दाङ। दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि ईपीएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।
कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् । सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा ९पुरानो सामान बटुल्ने छान्नेमा० १०० जना तोकिएको छ । यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड ९प्रतिबद्ध पुनः प्रवेश० श्रमिक आउनेछन् ।
अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । ४२ वर्षीय राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उहाँले घरबाट नै काम गरिहरनुभएकाे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् ।
बाइडेनले आफ्नो कार्यकालको सुरुवाती महिनामा महामारी नियन्त्रणको पहल हुने बताएकाे बीबीसीले जनाएको छ । उनले यसअघि अमेरिकामा रहेका सबैलाई एक सय दिनसम्म मास्क लगाउन आग्रह गरेका थिए ।
मङ्गलबार नै अमेरिकी नियामकले फाइजर र बायोटेकको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । खाद्य तथा औषधि निकाय एफडीएले सुरक्षाका कारण फाइजर र बायोटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको छ । औपचारिक निर्णयका लागि एफडीएले बिहीबार बैठक गर्दैछ ।
यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । -एजेन्सी
२२ सय व्यक्ति फरार सूचिमा
दाङ। बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ ।
फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ । पहिलो खोप लगाएकी ९० वर्षीया महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएकोमा गर्व लागेको बताएकी छिन् ।
फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइने छ । यो खोप लाखौँ जनामा प्रयोग हुने बीबीसीले जनाएको छ । कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोग गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ । दुई दिनको अवधिमा हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
स्थानीय समयानुसार सोमबार साँझबाट प्रदर्शन शुरु भएको थियो । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । कम्पाला शहरबाट ३०० जनालाई पक्राउ गरिएको त्यहाँको नगर प्रहरीले जनाएको छ ।
प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई पनि बिहीबार हिरासतमा लिएको छ । त्यसपछि प्रदर्शन थप हिंसात्मक भएको हो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।
राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्वन्द्वी हुन् । युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी विपक्षी राजनीतिक दलको नेता हुन् ।
प्रहरीले बोबी वाइनलाई पक्राउ गरेपछि बिहीबार उनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर र कतिपय भौतिक संरचनामा आगजनी गरेर विरोध प्रदर्शन गरिरहेका छन् । – एजेन्सी
२२ सय व्यक्ति फरार सूचिमा
विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १३ लाखभन्दा धेरैको ज्यान गएको छ । चीनको वुहानबाट गएकाे वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १३ लाख ८ हजार बढीले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसबाट विश्वभर गरी ५ करोड ३७ लाख व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ७५ लाख कोरोना मुक्त भएका वल्ड्रोमिटरकाे तथ्याङ्क छ ।
२२ सय व्यक्ति फरार सूचिमा
युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गएको मार्च महिनामा कडा लकडाउन गरे पनि मे महिनामा खुकुलो बनाएको थियो ।
युक्रेनमा अहिलेसम्म पाँच लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने कोरोना भाइरसको सङ्क्रमणका कारण नौ हजारभन्दा धेरैको ज्यान गएको छ । – एजेन्सी
२२ सय व्यक्ति फरार सूचिमा
ढाका : मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ। नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।
कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ। ती खेलाडीको अवस्था सामान्य रहेको छ। कोरोना देखिए पनि उनले बङ्गलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। नेपालले शुक्रबार बङ्गलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले अर्को खेल आगामी मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ।
नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो। त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। बङ्गलादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले सन् २०१८ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बङ्गलादेशसँग खेलेको थियो। त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो। बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बङ्गलादेशको ढाकामा रहेका अन्नपूर्ण पोस्टमा खबर छ।
२२ सय व्यक्ति फरार सूचिमा
फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ ।
आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको छ ।
फ्रान्समा पछिल्लो दिनयता कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएको छ । त्यहाँ हिजोमात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ ।
राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताउनुभयो । उहाँले एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गर्नुभएको हो । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस