दाङ , १३ साउन । रक्तसञ्चार दिवसको अवसरमा दाङको हिमाल एकेडेमीले रक्तदान कार्यक्रम गरेको छ।
६०औं रक्तसञ्चार दिवसको अवसरमा हिमाल एकेडेमी, तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । दाङ रेडक्रसको प्रविधिक सहयोगमा सञ्चालित कार्यक्रममा शिक्षक र विद्यार्थी गरी ४६ जनाले रक्तदान गरेकाछन ।
कार्यक्रम ‘रक्तदान तथा रक्तदाता उत्प्रेरणा’ अभियान अन्तर्गत साताव्यापी रूपमा लमही, घोराही र तुलसीपुर क्षेत्रका विद्यालय र क्याम्पसहरूमा सञ्चालन गरिएको थियो। अन्ततः समापन हिमाल एकेडेमीमा गरिएको हो ।
“रगतको अभावमा कोही मर्न नपरोस् भन्ने सोचले हामीले विद्यालयमै रक्तदानको संस्कृति बसाल्दै आएका छौं,”
भन्दै प्रधानाध्यापक मधुसूदन केसीले प्रत्येक वर्ष दुईपटक रक्तदान गर्दै आएको स्मरण गराए।कार्यक्रममा दाङ रेडक्रसका उपसभापति हरिहर पौडेलले यसपटकको आयोजनालाई “पहिलाभन्दा फरक ढंगमा, थप उपलब्धिमूलक बनेको” टिप्पणी गरे।
रक्तदान कार्यक्रममा विद्यालयका प्रमुख नवीन पराजुली, रेडक्रसका कुशल तर्ताल बिमल ओली, सुस्मा भण्डारी लगायतको उपस्थिति थियो। रगतको कमी आज नभए पनि भोलि हुन सक्छ। तर, यस्तो अग्रसरताले समाजमा सचेतना मात्रै होइन, जीवनको रक्षा पनि सम्भव हुन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, १३ साउन । भारतको झारखण्डस्थित देवघरमा तीर्थयात्री बोकेको बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १८ जना कावाँरिया (बोलबम भक्त) को मृत्यु भएको छ। भारतीय जनता पार्टी (भाजपा) का सांसद निशिकान्त दुबेले घटनामा १८ जनाको मृत्यु पुष्टि गरेका छन्।
देवघर–वासुकिनाथ मुख्य सडकको जमुनिया चौक नजिकै दुर्घटना भएको हो। ‘बोल बम’को जयकार गर्दै बाबा बैद्यनाथधामतर्फ गइरहेका तीर्थयात्रीहरू सवार बस ट्रकसँग ठोक्किएपछि घटनास्थलमै शोकको वातावरण छाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा दर्जनौँ भक्तजनहरू घाइते भएका छन्। केही अन्य स्रोतहरूले ६ जनाको मृत्यु र ३० भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
प्रशासनले तत्काल उद्धार तथा राहत कार्य सुरु गरिसकेको छ भने घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १२ साउन । लुम्बिनी प्रदेश सरकार गठन भएको एक वर्ष पछि पूर्णता पाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिएका हुन ।
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन ।
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गरेका हुन ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेका हुन । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न तथा कामको गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिएका छन्।
सोमबार राप्ती उपत्यका देउखुरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले समपूरक, विशेष र सशर्त अनुदानका बजेटहरू समयमै कार्यान्वयन गर्न र ठेक्का प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएका छन्। साथै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने र “साल बसाली योजनामा रकमान्तरण नगर्न” पनि उनले स्पष्ट गरेका छन्। धेरै पहाड भत्काएर होइन, आवश्यकतानुसारको डिजाइन र यथार्थपरक स्टिमेट तयार गरिनुपर्छ,” मुख्यमन्त्री आचार्यले भने। उनले कालोपत्रे सडकको सट्टा प्राविधिक दृष्टिले बलियो देखिएको ढलान सडकलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे।
मुख्यमन्त्री आचार्यले जनघनत्वको आधारमा योजना छनोट गर्नुपर्ने र योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता तथा जनसरोकारको महत्व बढाउनुपर्ने बताएका छन्।
कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक र प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ , ११ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताए । ‘बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’उनले भने ।
मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औंल्याए ।‘लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र हो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ,’उनले भने ।
नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने बताए ।
उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पुरयाउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको छ
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी ले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताए ।
कार्यक्रममा भारतीय विद्वान प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा मन्तव्य दिए । कार्यक्रममा विभिन्न विद्वानहरुले शुभकामना सन्देश मार्फत वौद्ध शिक्षा र यसको सान्दर्भिताको बारेमा व्याख्या गरेका थिए । लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.सुवर्ण लाल ब्रजाचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतमा संगोष्ठीको उद्घाटन गरिएको थियो । सो अवसरमा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता समेत गरिएको थियो । रजिष्ट्रार डा. तिलक आचार्यले स्वागत गर्दै बौद्ध कुटनीति बिश्वभर फैलाउन आवश्यक रहेको बताए । उहाँले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनार मार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिए ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालययका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुवकुमार गौतम, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा. कविता शाह, पूर्व राजदुतहरू प्रा.डा लोकराज बराल, दीप कुमार उपाध्याय लगायतले बोल्दै विश्वशान्तिका लागि बुद्ध कुटनैतिक सम्बन्ध महत्वपूर्ण रहेको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. मणिकरत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले गरेका थिए । सेमिनारमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए । सेमिनारमा नेपाल र भारतका विश्विद्यालयका एक दर्जन उपकुलपतिहरू सहभागी रहेका छन् । सेमिनार दुई दिनसम्म चल्नेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
गुल्मी,११ साउन । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
७० वर्षीया मनिदेवी विकको ढुङ्गा माटोले बनेको एकतले कच्ची घरमा बुधबार राति अचानक आगलागी भएको हो।
आगलागी हुदा उनकी ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक जुना मनोसामाजिक समस्या भएकी व्यक्ति हुन् ।
आगलागी स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको भए पनि आगलागीको कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० साउन । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो। दाङमा विभिन्न कार्यक्रम भए पनि तुलसीपुरको विपी चोकमा रहेको शालिकमा भने नेताहरूको उपस्थिति देखिएन।
स्मृति दिवसको अवसरमा काँग्रेस दाङले दंगीशरण गाउँपालिका–६ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता र केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्य रहेको थियो।
उक्त कार्यक्रमका लागि नेताहरू तुलसीपुरको विपी चोक हुँदै दंगीशरण गएका थिए। तर, विपी चोकको शालिकमा कसैले माल्यार्पण गरेनन्। काँग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे (अरुण) का अनुसार बिहान नेताहरू व्यस्त रहे पनि साँझमा माल्यार्पण हुने अपेक्षा गरिएको थियो। तर, दुई दिनसम्म पनि कोही नेता माल्यार्पणका लागि शालिकमा पुगेनन्।
यो बेवास्ता काँग्रेसका युवाहरूलाई खट्कियो। अन्ततः नेपाल लोकतान्त्रिक खेलकुद संघ तुलसीपुर नगर कार्यसमितिको अगुवाइमा साउन १० गते विहान युवाहरू आफैंले विपीको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। साथै, शालिकमा नेपाली काँग्रेसको झण्डा फहराइयो।
कार्यक्रमको अध्यक्षता संघका नगर अध्यक्ष धनराज रोकाले गरेका थिए। कार्यक्रममा काँग्रेसका युवा नेता बिमल रिजाल, नेता सुरेन्द्रबहादुर खड्का, महासमिति सदस्यहरू टीकाराम घर्ती, ऋषिराज लहरे (अरुण), तुलसीपुर उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष बेदबहादुर केसी, नेपाल तरुण दल दाङका सदस्य नेत्र गिरी (वसन्त), नगर उपाध्यक्ष केशव भुसाल, केशव चौधरी (मिग्मा) लगायतको सहभागिता थियो।
नेताहरूको अनुपस्थितिमा युवाहरूले विपीको योगदान सम्झिएर जिम्मेवारी निभाएका छन्। तर, संस्थापक नेताप्रति गरिएको यस्तो बेवास्ता काँग्रेस भित्रकै अनुशासन, मर्यादा र आदर्शप्रतिको प्रतिबद्धता कति बलियो छ भन्ने प्रश्न उठाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सिरहा, १० साउन १। सिरहाको लहान–३ अस्पताल चोक नजिक शनिबार बिहान सशस्त्र प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बसोबास गर्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको चेक प्वाइन्ट टोलीले बिहान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार इनरुवाबाट लहानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार कुमारलाई चेकजाँचको क्रममा १० लाख एक हजार ६९५ रुपैयाँसहित पक्राउ गरिएको हो। उक्त नगद रकमको कुनै वैध स्रोत खुलाउन नसकेकोले उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० साउन । तुलसीपुर उपमहानगरपालिका–८ नम्बर वडा कार्यालयमा गएराति चोरी भएको छ। रातिको समयमा कार्यालयको मुख्य ढोका फोडी चोरले राजश्वबाट संकलन गरिएको ६ हजार रुपैयाँ चोरी गरेको वडा अध्यक्ष धर्मराज वलीले जानकारी दिए।
वडाअध्यक्षका अनुसार उक्त रकम कार्यालयको दराजमा सुरक्षित रूपमा राखिएको थियो। चोरले नगदबाहेक कार्यालयका कम्प्युटर, कागजात तथा अन्य सामग्रीमा भने कुनै क्षति पुर्याएका छैनन्।
चोरीबारे थप अनुसन्धान भइरहेको वडा कार्यालयले जनाएको छ। सुरक्षाका हिसाबले कार्यालयको प्रणालीलाई थप मजबुत बनाउने तयारी भइरहेको वडाध्यक्ष वलीले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, १० साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट एकता सकारात्मक भए पनि त्यसका लागि सही विचार आवश्यक हुनेमा जोड दिए।
“कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ, यो असाध्यै राम्रो कुरा हो। तर, भावनाले मात्रै एकता हुँदैन,” खनालले भने, “सही विचार नभईकन एकता सम्भव छैन।”
उनका अनुसार सही विचार भन्नाले अहिले नेपाल कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने गम्भीर मूल्यांकन गर्नु हो। उनले नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरिसकेको बताए।
खनालले कम्युनिस्टहरूको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद भएको स्पष्ट गर्दै भने, “मार्क्सवाद–लेनिनवाद नै सार्वभौम सिद्धान्त हो। यसको दायाँ वा बायाँ केही पुच्छर जोडिरहनुपर्ने आवश्यकता छैन।”
उनले सबै कम्युनिस्टहरूले समाजवादी रूपान्तरणको युगमा प्रवेश गरिसकेको यथार्थ स्वीकार गर्नुपर्ने धारणा राखे।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस