काठमाडौं,१४ असोज। नेपालले आज वेस्ट इन्डिजसँग टी–२० शृङ्खलाको फाइनल खेल्दैछ।
संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी युनिटी कप टी–२० शृङ्खलामा नेपाल एक खेल अगावै २–० ले विजयी भइसकेको छ। अन्तिम खेल युएईस्थित शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ।
सोमबार राति भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै उपाधि जितेको थियो। पहिलो खेलमा पनि नेपालले १९ रनको ऐतिहासिक जित हासिल गरेको थियो।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भएको थियो।
लगातार दुई खेलमा ऐतिहासिक जित निकालिसकेको नेपाल आज फाइनलमा उत्साहका साथ मैदानमा उत्रिँदैछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१० असोज । भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ।
शुक्रबार नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३५ खेलाडीको नामावली सार्वजनिक गरेका हुन्। नेपाल र भारतबीच कार्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण खेल हुने तय भएको छ।
घोषित प्रारम्भिक टोलीमा गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशिला चौधरी र लिला जोशी परेका छन्।
डिफेन्डरतर्फ निशा थोकर, समीक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैसी, सजनी ठोकर, हिराकुमारी भुजेल र नेहा कुमारी चौधरीलाई स्थान दिइएको छ।
मिडफिल्डरमा बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार र सुक्रिया मियाँ परेका छन्।
त्यस्तै, फरवार्ड लाइनमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर र स्टार स्ट्राइकर साबित्रा भण्डारीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ७ असोज ।नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएकाे छ।
नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार राति नयाँ जर्सी सार्वजनिक गरेको हो। क्यानले सामाजिक सञ्जाल फेसबुकमार्फत जर्सी सार्वजनिक गरेको हो।
नयाँ जर्सीको कुमकाे भागमा चन्द्र र सूर्य अंकित गरिएको छ। माथिकाे भागमा निलाे रङको जर्सी देखे पनि मुनिकाे भागमा हल्का राताे रङ रहेकाे छ। त्यस्तै, साेही राताे भागमा सगरमाथाकाे चित्र राखेकाे छ।
जर्सीको बायाँ पटीकाे सानाे भागमा क्यानकाे लाेगा रहेको छ भने बिच भागमा नासा सेक्युरिटीजको लाेगाे रहेकाे छ।
नासा सेक्युरिटीजले जर्सीको स्पोन्सर गरेकाे हाे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१८ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदै ऐरीलाई तेस्रो स्थानमा धकेलेका हुन्। पहिलो स्थान भने भारतका हार्दिक पाण्ड्याले जोगाइरहेका छन्।
चौथो स्थानमा वेस्टइन्डिजका रोस्टन चेज स्थिर छन् भने इङ्ल्यान्डका लियम लिभिङ्स्टोन पाँचौँ स्थानमा कायम छन्।
नेपालका अन्य खेलाडीहरूको वरीयता पनि सार्वजनिक भएको छ। अलराउन्डरमा कुशल भुर्तेल ३४ औँ स्थानमा यथावत् छन् भने गुल्सन झा ५९ औँ स्थानमा छन्। कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ७० औँ स्थानमा पुगेका छन्। त्यस्तै, कुशल मल्ल ७१ औँ स्थानमा र करण केसी ८९ औँ स्थानमा झरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
बाँके,२९ साउन। बाँकेको नेपालगन्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँभन्दा बढी नगद र ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज–१४ का २८ वर्षीय रमेश लोनियालाई मङ्गलबार राति घर खानतलासी गर्ने क्रममा पक्राउ गरिएको हो। उनका घरबाट नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ रुपैयाँ नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यससँगै प्रहरीले सुनचाँदीका गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ।
पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। सो क्रममा घटनामा अवरोध सिर्जना गर्ने प्रयास गरेका चार जनालाई पनि नियन्त्रणमा लिइएको र तीमध्ये दुई जनालाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा राखिएको डीएसपी पातलीले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ साउन । दाङमा बालिका बलात्कारको मुद्दामा एक युवकलाई १२ वर्ष कैद सजाय तोकिएको छ।
दाङ जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको इजलासले दंगिशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भनिने दिलीप बिकलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय तोकेको हो।
अदालतले बिकलाई पाँच लाख रुपैयाँ जरिवाना, पीडितलाई ३० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।
अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार २०८१ साल बैशाख ६ गते बालिकामाथि बलात्कार भएको उजुरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको थियो। प्रहरीको अनुसन्धानपछि जेठ ५ गते बिकलाई पक्राउ गरी जेठ २९ गते जबरजस्ती करणी मुद्दा दायर गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,४ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा क्यानलाई उक्त अवार्ड प्रदान गरिएको हो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका छन्।
क्यानले लगातार दुई वर्षसम्म उक्त अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
डिजिटल फ्यान इन्गेजमेन्ट विधामा क्षेत्रीय विजेता बनेका नामिबिया (अफ्रिका), बर्मुडा (अमेरिका), नेपाल (एसिया), र इन्डोनेसिया (इस्ट एसिया प्यासिफिक) ग्लोबल छनोटमा प्रतिस्पर्धामा थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ असार । मलेसियामा सम्पन्न एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका दाङका दुई खेलाडी र प्रशिक्षकलाई लुम्बिनी प्रदेश खेलकुद परिषदले विशेष सम्मान गरेको छ।
नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका दाङका खेलाडी शुभम खनाल , सहायक प्रशिक्षक सञ्जु क्षेत्री र कपिलवस्तुका रौनक श्रीवास्तवलाई सम्मान गरेको हो।
खनाल र कपिलवस्तुका रौनक श्रीवास्तवलाई जनही १ लाख रुपैयाँ र क्षेत्रीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए।
राप्ती उपत्यका, देउखुरीमा बिहीबार आयोजित एक कार्यक्रममार्फत नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँ, प्रदेश परिषदका सदस्य कैलाश रोका मगर लगायतको उपस्थितिमा उनीहरूलाई सम्मान गरियो।
दाङका शुभम खनालले प्रतियोगितामा १२ विकेट लिँदै विपक्षी टोलीहरूलाई दबाबमा राखेका थिए। सहायक प्रशिक्षक क्षेत्रीले प्रतियोगिता अवधिभर खेलाडीको मनोबल उच्च राख्न प्रेरणादायी भूमिका खेलेका थिए।
कपिलवस्तुका रौनक श्रीवास्तवले एक शतक र एक अर्धशतकसहित कुल २९६ रन बनाउँदै ‘सर्वोत्कृष्ट खेलाडी’को उपाधि हात पारेका थिए।
खेलाडी शुभम खनालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उपाधि जित्न पाउनु गर्वको कुरा भएको र यसले थप जिम्मेवारीको बोध गराएको प्रतिक्रिया दिए।
गत असार ८ गतेदेखि मलेसियामा आयोजित प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २ विकेटले हराउँदै उपाधि जितेको थियो।
प्रतियोगितामा मलेसिया, सिङ्गापुर, इन्डोनेसिया, भूटान, जापान, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमारका टिम सहभागी थिए। नेपालले यसअघि २०१७, २०१९ र २०२३ मा पनि उपाधि जितिसकेको छ।
यस सम्मानले लुम्बिनी प्रदेशको प्रतिभा उजागर हुनुका साथै क्रिकेटको विकासमा पनि सकारात्मक सन्देश पुगेको आयोजकहरूको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१५ असार ।एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् ।
उनले कप्तानको रुपमा डेब्यु खेलमै ह्याट्रिक गरेकी हुन् ।
साम्बाले यसअघि ४४औं र ५५औं मिनेटमा गोल गरेकी थिइन् । उनको ह्याट्रिकसँगै नेपालको अग्रता ६ गोलमा पुगेको छ । नेपालका लागि साम्बासँगै सरु लिम्बु, अनिता बस्नेत र रश्मीकुमार घिसिङले गोल गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २८ जेठ । आइसीसी लिग २ अन्तर्गत मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा तेस्रो जित दर्ता गरेको छ। यससँगै नेपालले चार खेलमध्ये तीनमा जित निकाल्दै स्कटल्यान्ड सिरिजलाई सुखद रूपमा टुंग्याएको हो।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनाएको थियो। तर, निर्धारित समयभन्दा ढिलो बलिङ गरेबापत पेनाल्टीस्वरूप १० रन डच टोलीलाई उपहार दिइएको थियो। त्यसअनुसार नेदरल्यान्ड्सलाई २२७ रनको लक्ष्य दिएको थियो।
तर, डच टोली ४९.२ ओभरमा २२० रनमै समेटिएपछि नेपाल १६ रनले विजयी भयो।
नेपालका लागि आरिफ शेखले मिडल अर्डर सम्हाल्दै उत्कृष्ट ८४ रन बनाए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५ रन बनाएर तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। दीपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११ रन बनाएका थिए।
नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ र आर्यन दत्तले १ विकेट लिए।
नेपालका लागि बलिङतर्फ डेब्यु गर्दै नन्दन यादवले प्रभावशाली प्रदर्शन गरे। उनले ३ विकेट लिए। सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे भने ललित राजवंशीले २ तथा कुशल भुर्तेल र करण केसीले १–१ विकेट लिए।
नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। कप्तान स्कट इड्वार्डले ३० रन, केल केलिनले २५, माइकल लेभिटले २७, नोरा क्रसले २२ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा डच टोली पराजित भयो।
नेपालले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाल २ रनले स्कटल्यान्डसँग पराजित भएको थियो।
यो जितसँगै नेपालले चार खेलमध्ये ३ जित हात पार्दै स्कटल्यान्ड भ्रमणलाई सफल बनाएर टुंग्याएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस