रोकियो मावि सेन्टरको शैक्षिक पूर्वाधार निर्माण

   भदौ २०, २०८१       admin

प्रहरी–विद्यालय जग्गा विवाद

दाङ, २० भदौ । जिल्लाकै नमुना र उत्कृष्ट विद्यालयको रुपमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा पूर्वाधार अभावले पठन पाठनमा समस्या भएको छ । विद्यालयमा भएका पूर्वाधारले विद्यार्थी चापको व्यवस्थापन गर्न समस्या भए पछि नयाँ पूर्वाधार निर्माणमा जुटेको विद्यालयले नयाँ निर्माण पुरा गर्न नपाउदा विद्यार्थीलाई कक्षा कोठा व्यवस्थापन र पठन पाठनमा समस्या झेल्दै आएको छ ।

विद्यालयले स्थापना कालदेखि (२०२७ देखि) भोग चलन गर्दै र पूर्वाधार निर्माण गरि पठन पाठन समेत सञ्चालन गर्दै आएको संरचना भत्काएर नयाँ संरचना निर्माण गर्दै गर्दा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले निर्माण रोकिदिए पछि विद्यालयमा अहिले कक्षा व्यवस्थापनमा समस्यामा रहेको हो । विद्यालयले स्थापना कालदेखिनै भोगचलन र उपभोग गर्दे आएको झण्डै साढे ५ कट्ठा जग्गामा नेपाल प्रहरीले आफनो दावी गर्दै पूर्वाधार निर्माणकार्य २ वर्षदेखि रोक्दै आएको छ । यो अवस्था आउदा पूर्वाधार पनि निर्माण हुन सकेको छैन र विद्यार्थीहरुलाई समेत कक्षा कोठाको सहज अवस्था हुन सकेको छैन, विद्यलायलय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि रहेका नरेश वलीले भने, म विद्यालयमा सरुवा भएर आउँदा देखिने उक्त जग्गा विद्यालयले नै उपयोग गर्दै आएको छ । तर अहिले प्रहरीले आफनो भनेर विद्यालयमा दावी गरेको छ ।

माध्यामिक विद्यालय तुलसीपुर सेन्टर २ विगाह क्षेत्रफलमा रहेको छ । यहाँ १ देखि १२ कक्षासम्मको अध्ययन अध्यापन हुन्छ भने दुई हजार ५ सय विद्यार्थी अध्ययनरत रहेका छन, विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले भने, कक्षा कोठा नहुदा व्यवस्थापनमा हामीलाई समस्या भइसक्यो । दुई वर्षदेखि विद्यालय भवन अलपत्र रहेको छ, कक्षा कोठा अभाव छन, भवन निर्माणका लागि आएको रकम सहेत फ्रिज भएर गएको छ पौडेलले भने स्थापनादेखि भोग चलनमा आएको जग्गामा किन र कसरी यस्तो अवस्था आयो । उनले पूर्वाधार निर्माण रोकिदा र प्रत्यक्ष रुपमा नेपाल प्रहरीले लुम्बिनी प्रदेश कार्यालयले अवरोध गर्दा विद्यालय समस्यामा प¥यो, बाललालिकाहरु पढ्नबाट बञ्चित हुन थाले । उनले यो विषयको समाधानका लागि प्रधानमन्त्री, शिक्षा मन्त्री, गृहमन्त्री, प्रहरी, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेतागण सबैमा समाधान खोजिदिन अनुरोध गरेको बताए । सबैले पहल गछौ भन्नु भएको छ हामी पूर्ण आशमा रहेका छौ, उनले भने छिटो सहजता बनाई दिनु भयो भने विद्यालयलाई सञ्चालन गर्न सजिलो हुन्थ्यो ।

विद्यालयको समस्या समाधानको लागि पूर्वदेखि वर्तमानसम्म सरकारका सहभागि सबैसंग हार गुहार गरिएको उनको भनाई छ । ५३ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा अहिले पनि विद्यालयले भोगचलन गर्न पाउनु पर्ने विद्यालयले माग गर्दे आएको छ । तत्कालिन अवस्थामा विद्यालयले भोगचलन गरेको जग्गा नाँपजाच गर्नु पर्दैन भनेर भनिएका कारण केहि नगरेकोले अहिले यो अवस्था आएको विद्यालयका संस्थापनहरुले बताएका छन । प्रहरीले भने आफनो नाममा रहेको जग्गा विद्यालयलाई दिन नसकिने तर्क गर्दै आएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी माधव श्रेष्ठले समन्वयबाट नै समाधान हुनु पर्ने विषय जटिल बन्दै गएको बताए । अभिलेखले प्रहरीको जग्गा स्कुलमा गएको देखाउछ, उनले भने यो समाधानको लागि समन्वय आबश्यक हो त्यो हुन सकेको छैन । प्रहरीले आफनो जग्गा संरक्षण गर्न, मातहतमा लिन खोजेर अदालतमा समेत पुगेको अवस्था छ, उनले भने, निर्णय नआउँदासम्म यसै भन्ने अवस्था रहदैन ।
पूर्व मन्त्रीहरु एमालेका महासचिव शंकर पोख्रेल र काग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक गिरीले जग्गाको समस्या समाधानको लागि आफ्नो क्षेत्रबाट सक्दो पहल र प्रयास गर्ने बताएका छन । गिरीले स्थलगत निरीक्षण गरि जग्गा विद्यालयलाई आबश्यक रहेको र यसको लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत जनाएका हुन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमालमा नयाँ विद्यार्थीलाई स्वागत

   भदौ १४, २०८१       admin

दाङ,१४ भदौ । हिमाल एकाडेमी तुल्सीपुर दाङमा कक्षा ११ मा अध्यनरत विद्याथीलाई स्वागत गरिएको छ । विद्यालयमा कार्यक्रमको आयोजना गरि स्वागत गरियको हो ।
विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीको सभापतित्वमा तथा लोकराज पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी पराजुलीले बिद्यार्थीमा अनुसासन , नैतिकता, इमान्दारिता देशप्रेमको भावना जागृत हुने शिक्षा आजको आबस्यकता भएको बताए । उनले अबको शिक्षा बजारमा बिक्ने हुनुप्रने बताउदै तर त्यस तर्फ जान नसकेको बताए ।कार्यक्रममा सहायक प्रधानाध्यापक मुकेश कुमार, शिक्षक भिमलाल मरासिनी लगाएतकाली शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कक्षा १२का बिधार्थीहरुले गित नृत्री, गजल मुक्तक, कबिता प्रस्तुत गरेका थिय ।

विभिन्न खेलकुद कार्यक्रम मा पुरस्कृत छात्र छात्रालाई सोही अबसरमा पुरस्कार प्रदान गरिएको थियो । छात्रा कृशा जिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण छात्रा मुना पाण्डे र छात्र समीर सेन ठकुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कर्मचारी युनियनद्वारा पाठशालालाई सहयोग

   भदौ १४, २०८१       admin

दाङ,१४ भदौ । नेपाल निजामती कर्मचारी युनियन दाङले घोेराही उपमहानगरपालिका–७ शुक्रवारमा रहेको उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई सहयोग गरेको छ ।

युनियनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई आर्थिक सहयोग गरेको हो । गुरुकुललाई थोरै भएपनि सहयोग मिलोस भन्ने उद्देश्यले कर्मचारी युनियन दाङ अध्यक्ष श्रीधर अधिकारीलगायतले गुरुकुलका संचालक प्रकाश भट्टराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।नेपाल निजामती कर्मचारी युनियनले भदौको १९ गते युनियन स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष पनि नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको निजामती कर्मचारी युनियन दाङका सचिव बीरबहादुर राम्जा पुनले जानकारी दिएका छन् । सोही कार्यक्रमअन्तर्गत पहिलो गुरुकुल संस्कृत पाठशालालाई सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा युनियन दाङका पदाधिकारी तथा पाठशालामा अध्ययनरत बटुकहरुको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कर्मचारी युनियनले भदौ १५ गते शनिवार राप्ती गाउँपालिका–८ मा रहेको नीलसागर मानव सेवा आश्रमलाई, १७ गते घोराही उपमहानगरपालिका–१७ चौघेरा स्थित गोरक्ष रत्ननाथ मठको योगी प्रभातनाथ कला प्रतिष्ठानका छात्र÷छात्राहरुलाई सिप विकासका लागि आर्ट सामाग्री उपलब्ध गराउने भएको छ ।

त्यसैगरी भदौको १९ गते घोराहीस्थीत जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदानप्रदान, नवप्रवेशी राष्ट्रसेवक कर्मचारीहरुलाई स्वागत एवम् निवृत राष्ट्र सेवकहरुलाई विदाई तथा दाङ रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको युनियन दाङका सचिव पुनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मेरिगोल्ड स्कुलमा जुनियर रेडक्रस सर्कल गठन

   भदौ १४, २०८१       admin

दाङ १४ भदौ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।

विद्यालयका छात्र प्रतीक खनालको अध्यक्षतामा १३ सदस्य जुनियर रेडक्रस सर्कल गठन गरिएको हाे । जसको उपाध्यक्षमा सिर्जना बुढाथोकी, सचिवमा सीता सुनार, सह-सचिवमा निता केसी कोषाध्यक्षमा बिपना छन्त्याल सह-कोषाध्यक्षमा संक्रान्त खड्का सदस्यहरूमा एन्जल केसी, प्रतीक्षा श्रेष्ठ, सनिसा भण्डारी, अविरल सुनार, पार्शबी विष्ट दिपेन्द्र पराजुली र बबिन भट्टराई रहेका छन् ।

त्यस्तै गठन कार्यक्रममा विष्णु न्यौपाने शिक्षक नायक, रश्मी लामिछाने सह-शिक्षक नायक र प्रधानाध्यापक वासुदेव रिजाललाई संरक्षकको रुपमा चयन गरिएको छ ।

विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन नेतृत्व क्षमताको विकास गर्न, सामाजिक गतिविधि तथा समाज सेवामा क्रियाशील हुनका लागि जुनियर रेडक्रस सर्कल गठन गरिएको विद्यालयका भाइस प्रिन्सिपल सोमराज बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षक खत्रीलाई पालिकाको पुनः स्पष्टिकरण

   भदौ ०५, २०८१       admin

दाङ ,४ भदौ । माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो ।

पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै आज बुधबार पुनः पालिकाले स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।

सजाय दिन नपर्ने कारण भए शिक्षक खत्रीलाई तीन दिन भित्र चित्त बुझ्दो जवाफ दिन समेत पालिकाले भनेको छ । पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भारत बहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अबरोध गरेको शिक्षाका शाखाले जारि गरेको स्पष्टिकरण पत्रमा उल्लेख गरेको छ । पालिकाले शिक्षक खत्रीलाई भदौ २ गते स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेसंबिका उपकुलपति लामिछानेको राजीनामा

   भदौ ०२, २०८१       admin

दाङ , २ भदौ । नेपाल संस्कृत विश्वविद्यायलमा उपकुलपति यादवप्रसाद लामिछानेले राजीनामा दिएका छन । उनको राजीनामा कुलपती तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् ।


उपकुलपति लामिछानेले कुलपति रहेका प्रधानमन्त्रीसमक्ष साउन २७ गते राजीनामा दिएका थिए । उनको राजीनामा आइतबार  स्वीकृत भएको हो ।


संस्कृत विश्वविद्यालयमा उपकुलपति लामिछाने र कुल सचिव माधव अधिकारीबीच द्वन्द्व बढेपछि लामिछानेले राजीनामा दिएका हुन् ।

उपकुलपति लामिछानेले आफ्ना आसेपासेलाई नयाँ नियुक्ति र बढुवा गर्न थालेपछि कुल सचिव अधिकारीले सहमति दिएका थिएनन् । कर्मचारी भर्ना र बढुवामा अधिकारीले साथ नदिएपछि उपकुलपति लामिछानेले गत असार २७ मा अधिकारीलाई निलम्बन गरी कर्मचारी भर्ना र बढुवा गरेका थिए ।
कुलपति रहेका प्रधानमन्त्री ओलीले विनाकारण गरिएको कुल सचिव निलम्बनको निर्णय फिर्ता लिन भनेपछि उपकुलपति लामिछानेले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

   भदौ ०१, २०८१       admin

काठमाडौ,१ भदौ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्र सुरवात हुन भएकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई ७ सुझाव दिएको छ।

दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ।

विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा ११ का विद्यार्थीहरुलाई सम्मान

   श्रावण ३२, २०८१       admin

दाङ,३२ साउन । गुरुकुल एकेडेमी घोराहीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कक्षा १२ का छात्र अल्विन खड्काको अध्यक्षता एवम् का विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उनले विद्यालयको शैक्षिक गतिविधीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजाने बताए।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई आगामि दिनको शुभकामना मन्तव्य दिएका थिए । विद्यालयको शिक्षण सिकाइले शैक्षिक सफलताका लागि थप उर्जा मिल्ने बताइन । विद्यालयमा सिकेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको भविष्य बनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा कृष्णराज डिसि, विद्यालयका संयोजक महेन्द्र पौडेल , विद्यालयका प्लसटु बिज्ञान संयोजक अजय शाह, व्यबस्थापन संयोजक राजन अधिकारी , संस्कार प्रमुख भुगोल कवर मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कक्षा १२ का छात्रा एजिना अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा १२ प्रशंसा शर्मा , सृज्वल पौडेल र सन्दिप पौडेल र सिम्रन गिरीले गरेका थिए । नेपाली बिषयका विभागीय प्रमुख विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्नातक पढ्ने विद्यार्थीलाई नगरले भर्ना गरिदिने

   श्रावण २७, २०८१       admin

गुल्मी ,२७ साउन ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले स्नातक पढ्न चाहने विद्यार्थीलाई क्याम्पसमा भर्ना गरिदिने नीति लिएको छ ।
सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना नगर पालिकाले गरिदिने भएको हो । गरिदिने भएको हो । क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदिने नगरपालिकाले जनाएको छ ।


क्याम्पसमा विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले भर्ना शुल्क तिरिदिन लागेको हो । क्याम्पसले स्नातक प्रथम वर्षको भर्ना शुल्क ६ हजार १५० रुपैयाँ तोकेको छ । नगरपालिकाले यस वर्ष ३०० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको जनाएको छ ।


नगरपालिकाले यसअघि क्याम्पस आर्थिक संकटमा परेको भन्दै १ करोड रुपैयाँ सहयोग गरेको थियो । सदरमुकाम तम्घासमा समुदायबाट सञ्चालित क्याम्पसमा पछिल्लो समय विद्यार्थी भर्ना हुने दर घट्दै गएको छ । हाल रेसुङ्गा बहुमुखी क्याम्पसमा विभिन्न तहमा ७७९ जना विद्यार्थी अध्ययनरत छन् ।
स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउँदै आएको क्याम्पसमा पढ्न मासिक शुल्क ९५० रुपैयाँ लाग्ने क्याम्पसले जनाएको छ ।


रेसुङ्गा नगरपालिकाले एसईईमा ३ दशमलव २ जीपीए ल्याएर उत्तीर्ण गरेर नगरपालिका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि मासिक १ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञान ज्योति कलेजमा बिबिए र बिएसाइटी कक्षा सञ्चालन हुने

   श्रावण २१, २०८१       admin

दाङ ,२१ साउन ।दाङ तुलसीपुरमा रहेको पब्लिक ज्ञानज्योति कलेजमा शैक्षिक क्षत्र २०८१ देखि स्नातक तहमा बिबिए र बीएसआइटी कक्षा सञ्चालन हुने भएको छ। व्यवस्थापन संकाय तर्फ बिबिए र आइटी इन्जिनियरिङ तर्फ बीएसआइटी कक्षा सञ्चालन हुने कलेजले जनाएको छ ।

ज्ञान ज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनका अवसरमा क्याम्पसले यस वर्षदेखि थप दुई विषयमा अध्ययन अध्यापन गराउन लागिएको जानकारी गराइएको हो।

पत्रकार सम्मेलन मार्फत ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसीले विद्यार्थीहरूको अत्याधिक मागलाई ध्यानमा राखेर शैक्षिक सत्र २०८१ देखि स्नातक तहमा बिबिए र बिएसआइटी कक्षा सञ्चालन गर्न लागिएको जानकारी गराएका हुन्।
विज्ञान र प्रविधिको युगमा भिएसआइटी विषय विद्यार्थीहरूको लागि महत्त्वपूर्ण रहेकाले उक्त विषय तुलसीपुरमै सञ्चालन गर्न लागिएको उनले बताएका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएसँगै कलेजले यी दुई विषयहरु थप गरी कक्षा सञ्चालन गर्न लागेको हो।

बीबीएतर्फ ९९औ वटा सिट रहेका छन् भने बिएसआइटीतर्फ ४२ वटा सिट रहेका छन्।

तुलसीपुर क्षेत्रमै पहिलोपटक बिबिए र बिएसआइटी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिँदै सरकारी क्याम्पसहरूले लिँदै आएको शुल्क अनुसार नै क्याम्पसले अध्ययन शुल्क निर्धारण बताए।
जिसीका अनुसार दुवै विषयको समयावधि चार वर्षे रहनेछ भने आठवटा सेमेस्टरमा अध्ययन गराइनेछ। क्याम्पसले विभिन्न विधामा छात्रवृत्ति समेत उपलब्ध गराउनेछ। दुवै विषय पढ्नका लागि कम्तीमा सी ग्रेट ल्याउनुपर्ने क्याम्पसले जनाएको छ।
बिबिए र बीएसआइटी कक्षा सञ्चालनका लागि १२ वर्षदेखिको निरन्तर प्रयासपछि यस वर्ष अनुमति प्राप्त गरेको सिइओजीसीको भनाइ छ। क्याम्पस समग्र शिक्षा क्षेत्रको सामूहिक सम्पत्ति रहेकाले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य सहित सेवा क्षेत्रलाई विस्तार गर्दै लगिएको उनको भनाइ थियो। अहिले उनका अनुसार अहिले क्याम्पसमा तीन हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने देशका उत्कृष्ट ७ भित्र क्याम्पस पढ्न सफल भएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष दुर्गालाल केसीले ज्ञानज्योति एजुकेसन फाउन्डेसनले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। विज्ञान र प्रविधिको युगमा बिबिए र बिएसाइटी जस्ता कक्षा तुलसीपुरमै सञ्चालन हुनु गौरवको विषय भएको उनको भनाइ थियो।

कार्यक्रममा विद्यालयका शिक्षक मनोज केसीले सर्वसुलभ मूल्यमा क्याम्पसले शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिएका थिए। तुलसीपुर क्षेत्रमै विद्यार्थीहरूले बिबिए र बिएसआइटी पढ्न पाउनु गर्वको विषय रहेको उनको भनाइ थियो।

शिक्षाविद विविध क्षेत्रीले ज्ञानज्योति कलेजली शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा समेत गरेका थिए। क्याम्पसले सञ्चालन गरेका शैक्षिक गतिविधिमा हरेक क्षेत्र वर्ग र समुदायको पहुँच पुगेको भन्दै उनले खुसी व्यक्त गरेका थिए।

समय र युगको आवश्यकता अनुसार बिबिए र बीएसाइटी कक्षा क्याम्पसले सञ्चालन गर्न लागेको र यो दाङका लागि एकदमै विशेष रहेको उनको भनाइ थियो।
शिक्षामा नविनतम प्रधान गर्दै आइरहेको क्याम्पसले आगामी दिनमा पनि यसलाई कसरी थप सहज बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमको सहजीकरण कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सन्तोष केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology