एमाले नेता महेश बस्नेत चडेको गाडीमा रंङ प्रहार

   मङि्सर ०८, २०८२       admin

काठमाडौ,७ मंसिर ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ।

इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० को उडानमार्फत विराटनगर पुगेका बस्नेत सवार गाडीमा प्रदर्शनकारीहरूले बेलुनको लोला र रङ हानेका छन्।

दुर्व्यवहारको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्। उनीहरूले बस्नेतको विरोधमा नाराबाजी समेत गरेका थिए।

बस्नेत भने विमानस्थलबाट इटहरीतर्फ अघि बढिसकेका छन् भने विराटनगर क्षेत्रमा अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

यसअघि पनि सिमरा विमानस्थलमा एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेतमाथि प्रदर्शनकारीहरूले विरोध जनाउँदै अवरोध गर्ने प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मुगुमा दूरसञ्चार समस्या समाधानको माग

   मङि्सर ०७, २०८२       admin

काठमाडौ,६ मंसिर ।कर्णाली प्रदेशको मुगु जिल्लामा अझै पनि भरपर्दो दूरसञ्चार सेवा नपुगेको भन्दै स्थानीय युवाहरूले गुणस्तरीय सेवा विस्तारका लागि सरकारको ध्यानाकर्षण कराएका छन्।

दीर्घकालीन समाधानका उद्देश्यसहित मुगुको सोरु गाउँपालिकाका युवाहरू राजधानी काठमाडौँ आएर सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेललाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशिष देवकोटाको नेतृत्वमा गएको टोलीले कर्णालीजस्ता दुर्गम क्षेत्रमा आधारभूत मोबाइल नेटवर्क नपुग्दा स्वास्थ्य सेवा, शिक्षा, बैंकिङ कारोबार, अनलाइन सेवा तथा आपतकालीन सूचनामा स्थानीयहरू गम्भीर समस्यामा परेको जानकारी मन्त्रीलाई गरायो।

युवाहरूले सरकारले शहरी क्षेत्रमा प्रचारमुखी कार्यक्रम—जस्तै आर्यघाटसम्म फ्री वाइफाइ—लाई प्राथमिकता दिँदा पनि कर्णालीका गाउँहरूमा अझै नेटवर्क नपुगेको वास्तविक समस्या बेवास्ता भएको गुनासो गरे। ‘सेवा सबैका लागि बराबर हुनुपर्छ, ग्रामीण पहुँच विस्तार नै विकासको आधार हो,’ टोलीका सदस्यहरूले भने।

सोरु गाउँपालिकाको कार्यपालिकाले दिएको सिफारिस पत्र पनि युवाहरूले मन्त्रीलाई बुझाएका थिए। उक्त पत्रमा गाउँपालिकाका ११ वटै वडामा दूरसञ्चार सेवा अत्यन्त कमजोर वा कतै पूर्ण रूपमा अवरुद्ध रहेको उल्लेख छ। स्थानीयका अनुसार यसले स्वास्थ्य, शिक्षा, बैंकिङ तथा अन्य अनलाइन सेवामा ठूलो असर पारेको छ।

युवाहरूले सोरु गाउँपालिका–७ बड्डीसल्यानी लेकमा नयाँ टावर स्थापना गर्न, वडा नं. ३ लामाकाँद लेकस्थित नेपाल टेलिकम टावरको स्तरोन्नति गर्न, वडा नं. ८ कच्चेकोट लेकमा सेवा सुधार गर्न तथा वडा नं. १० मा नयाँ सेवा सञ्चालन गर्न माग गरेका छन्।

ज्ञापनपत्र बुझेपछि मन्त्री खरेलले कर्णालीको दूरसञ्चार समस्या सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै शीघ्र रूपमा तत्काल तथा दीर्घकालीन कार्ययोजना अघि बढाइने आश्वासन दिए। उनले भने, ‘यो समस्या मैले यति स्पष्ट रूपमा पहिलोपटक सुनेँ। अब कर्णालीमा दूरसञ्चार सेवा विस्तारमा सरकारले तीव्रता दिन्छ। नागरिकले वास्तविक रूपमा सरकार भएको अनुभूति पाउने वातावरण बनाउने प्रतिवद्धता लिएको छु।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वर्तमान सरकार चुनावको बाटोमा छैन: शंकर पोख्रेल

   मङि्सर ०७, २०८२       admin

काठमाडौ,६ मंसिर । । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित जनसभामा उनले अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि बताए।

‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने। उनले थपे, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन।’

साथै, पोखरेलले प्रहरीको मनोबल बढाउन र सक्षम बनाउने कुरामा सरकार असफल भएको पनि बताए।

‘जबसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन भन्ने कुरालाई सरकारले उपेक्षा गरिरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मनिष यादव नेतृत्वको जसपा युवा सङ्घको केन्द्रीय तदर्थ समिति गठन

   मङि्सर ०७, २०८२       admin

काठमाडौ,६ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो।

संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन चयन भएका छन् भने महासचिवको जिम्मेवारी दिपेन्द्र कापडीलाई दिइएको छ। सौरभ शर्मा, कमल नेम्वाङ्, शिवराज बेघा, राजु यादव र विनय यादव सचिवमा चयन भएका छन्। शत्रुधन यादवलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

नवगठित केन्द्रीय युवा संघका ११ सदस्यीय पदाधिकारीसहित अन्य सबै सदस्यहरुको मंसिर १५ गते काठमाडौंमा औपचारिक कार्यक्रमका बीच सपथ ग्रहण आयोजना गरिने समाजवादी युवा संघका ईन्चार्ज बिक्की यादवले जानकारी दिए।

तदर्थ समितिलाई आगामी ६ महिनाभित्र वडादेखि केन्द्रसम्म संगठन निर्माण गरी निर्वाचन गराउने कार्यभार तोकिएको छ।

संघले संगठन निर्माण, विस्तार र आगामी संघीय निर्वाचनलाई केन्द्रित गर्दै आफ्नो भावी कार्ययोजना तथा कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष यादवले बताए।

युवा संघले देशभरि वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र स्तरीय संगठन निर्माण, युवा अभियान सुदृढीकरण र पार्टीको वैचारिक तथा राजनीतिक कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण दायित्व पाएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरका विनोदको दुबईमा उपचारका क्रममा निधन

   मङि्सर ०६, २०८२       admin

दाङ, ५ मंसिर। तुलसीपुर उपमहानगरपालिका–६, बरुवागाउँका ३९ वर्षीय विनोद ओलीको दुबईमा निधन भएको छ। करिब एक दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगारीमा रहेका उनको उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ।

विनोदलाई अचानक स्वास्थ्य समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा ज्यान गएको उनका बुवा सुरेश ओलीले जानकारी दिए। बुवा सुरेशका अनुसार मृत्युको कारण भने अझै पुष्टि हुन बाँकी छ।

विनोदको पार्थिव शरीर आज राति नेपाल ल्याइने परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बारा प्रशासन र जेनजीबिच सहमति: आन्दोलन फिर्ता

   मङि्सर ०६, २०८२       admin

काठमाडौ,५ मंसिर । बाराको सिमरामा नेकपा (एमाले) कार्यकर्ता र जेनजी युवाबीच चर्किएको विवाद स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच भएको वार्तापछि समाधान भएको छ। शुक्रबार सम्पन्न वार्तामा दुवै पक्षले तीन बुँदे सहमति जनाउँदै विवाद अन्त्य गर्न सहमति गरेका हुन्।

वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहलाई सुरक्षा सुनिश्चित गर्ने, घटनामा घाइते भएकाको उपचार व्यवस्थापन गर्ने र विवादको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि सहमति बनेको हो।

सहमति भएपछि सिमरामा जारी जेनजी समूहको धर्ना र प्रदर्शन रोक्ने निर्णय गरिएको छ। वार्तामा सहभागी हुन जेनजी काउन्सिलका संयोजक सुदन गुरुङ पनि अपराह्न सिमरा पुगेका थिए।

बुधबार सिमरा विमानस्थल परिसरमा प्रदर्शनरत युवामाथि एमालेका केही कार्यकर्ताले मुक्का प्रहार गरेपछि झडप उत्पन्न भएको थियो। हालसम्म प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीको पहिलो चौमासिक खर्च ११.५३ प्रतिशत

   मङि्सर ०६, २०८२       admin

दाङ,५ मंसिर । लुम्बिनी प्रदेश सरकारले कात्तिक मसान्तसम्म कुल बजेटको ११.५३ प्रतिशत मात्र खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालु वर्ष २०८२/८३ का लागि ल्याइेको ३८ अर्ब ९१ करोडको बजेटमध्ये चार अर्ब ४८ करोड ८० लाख ८३ हजार रुपैयाँ खर्च भएको हो।

चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजारमध्ये दुई अर्ब २० करोड ५३ लाख आठ हजार ११७ रुपैयाँ खर्च भई १४.२८ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए।

उनका अनुसार कुल खर्च कम हुनुमा ‘जेनजी’ आन्दोलनको प्रभाव प्रमुख कारण बनेको छ। आन्दोलनले प्रशासनिक कामदेखि विकास परियोजना कार्यान्वयनसम्मको गति कमजोर पारेको बताइयो।

पुँजीगततर्फ प्रदेशले छुट्याएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजारमध्ये दुई अर्ब २८ करोड २७ लाख ७४ हजार ९९३ रुपैयाँ खर्च भएको छ, जुन ९.७३ प्रतिशत हो।

मन्त्रालयगत खर्चतर्फ हेर्दा स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी ३०.४३ प्रतिशत खर्च गरेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले ६.३० प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४.२० प्रतिशत बजेट मात्र खर्च गरेको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ११.४८, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५.०६, वन तथा वातावरण मन्त्रालयले ९.९०, भौतिक पूर्वाधार विकास मन्त्रालयले ७.८३, युवा तथा खेलकुद मन्त्रालयले ४.७८, सहकारी विकास तथा खानेपानी मन्त्रालयले ८.९६ र सामाजिक विकास मन्त्रालयले ३.८६ प्रतिशत बजेट खर्च गरेका छन्।

प्रदेशसभा सचिवालयले १५.४४ प्रतिशत खर्च गरेको छ। सचिवालयको चालुतर्फ १७.४४ प्रतिशत खर्च भए पनि पुँजीगततर्फ शून्य खर्च छ।

प्रदेश लोकसेवा आयोगले १६.८० प्रतिशत खर्च गरेको छ, जसमा पनि पुँजीगततर्फको बजेट खर्च हुन सकेको छैन। प्रदेश योजना आयोगको खर्च १२.४२ प्रतिशत रहेको छ।

स्थानीय तहलाई करिब २२ प्रतिशत भुक्तानी
स्थानीय तह निकासातर्फ लुम्बिनी सरकारले २१.८४ प्रतिशत रकम निकासा गरेको छ। स्थानीय तहका लागि छुट्याइएको तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजारमध्ये ७६ करोड ७६ लाख ११ हजार ५१५ रुपैयाँ ६० पैसा भुक्तानी गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

७ वर्षपछि गृह मन्त्रालयको मातहतमा अनुसन्धान बिभाग

   मङि्सर ०६, २०८२       admin

काठमाडौ,५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्ने अध्यादेश जारी गरेसँगै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) साढे सात वर्षपछि पुनः गृह मन्त्रालय मातहत आएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न गरेको सिफारिस राष्ट्रपतिद्वारा स्वीकृत भएपछि गुप्तचर निकाय औपचारिक रूपमा गृह मन्त्रालयअन्तर्गत सरुवा भएको हो।

यसअघि सरकारले राअविसहित राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको थियो। तर कानुनी अडचका कारण राअवि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतकै अवस्थामा रहँदै आएको थियो।

विशेष सेवा ऐनको दफा ४ मा राअवि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने व्यवस्था थियो, जुन व्यवस्थालाई संशोधन गर्दै अध्यादेश जारी गरिएको हो। यससँगै १६ फागुन २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा प्रधानमन्त्री कार्यालय मातहत लगेएको राअवि अब पुनः गृह मन्त्रालयमा फिर्ता भएको छ।

गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा सूचना संकलन प्रभावकारी नबएको, विभाग स्वार्थ पूरा गर्ने हतियारजस्तै प्रयोग भएको र दुरुपयोग बढेको आरोप लगिँदै आएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै विभागलाई पुनः गृह मन्त्रालयमा फर्काइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सिफारिस

   मङि्सर ०६, २०८२       admin

काठमाडौ,५ मंसिर । नीति अनुसन्धान प्रतिष्ठानले आगामी निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माको नेतृत्वमा गरिएको अध्ययनले निर्वाचनको दिनसहित अघि र पछि गरी तीन दिन बिदा दिए अधिकांश नागरिकलाई आफ्नै निर्वाचन क्षेत्र र मतदान केन्द्रसम्म पुगेर सहज रूपमा मतदान गर्न सकिने निष्कर्ष निकालेको हो।

अध्ययनले मन्त्रिपरिषदको निर्णयमार्फत आवश्यक नीतिगत व्यवस्था गरी निर्वाचन प्रयोजनका लागि करिब तीन दिन बिदा दिनु उपयुक्त हुने उल्लेख गरेको छ।

त्यसैगरी, सुरक्षाकर्मी (म्यादी प्रहरीसहित), निजामती कर्मचारी, शिक्षकलगायत निर्वाचनमा खटिने सबै कर्मचारीलाई उनीहरू खटिएका केन्द्रमै समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्ने व्यवस्था विद्यमान कानुनमै स्पष्ट रूपमा समेट्न सुझाव दिइएको छ।

अहिले लागू हुँदै आएको अभ्यासलाई अझ परिष्कृत र सरल बनाउन मतदाता नियमावली ऐन, २०७३ को दफा ३० संशोधन आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ।

यस्तै, खटिएका कर्मचारीले परिचयपत्रका आधारमा मतदानमा सहभागी हुन पाउने लचिलो व्यवस्था गर्नुपर्नेमा पनि अध्ययनले जोड दिएको छ।

प्रतिष्ठानले प्रतिवेदन केही दिनअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम

   मङि्सर ०६, २०८२       admin

दाङ,५ मंसिर । दाङको घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज (शुक्रबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।

घोराही बैंकर्स क्लब दाङले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोग तथा कलेजसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका थिए।

कार्यक्रम घोराही बैंकर्स क्लब दाङका अध्यक्ष कमल रेग्मीको सभापतित्व र मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने, कलेजका कोअर्डिनेटर कृष्णबहादुर केसी, रिसर्च कोअर्डिनेटर नौलाबहादुर खड्का, प्राध्यापक यज्ञबहादुर खत्री, प्रियब्रत आचार्य, श्यामकुमार आचार्य, सन्दिप न्यौपाने, खडानन्द खनाल, गेहेन्द्रराज अधिकारीलगायतले रक्तदानलाई जीवनदानको महत्वपूर्ण कार्य भन्दै यसको आवश्यकता र उपयोगितामाथि प्रकाश पारे।

कार्यक्रममा बैंकर्स क्लब घोराहीका कोषाध्यक्ष कृष्णप्रसाद भट्टराई, हिमालयन बैंकका शाखा प्रबन्धक केशव तिवारी, ग्लोबल बैंकका टेकराज विताडी र उमंग शर्मा, लुम्बिनी बैंकका युवराज भण्डारी, एसबीआई बैंकका संजीव ढुङ्गेल, एभरेष्ट बैंकका शिवप्रसाद श्रेष्ठलगायतले पनि रक्तदान गरेका थिए।

यसैगरी दधिराम न्यौपाने, सुदिप रिजाल, बासुदेव सुवेदी, निर्पेश पौडेल, कल्पना डाँगी, नितेश डाँगी, अनिलकुमार चौधरी, एकराज राना, मनोज चौधरी, अमितसिंह टिंकरी, शान्ति वली, आरती चौधरी, शर्मिला कुमारी परियार, सिता घर्तीमगर, सन्तोष पोख्रेल, अमृत पुनमगर, हर्षित चौधरी, सुदन चौधरी, रितमान पुनमगर, मजय विक, पुजन प्रधान, संगिता पुनमगर, अञ्जली नेपाली, संजीव ढुंगेल, कृष्णप्रसाद राउत, केशव ज्ञवाली, मञ्जरी सुनार, आकाश परियार, गिरबहादुर रोकाय, सम्झना खड्का, शान्ता रोका, समिक्षा गौतम, सञ्जना केसी, शिवकृष्ण केसी, रिमबहादुर बुढा क्षत्री, बिरेन्द्रबहादुर हिलान, सूर्यमणि सार्की, यमुना गौतम, सरिता डाँगी र देविका केसीलगायतले रक्तदान गरे।

कार्यक्रम सफल पार्न सहयोग गर्ने कलेज प्रमुख लालमणि बसेल र रेडक्रस केन्द्र प्रमुख दिलिप न्यौपानेलाई अध्यक्ष कमल रेग्मीले कृतज्ञता पत्र प्रदान गरे। कार्यक्रमको सहजीकरण बैंकर्स क्लब दाङका सचिव कृष्णबहादुर साउदले गरेका थिए।
घोराही क्षेत्रको पुरानो र लोकप्रिय निजी कलेजका रूपमा रहेको मार्क इन्टरनेशनल कलेजमा स्नातक तहमा BBS र स्नातकोत्तर तहमा MBS को पठनपाठन गराइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology