर्वेदीले घातक मदिरा पिएका १ सयभन्दा बढी व्यक्तिलाई सुरूमा अस्पताल लगिएको जनाकारी दिए ।

तमिलनाडूका राजनीतिक दलसँग सम्बद्ध सांसदहरूले मदिराका कारण धेरै व्यक्तिको मदिरा सेवन गरेका कारण मृत्यु भएको भन्दै बुधबार मुख्यमन्त्रीको राजिनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि राज्यसभा (विधायिका) बाट निष्कासित भएका छन् ।
कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनेर काम गर्नु अघि पिउँथे । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दिल्लीका मुख्यमन्त्री केजरीललाई सीबीआईले पक्राउ गर्यो

   असार १३, २०८१       admin

काठमाडौँ,१२ असार। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको छ ।

कथित मदिरा नीति घोटाला प्रकरणमा सीबीआईले बुधबार बिहान राउज एभिन्यू कोर्ट ९ट्रायल कोर्ट)बाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सीबीआईले मंगलबार राति ९ बजे तिहार जेलमा गएर मदिरा नीतिमा भएको भ्रष्टाचारबारे सोधपुछ गरेको थियो।

ईडीले उनलाई सोही आरोपमा मार्च २१ मा पक्राउ गरेको थियो। उनी पछिल्लो ८७ दिनदेखि तिहार जेलमा छन् ।

पक्राउ परेपछि केजरीवालले सर्वोच्च अदालतमा दायर जमानत फिर्ता लिएका छन्।

एभिन्यू कोर्टले उनलाई मनी लान्ड्रिङ मुद्दामा जुन २० मा जमानत दिएको थियो। तर, त्यसविरूद्ध ईडी उच्च अदालत पुगेको थियो । उच्चले उक्त आदेशलाई खारेज गरेको छ ।त्यसविरूद्ध केजरीवालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology