सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

   फागुन ०३, २०८१       admin

दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले शिक्षा मात्र नभई संस्कार, भाषा र अनुशासन सिकाउन जरुरी रहेको उल्लेख गरे। अभिभावक बालबालिकाको पहिलो शिक्षक भएको बताउदै परिवारबाटै असल संस्कारको बिकास गराउन आग्रह गरे। पछिल्लो समय बालबालिकाहरू मोबाइलको लतमा फस्दै गएको र यसले मानसिक समस्या निम्त्याउन सक्ने भन्दै यसप्रति अभिभावक सचेत हुनुपर्ने बताए।

“घर भनेको संस्कार, अनुशासन र जिम्मेवारी सिकाउने थलो पनि हो। अनि अभिभावक पहिलो शिक्षक हुन्, जसले आफ्नो सन्तानलाई सही मार्गदर्शन दिनुपर्छ। उनले भने-“मोबाइलको दुरुपयोगले बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ, जसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ।”

उनले बालबालिकालाई उत्पादनशील बनाउन विद्यालय शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए। विद्यालयहरुले प्राविधिक शिक्षामा ध्यान नदिदा विश्व बजारमा नेपाली युवाहरुले श्रम बेच्न बाध्य भएको बताउदै नेपालको माटोमै घुलमिल हुन सक्नेखालको शिक्षा अहिलेको आवश्यकता रहेको औल्याए।

“हाम्रो शिक्षा प्रणाली यस्तो हुनुपर्छ, जसले विद्यार्थीलाई नेपालमै अवसर दिलाओस्। प्राविधिक तथा व्यवसायिक शिक्षा दिन नसक्दा हाम्रा जनशक्ति विदेश भौतारिन बाध्य छन् । उनले भने-“हामी विदेशीएको प्रतिफलमा मख्ख छौं ,तर यसले परिवार अलग्याएको छ, राष्ट्रियता हराएको छ, संस्कार संस्कृति हराएको छ,खोइ हामी संवेदनशील बनेको ?”

विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल छविकुमार ओलीले विद्यार्थीहरूको इच्छा चाहना र आवश्यकता अनुसार पठनपाठनका क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताए।

विद्यार्थीहरूलाई उत्पादनशील बनाउनका लागि विभिन्न उपायहरु अवलम्बन गर्दै अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको जानकारी दिए। विद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिँदै विद्यार्थीहरूलाई आयआर्जनमुखी बनाउन विभिन्न शिपयुक्त कक्षाहरू समेत सञ्चालन गर्दै आएको उनको भनाइ थियो।

यस्तै उनले विद्यालयको भाव योजनाबारे प्रष्ट पारेका थिए। विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले निकट भविष्यमै प्लस टु, मन्टेश्वरी शिक्षा र आधुनिक पुस्तकालय सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए।

प्रधानाध्यापक वलीका अनुसार विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिंदै आएको छ। विद्यार्थीहरूले विभिन्न समयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा सहभागी भई विभिन्न वस्तु उत्पादन गरी ती उत्पादित वस्तुलाई बिक्री वितरण गरेर आर्थिक लाभ समेत उठाएका छन्। यस्ता खाले प्रयोगात्मक शिक्षालाई विद्यालयले निरन्तर आयोजना गर्दै आएको प्रिन्सिपल ओलीको भनाइ थियो ।

विद्यालयको मुख्य ध्यय संस्कारसहितको शिक्षा रहेको भन्दै राष्ट्रियता झल्कने कला संस्कृति र परम्परालाई विद्यालयका हरेक क्रियाकलापमा अवलम्बन गर्दै आएको उनले जानकारी गराए। विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न पक्षहरुसँग छलफल गर्दै अगाडि बढिरहेको समेत जानकारी दिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा समेत व्यक्त गरे। शैक्षिक गतिविधि मात्र नभई विद्यार्थीहरूको इच्छा चाहना दक्षता र क्षमता अनुसार विभिन्न अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरी बालबालिकाको चौतर्फी विकासमा विद्यालयले सञ्चालन गर्ने गतिविधिहरू प्रशंसनीय भएको उनीहरूको भनाइ थियो।

वार्षिकोत्सव कार्यक्रममा विभिन्न साँस्कृतिक तथा शिक्षामूलक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मजगैयाले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समुदायका कला संस्कृति झल्कने गायन तथा नृत्य एवं नाटक प्रस्तुत गरेका थिए। यसैगरी विभिन्न सिर्जनात्मक कला प्रदर्शनी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सक्सेस एक्स्पो २०८१: गुणस्तरीय र सामाजिक शिक्षामा जोड

   फागुन ०२, २०८१       admin

दाङ,२ फागुन। दाङको तुलसीपुरमा रहेको सप्तरङ्गी इङलिस मिडियम स्कुल (सक्सेस)ले सक्सेस एक्स्पो २०८१ सम्पन्न गरेको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रदर्शनी गर्ने उदेश्यले विद्यालयले उक्त एक्स्पो आयोजना गरेको थियो। एक्स्पोमा विद्यार्थीहरुले राष्ट्रियता झल्काउने विभिन्न सिर्जनाहरु प्रदर्शनी गरेका थिए।
भौगोलिक विविधता,सामाजिक तथा सांस्कृतिक रुपमा विश्व सम्पदाको सुचीमा परेका चिनारी, मुलुकको धार्मिक सांस्कृतिक र परम्परागत विविधता झल्कने कलाहरू प्रदर्शन गरेका थिए। एक्सपो मार्फत आफ्ना प्रतिभाहरू देखाउन पाउँदा विद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको मानव सेवा आश्रमलाई २१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि तुल्सीपुर उपमहानगरपालिकाका सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले अहिलेको समयमा विद्यालयहरुले शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता उल्लेख गरे।

, “अभिभावकहरूले सस्तो शुल्क भएकोले बोर्डिङ स्कुल रोजेका होइनन्, उनीहरू गुणस्तरीय शिक्षा चाहन्छन्। उनले भने -” गरिखान सक्ने, भविष्य निर्माण गर्न सक्ने शिक्षा चाहिन्छ।”

रावतले थपे, “६८ वटा संस्थागत विद्यालयहरूको साझा उद्देश्य भनेको गुणस्तरीय शिक्षा हो। यदि हामीले प्रतिस्पर्धा गर्न सकेनौं भने बालबालिकाको भविष्य निर्माणमा पछि पर्न सक्छौं। आज विद्यार्थीहरूले पनि आफूलाई प्रतिस्पर्धात्मक बनाउनु आवश्यक छ।”

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्ता केसी, पर्यटन शाखा अधिकृत झरेन्द्र खरेल तुलसीपुर नगर जेसिज का निवर्तमान अध्यक्ष पूर्णविक्रमडागी लगायतले परिवार व्यवस्थापनको कुरा कक्षा कोठाबाटै सिकाउन आवश्यक रहेको बताएका थिए।

बालबालिकाहरूमा सामाजिक भावको विकास गर्न र जीवन उपयोगी शिक्षा दिन सक्नुपर्ने बताए। यसैगरी शिक्षा र संस्कृतिको विकास बालबालिकामा गराउनका लागि अभिभावकको भूमिका महत्त्वपूर्ण रहने उनीहरूको भनाइ थियो।

मानवीय सेवा सबैभन्दा उत्कृष्ट कर्म भएको भन्दै आश्रमलाइ गरेको सहयोग प्रती मानव सेवा आश्रमका शाखा प्रमुख हिरु जोशीले आभार व्यक्त गरे। उनले विद्यालय तहबाटै सामाजिक सेवाप्रती विद्यार्थीहरुको भावना जागृत गर्न सक्नुपर्छ बताए।

विद्यालयका सञ्चालक ललित जंग शाहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत विद्यालय कोर्डिनेटर बिमल नेपालले गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक गोपाल गिरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव

   फागुन ०१, २०८१       admin

दाङ, १ फागुन । हिमाल एकेडेमी तुलसीपुर दाङले २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विविध कार्यक्रम गरेर विद्यालयले वार्षिकोत्सब मनाएको हो ।

विद्यालय सञ्चालक समिति सदस्य गणेश अधिकारीको अध्यक्षतामा तथा राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सबको समापन कार्यक्रम भएको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य वलीले दक्ष जनशक्ति उत्पादनमा विद्यालय मात्र नभई अभिभावकहरू जिम्मेवार हुनुपर्ने बताइन । उनले बालबालिकाको अध्ययनको लागि घरमै पनि अनुकूल वातावरण तयार हुनु पर्ने बताइन ।

‘बच्चाहरूलाई विद्यालयमा मात्र पढाएर हुँदैन ।’ घरमा पनि पढ्न प्रेरित गर्न अभिभावकले पहल गर्नुपर्छ ।’ उनले भनिन ।

राष्ट्रिय परीक्षा बोर्ड घोराही कार्यालयका प्रमुख कमल अर्यालले योग्य जनशक्ति उत्पादन गर्न अभिभावकले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले शिक्षकको स्थायित्वले शिक्षाको गुणस्तरमा सुधार गर्ने विश्वास व्यक्त गरे ।

प्रधानाध्यापक मधुसुदन केसीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै हिमाल एकेडेमीमा झन्डै साढे दुइहजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।
यहाँ अध्ययन गरेका विद्यार्थीहरु सयौले रोजगारी प्राप्त गरिसकेका छन् ।

‘हामी विद्यार्थीलाई केवल प्रमाणपत्र दिने होइन, उनीहरूलाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छौँ ।’ केसीले भने।

अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति हिमालको उत्पादन छ । माघ २८ गतेदेखि सुरू भएको वार्षिकोत्सव कार्यक्रममा विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम गरिएको हो ।

वार्षिकोत्सवको समापन समारोहमा सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक भिमलाल मरासिनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमालको खेल सप्ताह : ब्लु हाउसलाई ‘हिमाल ट्रफी’

   माघ २८, २०८१       admin

माघ २८ दाङ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताह हिमाल रनिङको बिजेता ब्लु हाउस भएको छ ।

विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र ९ कास्य पदक हात पार्दै ब्लु हाउसले हिमाल ट्रफी २०८१ जितेको हो ।
त्यस्तै ग्रीन हाउस ८ स्वर्ण,६ रजत, ८ कास्य पदकका साथ दोस्रो,रेड हाउस ४ स्वर्ण,७ रजत,४ कास्य पदक हात पार्दै तेस्रो भयो । भने एल्लो हाउस ४ स्वर्ण,४ रजत र ५ कास्य पदक साथ सान्त्वना भएको विद्यालयका सहायक प्रिन्सिपल ए मुकेश कुमारले जानकारी दिए । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लस टु छात्रा तर्फ स्मृति चौधरी, छात्रमा दिनेश चौधरी,मावि छात्रा तर्फ रेणुका चौधरी,छात्रमा बाबुराम चौधरी,निमावि छात्रा तर्फ आयुष्मा वलि र छात्रमा प्रनिस बिष्ट सर्बोउत्कृष्ट खेलाडी घोषित भए ।

विद्यालयका प्रिन्सिपल मधुसुन केसीको अध्यक्षता तथा लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य मुक्तिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यथामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभुषा कला सस्कृती झल्कने नृत्य, मार्सल आर्ट तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । सो अवसरमा बिजेता हाउस तथा खेलाडिलाई पुरस्कार, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक सनोद थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरस्वती माविमा अक्षयकोष स्थापना

   माघ २३, २०८१       admin

दाङ, माघ २३ । दाङको घोराही उपमहानगरपालिका–१५, सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय, भरतपुरमा अक्षयकोष स्थापना गरेका छन् ।

बमबहादुर डाँगीका पूज्यनीय पिता स्वर्गीय कमानबहादुर डाँगी र आमा भक्तकुमारी डाँगीको सम्झनामा “बम–पूर्णिमा” अक्षयकोष स्थापना गरिएको हो।

५१ हजार रुपैयाँको सो अक्षयकोषबाट प्राप्त ब्याजको ६० प्रतिशत रकम एसईई परीक्षामा अंग्रेजी विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई र बाँकी ४० प्रतिशत दोस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कारस्वरूप प्रदान गरिनेछ।

विद्यालयमा बुधबार आयोजित कार्यक्रममा अक्षयकोषको रकम विद्यालयका प्रधानाध्यापक बसन्त पौडेललाई हस्तान्तरण गरिएको थियो।

अक्षयकोषलाई व्यवस्थित गरी आगामी शैक्षिक सत्रदेखि पुरस्कार वितरण सुरु गरिने विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्योतिपुन्जमा सरस्वतीको मन्दिर निर्माण

   माघ २१, २०८१       admin

दाङ,२१ माघ । दाङको घोराही उपमहानगरपालिका–२, रामपुरस्थित ज्योतिपुन्ज मोडेल इङ्लिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ। सरस्वती पूजाको अवसर पारेर सोमबार नवनिर्मित मन्दिरमा वैदिक विधि अनुसार सरस्वती देवीको मूर्तिको प्राणप्रतिष्ठा गरिँदै पूजापाठको शुभारम्भ गरिएको छ।

विद्यालय परिसरभित्र हरियाली पार्कसँगै स्थापना गरिएको मन्दिरमा विद्यार्थीहरूले पूजा गरेको ज्योतिपुन्ज एजुकेसन ग्रुपका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए। पढाइसँगै संस्कार, नियमित पूजापाठ जस्ता सकारात्मक अभ्यास सिकाउने उद्देश्यले मन्दिरको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक शिव भण्डारीले बताए।

यसै अवसरमा, ज्योतिपुन्ज मोडेल रामपुर र ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालय घोराहीमा बालबालिकाहरूको वैदिक विधि अनुसार अक्षरारम्भ कार्यक्रमसमेत सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक बुद्धिराज अधिकारीका अनुसार सोमबार विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थितिमा सरस्वती पूजा एवं अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय प्रशासनले शिक्षासँगै संस्कारयुक्त वातावरण सिर्जना गर्न सरस्वती मन्दिर उपयोगी हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यालय समाज रूपान्तरणको जग हो: पोखरेल

   माघ २१, २०८१       admin

दाङ,२१ माघ। नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले विद्यालयलाई समाज रूपान्तरणको जग भएको बताएका छन्।

हिन्दू विद्यापीठ नेपाल, घोराही दाङको ३३औँ वार्षिकोत्सव तथा सरस्वती पूजा कार्यक्रममा बोल्दै उनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउँदा शैक्षिक गुणस्तरमा वृद्धि हुने बताए।

उनले हिन्दू विद्यापीठ स्कुलले संस्कार, संस्कृति र राष्ट्रियता जागरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा गरे।

विद्यालय सञ्चालक समितिका सदस्य रामदयाल गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ योगी, प्याब्सन घोराही नगरका सचिव बिमल भण्डारी, शिक्षक अभिभावक समन्वय समितिका अध्यक्ष गिरिराज लम्साल, विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजाल, विद्यार्थी जेशिका गुप्तालगायतले मन्तव्य व्यक्त गरे।

कार्यक्रममा रेबता योगी छात्रा पुरस्कार कक्षा १० की छात्रा जेशिका गुप्तालाई नगद ५ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो। त्यसैगरी, खगराज-शारदा लोहनी प्रतिभा पुरस्कार कक्षा १० की छात्रा अनु शर्मालाई पनि नगद ५ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यालयमा ‘लेभल उत्कृष्ट’ र ‘कक्षा उत्कृष्ट’ छात्रछात्रालाई समेत पुरस्कृत गरिएको थियो। साथै, विज्ञान प्रदर्शनी, गीत, नृत्य, कविता र चित्रकलाका विभिन्न प्रस्तुति प्रस्तुत गरिएका थिए।

कार्यक्रममा उत्कृष्ट शिक्षक पुरस्कार मण्टेस्वरी प्रमुख पुष्पा रावतलाई प्रदान गरिएको थियो भने अभिभावक कुर्सी दौडका विजेतालाई पनि पुरस्कृत गरिएको थियो। विद्यालयका शिक्षक राज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी शिला बुढाथोकी र निर्दोष विश्वकर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति मावि प्रथम

   माघ १, २०८१       admin

माघ १९, दाङ – दाङ तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।

दाङका विभिन्न विद्यालयका विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा ५६ टिमलाई पछि पार्दै ज्ञान ज्योति माध्यमिक विद्यालयका कक्षा १२ का दिपक कुमार राणा र लेजिङ डाँगीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेका हुन्।

प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरूले नगद १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको विद्यालयका विज्ञान संकाय कक्षा ११ का को-अर्डिनेटर जितेन्द्र बस्नेतले जानकारी दिए।

यसअघि पनि गत महिना दाङमा कलेज रिडर्स काठमाडौँले सञ्चालन गरेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो।

ज्ञान ज्योति माध्यमिक विद्यालय दाङ जिल्लाको एक प्रतिष्ठित शिक्षण संस्थानका रूपमा परिचित छ। विद्यालयले गुणस्तरीय व्यवस्थापनका साथै विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीवन शैलीसंग जोडिने शिक्षा दिनु पर्छ : पूर्व मुख्यमन्त्री चौधरी

   माघ १, २०८१       admin

दाङ, १९ माघ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अबको शिक्षा जीवन शैलीसंग जोडिने खालको शिक्षा हुनु पर्ने बताएका छन । शिक्षालाई संस्कृति र जीवनशैलीसँग जोडेर लैजानुपर्ने  भन्दै पूर्व मुख्यमन्त्री चौधरीले घोगन्ते शिक्षा हटाउनु पर्ने बताए ।

तुलसीपुरमा रहेको ग्रेट अरनीको माध्यमिक विद्यालय तुल्सीपुरको २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन । उनले  शिक्षा सिप मुलक हुनु पर्ने,  संस्कारी परम्परागत संस्कृति जीवनशैलीसँग जोडिएको  शिक्षा दिनुपर्ने बताए । उनले घोगन्ते  विद्या भन्दा पनि सिपमुलक क्षिक्षा , परम्परा, संस्कृति र आम बर्ग क्षेत्रको जीवन शैलीसंग जोडिएको हुनु पर्ने बताए ।  सबै क्षेत्रमा बिक्न सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताए ।  विद्यालयहरूले अबको शिक्षा संस्कृतिसँग जोड्नुपर्ने परम्परागतसँग जोड्नुपर्ने जीवनशैलीसँग जोड्नुपर्ने बताए ।

यस विद्यालयबाट उत्पादित जनशक्ति विभिन्न क्षेत्रमा नेतृत्व गर्न सक्षम भएको भन्दै आगामी उत्पादन पनि त्योभन्दा अझ परस्कृत र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।  शिक्षा क्षेत्रमा शिक्षा क्षेत्रमा फरक पहिचान बनाएको विद्यालय विभिन्न क्षेत्रमा उत्कृष्टता  प्रदान गरेको आफूले देखेको समेत बताए ।
विद्यालय संचालक समितिका अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत,प्रबक्ता  माधव ओलीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम  भएको थियो । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद देवकोटाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रमुख सल्लाहकार विष्णुप्रसाद आचार्यले समग्र अवस्थाको विषयमा चित्रण गराएका थिए ।

कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष , तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव केशवराज केसी सामुदायिक विद्यालयको तर्फबाट माधव भट्टराई , पूर्व विद्यार्थी समाजका अध्यक्ष पूर्णविक्रम डाँगी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रोग्राम कोर्डिनेटर नेत्रलाल भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जानु पर्दैन’:मुख्यमन्त्री आचार्य

   माघ १८, २०८१       admin

रुपन्देही,१८ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जाने सपनाको आवश्यकता नपर्ने बताएका छन्।

न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवल–११ को ३५औं वार्षिकोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वदेशमै अवसर सिर्जना गर्न सकिने बताउँदै नवप्रवर्तन (इनोभेसन) को क्षेत्रमा काम गर्न विद्यार्थीहरूलाई प्रेरित गरे।

मुख्यमन्त्री आचार्यले भने, “विद्यार्थीहरूले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जाने सपना देख्नुपर्दैन। आफ्नै देशको भूमिमा अवसर सिर्जना गर्न सकिन्छ। देशलाई तपाईंहरूको योगदानको खाँचो छ।”

उनले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधार्न विशेष योजना बनाएर अघि बढिरहेको जानकारी दिँदै पठन संस्कृति, अनुसन्धान र खोजमूलक शिक्षालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्षको जिम्मेवारी आवश्यक रहेको उनले बताए।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले शिक्षामा आमूल परिवर्तन गर्ने लक्ष्य लिएको छ। उनले निजी क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षाको विकासलाई अघि बढाउने स्पष्ट पारे।

मुख्यमन्त्री आचार्यले न्यू होराइजन विद्यालयले शैक्षिक मात्र नभई विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

उनले लुम्बिनी प्रदेशबाटै गुणस्तरीय शिक्षा प्रदान गरी उत्कृष्ट नतिजा निकाल्न विद्यालय सफल भएको उल्लेख गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूले न्यू होराइजनबाट धेरै सिक्न सक्ने धारणा राखे।

वि.सं. २०५६ सालदेखि २०८१ सम्म विद्यालयले विभिन्न परीक्षा र चुनौतीहरू पार गर्दै आफूलाई सर्वोकृष्ट स्थानमा उभ्याउन सफल भएको जानकारी सो अवसरमा गराइएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology