अर्जेन्टिना र इङल्याण्ड सेमिफाइनलमा

   असार २८, २०८३       admin

काठमाडौ,२८ असार । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलका पछिल्ला खेलमा जित निकाल्दै आर्जेन्टिना र इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।

साबिक विजेता आर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। त्यस्तै सन् १९६६ को विश्वकप विजेता इङ्ल्याण्डले नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।

अब सेमिफाइनलमा इङ्ल्याण्ड र आर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल जीएमटी समयअनुसार बुधबार अटलान्टा स्टेडियममा हुने तय भएको छ।
यसअघि नै स्पेन र फ्रान्स सेमिफाइनलमा पुगिसकेका छन्, जससँगै उपाधि प्रतिस्पर्धा झनै रोचक बनेको छ।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकप २०२६ अहिले निर्णायक चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा

   असार २३, २०८३       admin

काठमाडौ,२३ असार । स्पेन राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकपमा पोर्चुगल राष्ट्रिय फुटबल टोलीलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ।

अन्तिम-१६ अन्तर्गत भएको खेलमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्‍यो।

खेलभरि बल नियन्त्रणमा राख्दै आक्रामक प्रदर्शन गरेको स्पेनले महत्वपूर्ण गोल गर्दै जित सुनिश्चित गरेको हो।

यस जितसँगै स्पेन प्रतियोगिताको अन्तिम आठमा पुगेको छ भने पोर्चुगलको यात्रा यही चरणमा टुंगिएको छ।

स्पेनले अब सेमिफाइनल प्रवेशका लागि अर्को बलियो प्रतिद्वन्द्वीको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा अन्तर्राष्ट्रिय लुम्बिनी कप कराते प्रतियोगिता हुँदै

   जेठ २३, २०८३       admin

दाङ,२३ जेठ । दाङमा अन्तर्राष्ट्रिय लुम्बिनी कप कराते प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। नेपालमै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म तुलसीपुरमा सञ्चालन गरिने भएको हो। शनिबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराइएको हो।

नेपाल कराते महासङ्घ लुम्बिनी प्रदेशको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटानका खेलाडीहरूको सहभागिता रहनेछ। हालसम्म करिब ६०० खेलाडीको विवरण आइसकेको र कुल १००० देखि १२०० जनासम्म सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। भारतबाट ७०, बंगलादेशबाट ३५ र भुटानबाट १२ खेलाडी सहभागी हुने निश्चित भएको छ।

प्रतियोगितामा विद्यालय तथा जिल्ला स्तरबाट छनोट भएका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउने आयोजक टिमले जानकारी दिएको छ। दाङमै सन्चालन हुन लागेको यस प्रतियोगिताले आर्थिक रूपमा कमजोर खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर दिने आयोजकको विश्वास रहेको छ।

महासङ्घको नियमानुसार प्रतिखेलाडी १५०० रुपैयाँका दरले टिम दर्ता शुल्क लिइने नेपाल कराते महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष पदमबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको खर्च प्रदेश सरकारको सहयोग, संघको कोष तथा दर्ता शुल्कबाट व्यवस्थापन गरिने छ।

उनले कराते आत्मरक्षाका साथै स्वास्थ्य र अनुशासनका लागि पनि महत्वपूर्ण रहेको बताए। प्रतियोगिताको उद्देश्य विद्यालय स्तरका खेलाडीको पहिचान, खेलको विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बढाउनु रहेको उनले बताए। साथै अन्तर्राष्ट्रिय भाइचाराको सम्बन्ध विस्तार र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयाँ, द्वितीयले ७५ हजार र तृतीयले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ४४ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा पुनः रिजाल

   जेठ १४, २०८३       admin

दाङ, १४ जेठ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः बिमल रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

बुधबार सुरु भई बिहीबार सम्पन्न अधिवेशनले १६ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। रिजाल संघका संस्थापक अध्यक्षसमेत हुन् र यो उनको तेस्रो कार्यकाल हो।

अधिवेशनले उपाध्यक्षमा विनिल केसी र राजिवसिंह क्षेत्री तथा कोषाध्यक्षमा देवबहादुर केसीलाई चयन गरेको छ। अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन संयोजक पारेश्वर भट्टराईले जानकारी दिए।

अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष दीपराज गुरुङ, महासचिव हेमन्त डाँगी लगायत प्रदेशभरका खेलाडी, प्रशिक्षक र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नवनिर्वाचित अध्यक्ष रिजालले तेक्वान्दो खेलको विकास, संगठन सुदृढीकरण र आगामी योजना कार्यान्वयनमा जोड दिने बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्यानद्वारा ६३ खेलाडीलाई मासिक तलब

   जेठ १३, २०८३       admin

काठमाडौ,१३ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय तथा डेभलपमेन्ट टिमका खेलाडीहरूको पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानका अनुसार पुरुषतर्फ ३८ र महिलातर्फ २५ गरी कुल ६३ खेलाडीलाई मासिक तलब दिइनेछ।

क्यानले पुरुष खेलाडीलाई ‘ए प्लस’देखि ‘डी’ श्रेणीसम्म पाँच तहमा वर्गीकरण गरेको छ। यसअनुसार मासिक ३५ हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म तलब तोकिएको छ।

ए प्लस श्रेणीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्, जसले मासिक १ लाख २० हजार रुपैयाँ पाउनेछन्। ए श्रेणीका चार खेलाडीले मासिक १ लाख रुपैयाँ पाउनेछन्।

त्यसैगरी, बी श्रेणीका खेलाडीले ७५ हजार, सी श्रेणीका खेलाडीले ५५ हजार र डी श्रेणीका १५ खेलाडीले ३५ हजार रुपैयाँ मासिक तलब पाउनेछन्।

महिला क्रिकेटरको हकमा २५ हजारदेखि ५५ हजार रुपैयाँसम्म मासिक पारिश्रमिक तोकिएको छ। ए श्रेणीका चार महिला खेलाडीले ५५ हजार रुपैयाँ पाउनेछन् भने डेभलपमेन्ट समूहका खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्।

क्यानले यस पारिश्रमिक व्यवस्थाका लागि कुल ३ करोड ५९ लाख रुपैयाँ खर्च हुने जनाएको छ। यसबाहेक एकदिवसीय खेलमा १५ हजार र टी–२० आई खेलमा १० देखि १५ हजार रुपैयाँ म्याच फि पनि प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकालाई हराउँदै नेपालको शानदार जित

   जेठ ०२, २०८३       admin

काठमाडौ,२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाली टोलीले जित हासिल गरेको छ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले अमेरिका राष्ट्रिय क्रिकेट टोली लाई ९ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३।३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

१९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६।४ ओभरमा १ विकेट गुमाएर १९९ रन बनाउँदै सहज जित दर्ता गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अविजित १२० रनको शतकीय पारी खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । कुशलले ओपनर आसिफ शेख सँग पहिलो विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए । आसिफले ७२ बलमा ५८ रन बनाए ।

डेब्यु खेल खेलेका इशान पाण्डे २० रनमा अविजित रहे । अमेरिकाका लागि एक मात्र विकेट मोहम्मद मोहसिनले लिए । यसअघि अमेरिकाका लागि स्मित पटेल ले सर्वाधिक ८३ रन बनाए । उनले सेहान जयसूर्या सँग दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । जयसूर्याले ५० रनको योगदान दिए ।

अमेरिकाका कप्तान साइतेजा मुक्कामल्ला ४ रनमा आउट भए भने शुभम रञ्जाने २ रनमा रनआउट भए । मिलिन्द कुमार ले २८ रन बनाए । अन्तिम विकेटका रूपमा हर्मित सिंह १४ रनमा आउट भएपछि अमेरिका अलआउट भएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामी ले २ विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओमानविरुद्ध नेपालको जित

   बैशाख २२, २०८३       admin

काठमाडौ,२२ वैशाख। विश्वकप डिभिजन लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा १ बल बाँकी छँदै २५६ रन बनाएर अलआउट भयो।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ९४ रनको योगदान दिए। ओमानका नदीम खानले ३ विकेट लिए। २५७ रनको लक्ष्य पछ्याएको ओमान १७५ रनमै समेटियो। नेपालका गुलशन झाले शानदार बलिङ गर्दै ५ विकेट लिए।

यस जितसँगै नेपालले शृङ्खलाका ४ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंक जोडेको छ। यूएईले २ खेल जितेको छ भने ओमानले १ खेल मात्र जित्न सकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राखेपका १९ पदाधिकारी पदमुक्त(सूचीसहित)

   बैशाख २२, २०८३       admin

दाङ,२२ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ पदाधिकारी पदमुक्त भएका छन्। सरकारद्वारा जारी पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशको दफा(२)को उपदफा(१) अनुसार मन्त्रिपरिषद्बाट नियुक्त भएका ती पदाधिकारीहरू पदमुक्त भएका हुन् ।

वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन्।

पदमुक्त भएका पदाधिकारीहरुको नामावली विवरण यसप्रकार छ:

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्यानले घटायो टिकट मूल्य

   बैशाख २१, २०८३       admin

काठमाडौ,२१वैशाख ।नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलका लागि टिकट मूल्य घटाएको छ। सोमबार (वैशाख २१) जारी सूचनाअनुसार मंगलबार (वैशाख २२) हुने नेपाल र ओमानबीचको खेलका लागि प्रतिटिकट २०० रुपैयाँ कायम गरिएको छ। यसअघि टिकट मूल्य ४०० रुपैयाँ रहेको थियो।

लिग–२ मा नेपाल २३ खेलबाट १६ अंकसहित सातौँ स्थानमा रहेको छ। नेपालले हालसम्म सात खेलमा जित निकाल्दा १४ खेलमा हार बेहोरेको छ भने दुई खेल रद्द भएका थिए।

यसैबीच, मे १२ देखि सुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृंखलाका लागि पनि क्यानले प्रतिटिकट २०० रुपैयाँ नै तोकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर-७ मा वडाकप हुँदै

   बैशाख १८, २०८३       admin

दाङ,१८ वैशाख । तुलसीपुर उपमहानगरपालिका–७ को आयोजनामा ‘वडाध्यक्ष कप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ। वैशाख २९ देखि ३१ गतेसम्म थारु गैरा खेल मैदानमा प्रतियोगिता आयोजना गरिनेछ।
वडा कार्यालयका अनुसार सहभागी हुन इच्छुक टोलीहरूले वैशाख २१ देखि २५ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ।

दर्ताका लागि नागरिकता, जन्मदर्ता र बसाइँसराइसम्बन्धी कागजात अनिवार्य पेश गर्नुपर्नेछ। प्रतियोगितामा वडा नं. ७ का स्थायी बासिन्दा खेलाडी मात्रै सहभागी हुन पाउनेछन्।

प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ र खेल फिफाको नियमअनुसार हुने जनाइएको छ। प्रत्येक खेल ३०–३० मिनेटको हुनेछ भने बराबरी भए पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ।

प्रत्येक टोलीमा १५ खेलाडी र एक अफिसियल गरी १६ सदस्य रहनेछन्। खेलका क्रममा सामान्य उपचार आयोजकले गर्नेछ भने गम्भीर चोटपटकको खर्च सम्बन्धित खेलाडी वा टोलीले व्यहोर्नुपर्नेछ।
प्रतियोगिताको उद्घाटन वैशाख २९ गते बिहान ८ बजे हुने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author