काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो।
नेपालका लागि ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै शानदार प्रदर्शन गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ रन बनाए भने दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्का सहित ५३ रनको योगदान दिए।
ओपनर कुशल भुर्तेल १५ बलमा १७ रन बनाए भने आरिफ शेख ९ रनमा आउट भए। कप्तान रोहित पौडेल १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै नटआउट २१ रनमा रहे।
आक्रामक ब्याटिङ गरेका लोकेश बम ले १२ बलमा नटआउट ३९ रन प्रहार गरे। उनले २ चौका र ४ छक्का हानेका थिए।
आजको खेलका लागि अघिल्ला खेलमा मौका नपाएका केही खेलाडीलाई टोलीमा समावेश गरिएको छ। आरिफ शेखसँगै करण केसीले पनि आज खेल्ने मौका पाएका छन्। ललित राजवंशी टोलीमा फर्किएका छन् भने लोकेश बम दोस्रो खेलमा मैदान उत्रिएका हुन्।
यसअघि सोमपाल कामी, कुशल मल्ल, सन्दीप जोरा र आदिल अन्सारी आजको टोलीमा परेका छैनन्।
नेपालको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, लोकेश बम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी रहेका छन् ।
अन्तिम खेलअघि नेपालको ८ अंक छ भने दोस्रो स्थानमा रहेको घरेलु टोली ओमानको पनि ८ अंक नै छ। तर रनरेटमा नेपाल अघि छ — नेपालको रनरेट ०.७४५ रहेको छ भने ओमानको ०.४५६ मात्र छ।
आज ओमान विजयी भएसँगै युएई ६ अंकमा झरेर तेस्रो स्थानमा पुगेको छ। नेपाल, ओमान र युएई — यी तीन टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्।
अब छनोट अन्तर्गतको अन्तिम खेल नेपाल र सामोआबीच हुनेछ। यो खेलको नतिजासँगै च्याम्पियन टिमको टुंगो लाग्नेछ।
नेपालले जित निकाल्न सकेमा च्याम्पियन बन्नेछ, तर झिनो अन्तरले हार्दा पनि नेपाल रनरेटको आधारमा च्याम्पियन हुने सम्भावना बलियो रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ , ३० असोज । ओनेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो ।
सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो । नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ । नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता नै जित्नेछ ।
दिनको खेलको दुई नतिजा आफूअनुकूल आएपछि नेपाल र ओमान मैदानमा उत्रिनुअगाडि नै विश्वकपमा पुगेका थिए । नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो । बुधबारको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले ओमानलाई ७७ रनले पराजित गरेका थिए ।
सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए । अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे ।
अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमा रनआउट गरे । दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरेका हुन् । आर्यन विष्टले २४ बल खेली ११ रन बनाए । सन्दीप लामिछानेको बलमा उनी बाउन्ड्री लाइनमा वैकल्पिक फिल्डर आरिफ शेखबाट समातिए ।
त्यसपछि गुलशन झाले मोहम्मद नदिम र जितेन रामानन्दीलाई लगातार बलमा शून्यमा आउट गरे । मोहम्मद नदिमले ३१ बल खेली १ छक्का प्रहार गर्दै २५ रन बनाए । गुलशनले यसअघि नै नदिम खानलाई १ रनमा आउट गरेका थिए । विनायक शुक्लाले ओमानबाट सर्वाधिक ३२ रन बनाए । १९ बल खेली १ चौका र ३ छक्का प्रहार गरेका उनी सोमपालको बलमा आउट भए ।
सुफियान मेहबुबले ९ रन बनाए । उनलाई नन्दनले आउट गरे । सकिल अहमद ८ र साह फैजल ३ रन बनाई अविजित रहे । गुलशनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । नन्दनले ४ ओभरमा १९ र सोमपालले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए । सन्दीपका नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो ।
कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुनः निराश बनाउन पुग्यो । यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए । आसिफ २० बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए ।
नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे । नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्लो क्रमका चार विकेट लिने क्रममा दीपेन्द्रलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे । यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ असोज । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गतको सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले ।उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
नेपालले पहिलो विकेटको रुपमा ७.३ ओभरमा आसिफ शेखको विकेट गुमायो। आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। त्यसपछि भने लगातार २ विकेट गयो । कप्तान र उपकप्तान सस्तैमा पेभेलियन फर्किए। कुशल मल्लले यो प्रतियोगिता अवधिभर नै राम्रो ब्याटिङ गर्न सकेका छैनन्। आजको खेलमा पनि कुशल मल्ल ११.४ ओभरमा ७ रन बनाउँदै क्याच आउट भए ।
पाँचौँ विकेटका लागि कुशल भुर्तेलसँग आदिल आलमले ४० रनको साझेदारी गरे । उनले १५ बलमा ३ चौकासहित १६ रन बनाए।
छैटौं विकेट कुशल भुर्तेलको विकेट गयो। सातौं विकेटको रुपमा गुल्सन झाले १० बलमा २ छक्कासहित १८ रनमा विकेटकिपरको हातमा क्याच हुँदै पेभेलियन फर्किए।
आठौं विकेटको रुपमा लोकेश बम १९.१ ओभरमा ३ बल खेल्दै डकआउट भए। नन्दन यादव ९ रनमा अन्तिम बलमा रनआउट हुँदा सोमपाल कामी १ रनमा अविजित रहे।
ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए।
सेफ्यान मेहमुद र जितेन कुमार रमानन्डीले २–२ विकेट लिए।
आज दिउँसो भएको खेलमा यूएईले सामाओलाई पराजित गर्दा शीर्ष २ मा रहेका नेपाल र ओमान दुवै टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।
यो क्षेत्र छनोटबाट अब १ टिमले भारत र श्रीलंकामा हुने विश्वकपमा स्थानमा बनाउनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ ।
छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ।
सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ अंक छ। आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा पुग्नेछ। यद्यपी आज कतारले खेल जितेसँगै नेपाल र ओमानले एकअर्का बीच खेल्नुअघि नै टी-२० विश्वकपमा पुग्ने समिकरण बनेको छ।
कतारले आज जापानमाथि ३ विकेटको जित निकाल्यो। अब अहिले केहीबेरमा युएई र सामोआबीच खेल हुँदैछ। यो खेलमा युएई विजय भएमा नेपाल र ओमान अन्तिम दुई खेलअघि विश्वकपमा पुग्नेछन् ।
युएईले खेल जितेको अवस्थामा एक टोलीले मात्र ६ अंक जोड्ने सम्भावना हुन्छ। जसका कारण नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपमा स्थान बनाउनछन्। यसमा जापान र युएईको खेलले समिकरणमा भूमिका खेल्नेछ। किनभने युएई र जापानले मध्ये एक टोलीले अंक गुमाउने पक्का छ ।
छनोटबाट शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,२८ असोज । नेपाल आइसीसी टी–२० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अक्टोबर १३ मा सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८औं स्थानबाट १७औं स्थानमा पुगेको हो।
नेपालले पछिल्ला खेलहरूमा लगातार जित हासिल गरेपछि वरियतामा सुधार भएको हो। विशेषगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २–१ ले पराजित गरेपछि नेपालको स्थान उक्लिएको बताइएको छ।
यसअघि १७औं स्थानमा रहेको अमेरिका एक स्थान तल झरेर १८औं स्थानमा पुगेको छ। हाल टी–२० वरियतामा भारत शीर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ। नेपालभन्दा एक स्थान माथि युएई रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२६ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको छ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार गरेको थियो। नेपालका आसिफ शेखले ४७ बलमा ५१ रनको उत्कृष्ट पारी खेले भने अन्य खेलाडीले सानो योगदान दिए। यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले १–१ विकेट लिए।
१४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा यूएईले लगातार ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो।
दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए। उनले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै खेल आफ्नो पक्षमा पारे।
यूएईका आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रनको योगदान दिए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए।
यो जितसँगै नेपालले सुपर–६ मा दुई खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अङ्क रहेको ओमान नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने यूएई २ अङ्कसहित तेस्रो स्थानमा छ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्।
नेपालले अब सुपर–६ अन्तर्गत सोमबार कतारसँग, बुधवार ओमानसँग र शुक्रवार सामोआसँग खेल्नेछ।
सुपर–६ को शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने मौका पाउनेछन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२४ असोज । नेपालले आज जापानसंग प्रतिस्पर्धा गर्दैछ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत नेपाल आज जापानसँग प्रतिस्पर्धा गर्न लागेको । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपालले एक खेल अगावै नै सुपर–६ चरणमा स्थान सुरक्षित गरिसकेको छ। हिजो जापानले कुवेतलाई पाँच विकेटले पराजित गरेसँगै नेपालले सुपर–६ मा पुग्ने बाटो सुनिश्चित भएको हो।
समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो। हाल नेपाल नेट रनरेटको आधारमा समूहको शीर्ष स्थानमा रहेको छ भने जापान दोस्रो स्थानमा छ। दुवै टोली सुपर–६ मा पुगेका छन्, भने लगातार दुई हार बेहोरेको कुवेत प्रतियोगिताबाट बाहिरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२२ असोज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचवाँ टी–२० खेलमा पाँच विकेटको जित हात पार्दै ३–२ ले शृंखला आफ्नो नाम गरेको छ।
बुधबार सम्पन्न अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै सहज जित हासिल गर्यो।
यस जितसँगै नेपाल महिला टोलीले शृंखलामा ३–२ को अग्रता कायम गर्दै विजयी समाप्ति गरेको छ। तस्वीरःक्यान
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ असोज । मलेसियामा जारी टि–२० सिरिज अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। मंगलबार भएको खेलमा कप्तान इन्दु बर्माको अविजित ४८ रनको पारीसहित नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।
यो जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। अब बुधबार हुने अन्तिम खेलले सिरिजको विजेता तय गर्नेछ।
मलेसियाले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रन बनाएको थियो। मलेसियाकी मास एलिसाले ५६ रन योगदान दिइन्। नेपालका कविता कुँवरले तीन विकेट लिई उत्कृष्ट बलिङ गरिन्।
जवाफमा नेपालले इन्दु बर्मा र रुविना क्षेत्रीको अविजित साझेदारीमा लक्ष्य सजिलै पुरा गर्दै जित हात पारेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१४ असोज । अस्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेलको हात भाँचिएको छ। नेट्स ट्रेनिङका क्रममा ब्याट्सम्यान मिचेल ओवेनले प्रहार गरेको बल उनको हातमा लाग्दा यो चोट लागेको हो।
३६ वर्षीय म्याक्सवेल अघिल्लो वर्षहरूमा पनि चोटपटकका कारण मैदानबाहिर बस्नुपरेको थियो। सन् २०२२ मा उनको खुट्टा भाँचिएको थियो भने २०२३ मा गोल्फ कार्टबाट खस्दा उनी बेहोस भएका थिए।
पछिल्लो चोटका कारण म्याक्सवेल न्युजिल्यान्डविरुद्धको तीन खेलको टी–२० श्रृंखलाबाट बाहिरिएका छन्। उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान जोश फिलिप्पेलाई टोलीमा समावेश गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस