काठमाडौ,९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुने भएका छन्। दुवै टोलीका लागि आजको खेल प्लेअफमा पुग्ने सम्भावनालाई सुरक्षित गर्ने महत्वपूर्ण अवसर मानिएको छ।
काठमाडौं र लुम्बिनी दुवै टोलीले हालसम्म २–२ अंक मात्र जोडेका छन्। अङ्क तालिकामा काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छन्। आजको खेलले प्लेअफ समीकरणमा ठूलो प्रभाव पार्नेछ।
अनुभवी अलराउन्डर करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाज आज चौथो खेल खेल्दैछ। प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा काठमाडौंले पहिलो खेलमा बलियो जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो।
तर त्यसपछि टोलीले लय कायम राख्न सकेन। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हार बेहोऱ्यो भने तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भयो।
तीन खेलमा १ जित र २ हारसहित काठमाडौं २ अंकमा सीमित छ। ब्याटिङमा अस्थिरता र बलिङमा कमजोर प्रदर्शनले टोली दबाबमा परेको देखिन्छ।
पहिलो सिजनमा नेट रनरेटका कारण प्लेअफबाट बाहिरिएको काठमाडौंले यो पटक गल्ती नदोहोर्याउने लक्ष्य राखेको छ।
कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स आज तेस्रो खेल खेल्दैछ। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै राम्रो सुरुवात गरेको थियो।
तर दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटको ठूलो हार बेहोर्नुपरेको थियो। उक्त खेलले लुम्बिनीको बलिङ कमजोरी उजागर गरिदियो, किनकि टोलीले कर्णालीको केवल एक विकेट मात्र लिन सक्यो।
दुई खेलमा १ जित र १ हारसहित लुम्बिनीले पनि २ अंक जोडेको छ। पहिलो सिजनमा खराब प्रदर्शनका कारण सबैभन्दा पहिला बाहिरिएको लुम्बिनीले यसपटक प्लेअफमा स्थान बनाउन प्रयासरत छ।
आजको खेल : दुवै टोलीका लागि निर्णायक
दुवै टोली समान २ अंकमा भएकाले आजको खेल जित्ने टोली प्लेअफको यात्रा सहज बनाउनेछ।
काठमाडौं लगातार दुई हारपछि लयमा फर्कन चाहन्छ भने लुम्बिनी कर्णालीसँगको ठूलो हार बिर्सेर विजयी लय समात्न चाहन्छ।
काठमाडौंका प्रशिक्षक मोन्टी देसाईले ब्याटिङ–बलिङमा देखिएको असन्तुलन सुधार्नुपर्ने छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टोलीको मनोबल उच्च राख्न जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि ६ विकेटको शानदार जित हासिल गरेको छ।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। लक्ष्य पछ्याउने क्रममा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका विदेशी खेलाडी गुलबदिन नाइबले २४ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाएर टिमलाई जितको नजिक पुर्याए, जसमा जेजे स्मितले अन्त्यमा उनको साथ दिए।
यसअघि कप्तान रोहित पौडेलले ४४ बलमा ३९ रन बनाउँदै इनिङ्स सम्हालेका थिए भने सन्दीप जोराले १८ बलमा २८ रन, डार्सी सर्टले ११ रन र दिलिप नाथले १० रनको योगदान दिएका थिए।
चितवनको बलिङतर्फ रिजन ढकालले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सोहेल तनवीरले १ विकेट लिन सफल रहे। टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १४२ रन बनाएको थियो, जसमा इनिङ्सको दोस्रो बलमै डेभिड मलान बोल्ड भएपछि टिम दबाबमा परेको थियो।
दीपक बोहरा १० रन र देव खनाल १४ रनमा आउट हुँदा चितवन ४३/३ को अवस्थामा पुगेको थियो। संकटको घडीमा रवि बोपाराले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएर टिमलाई उकासे, जसलाई कप्तान कुशल मल्लले १८ बलमा २१ रन र सैफ जैबले ७ बलमा १५ रन जोडेर थप मजबुत बनाए।
लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने नाइब र अभिषेक गौतमले २–२ विकेट हात पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमै पूरा गर्यो।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। ओपनर प्रियांक पञ्चालले डेब्यूमै उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको धुन्धाम पारी खेले। ओपनर म्याक्स ओ’डाउडसँग मिलेर पहिलो विकेटका लागि ६१ रन जोडे। पवन सरार्फले १६ बलमा २७ रन जोडे भने मार्क वाटले १६ रन थपे। कर्णालीले निर्धारित २० ओभरमा १६७ रनको मध्यम चुनौती खडा गरेको थियो।
जवाफी ब्याटिङमा चितवनका ओपनर दीपक बोहराले स्थिर पारी खेल्दै ४२ रन बनाए। अर्का ओपनर डेविड मलान ६ रनमै आउट भए। रवि बोपाराले अनुशासित ब्याटिङ गर्दै ३६ बलमा ५२ रन बनाए भने सेफ जैबले ३८ रनको महत्वपूर्ण योगदान दिए। कप्तान कुशल मल्लले २० रन जोडे।
कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए भने युनिश सिंह र युवराज खत्रीले एक–एक विकेट हात पारे। चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले एक–एक विकेट लिए।
आजको खेलपछि चितवन राइनोजले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै अङ्कतालिकामा महत्वपूर्ण तीन अङ्क जोडेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरेकी छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित रंगीन कार्यक्रममा प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायत खेलकुद क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदा त्रिवि मैदान उत्साहले भरिएको थियो।
उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सलाई फिल्डिङ गरिरहेको छ।
क्यानको आयोजनामा सुरु भएको एनपीएल यही मंसिर २७ गतेसम्म चल्नेछ। यस संस्करणमा आठ टोली प्रतिस्पर्धामा छन्।
एनपीएललाई नेपाली क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रमुख फ्रान्चाइज प्रतियोगिताका रूपमा हेरिन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२३ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको छ ।
यूएईले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका लागि मोहमद आदिल आलमले ३२ र सन्दीप जोराले अविजित ३१ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको थियो । उसका लागि निलाश केसवानीले सर्वाधिक ७३ रन र जाहिद अलीले ३० रन जोडे ।
नेपालका लागि राशिद खानले दुई विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए । यो हारसँगै जारी प्रतियोगितमा नेपालको यात्रा समाप्त भएको छ ।
विभिन्न १२ टोली सहभागी यस प्रतियोगितामा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । त्यसबाहेक सबै खेलमा नेपाल पराजित भयो । नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका र श्रीलंकासँग पराजित भएको थियो
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो।
नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्यो।
यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो। नेपालले २–१ सेटको अग्रता लिए पनि अन्तिम दुई सेटमा हार बेहोर्नु परेको थियो।
च्याम्पियनसिपमा कुल चार टोली सहभागी छन्। राउन्ड रोबिन चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ। कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि खेल आयोजना हुने तालिका छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१९ कार्तिक । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले बुधबार बसेको १२३ औं बोर्ड बैठकमा प्रतियोगिता यही मिति आयोजना गर्ने निर्णय गरेको जनाएको छ। प्रतियोगितामा विभिन्न खेलकुदका प्रतिस्पर्धा हुने र देशभरका खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१५ कार्तिक । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्।
उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले ३५।४ ओभरमा दुई चौका तीन छक्का हानेका छन्।
यूएईमा जारी खेल दुबईस्थित आईसीसी एकेडेमीमा जारी रहेको छ।
नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना हुन लागेको नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) लक्षित गर्दै क्यानले शुक्रबार सबै संघहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो।
क्यानका अनुसार एनएसपीएल जस्ता टेनिस बल क्रिकेट प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को संरचनाभित्र नपर्ने भएकाले यसप्रकारका प्रतियोगितालाई संघले मान्यता नदिने जनाएको छ।
कात्तिक १५ गतेदेखि काठमाडौंमा आयोजना हुन लागेको एनएसपीएलमा कुनै पनि प्रदेश वा जिल्ला क्रिकेट संघका खेलाडी र प्रशिक्षकहरूले सहभागिता नजनाउन क्यानले निर्देशन दिएको हो।
क्यानका क्रिकेट म्यानेजर विनोद दासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका प्रतियोगिताहरूलाई संघबाट स्वीकृति प्रदान नहुने भएकाले संघको स्वीकृति बिना आयोजना भइरहेको एनएसपीएलमा प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, खेलाडी र प्रशिक्षकहरू सहभागी नहुन जानकारी गराइन्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ कार्तिक ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएको करिब आठ महिनामै उनले पद छोडेका हुन्।
गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। तर, करिब आठ महिनामै उनले पदबाट राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्। राईका अनुसार, रसले किन राजीनामा दिए भन्ने कारणबारे पछि जानकारी दिइनेछ।
रसको प्रशिक्षणमा नेपालले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो। तीमध्ये नेपालले एक खेलमा जित हासिल गरेको, दुई खेल बराबरी र चार खेलमा पराजित भएको थियो। रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिङ्गापुरलाई पराजित गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस