दाङ ,२७ पुस । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले टिम घोषणा भएको छ ।
पुस २८ गतेदेखि काठमाडौंमा हुन लागेको प्रधानमन्त्री कपका लागि सुशान्त सिंह थापाको कप्तानीमा कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो ।
यस्तो छ लुम्बिनी टिममा
सुशान्त सिंह थापा(कप्तान), प्रज्वल थापा, विराट भण्डारी, कृष्ण कार्की, सम्राट भुषाल, मिर्नल गुरुङ, दिल्सान अलि, नर बहादुर सार्की, निर्मल गुरुङ, राहुल चौहान, अभिषेस गौतम, मोहम्मद हुसैन, विरबहादुर मगर, अकिव अहमद रहेका छन् ।

२२ सय व्यक्ति फरार सूचिमा

दाङ । आईसीसी यू-१९ विश्वकप अन्तरगत दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।
वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो ।नामिबियाका कप्तान ए बसिङ-वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए ।
नेपालका गुलशन झा र आकाश चन्दले ३-३ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
नेपालका लागि दिपक डुम्रे ३२ तथा आकाश त्रिपाठीले २१ रन बनाए । नामिबियाका जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २ विकेट लिए ।
यू१९ विश्वकपअघि नेपाल क्रिकेट संघ क्यानले व्यवस्था गरेको दुई अभ्यास खेलमा नेपालले दुवै खेल जितेको छ । यसअघि नेपालले स्कटल्याण्डलाई हराएको थियो ।
अब आईसीसीको तालिकामा रहेको दुई वार्म अफ म्याच खेल्नेछ ।
नेपालले पहिलो वार्मअफ खेल १३ जनवरीमा स्कटल्यान्ड र दोस्रो वार्म अफ १६ जनवरीमा वेस्टइन्डिजसँग खेल्नेछ ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू१९ विश्वकपमा नेपाल, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसँगै समूह डी मा रहेका छन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० पुस। टी-२० विश्वकप २०२४ को खेलतालिका सार्वजनिक भएको छ । पहिलो पटक टी-२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहमा ५-५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर-८ मा पुग्नेछन् । सुपर-८ मा पनि टोलीलाई ४-४ को २ समूहमा विभाजन गरिनेछ । सुपर-८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ ।
नेपाली टिम समूह डीमा रहेको छ ।
यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड रहेका छन् । नेपालले जुन ४ तारिखमा नेदरल्याण्डसँग खेल्दै विश्वकपको यात्रा तय गर्ने छ । यो खेल डालसमा हुने छ । यसैगरी ११ जुनमा श्रीलंकासँग लाउडरहिलमा खेल्न छ । १४ जुनमा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिनसेन्टमा खेल्ने छ ।
टी-२० ढाँचाको यो महत्वपूर्ण प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ पुस। कम्युनिस्ट आन्दोलनका नेता स्व. सिरोमणी आचार्यको स्मृतिमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्ला कमिटि अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा अरनिको मैदानमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । प्रमुख अतिथी पाण्डेले कम्युनिष्ट आन्दोलनको एक योद्धा श्रीमणी आचार्यले समाजमा असल ब्यवहार छाडेको हुदा सबैले स्मरण गर्दै आएको चर्चा गरेका थिए।
सो अवसरमा बोल्ने बत्ताहरुले श्रीमणी आचार्यले समाजमा छाडेको गुणहरुको अनुसरण गर्नुपर्ने बताएका थिए । कार्यक्रममा एमालेका नेता शोभाराम बस्नेत, कांग्रेसका जिल्ला सह सचिव राजु आचार्य लगायतले श्रद्धासुमन ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए
यसैविच मैत्रिपुर्ण खेलमा प्रेस चौतारीको समुह विजेता बनेको थियो । फाईनलमा शिक्षक संघको समुहलाई पेनाल्टी सुटआउटमा ४१ गोलको अन्तरमा पराजित गर्दै चौतारीको समुह विजेता बन्दा संघ उपबिजेतामा सिमीत बनेको हो । त्यस अघि शिक्षक संगठनको समुहले एमालेको समुहलाई पराजित गरेको थियो ।
प्रेस चौतारीको समुहले निजामती कर्मचारीको समुहलाई १० गोल अन्तरले पराजित गर्दै फाईनल पुगेको थियो भने शिक्षक संघले शिक्षक संगठनको समुहलाई हराउदै फाईनल पुगेको थियो । प्रतियोगितामा विजेता, उपविजेता र सहभागी समुहलाई प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेले प्रमाण पत्र प्रदान गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१ पुस।
नेपाल पत्रकार महासंघ दाङ शाखा स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । आफ्नो ३१ औं स्थापना दिवसको अवसर पारेर महासंघले स्थापनाको पहिलो दिन आइतबार दाङको बेलझुण्डी रंगशालामा खेलखुद प्रतियोगिता सन्चालन गरेको हो । खेलकुद प्रतियोगिता अन्तरगतकुर्सीदौड, फुटबल र घैटोफोर कार्यक्रम राखिएको थियो ।
कुर्सीदौड प्रतियोगितामा पत्रकार रिता केसि प्रथम भएकी छिन् भने घैटोफोर प्रतियोगितामा पत्रकार पुर्ण विवश कुसारी प्रथम भएका छन।
फुटबलको उपाधी रिहार समुहलाई
यसैबीच फुटबल प्रतियोगिताको उपाधी रिहार समुहले प्राप्त गरेको छ । रिहार र जंगलकुटि समुहबिच प्रतिस्पर्धामा रिहारले जित हांसिल गरेको हो । रिहारले जंगलकुटीलाई ३का विरुद्ध ५ गोल गर्दै जित हांसिल गरेको छ।
प्रतियोगितामा विजेता भएका पत्रकारहरुलाइ स्थापना दिवसको अन्तिम दिन पुस ४ गते पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगिता नेपाल पत्रकार महांसघ दाङ शाखाका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार सुदिप गौतमको प्रमुख आतिथ्यमा सन्चालन भएको थियो। खेलप्रतियोगीताको उद्घाटन गर्दै गौतमले पत्रकारिता मर्मलाई ख्याल गर्दै सुचना तथा समाचार सम्प्रेषण गर्न अनुरोध गरे।
उनले हरेक वर्ष स्थापना दिवसको अबसरमा पुस १ गतेदेखि ४ गतेसम्म विभिन्न गतिविधिहरु गर्दै आएको जानकारी समेत गराए। यसवर्ष पनि हरेक बर्षजस्तै ४ दिनसम्म विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउने बताए। कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए।
यसैबीच स्थापना दिवसको दोश्रो दिन पत्रकार महासंघको भवनमा रक्तदान गरिने पनि बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,कपिल लामिछाने।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को आयोजना तथा सुसेली युवा क्लवको सहयोगमा कात्तिक १७ गतेदेखि सञ्चालन भएको दोस्रो शहिद स्मृति वडा कप २०७८ को उपाधि बिजौरी टिमले हात पारेको छ ।
दुधरास लमही टोलको मैदानमा लगातार ४ दिन सम्म चलेको खेलमा १६ टिमको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले उद्धाटन गर्नुभएको खेलमा युवाहरुको बाक्लो सहभागिता रहेको थियो । खेलको आज समापन गरि पुरस्कार वितरण गरिएको छ । खेलमा प्रथम हुने बिजौरी टिमलाई झण्डै ३० केजीको खसी,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
खेलमा दोस्रो हुने दुधरासको टिमलाई नगद ८ हजार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । खेलमा बेष्ट किप्पर, बेष्ट प्लेयर, र हाई स्कोररलाई समेत पदकले सम्मान गरिएको थियो । आज वडा कार्यालयमा अनौपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले खेल र खेलाडीहरुको हौसला बढाउन वडाले प्रत्येक वर्ष यसरी नै यस्ता खालका कार्यक्रमहरु गरि वडा नं १८ मा खेलाडी उत्पादन गर्नमा सहयोग गरिरहने बताउनुभयो । साथै उहाँले वडा नं १८ बाट जिल्ला स्तरसम्म खेल्न तथा राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने गरि खेलाडी उत्पादन गर्नका लागी छिट्टै नै १५ जना फुटबल खेलाडीहरूको नाम छनोट गरि उनिहरुको ब्यबस्थापनका बारेमा वडाले काम गर्ने समेत जानकारी दिनुभयो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारत भने एक खेल बाँकी छँदै बाहिरिएको छ ।
अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर ३ तथा टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एडम मिल्न, जेम्स निशाम र इश सोधीले समान एक विकेट लिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार चार खेल जित्दै पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा २ विकेट गुमाएर एक सय ८९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले ।
कप्तान आजम ७० र रिजवान ७९ रनमा अविजित रहे । नामिबियाका जेन फ्रिलिंक र डेभिड वेजसले एक/एक विकेट लिए । एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो ।
नामिबियाका डेविड वेजस सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० तथा स्टेफेन बार्डले २९ बनाए । पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १–१ विकेट लिए । जितसँगै पाकिस्तानले चार खेलमा आठ अङ्क बनाएको छ ।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो । यसअघि समूह एकबाट इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । बुधवार भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।
मालेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेल एक-एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेकाे हाे । याेसँगै नेपालले २८ वर्षकाे पर्खाइ भङ्ग गरेकाे हाे । सन् १९९३ देखि सुरु भएकाे साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलाे पटक फाइनलमा पुग्याे ।
खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् ।
खेलको ७९ औँ मिनेटमा गाेलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनकाे ठाउँमा अशरफुल राना आएका थिए ।
जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेकाे हाे । चार खेल खेलेकाे नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेकाे हाे । फाइनलमा पुग्न नेपाललाई कम्तीमा पनि बराबरीकाे नतिजा चाहिएकाे थियाे । बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।
त्यसैगरि भारत पनि साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा भारत र नेपालबीच हुनेछ ।
यस्तै, नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । उनले साफ च्याम्पियनशिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका हुन् ।
बङ्गलादेशसँगको खेलपछि भएको पत्रकार सम्मेलनमा अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । उनी माल्दिभ्सबाट सिधै कुवेत जानेछन् ।
यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि अलमुताइरीले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए । तर पछि यो विषय सेलाएको थियो ।
राेहितले गरे विराजकाे बराबरी
यसैबीच आजकाे खेलमा राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । बुधवारकाे खेलमा रोहितले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गरेका हुन् ।
राेहितकाे यो नेपालको लागि ७३ औँ खेल हो । विराजले पनि नेपालका लागि ७३ खेल खेलेका छन् । विराजले सन्न्यास लिइसकेका हुँदा राेहितलाई उनकाे कीर्तिमानलाई उछिन्ने माैका छ ।
नेपालका लागि धेरै खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा छ । उनले ७८ खेल खेलिसकेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।
सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए ।
सन्दीपले लिग टूको त्रिकोणात्मक सिरिजमा लोभलाग्दो प्रदर्शन गरेका थिए । उनले ६ ओडीआई म्याचमा १८ विकेट लिएका थिए । उनले पपुवा न्यूगिनीविरुद्ध ४/३५ र ६/११ तथा ओमानविरुद्ध ४/१८ को उत्कृष्ट बलिङ गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस