तनाव व्यवस्थापन विषयक एक दिवसीय कार्यक्रम सम्पन्न

   श्रावण १, २०८२       admin

दाङ, १८ साउन । हिमाल स्काउट ट्रुप तुलसीपुरको आयोजनामा विद्यार्थीहरूको मानसिक तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यक्रम आइतबार तुलसीपुरमा सम्पन्न भएको छ।

हिमाल एकेडेमी स्काउट ट्रुपका स्काउटर प्रणव साहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाकराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि खड्काले स्काउटले विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा पुर्‍याएको योगदानको चर्चा गर्दै वर्तमान समयका बालबालिकामाझ देखिएको ठूलो समस्या तनाव भएको उल्लेख गरे।

उनले आजका विद्यार्थी नै भोलिका सक्षम राष्ट्रसेवक हुने भन्दै समयमै मनको विकार हटाएर सेवा भावले जीवन जिउनुपर्नेमा जोड दिए। “मन, वचन र कर्मले मानव सेवामा समर्पित हुनुपर्छ,” उनले भने।

कार्यक्रमकी विशेष अतिथि तथा प्रशिक्षक ॐ शान्ति विश्व विद्यालयकी दिदी माला ले आत्मिइक ज्ञानद्वारा नै मानिसमा नैतिकता र इमानदारीताको बीउ रोप्न सकिने बताइन्। उनले मानव जीवनको सार्थकता नै आध्यात्मिक चेतनासँग जोडिएको धारणा राखिन्।

कार्यक्रममा नेपाल स्काउटका केन्द्रीय सदस्य नवीनकुमार पराजुली, प्रदेश सदस्य निरञ्जना पाण्डे, र विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीले स्काउट शिक्षाको महत्व, मूल्य, मान्यता तथा स्काउटरहरूको भूमिकासम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रमको सहजीकरण स्काउट मास्टर अञ्जली साहले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हिमालमा रक्तदान  कार्यक्रम  ४६ जनाले  गरे रक्तदान

   श्रावण १४, २०८२       admin

दाङ , १३ साउन । रक्तसञ्चार दिवसको अवसरमा दाङको हिमाल एकेडेमीले रक्तदान कार्यक्रम गरेको छ।

६०औं रक्तसञ्चार दिवसको अवसरमा हिमाल एकेडेमी, तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । दाङ रेडक्रसको प्रविधिक सहयोगमा सञ्चालित कार्यक्रममा शिक्षक र विद्यार्थी गरी ४६ जनाले रक्तदान गरेकाछन  ।
कार्यक्रम ‘रक्तदान तथा रक्तदाता उत्प्रेरणा’ अभियान अन्तर्गत साताव्यापी रूपमा लमही, घोराही र तुलसीपुर क्षेत्रका विद्यालय र क्याम्पसहरूमा सञ्चालन गरिएको थियो। अन्ततः समापन हिमाल एकेडेमीमा गरिएको हो ।

“रगतको अभावमा कोही मर्न नपरोस् भन्ने सोचले हामीले विद्यालयमै रक्तदानको संस्कृति बसाल्दै आएका छौं,”
भन्दै प्रधानाध्यापक मधुसूदन केसीले प्रत्येक वर्ष दुईपटक रक्तदान गर्दै आएको स्मरण गराए।कार्यक्रममा दाङ रेडक्रसका उपसभापति हरिहर पौडेलले यसपटकको आयोजनालाई “पहिलाभन्दा फरक ढंगमा, थप उपलब्धिमूलक बनेको” टिप्पणी गरे।
रक्तदान कार्यक्रममा विद्यालयका प्रमुख नवीन पराजुली, रेडक्रसका कुशल तर्ताल बिमल ओली, सुस्मा भण्डारी लगायतको उपस्थिति थियो। रगतको कमी आज नभए पनि भोलि हुन सक्छ। तर, यस्तो अग्रसरताले समाजमा सचेतना मात्रै होइन, जीवनको रक्षा पनि सम्भव हुन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बुद्धका शिक्षाले शान्तिमा नयाँ आयाम

   श्रावण १२, २०८२       admin

दाङ , ११ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन  । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताए । ‘बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’उनले भने  ।

मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औंल्याए ।‘लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र हो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ,’उनले भने ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने  बताए  ।

उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पुरयाउने विश्वास व्यक्त गरे  ।
मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए  ।
संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको छ

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी ले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताए ।
कार्यक्रममा भारतीय विद्वान प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा मन्तव्य दिए  । कार्यक्रममा विभिन्न विद्वानहरुले शुभकामना सन्देश मार्फत वौद्ध शिक्षा र यसको सान्दर्भिताको बारेमा व्याख्या गरेका थिए । लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.सुवर्ण लाल ब्रजाचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतमा संगोष्ठीको उद्घाटन गरिएको थियो । सो अवसरमा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता समेत गरिएको थियो । रजिष्ट्रार डा. तिलक आचार्यले स्वागत गर्दै बौद्ध कुटनीति बिश्वभर फैलाउन आवश्यक रहेको बताए । उहाँले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनार मार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिए ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालययका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुवकुमार गौतम, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा. कविता शाह, पूर्व राजदुतहरू प्रा.डा लोकराज बराल, दीप कुमार उपाध्याय लगायतले बोल्दै विश्वशान्तिका लागि बुद्ध कुटनैतिक सम्बन्ध महत्वपूर्ण रहेको बताए  ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. मणिकरत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले गरेका थिए  । सेमिनारमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए  । सेमिनारमा नेपाल र भारतका विश्विद्यालयका एक दर्जन उपकुलपतिहरू सहभागी रहेका छन् । सेमिनार दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शैक्षिक हडतालका कारण विद्यालय तथा कलेज बन्द

   श्रावण ०३, २०८२       admin

काठमाडौं, २ साउन। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज देशका विभिन्न स्थानका विद्यालय र कलेजहरू बन्द भएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता, शिक्षामा भइरहेको निजीकरण अन्त्य, र शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने मागसहित एक दिने आम शैक्षिक हडतालको घोषणा गरेको हो।

हडतालका कारण काठमाडौं उपत्यका भित्र र बाहिरका केही जिल्लाका विद्यालयहरू बन्द भएका छन्। काठमाडौंका धेरै निजी विद्यालयहरूले बिहीबार साँझ नै अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी दिएका थिए। यद्यपि, केही विद्यालयहरूले आन्तरिक परीक्षा जारी राखेका कारण पठनपाठन सञ्चालनमा राखेका छन्।

रुपन्देहीका सरकारी तथा निजी विद्यालय र कलेजहरू पनि बन्द रहेका छन्। अनलाइनखबरकर्मी टोपराज शर्माका अनुसार जिल्लाभर शैक्षिक संस्था ठप्प भएका छन्।

यसबीच, कतिपय अभिभावक र विद्यार्थीहरूले विद्यालय तथा कलेज बन्द गरेर आफूहरूलाई अध्ययनको अधिकारबाट बञ्चित गरिएको भन्दै असन्तोष जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरु आन्दोलित

   असार २७, २०८२       admin

सुर्खेत,२७ असार । मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन्। आफूहरूको पेशागत सुनिश्चितताका लागि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । विश्वविद्यालयको केन्द्रीय भवनको गेटमा धर्नासहित आन्दोलित भएका हुन्।

विश्वविद्यालय स्थापनाकालदेखि ११ वर्षसम्म नियमित प्राध्यापनरत आंशिक प्राध्यापकहरूलाई व्यवस्थापन गर्नका लागि विश्वविद्यालयका पदाधिकारीहरूबाट कुनै ठोस पहल नभएको भन्दै उनीहरूले चरणबद्ध आन्दोलन थालेका हुन्।

आंशिक प्राध्यापक संघका अध्यक्ष छबिलाल बोहोराले लामो समयदेखि विश्वविद्यालयमा प्राध्यापन गरिरहेका आंशिक प्राध्यापकहरूको पेशागत भविष्य अन्योल भएकाले आफूहरू आन्दोलन गर्न बाध्य भएको बताए।

पटक-पटक माग सम्वोधनको आश्वासन भएको तर प्रक्रिया अगाडि नबढाइएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको उनले बताए।


” हाम्रो पेशागत भविष्य संकटमा पर्ने अवस्था सिर्जना भयो। त्यसैकारण यो आन्दोलन गर्न परेको हो।’ उनले भने।

मश्यपश्चिम विश्वविद्यालयमा २६ जना आंशिक प्राध्यापक कार्यरत छन्।

आन्दोलनमा अन्य प्राध्यापक तथा स्ववियूको एक्यबद्धता: विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूले थालेको आन्दोलनमा अन्य सरोकारवालाहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

उनीहरूको आन्दोलनमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन, स्वतन्त्र विद्यार्थी युनियन, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल लगायतका सरोकारवाला संघ संगठनहरूले पनि ऐक्यबद्धता जनाएका हुन्।

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.शोभाखर कँडेलले आंशिक प्राध्यापकहरूका मागहरू सम्बोधन गर्ने प्रयास भइरहेको बताए।

उनका अनुसार विश्वविद्यालयका २ जना सचिवालयका सदस्यहरूलाई जिम्मा दिएर आन्दोलनरत प्राध्यापकहरूसँग छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेशनल प्याब्सनको उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई  सम्मान

   असार २१, २०८२       admin


दाङ । नेशनल प्याब्सन दाङले एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
एन प्याब्सनको जिल्ला शाखा दाङले एन प्याब्सन अन्तर्गतका विद्यालयबाट शैक्षिक सत्र २०८१ को एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार ५ सय नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

एन प्याब्सनले छात्रातर्फ ४ जिपिए ल्याउने ६ जना छात्र र छात्रतर्फ ३ दशमलव ९६ जिपिए ल्याउने २ जना गरी ८ जना विद्यार्थीलाई सम्मान गरेको छ ।   सम्मान कार्यक्रममा राप्ती गाउँपालिकाको पब्लिक एजुकेशन एकेडेमीका आशिका शर्मा, अमृत एकेडेमी बिजौरीका अन्जली घर्ती, पिपुल्स ल्याण्ड सेकेन्डरी स्कुल हापुरेका रिता पौडेललाई नगदसहित सम्मान गरिएको हो ।

यस्तै बाल सहारा मावि बनहरीका हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विकलाई एन प्याब्सनले सम्मान गरेको हो । यस्तै छात्रतर्फ मिड वेष्ट प्वाइन्ट एकेडेमी शान्तिनगरका नरेश चौधरी र लोकप्रिय विद्या मन्दीर शान्तिनगर–५ का भुपेश खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको एन प्याब्सनले जनाएको छ ।

एन प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि डाँगीले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा शैक्षिक सफलताको शुभकामना दिए  ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत चित्रा बस्नेत, ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, एन प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसी, राप्ती गाउँपालिका संयोजक चम्पकसिं कार्की र शरद गौतमले मन्तव्य राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव छविकुमार वलीले गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीको एसईई नतिजा सुधार

   असार १६, २०८२       admin

दाङ,१६ असार । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परिक्षा(एसईई)को बार्षिक नतिजा सुधार भएको छ ।

परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तिर्ण भएका छन् ।

जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जिपिए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जिपिए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जिपिए, १० हजार ४२ जनाले २.४ देखि २.८ जिपिए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जिपिए र २ जनाले १.६ देखि २ जिपिएसम्म ग्रेड ल्याएका छन् ।

२०८० को एसईई परिक्षामा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २२४ विद्यार्थी अनुत्तिर्ण भएका थिए ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा अवर्गीकृत भएका विद्यार्थीलाई आगामी प्रयासमा सफलताको शुभकामना व्यक्त गरेका छन ।


उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले बधाई दिँदै शिक्षालाई प्रदेश सरकारको प्राथमिक एजेन्डामा राखिएको जानकारी दिएका छन् ।

साथै, परीक्षा व्यवस्थापनमा सक्रिय भूमिका निभाउने शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा समिति, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत सबैलाई उनले आभार व्यक्त गरेका छन् ।


शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको भनाई उनकाे छ ।

’विद्यार्थीको सफलताले प्रदेशको भविष्य उज्ज्वल बनाउने छ’ मन्त्री तिमिल्सिनाले भने,’हामी अझ प्रभावकारी ढंगले शिक्षाको गुणस्तर सुधारमा लाग्नेछौं ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लिफ्टको सिक्री चुडिदा २ मजदुरको मृत्यु

   असार १६, २०८२       admin

काठमाडौ, १६ असार । निर्माणाधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरमा सोमबार बेलुका करिब ५ बजे उक्त घटना भएको हो ।

चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर खस्दा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालले ५ः१० बजेको समयमा दुवैलाई मृत घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिहान ८ बजे बोलाइएको बैठक अँझै सुरु भएन

   असार १६, २०८२       admin

काठमाडौँ,१६ असार । आठ घण्टा बितिसक्दा पनि शिक्षा समितिको बैठक सुरु हुन सकेको छैन । सोमबार (आज) बिहान ८ बजे बैठक बोलाइएको थियो । तर शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अपरान्ह् ४ः३० बजेसम्म पनि बस्न नसकेको हो।

समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकमा शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा तथा खुलाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घले ७५/२५ हुनुपर्ने भनेको छ भने समितिले ६०र४० को प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विपद जोखिमको पुर्व सूचनापछि दाङका दुई पालिकाले गरे विद्यालय बिदा

   असार १६, २०८२       admin

दाङ,१६ असार । भारी वर्षा र बाढीको जोखिमका कारण दाङका दुई पालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिएका छन्।

लुम्बिनी प्रदेशको राजधानी नजिकै रहेका राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हुन्।

राप्ती गाउँपालिकाले असार १५ र १६ गते ९सोमबार र मंगलबार० दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गढवा गाउँपालिकाले भने असार १५ गतेदेखि २० गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले असार १४ गते दाङमा भारी वर्षा हुन सक्ने पूर्वसूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा आइतबार दुवै पालिकाले बिदा घोषणा गरेका हुन्।

राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले जारी गरेको सूचनामा बिदा बर्षे बिदाबाट कट्टी हुने गरी दिइएको उल्लेख छ। साथै, बिदाको अवधिमा बालबालिकालाई नदी, इनार, पोखरी जस्ता जलस्रोतबाट टाढा राख्न, अत्यावश्यक कामबाहेक ती क्षेत्रतर्फ जान नदिन र मौसमसम्बन्धी अद्यावधिक जानकारीका आधारमा मात्र गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ।

त्यस्तै, गढवा गाउँपालिकाका शिक्षा शाखाका अधिकृत श्यामबहादुर विकद्वारा जारी सूचनामा अहिले खेतीपातीको समय भएकाले विद्यालयमा शिक्षक र विद्यार्थीको उपस्थिति न्यून हुन गएको जनाइएको छ। त्यसैले असार १५ देखि २० गतेसम्म सार्वजनिक बिदा दिइएको बताइएको छ। यद्यपि सूचनामा पाँच दिन मात्र बिदा भनिए पनि विद्यालय नियमित रूपमा असार २६ गतेबाट सञ्चालन हुने उल्लेख छ।

यी दुवै पालिका राप्ती नदीको तटीय क्षेत्रका हुन्। राप्तीमा ठूलो बाढी आउँदा नदी आसपासका बस्तीहरू डुबानमा पर्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गरिएको हो। राप्ती नदीको बाढीले राप्ती, गढवा र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा जलमग्नता निम्त्याउने गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology