काठमाडौं । नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ ।
एक्सचेन्जका युरोकप-२०२०को दौरानमा इन्टरनेट ट्राफिक (एनपीआईएक्स)ले राखेको रेकर्डलाई नेपाल र भारतबीचको खेलले तोडेको हो ।
असार १५ गते युरो कपअन्तर्गत राउन्ड १६ का फ्रान्स र स्विजरल्यान्ड तथा इङ्ल्यान्ड र जर्मनीबीच भएको दिनमा नयाँ रेकर्ड बनेको थियो । सो दिनमा इन्टरनेट खपत प्रतिसेकेन्ड ४९.८८९ जीबीसम्म पुगेको थियो ।
भारतसँगको खेलको पहिलो हाफपछि प्रतिसेकेन्ड ५४.४४० गिगाबिट्ससम्म इन्टरनेट ट्राफिक पुगेको एक्स्चेन्जले बताएको छ । रेकर्ड देशबाहिरबाट आएको र नेपालबाट विदेश गएको बाहेकको ब्यान्डविथ खपत हो ।
नेपालका विभिन्न एपहरुले सेवा भिडियो सेवा दिँदा स्थानीय ब्यान्डविथ खपत बढेको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि सुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् ।
ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् भने सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् ।
६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।
ज्ञानेन्द्र आबद्ध ललितपुर प्याट्रिओट्सले आज बिहीवार एक विज्ञप्ति निकाल्दै याे जानकारी दिएकाे हाे । प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएकाे छ ।
यसअघि राष्ट्रिय टाेलीका पूर्वकप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए । साथै पाली टाेलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र बलर वसन्त रेग्मीले पनि ईपीएल खेल्ने छैनन् ।
त्रिवि मैदानमा यही असोज ९ देखि २३ गतेसम्म हुने प्रतियाेगिताकाे विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती आइपिएलको ३३ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।
जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका युवा ब्याट्सम्यान श्रेयस ऐर ४१ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनमा अविजित रहे । कप्तान तथा विकेटकिपर ऋषभ पन्त २१ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । शिखर धवन ३६ बलमा ६ चौका र १ छक्का सहित ४२ रनमा आउट भए । ओपनर पृथ्वी शा ११ रनमा आउट भएका थिए । हैदराबादका खलिल अहमद र राशिद खानले एक एक विकेट लिए ।
त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । हैदराबादका युवा ब्याट्सम्यान अब्दुल सामदले २१ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २८ रनको योगदान दिए । राशिद खानले १९ बलमा २ चौका र १ छक्का सहित २२ रन बनाए । विकेटकिपर ऋद्धिमान शाह र कप्तान केन विलियम्सन १८–१८ रनमा आउट भए । मनिष पाण्डे १७, केदार जाधब ३ र जेसन होल्डर १० रनमा आउट भए । ओपनर डेविड वार्नर शून्यमा आउट भएका थिए ।
दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए ।
२२ सय व्यक्ति फरार सूचिमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् ।
आइसिसीले जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीपले एकै पटक १२ स्थान सुधार गरेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । सन्दीपले फड्को मार्नेक्रममा भारतका हार्दिक पान्ड्या, अष्ट्रेलियाका मिचेल मार्श, मार्कस स्टोइनिस र न्युजिल्यान्डका काइल जेमिसन जस्ता चर्चित खेलाडीलाई पछि पारेका छन् । ओडिआई बलिङ वरियतामा हार्दिक ८२ औं, मार्श ८४ औं, स्टोइनिस ८६ औं र जेमिसन ९७ औं स्थामा छन् ।
टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८२ औं स्थानमा छन् । टि२० आई वरियता ब्याटिङतर्फ युवा ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि टि२० आई वरियता ब्याटिङतर्फ ९२ औं स्थानमा छन् । नेपाल ओडिआई वरियतामा १६ औं र टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।
सन्दीपले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेपछि ओडिआई वरियतामा फड्को मारेका हुन् । आइसिसी विश्वकप लिग २ नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । ५ इनिङमा सन्दीपले कुल १८ विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा सानदार बलिङ गरेका थिए । पपुपा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिदै नेपाललाई सहज जित दिलाएका थिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।
ओमानसँगको पहिलो खेलमा भने पेटमा समस्याको कारण सन्दीपले बलिङ गर्न सकेका थिएनन् । अमेरिकासँग दोस्रो खेलमा २ र ओमानसँग अन्तिम खेलमा ४ विकेट लिएका थिए । सन्दीपले १६ ओडिआई खेलमा ४१ विकेट लिइसकेका छन् । सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट लिने दौडमा रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई १२१ रनमा अलआउट गरेकाे छ ।
ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे हाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् ।
यस शृङ्खलाअन्तर्गत पछिल्ला दुई खेलमा नेपालले राम्राे प्रदर्शन गर्न सकेकाे थिएन । नेपाल ओमानसँग पाँच विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियाे ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको नेपाल र ओमानबीच भएको खेलमा रोहितकुमार पौडेलले लिएको क्याचको चर्चा चुलिएको छ । बाउन्ड्री लाइनमा उफ्रिँदै रोहितले लिएको क्याचको प्रशंसा आईसीसीले पनि गरेको थियो ।
अहिले आएर भारतीय पत्रिका दैनिक भास्करले पनि रोहितले लिएको क्याचको प्रशंसा गरेको छ । दैनिक भास्करले लेखेको छ, ‘नेपाल र ओमानबीच भएको खेलमा रोहित पौडेलले बाउन्ड्री लाइनमा उफ्रिँदै एक अचम्मको क्याच लिए ।’
दैनिक भास्करले रोहितले क्याच आउट गरेको भिडियो राख्दै ‘सुपरम्यान बने रोहित’ भनेर लेखेको छ ।
२६ औँ ओभरमा नेपालका कुशल मल्लको तेस्रो बलमा ओमानका जतिन्दर सिंहले लंग अनतर्फ एक शट खेलेका थिए । जतिन्दरको शट हेर्दा त्यो बलले सजिलै बाउन्ड्री लाइन पार गर्ने लागेको थियो, तर रोहितले त्यो बल क्याच आउट गरे ।
रोहित भाग्दै बाउन्ड्री लाइन नजिक पुगे र हावामा उड्दै, एक हातले बललाई बाउन्ड्री लाइन भन्दा भित्र फ्याँक्दै, हावामा उफ्रँदै बल क्याच गरे । जसका कारण जतिन्दर एक सय सात रन बनाएर पभेलियन फर्के । यो खेल ओमानले पाँच विकेटले जितेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपाल विजयी भएकाे छ । नेपालले बङ्गलादेशलाई दुई–एककाे गाेल अन्तरले हरायाे ।
नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गाेल गरे । सविताले खेलकाे १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् ।
पहिलाे हाफमा नेपाल दुई–शून्यले अघि थियाे । तर खेलकाे दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गर्याे । उसका लागि खेलकाे ८३ औँ मिनेटमा थोउरा खातुनले गाेल गरिन् ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे आइतवार हुनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
पपुवा न्युगिनी (पीएनजी) सँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएकाे छ । पीएनजीले दिएकाे एक सय ३५ रनकाे लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएकाे हाे ।
नेपालका लागि राेहित पाैडेलले ४१ रन बनाए । त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र साेमपाल कामीले अविजित २२ रन बनाए । ८२ रनमा सात विकेट गुमेकाे अवस्थामा राेहित पाैडेलले र साेमपाल कामीले ५२ रनकाे साझेदारी गरे ।
बलिङतर्फ पीएनजीका गाैडी टाेकाले तीन विकेट लिए । त्यस्तै दमेन राभु र चाद साेपरले दुई–दुई विकेट लिए ।
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।
नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ ।
दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको हो । भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले र ८० मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरे । नेपालका लागि ८६ औं मिनेटमा तेज तामाङले गोल गरे पनि बराबरी वा जितको लागि पर्याप्त भएन ।
खेलमा नेपालले गोलका कयाैँ मौका पाए पनि गोल गर्न भने सकेन । यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस