नेपालको सुखद जित : नेदरल्यान्ड्सलाई १६ रनले पराजित

   जेठ २, २०८२       admin

काठमाडौँ, २८ जेठ । आइसीसी लिग २ अन्तर्गत मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा तेस्रो जित दर्ता गरेको छ। यससँगै नेपालले चार खेलमध्ये तीनमा जित निकाल्दै स्कटल्यान्ड सिरिजलाई सुखद रूपमा टुंग्याएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनाएको थियो। तर, निर्धारित समयभन्दा ढिलो बलिङ गरेबापत पेनाल्टीस्वरूप १० रन डच टोलीलाई उपहार दिइएको थियो। त्यसअनुसार नेदरल्यान्ड्सलाई २२७ रनको लक्ष्य दिएको थियो।

तर, डच टोली ४९.२ ओभरमा २२० रनमै समेटिएपछि नेपाल १६ रनले विजयी भयो।

नेपालका लागि आरिफ शेखले मिडल अर्डर सम्हाल्दै उत्कृष्ट ८४ रन बनाए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५ रन बनाएर तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। दीपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११ रन बनाएका थिए।

नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ र आर्यन दत्तले १ विकेट लिए।

नेपालका लागि बलिङतर्फ डेब्यु गर्दै नन्दन यादवले प्रभावशाली प्रदर्शन गरे। उनले ३ विकेट लिए। सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे भने ललित राजवंशीले २ तथा कुशल भुर्तेल र करण केसीले १–१ विकेट लिए।

नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। कप्तान स्कट इड्वार्डले ३० रन, केल केलिनले २५, माइकल लेभिटले २७, नोरा क्रसले २२ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा डच टोली पराजित भयो।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाल २ रनले स्कटल्यान्डसँग पराजित भएको थियो।

यो जितसँगै नेपालले चार खेलमध्ये ३ जित हात पार्दै स्कटल्यान्ड भ्रमणलाई सफल बनाएर टुंग्याएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज अन्तर्राष्ट्रिय खेल दिवस

   जेठ २, २०८२       admin

काठमाडौँ, २८ जेठ ।आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ बुधबार विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ ।

दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिएको छ ।

खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ ।

शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकदिवसीय अन्तर्राष्ट्रियमा नन्दनको डेब्यु

   जेठ २८, २०८२       admin

काठमाडौं,२६ जेठ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमार्फत नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्।

खेलअघि सोमपाल कामी घाइते हुँदा नन्दनले टिममा अवसर पाएका हुन्। उनले हङकङसँगको चारदेशीय सिरिजमा नेपालको लागि टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हङकङसंग भिड्दै नेपाल

   जेठ २३, २०८२       admin

काठमाडौँ,२२ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ। नेपालले विहीबार साँझ ५ बजेर ४५ मिनेटमा मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ ।

विहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ। हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

   जेठ १४, २०८२       admin


काठमाडौँ,१३ जेठ । बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । साथै, थप १ रजत र ४ कास्यपदक पनि जित्दै नेपाल समग्रमा उपविजेता बनेको छ ।

प्रतियोगितामा बन्दी सहायता नियोग ९पाम०का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कास्य जितेका थिए । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक चुम्न सफल भएका छन् । ।

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कास्यपदक हात पारे ।

प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् ।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कास्यपदक साथ टिम च्याम्पियन बनेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खुला पुरुष फुटबल प्रतियोगिता हुने

   जेठ ०८, २०८२       admin

लक्ष्मण बस्नेत,७ दाङ। दाङको तुलसीपुर प्रथम तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

तुलसीपुर ब्वाइजको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिता जेठ २० गतेदेखि सुरु हुने आयोजकले जनाएका छन्।

स्थानीय तहमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टोलीले भने नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा ‘वेष्ट प्लेयर’लाई नगद ३ हजार रुपैयाँसहित ट्रफी, ‘वेष्ट डिफेन्स’, ‘वेष्ट किपर’ र ‘हाइ स्कोरर’ लाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई पनि ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताका संयोजक फर्सा घर्तीमगरका अनुसार पाँच दिनसम्म चल्ने प्रतियोगितामा १२ भन्दा बढी टिमको सहभागिता रहनेछ। सहभागी टिमहरूले जेठ १८ गतेभित्रमा ५ हजार रुपैयाँ दर्ता शुल्क तिरेर टिम दर्ता गर्नुपर्नेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कडेलको स्मृति T-20 क्रीकेट प्रतियोगिता हुने

   बैशाख १७, २०८२       admin

दाङ । दाङको भमकेमा यहि वैशाख १८ गते देखि संचालन हुने  प्रथम स्व•हेमलाल कडेल स्मृति T-20 क्रीकेट प्रतियोगिता २०८२ को तयारी तिव्र पारिएको छ ।
हेमलाल स्मृति प्रतिष्ठान तुलसिपुर १ भमकेको आयोजना तथा नया बर्ष २०८२ सालको उपलक्ष्यमा मदन भण्डारी रंगशाला तुलसिपुर १ भमकेमा संचालन हुने प्रतियोगिताको तयारी स्वरुप खेलमैदान मर्मत,आर्थिक तथा प्राविधिक पक्ष,टिम दर्ता,लगाएत अन्य तयारी लाई तिव्र पारिएको प्रतियोगिता  ब्यबस्थापन संयोजक खगेन्द्र नेपालीले जानकारी दिए ।
बैशाख २२ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमलाई नगद ५० हजार,कप,मेडल प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार कप तथा मेडल,वेष्ट ब्याट्सम्यान र वेष्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र तथा उदयमान खेलाडिलाई नगद दुई हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय र साथमा ट्रफि प्रदान गरिने आयोजकले जानकारी दिएकोछ ।
यसैबिच आयोजकले प्रतियोगितामा टिम सहभागिताका लागि जिल्लामा स्थापित क्रीकेट क्लबलाई अनुरोध गरेको छ भने झन्डै १२ टिमको सहभागिता रहने अनुमान गरिएकोछ ।
साथै प्रतियोगितामा टिम दर्ताका लागि बैशाख १७ गते बिहान १० बजे सम्मको समय तोकिएको संयोजक नेपालीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आईसीसी यू- १९ विश्वकप एसिया छनोट:  नेपालको लगातार तेस्रो जित

   बैशाख ०३, २०८२       admin

दाङ । आईसीसी यू- १९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित निकालेको छ । बुधबार हङकङले दिएको ११६ रनको झिनो लक्ष्य नेपालले १२. ३ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि ओपनर साहिल पट्टेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । यस्तै, ओपनर निरजकुमार यादवले २३ रनको योगदान दिए । हङकङका लागि सायन पुरीले १ विकेट लिए ।  त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन जोडे । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमसनले १० रन जोडे ।  नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । यसैगरी, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।आईसीसी यू- १९ विश्वकप एसिया छनोटमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले यसअघि यूएईलाई ५ रन र ओमानलाई ८ विकेटले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दिपेन्द्रसिंह ऐरीको अर्को विश्व कीर्तिमान

   चैत २७, २०८१       admin

दाङ,२८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले ७६ खेलमा ६६ पारी खेल्दा कुनै पनि पारीमा डकआउट भएका छैनन्। 

उनले बिहीबार बिहान भएको कुवेतसँगको खेलमा दिपेन्द्रले १२ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३१ रन बनाएका थिए। उनले आक्रामक पारी खेल्दै खेललाई नेपालको पक्षमा पारेका थिए। उनले हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल खेलिसक्दा यो कीर्तिमान बनाएका हुन्।  डक नहुने खेलाडीको सूचीको दोस्रो स्थानमा वेष्ट इन्डिजका दाँया हाते ब्याटर मार्लोन स्यामुइल रहेका छन् । उनले ६७ खेलमा ६५ पारीमा हालसम्म डकआउट भएका छैनन्। तेस्रो स्थानमा श्रीलंकाका लोकुगे दिनेश चान्दिमालले ६१ पारीमा डक आउट नभई तेस्रो स्थानमा रहेका छन्। सिंह टी २० मा हालसम्म एक इनिङ्समा उच्च स्ट्राइक रेटमा खेल्ने खेलाडीको लिष्टमा पनि शीर्ष स्थानमा रहेका छन्। उनले १९ औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए। उनको त्यो रेकर्ड कसैले तोड्न सक्दैन। त्यो रेकर्ड बराबरी मात्रै हुन सक्छ । उनले भारतीय स्टार ब्याटर युवराज सिंहको १२ बलमा अर्धशतक प्रहार गर्ने कीर्तिमान तोडेका थिए।  

सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा दिपेन्द्र शीर्ष स्थानमा छन् भने युवराज सिंह दोस्रो स्थानमा रहेका छन्। उनले ६ बलमा ६ छक्का प्रहार गर्ने एक खेलाडीमा उनी पनि एक हुन्। ‘ट्राइगर’ को उपनाम पाएका दिपेन्द्र निकै छरिता खेलाडी हुन्। उनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ७६ वटा खेल खेल्दा ४९ विकेट लिएका छन्। जसमा ६ विकेट कट एण्ड बोल्ड मार्फत लिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पुलिस क्लब फाईनलमा

   चैत ११, २०८१       admin

दाङ, १२ चैत । नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याेसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएसँगै पुलिसकाे अपराजित यात्रा कायमै रहेकाे छ । पुलिसले दिएकाे १४८ रनकाे विजयी लक्ष्य पछ्याएकाे कर्णाली प्रदेशले शुरुवात राम्रो गरेपनि ललितनाररायण राजवंशीकाे कशिलाे बलिङमा कर्णाली २४ अाेभरमा अलअाउट हुँदै १०३ रनमा समेेटियाे । मध्यम लक्ष्य पाएपनि कर्णालीलाई आजकाे जीत अपरीहार्य थियाे ।
कर्णालीका लागि रविन्द्र शाहीले राम्रो शुरुवात दिलाए पनि त्यसपछिका खेलाडीले लय पकड्न नसक्दा हार व्यहाेर्याे ।
रविन्द्रले ३२ बलमा २ छक्का र ७ चाैकाकाे मद्दतमा ४९ रन जाेडेर सागर ढकालकाे बलमा बाेल्ड भए ।


त्यसपछि अर्जुन घर्तीले पारी उकास्ने काेशिस गरेपनि पुलिसले ३० रनमा पेभेलियन फर्कायाे । अर्जुनले ४२ बलमा १ छक्का र ३ चाैकाकाे सहयाेगमा ३० रन जाेडेर ललितकाे बलमा क्याच अाउट भए । सुनिल धमला २ रन, राज शाह ४ रन, दिपेन्द्र रावत ३ रन, दिनेश अधिकारी १ रन, प्रकाश जैशी १ रन, अनुज चनरा १ रनमा आउट भए । ललितले राज शाह, दिपेन्द्र रावत, अर्जुन घर्ती, दिवान पुन, प्रकाश जैशी, दिनेश अधिकारीलाई अाउट गर्दै ९ अाेभरमा ४१ रन खर्चेर ६ विकेट हात पारे । सागर ढकालले २ विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्याे ।
जारी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिन सफल ललित प्लेयर अफ द म्याच भए । उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलाे खेलाडी पनि बनेका छन् । उनले हालसम्म १०३ विकेट लिईसकेका छन् भने जारी प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीकाे शीर्ष स्थानमा छन् ।

यसअघि, टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेपाल पुलिस क्लबले ४८ अाेभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएकाे थियाे । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जाेडे । उनले ६० बल खेल्दै ४ चाैकाा र १ छक्काकाे मद्दतमा ३६ रन बनाएर क्याच आउट भए । यस्तै, दीलिप नाथले ५९ बलमा २ चाैकासहित ३४ रन बनाएर दिवान पुनकाे बलमा एलबीडब्लू भए ।
पुलसिका लागि ९ विकेट गएको अवस्थामा श्रवण यादव र सागर ढकालले ३९ रनकाे साझेदारी गरे मध्यम लक्ष्यमा पुर्याए ।अन्तिम विकेटका रुपमा अाएका सागर ढकालले अविजित २२ रन जाेडे ।

पुलिसका लागि कुशल भुर्तेलले १ रन, अमित श्रेष्ठ ७ रन, अारिफ शेख २ रन, गुल्सन झा ८ रन, ललित राजवंशी ७ रन, करण केसी ६ रन, श्रवण यादव ११ रन बनाएर अाउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी पहिलाे बलमा बाेल्ड भए ।
कर्णालीका लागि अर्जुन चनाराले ४ विकेट लिँदा कप्तान दिवान पुनले ३ विकेट लिए । यसैगरी, दिनेश अधिकारी, दिपेन्द्र रावत, सुनिल धमलाले समान १-१ विकेट लिए ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

कर्णाली प्रदेश टीम पाँचौं स्थानमा रहेकाे छ। अहिलेसम्म ८ खेल खेलीसकेको पुलिस क्लब ८ खेलमा सतप्रतिशत जीत निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा रहँदा ९ खेल खेलीसकेको कर्णाली प्रदेश ४ खेलमा जीत र ५ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ । याेसँगै दाङमा १४ खेल सकिएका छन् । अबका बाँकी खेल रुपन्देहीमा हुनेछन् । प्रतियोगिताकाे फाईनल खेल चैत १६ गते सिद्धार्थ क्रिकेट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology