आईसीसी क्रीकेट विश्वकप लिग २ मा नेदरल्यान्डमाथी नेपालको जित

   फागुन ०५, २०८०       admin

काठमाडौं,५ फागुन। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।

शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए ।

खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकदिवसीय क्रिकेट : नेपालको ’क्लिनस्वीप’

   माघ २, २०८०       admin


दाङ,२९ माघ ।
क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ ।

सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।नेपाल ओपनर कुशल भुर्तेल १३ रनमै आउट भएका थिए । जतिबेला टिमको स्कोर ४५ रन थियो ।

तर अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो । यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए ।
अनिलले ११६ बलमा १२ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे भने भीमले १२७ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक बनाएका हुन । एकदिवसीय क्रिकेटमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको यो पहिलो पटक हो ।

अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अष्ट्रेलियालाई १४ वर्षपछि यू–१९ विश्वकपको उपाधि

   माघ २, २०८०       admin

यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो । 

दाङ,२९ माघ । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ ।

यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ आक्रमणसामु भारतका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन र मुसिर खान २२ रनमा आउट भए । मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२, कप्तान उदय सहारन ८, सचिन दास र प्रियान्शु मोलियाले ९-९ रन बनाए ।

अष्ट्रेलियाका माहली बियर्डम्यानले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । राफ म्याकमिलनले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कलुम विड्रलले २, चार्ल्स एन्डरसन र टम स्ट्रेकरले १-१ विकेट लिए ।

दक्षिण अफ्रिकाको विलोमुर पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा हर्जास सिंहले ६४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए ।

ओपनर ह्यारी डेक्सनले ५६ बलमा ३ चौका र १ छक्कासहित ४२ तथा कप्तान ह्युग वेबगेनले ६६ बलमा ५ चौकासहित ४८ रन बनाए । तल्लोक्रममा ओलिभर पीक ४३ बलमा २ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहँदै महत्वपूर्ण ४६ रनमा नट आउट रहेका थिए ।

भारतका तीव्र गतिका बलर राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । नमान तिवारीले २, सौम्य पाण्डे र मुसिर खानले १–१ विकेट लिए ।

भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ विकेट तथा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरण हुँदै सुपर सिक्सबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

डिसिएल–२ : हस्पिटल पार्टनर बुद्ध हस्पिटल

   माघ १, २०८०       admin


घोराही, १९ माघ । फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ को लागि हस्पिटल पार्टनर बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि हुने भएको छ ।
दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) का लागि हस्पिटल पार्टनरको रुपमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि र आयोजक बीच शुक्रबार सम्झौता भएको छ ।


हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्मा, प्रबन्ध निर्देशक डा. रमेश बस्नेत, रसिल थापा र आयोजकका तर्फबाट प्रतियोगिता निर्देशक विशेष अधिकारीबीच हस्पिटल पार्टनरका रुपमा सेवा दिने विषयमा सम्झौता भएको हो ।
दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले डिसिएल–२ खेल्नेछन् । जसको घोराहीस्थित लिगको हस्पिटालिटी पार्टनरका रुपमा रहेको भिंग्रेली भिलेज रिसोर्ट रहेको प्रतियोगिता संयोजक तथा दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिइन ।

पहिलो संस्करणको दाङ क्रिकेट लिगमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यू-१९ विश्वकप : नेपाललाई भारतको२९८ रनको लक्ष्य

   माघ १, २०८०       admin

दाङ, १९ माघ  ।  भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनायो । भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले ।


उनी गुल्शन झाको ४८ औं ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट हुन पुगेका थिए । एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल तयार पारेका थिए ।


कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भए । उदय खेल इनिङ सकिन भन्दा दुई बल अघि सुभाष भण्डारीबाट क्याच आउट भएका थिए । भारतले ओपनर आदर्श सिंहलाई १८ बलमा ४ चौकासहित २१ रनमा गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्रिकेट लिग–२ का लागि टीम मालिक र आयोजकबीच सम्झौता

   माघ १५, २०८०       admin

घोराही, १५ माघ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० ९डिसिएल–२० का फ्रेन्चाईज पाँच टीम र आयोजक बीच सम्झौता भएको छ । दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सका मालिक तथा प्रतिनिधिसँग लिग संचालनका लागि घोराहीस्थित लिगको हस्पिटालिटी पार्टनरका रुपमा रहेको भिंग्रेली भिलेज रिसोर्टमा सोमबार सम्झौता भएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको हुँदा फ्रेन्चाईज टीम उत्साहित छन् ।

प्रतियोगिता खेल्ने टिमहरुले अक्सनमार्फत खेलाडीहरु खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । लिगमा देशभरका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरिएको छ । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक÷एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले अधिकतम मुल्यमा आफै छनोट गर्न पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहेको दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारीदिए ।
प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली टोली बंगलादेश प्रस्थान

   माघ १५, २०८०       admin

काठमाडौं, १५ माघ। बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् ।

उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।

फेब्रुअरी ४ मा भुटानसँग खेल्ने नेपालले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माविलाई

   माघ १४, २०८०       admin

दाङ,१४ माघ। तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरले हात पारेको छ । गुरु जजुर नमुना मावि रक्षाचौर दाङको आयोजनामा माघ ११ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा उक्त विद्यालयले १८ स्वर्ण पदकसहित ७ रजत र ६ कास्य गरी ३१ पदक हात पार्न सफल भएको हो।

गुरु जजुर नमुना माध्यमिक विद्यालय रक्षाचौर दाङले सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ भने ६ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गर्ने ज्ञानज्योति माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। ६ स्वर्ण, ७ रजत र ११ कास्य पदक हासिल गर्ने सेन्टर माध्यमिक विद्यालय तुलसीपुरले सान्त्वाना स्थान हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यू-१९ विश्वकप: न्युजिल्यान्डविरूद्ध नेपालको लगातार विकेट

   माघ ०७, २०८०       admin

काठमाडौँ,७ माघ ।आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह ुडीु को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

नेपालले न्युजिल्यान्डको तीन विकेट लिइसकेको छ। पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो।

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १0।१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे। वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे।

१३।५ ओभरमा नेपालले दोस्रो विकेट लियो। नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे। जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए।

स्पिनर दिपेश कँडेलले १४।३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए।

न्युजिल्यान्डले तेस्रो विकेट गुमाउँदा ६७ रन जोडेको स्थिति थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यू-१९ विश्वकप : न्युजिल्याण्ड र नेपाल बीच खेल सुरु

   माघ ०७, २०८०       admin


दाङ, ७ माघ । आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ सुरु गरेको छ । अहिले खेल सुरु भएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology