लोकतन्त्र कमजोर भए मानवअधिकार संकटमा पर्छ: गृहमन्त्री अर्याल

   ४ घण्टा अगाडि       admin

काठमाडौं,२२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार सुनिश्चिततामा गम्भीर चुनौती उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्।

ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एक अर्काका परिपूरक भएकाले लोकतन्त्र सुदृढ भए मात्र मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ। यसका लागि सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारीका स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री अर्यालले नेपालले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा गरेको प्रतिबद्धता पूरा गर्दै मानवअधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व रहेको उल्लेख गरे।

संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी) लाई निष्कर्षमा पुर्‍याएर सबै नागरिकका अधिकार सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको पनि उनले बताए।

“मानवअधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड हो,” उनले भने, “यो दायित्व राज्यको मात्रै होइन, नागरिक समाज, मानवअधिकारकर्मी तथा आम नागरिकको साझा प्रयासबाट पूरा हुन्छ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

   ४ घण्टा अगाडि       admin

रसुवा,२२ मंसिर । दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज बिहान जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्।

उनीहरूलाई निजी जमिनमा घाँस काटिरहेका बेला लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट आएको भालुले आक्रमण गरेको स्थानीयले बताए।

स्थानीयस्तरमा प्राथमिक उपचार गरिएको दुवै जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन्।

?

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यानमाबस दुर्घटना हुँदा चालक घाइते

   ८ घण्टा अगाडि       admin

सल्यान,२२ मंसिर । सल्यानमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन्। सल्यानको बागचौर नगरपालिका–७, कोटबारा क्षेत्रमा एक यात्रुबाहक बस दुर्घटना हुँदा चालक घाइते भएका छन्।

व्याक गर्ने क्रममा ना ४ ख ६२३२ नम्बरको बस करिब ४५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

दुर्घटना भएको बेला बसमा यात्रु नहुँदा मानवीय क्षति हुन पाएन। तर बस चालक लालसिं बिक घाइते भएको र उनलाई उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लमहीमा होटल संचालक मृत्त फेला

    घण्टा अगाडि       admin

दाङ ,२२ मंसिर । दाङको लमहीमा एक होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन्।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणतर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफ्नो कोठामा मृत भेटिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेको छ र हाल अनुसन्धान जारी छ। प्रारम्भिक अनुमान अनुसार खनालले आत्महत्या गरेको हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मोटरसाइकल र ट्रक ठोक्किदा एकजनाको मृत्यु

   मङि्सर २२, २०८२       admin

दाङ,२१ मंसिर । पश्चिम दाङको श्रीगाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटना बारे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालीमाटी गाउँपालिका ३ निवासी २३ वर्षीय भिषण पुन रहेको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बबई गाउँपालिका ३ निवासी गणेश वलीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको लखनउस्थित अस्पतालमा लगिएको छ।

प्रहरीका सूचना अधिकारी विनोदराज खत्रीका अनुसार तुलसीपुरबाट हंसपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख २६३५ नम्बरको ट्रकले शनिबार राति करिब ८ बजे श्रीगाउँमा ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ मा विश्वासको मत लिने

   मङि्सर २२, २०८२       admin

सर्लाही,२१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आउने मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्तारुढ सातदलीय गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको जसपा नेपालका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए।

मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। शपथपछि उनले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने योजना रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले सधैं गोल्डेन बुट जित्ने खेलाडी जस्तै हो: अध्यक्ष ओली

   मङि्सर २१, २०८२       admin

काठमाडौं,२० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडीसँग तुलना गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति र प्रभावबारे चर्चा गर्दै भने–
‘एमाले यस्तो खेलाडी हो, जसले सधैं गोल्डेन बुट जित्छ। एमालेको खुट्टामा बल पर्यो कि कुद्यो, ड्याम्मै गोल गरिहाल्छ।’

उनका अनुसार एमाले अहिले सरकार बनाउने–ढाल्ने खेलमा छैन। ओलीले स्पष्ट पार्दै भने– ‘हामी सरकार बनाउने पक्षमा छैनौँ। स्वतन्त्र र निष्पक्ष चुनावको प्रतीक्षामा छौँ। चुनाव जे बेला हुन्छ, त्यसपछि बन्ने सरकार एमालेकै हुन्छ।’

एमालेलाई उनले विशाल नदीको बाढीसँग तुलना गर्दै साना अवरोधले रोक्न नसक्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामुदायिक वनमा एकैदिन नौ मृग मृत फेला

   मङि्सर २१, २०८२       admin

काठमाडौं,२० मंसिर। नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वनमा एकैदिन नौ वटा मृग मृत अवस्थामा फेला परेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक अनुसन्धानले किसानले तोरीमा छरेको विषादी खाएर मृग मरेको आशंका गरिएको छ। मृगहरूको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएको हुँदा विषादी सेवन नै मुख्य कारण हुनसक्ने निकुञ्जको भनाइ छ।

आहार प्रजातिमा पर्ने मृगको यस्तो ठूलो संख्यामा मृत्यु भएपछि विस्तृत अनुसन्धान अघि बढाइएको जनाइएको छ। मृगको मृत्युको कारण सुनिश्चित गर्न पोस्टमार्टम गरिएको र नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला, काठमाडौँ पठाइएको अधिकारी थापाले जानकारी दिए। रिपोर्ट आउन चार/पाँच दिन लाग्नेछ।

सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीका अनुसार मरेका नौ मृगमध्ये एक वटा बच्चा पनि रहेको छ। तोरीमा विषादी अत्याधिक प्रयोग भएको आशंका उनीहरूले पनि गरेका छन्।

यसअघि रजहर क्षेत्रमा काउली परीक्षण गर्दा ९८ प्रतिशत विषादी अवशेष फेला परेको हुँदा त्यही अवस्थाको पुनरावृत्ति हुनसक्ने सचिव अधिकारीको भनाइ छ। भेटेरिनरी तथा कृषि कार्यालयले किसानलाई विषादीका जोखिमबारे पर्याप्त सचेतना नदिएको गुनासो पनि उठाइएको छ।

निकुञ्जको तारजाली भत्किएको स्थानबाट मृग खेततर्फ प्रवेश गरेको पाइएको छ। त्यही बाटोबाट गैँडा पनि बारीमा आउने गरेको र मृग बाघको डरले प्रायः गैँडाको साथमा हिँड्ने गरेको बताइएको छ।

तीन वर्षअघि पनि यही स्थानमा १५ वटा मृग मरेको घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने

   मङि्सर २१, २०८२       admin

दाङ,२० मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने भएको छ। महोत्सवको उद्देश्य, मिति, स्थान र प्रमुख आकर्षणबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले विस्तृत जानकारी दिएको हो।

महोत्सव मंसिर २३ देखि २९ गतेसम्म तुलसीपुर–५ (ग) लाईन, उपमहानगरपालिका गेटनजिक आयोजना हुनेछ।
‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित हुने महोत्सवमा विभिन्न नेवारी परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।

कार्यक्रमको मुख्य आयोजक तुलसीपुर उपमहानगरपालिका रहेको छ भने ‘नेवा: देय दवु (नेवा: राष्ट्रिय मञ्च)’ र ‘नेवा: मिसा दवु’ को सहआयोजनामा महोत्सव सञ्चालन हुनेछ।

संघका केन्द्रीय उपाध्यक्ष नरेशराज भण्डारीका अनुसार नेवारी समुदायको महत्वपूर्ण तथा गुणस्तरीय परिकार “यमरी” लाई केन्द्रमा राख्दै, यमरी पूर्णिमा लक्षित गरी महोत्सव आयोजना गरिएको हो। चिसो मौसममा नयाँ अन्नका परिकारहरूको सांस्कृतिक महत्व रहेकाले कार्यक्रमले परम्परा र संस्कृतिलाई जोड्ने अपेक्षा गरिएको उनले बताए।

आयोजक समितिका उपाध्यक्ष अशोक श्रेष्ठका अनुसार महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, नेवारी सांस्कृतिक पहिचानको प्रसार तथा स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।

गत वर्ष तीन दिन चलेको महोत्सवबाट ३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष एक सातासम्म चल्ने महोत्सवबाट करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ।
महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।

पत्रकार सम्मेलन उपाध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत तथा प्रकाशन सम्बन्धी विवरण निवर्तमान अध्यक्ष पुष्कर श्रेष्ठले प्रस्तुत गरे भने सहजीकरण तुफानबाबु श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु: क्षतिपूर्ति नपाएपछि राजमार्ग अवरुद्ध

   मङि्सर २१, २०८२       admin

काठमाडौ,२० मंसिर ।रौतहटको चन्द्रपुर नगरपालिका–६, मोतियाही पुलनजिक चपुर–गौर सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।


गौरबाट चन्द्रनिगाहपुरतर्फ जादै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलले ज्यान गुमाएका हुन्।

घटनापछि मृतकका परिवार र बस सञ्चालक पक्षबीच क्षतिपूर्तिबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो। तर बसधनीले कानुनले तोकेको भन्दा बढी क्षतिपूर्ति नदिने अडान लिएपछि स्थिति तनावग्रस्त बनेको हो।

यो अडानपछि मृतकका आफन्तले राजमार्ग ठप्प पारेका छन्। चन्द्रनिगाहपुर चोकमा सयौँ सवारीसाधन अलपत्र परेका छन्। मृतकका आफन्तले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology