काठमाण्डाै । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ ।
दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको हो । भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले र ८० मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरे । नेपालका लागि ८६ औं मिनेटमा तेज तामाङले गोल गरे पनि बराबरी वा जितको लागि पर्याप्त भएन ।
खेलमा नेपालले गोलका कयाैँ मौका पाए पनि गोल गर्न भने सकेन । यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले दुई वर्षको अनुबन्धमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् ।
६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए र अहिले उनलाई पीएसजीले प्रति वर्ष २५ मिलियन युरो दिने गरी अनुबन्ध गर्न लागेको हो ।
मेस्सीले पीएजसीसँग थप एक वर्ष अनुबन्ध लम्ब्याउन सक्ने विकल्प पनि रहनेछ र थप एक वर्षमा पनि २५ मिलियन युरो नै पाउने बताइएको छ । यसअघि मेस्सी बार्सिलोनामै रहने चर्चा चले पनि क्लबसँग सम्झौता बढाउन मेस्सी असफल भएका थिए ।
मेस्सीले यस समरमा एक नयाँ पाँच वर्षकाे सम्झाैताका लागि हस्ताक्षर गर्दै बार्सिलाेनामा आफ्नाे २१ वर्षे करिअर लम्ब्याउने तयारी गरेका थिए । तर क्लबले यही बुधवार आर्थिक र संरचनात्मक कठिनाइ देखाउँदै सम्झाैता गर्न नसकिने बताएकाे थियाे ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका पूर्वक्याप्टन पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले संन्यास लिएको घोषणा गरेका छुन् । उनले सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु ।’ उनी सन् २००२ बाट नेपालका लागि क्रिकेट खेल्न थालेका हुन् ।
यति धेरै समय नेपालका लागि खेल्न पाएको खुशी जनाउँदै खड्काले भनेका छन्, ‘नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’ उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटको प्रगतिका लागि काम गरिरहने बताएका छन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्,’ उनले भनेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानसँगको तीन खेलको ट्वान्टी ट्वान्टी श्रृंखला २–१ ले जितेको छ । निर्णायक तेस्रो टी–ट्वान्टीमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रृंखला जितेको हो ।
जितका लागि पाएको १ सय ५५ रनको लक्ष्य इंग्ल्यान्डले १९ दशमलव ४ बलमा ७ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका ओपनर जेसन रोयले सर्वाधिक ६४ रन बनाए । पाकिस्तानका मोहम्मद हफिजले ३ विकेट लिए । ईमाद वासिम, हसन अली, उस्मान कादिर र शादब खानले एक/एक विकेट लिए ।
यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवान ७६ रनमा अविजित रहे । इंग्ल्याण्डका आदिल राशिदले ४ विकेट लिए । मोईन अलीले एक विकेट लिए । पाकिस्तान पहिलो टी–ट्वान्टीमा ३१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ४५ रनले पराजित भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।
कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ ।
काेराेना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ ।
दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
बेरी म्याककार्थी ३० तथा जोस लिटल १५ रनमा अविजित रहे । कप्तान एन्डी बलब्रिनेले २२ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए ।
लुंगी एनजीडी र जर्ज लिन्डेले २/२ विकेट लिए । डुब्लिनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन माक्रमले सर्वाधिक ३९ रन जोडे ।
डेभिड मिलरले २८, रस्सी भान डेरले २५ तथा क्विन्टन डी ककले २० रन बनाए । आयरल्यान्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २/२ विकेट लिए । जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खला भने १–१ को बराबरीमा सकिएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ। कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको माराकाना रंगशालामा आइतबार बिहान भएको फाइनलमा घरेलु टिमलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफको २२औं मिनेटमा डि मारियाले गरेको एकमात्र गोल खेलको निर्णायक बन्यो ।
योसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको ठुलो उपाधि मुलुकलाई जिताउने एउटा सपना पूरा भएको छ ।
उनले बार्सिलोनाबाट दर्जनौँ पटक ट्रफी जिते पनि मुलुकलाई ठुलो उपाधि दिलाउन सकेका थिएनन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हंगेरीविरुद्धको खेलमा तीन कीर्तिमान बनाएका छन् । युरो २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको थियो । पोर्चुगलको जितमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबल च्याम्पियनसिप (युरो)को इतिहासमा दुई अद्भूत कीर्तिमान बनाए । सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट प्रतियोगितामा डेब्यु गरेका रोनाल्डो युरोपियन च्याम्पियनसिपको पाँच संस्करणसम्म खेल्ने पहिलो खेलाडी बनेका छन् ।
खेल सुरु हुँदै आफ्नो नाममा एक कीर्तिमान बनाइसकेका रोनाल्डोले आजको खेलमा पोर्चुगललाई जित दिलाउन नसकेको भए पक्कै त्यसको खुशी उनमा हुने थिएन । तर, ८४औं मिनेटसम्म ६७ हजार समर्थक अगाडि भएको खेलमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले अन्तिमको ६ मिनेट र इन्जुरी समममा तीन गोल गरेको थियो ।
जसमध्ये दुई गोल रोनाल्डोको नाममा रह्यो । हंगेरियन डिफेन्डर विली ओर्बानले ८७औं मिनेटमा पोर्चुगिज खेलाडी राफा सिल्भामाथि पेनाल्टी एरियामा फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई गोलमा परिणत गरेका रोनाल्डो त्यो गोलसँगै युरोपियन फुटबल च्याम्पियनसिपकै सर्वकालिन सर्वाधिक गोलकर्ता बने । त्यो गोल अगाडिसम्म यो कीर्तिमान रोनाल्डो र फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको संयुक्त नाममा थियो । सन् १९८४ मा फ्रान्समा भएको युरोको एकै संस्करणमा ९ गोल ठोकेका प्लाटिनीको कीर्तिमानसँग रोनाल्डोले २०१६ मा बराबरी गरेका थिए ।
तर, आजको खेलमा दुई गोल थपेसँगै त्यो कीर्तिमान रोनाल्डोले ११ गोलमा पुर्याएर आफ्नै नाममा एकलौटी बनाएका छन् । रोनाल्डोको दुई गोल र राफाएल गुरेरोको एक गोलप्रेरित पोर्चुगलले १३ वर्षपछि ठूला प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको छ । यसअघि २००८ को युरोको पहिलो खेलमा पोर्चुगलले टर्कीमाथि २-० को जित हासिल गरेको थियो ।
त्यसयताका तीन विश्व कप र दुई युरोको पहिलो खेलमा पोर्चुगलले जित निकाल्न सकेको थिएन । साविक विजेता पोर्चुगलले २०१६ मा घरेलु टोली फ्रान्सलाई फाइनलमा पराजित गर्दै उपाधि उचालेको थियो । हंगेरीविरुद्को खेलमा गोल गरेसँगै रोनाल्डो युरोको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं , विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ ।
नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ । एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ । तर जोर्डन नेपालभन्दा बलियो टोली हो र अहिलेसम्म नेपालले जोर्डनलाई पराजित गर्न सकेको छैन । छनोटकै अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो ।
नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए । यसअघि चाइनिज ताइपेईविरुद्ध गरेको अध्ययनले जित सम्भव भएको भन्दै अलमुताइरीले जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए ।
अलमुताइरीले खेलाडीको मानसिकता अहिले बदलिएको र नतिजाका लागि खेलाडीको मानसिकताले पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । जोर्डनका प्रशिक्षक भिटाल बोर्केल्मान्सले नेपाल विरुद्धको खेललाई लिएर सजग छन् । उनले नेपालले इराक र चाइनिज ताइपेई विरुद्ध नेपालले राम्रो खेलेको भन्दै प्रशंसा गरेका थिए । अहिलेसम्म नेपालले जोर्डनसँग तीन पटक खेल्दा जित्न सकेको छैन । त्यसैले नेपालको अन्तिम लक्ष्य पहिलो पटक जोर्डनलाई हराउनु भए पनि त्यो त्यति सहज भने छैन ।
नेपालले विश्वकप छनोटमै यसअघि जोर्डनसँग उसैको मैदानमा खेल्दा ३–० ले पराजित भएको थियो । ५५ मिनेटसम्म जोर्डनलाई बराबरीमा रोकेपनि त्यसपछि नेपालले पेनाल्टीमा गोल खायो र अन्तिम १२ मिनेटमा थप दुई गोल व्यहोरेको थियो । जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान माथि छ । जोर्डन ९५ औं र नेपाल १७१ औं स्थानमा छन् ।
नेपालले जोर्डनलाई पराजित गर्न सके यसअघिको हारको बदला मिल्नेछ भने एसियन कप छनोटका लागि अर्को चरणमा पुग्ने बाटो समेत सहज बन्न सक्छ । एसिन कपको अन्तिम चरणको छनोटमा सिधै पुग्न नेपालले जोर्डनलाई हराउनै पर्नेछ । अन्यथा नेपालले अन्तिम चरणको छनोटमा पुग्न पनि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
जोर्डन ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंकसहित नेपाल चौथो स्थानमा छ । नेपालले अन्तिम स्थानको चाइनिज ताइपेईलाई दुई पटक पराजित गरेको थियो । तर उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि हरेक समूहको चौथो र पाँचौ स्थानमा हुने टिमको नतिजा गणना हुने छैन । त्यसैले पनि नेपाललाई जोर्डनविरुद्ध अंक जोड्नुपर्ने आवश्यकता छ ।
समूह ‘बी’ मा जोर्डन ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । कुवेत ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । यदि नेपालले जोर्डनलाई पराजित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ । अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ । त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने लक्ष्यमा छन् । पछिल्लो पटक जोर्डनसँग अम्मानमा खेल्दा नेपाली टिममा रहेका १० खेलाडी अहिले पनि टिममा छन् ।
जोर्डनविरुद्ध विगत
जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । जसमध्ये दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो । सन् २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा अर्को खेल बराबरीमा सकिएको थियो ।
२०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । तर त्यसको पाँच दिनपछि भरत खवासको गोलमा दशरथ रंगशालामा नेपालले जोर्डनसँग १–१ को बराबरी खेलेको थियो । त्यो दुवै खेलमा पूरै समय खेलेका गोलकिपर किरण चेम्जोङ मात्र अहिले नेपाली टिममा छन् । २०२२ को विश्वकप छनोट अन्तर्गत जोर्डनको अम्मानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ — विश्वकप छनोटमा नेपालले बिहीबार चिनियाँ ताइपेईलाई हराएको छ । बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको हो ।
कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका हुन् ।
ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो । त्यस्तै ८१औँ मिनेटमा नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन् ।
एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भएको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस