फागुन १६, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन्। संघको शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय तदर्थ समिति विघटन गर्दै सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा दीपेन्द्र शाह र योगेश मल्ल, सचिवमा लक्ष्मण बस्नेत, कोषाध्यक्षमा भुपेन्द्र डाँगी चयन भएका छन्। सदस्यहरूमा राम भट्टराई, रीता थापा, ज्ञानुमाया बुढाथोकी, फर्साराम गौतम, माधव सुवेदी, भरत दर्नाल, पुरुषोत्तम पोखरेल र प्रदीप बस्याल रहेका छन्।
साधारण सभा तथा अधिवेशन उद्घाटन समारोह संघका अध्यक्ष अजय केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार र लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिट्नेस संघका सदस्य खिम जिएम विशेष उपस्थित थिए।
सो अवसरमा वक्ताहरूले फिट्नेसको विकास र विस्तारमा नयाँ नेतृत्वलाई सक्रिय भूमिका खेल्न सुझाव दिएका थिए। शरीरको सुन्दरता मात्र नभई स्वस्थ जीवनशैलीका लागि पनि फिट्नेस महत्त्वपूर्ण भएकाले यसलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
त्यसैगरी, पहिलो बैठकले संघलाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझावका लागि सल्लाहकार समिति पनि गठन गरेको छ। अध्यक्ष अजय केसीको अध्यक्षतामा बसेको बैठकले आशिष कुमार श्रेष्ठ, दीपेन्द्र रिजाल, खिम जिएम, सुवर्ण बस्नेत, र मञ्जित बाठालाई सल्लाहकार चयन गरेको हो।
कार्यक्रममा जिल्ला भित्रका फिट्नेस क्लबका सञ्चालक, खेलाडी, खेलप्रेमी, युवा व्यवसायी तथा संघका पूर्व पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन संघका सचिव लक्ष्मण बस्नेतले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमी ९सीएसए० र बिएफएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१८, नवलपुर फुटबल मैदानमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न दुई सेमिफाइनल खेलबाट फाइनलका प्रतिस्पर्धी तय भएका हुन्।
पहिलो सेमिफाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमीले युएनबीसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ३९औँ मिनेटमा हेमन्त विकले पहिलो गोल गर्दै चौघेरालाई अग्रता दिलाए। दोस्रो हाफमा सागर पुनले लगातार ह्याट्रिक गोल ९३, ११ र १६ मिनेटमा० गर्दै टिमलाई सहज जीत दिलाए। युएनबीसीका निशान घर्तीले सान्त्वना गोल फर्काए। शानदार प्रदर्शन गरेका सागर पुन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
दोस्रो सेमिफाइनलमा बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। खेलको पहिलो हाफमा दुवै टिम गोलविहीन रह्यो। दोस्रो हाफको २२औँ मिनेटमा नवलपुरका मौसम थापाले पेनाल्टी एरियामा फल गरेपछि बिएफएलले पेनाल्टीको अवसर प्राप्त गर्यो, जसलाई प्रमोद बुढाले गोलमा परिणत गर्दै टिमलाई विजयी बनाए। उत्कृष्ट प्रदर्शन गरेका प्रमोद ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको फाइनल खेल फागुन १० गते ९शनिबार० दिउँसो १ बजेपछि नवलपुर फुटबल मैदानमा हुनेछ। प्रतियोगितामा दाङ, सल्यान, र रोल्पाका गरी १६ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरस्कार वितरण कार्यक्रम फागुन १५ गते मगर दिवसको अवसरमा गरिने सहसंयोजक अशोक घर्तीले जानकारी दिए।
नेपाल मगर संघ घोराही नगर समितिले शहीद लखन थापा मगरको सम्मानमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। संघका अनुसार खेलकुदको प्रवर्द्धनका साथै शहीदको योगदानलाई स्मरण गराउन प्रतियोगिता आयोजना गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
माघ २८ दाङ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताह हिमाल रनिङको बिजेता ब्लु हाउस भएको छ ।
विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र ९ कास्य पदक हात पार्दै ब्लु हाउसले हिमाल ट्रफी २०८१ जितेको हो ।
त्यस्तै ग्रीन हाउस ८ स्वर्ण,६ रजत, ८ कास्य पदकका साथ दोस्रो,रेड हाउस ४ स्वर्ण,७ रजत,४ कास्य पदक हात पार्दै तेस्रो भयो । भने एल्लो हाउस ४ स्वर्ण,४ रजत र ५ कास्य पदक साथ सान्त्वना भएको विद्यालयका सहायक प्रिन्सिपल ए मुकेश कुमारले जानकारी दिए । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लस टु छात्रा तर्फ स्मृति चौधरी, छात्रमा दिनेश चौधरी,मावि छात्रा तर्फ रेणुका चौधरी,छात्रमा बाबुराम चौधरी,निमावि छात्रा तर्फ आयुष्मा वलि र छात्रमा प्रनिस बिष्ट सर्बोउत्कृष्ट खेलाडी घोषित भए ।
विद्यालयका प्रिन्सिपल मधुसुन केसीको अध्यक्षता तथा लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य मुक्तिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यथामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभुषा कला सस्कृती झल्कने नृत्य, मार्सल आर्ट तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । सो अवसरमा बिजेता हाउस तथा खेलाडिलाई पुरस्कार, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक सनोद थापाले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
लक्ष्मण बस्नेत,२५ माघ। दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधि वडा न ६ ले जितेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा आज शुक्रबार सम्पन्न फाईनल खेलमा वडा न ८ लाई ४-० गोल ले पराजित गर्दै वडा न ६ ले उपाधी जितेको हो ।
खेलमा आफ्नो दबदबाह प्रस्तुत गरेको वडा न ६ ले उपाधी संगै नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड हात पार्यो ।फाईनलमा हार ब्यहोरेको वडा न ८ उपबिजेतामा सिमित रहदै नगद १ लाख ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी वडा न ६ का हरिहर बुढामगर भए । उनले नगद ८ हजार तथा ट्रफी हात पारे ।
त्यस्तै वेष्ट डिफेन्स वडा न ६ का एलिस रसाईलि,हाई स्कोरर वडा न ६ सागर गन्धर्व,वेष्ट किप्पर वडा न ६ कै प्रतीक सेर्पाईली,वेष्ट मिड फिल्डर वडा न ८ का राज बहादुर बस्नेत,बेष्ट कोच वडा न ६ का कमल लामिछाने भए । उत्कृष्ट सबैलाई जनही ५ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भन्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ मन्त्री माननीय धन बहादुर मास्किको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र वडा न १८ का अध्यक्ष तथा नगर प्रवक्ता माधव वलिको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन नानी मैयाँ केसि वलि ले गर्नु भएको थियो ।
माघ १९ गते देखि संचालित प्रतियोगितामा तुलसीपुर नगरका १९ वडा मध्य १६ वडाका टिमको सहभागिता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २२ माघ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले वडा स्तरीय खेलकुद प्रतियोगिताहरुले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताएका छन ।
यस क्षेत्रको विकासका लागि खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्णमान गर्ने उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को आयोजनामा तुलसीपुरमा संचालित अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिताको सेमीफाइनल खेलमा प्रमुख अतिथिको रुपमा रहेका चेम्बर अफ कमर्सका अध्यक्ष भण्डारीले यस्तो बताएका हुन ।
उनले खेल क्षेत्रले मानवीय स्वास्थमा समेत सुधार ल्याउने भएकाले स्वास्थ्यका लागि समेत खेलकुद अनिवार्य भएको बताए ।
खेलकुदले यस क्षेत्रको विकास र प्रवर्धनमा टेवा पुर्याउने बताए । वडा अध्यक्ष दुजमान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नानीमैया ओलीले गरेकी थिइन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ माघ । तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। तुलसीपुर–६ को आयोजनामा तथा मदन भण्डारी युथ क्लब र युथ्स अफ तुलसीपुरको सहकार्यमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले गरेकी थिइन्। कार्यक्रममा बोल्दै वलीले खेलकुद संविधानमा उल्लेखित स्थानीय सरकारको अधिकार अन्तरगत कार्यान्वयन भएको बताइन्। उनले खेलकुदको विकासका लागि स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै दाङमा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गर्न आवश्यक रहेको बताइन्।
तुलसीपुर उपमहानगरपालिकाकि नगर उपप्रमुख स्यानी चौधरी , महिला अधिकारकर्मी सुस्मा लामिछाने, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, लगायतले खेलकुदले युवा विकास र राष्ट्रको पहिचान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
उद्घाटन कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण नानिमैया केसी वलीले गरेकी थिइन्। आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको छ।
प्रतियोगिता अन्तर्गत विभिन्न वडाका टिमहरूले सहभागिता जनाउनेछन् भने उत्कृष्ट खेल प्रदर्शन गर्ने टोलीलाई उपाधि प्रदान गरिने आयोजकले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ८ माघ । दाङको तुलसीपुरमा सञ्चालन भएको तेस्रो वडाध्यक्ष कप २०८१ कपको अपाधि रोयल रानागाउँ (बी)ले प्राप्त गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा भएको प्रतियोगितामा १० वटा क्लबहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागि क्लबहरूको प्रतिस्पर्धा पछि रोयल रानागाउँ ९बि० ले प्रथम स्थान हासिल गर्दै नगद ४० हजार, कप, मेडल र प्रमाणपत्र जित्न सफल भएको हो।
समापन कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तिरण गौतम प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले तुलसीपुर वडा नम्बर ३ स्थित शुकिदह खेल मैदानको विस्तारको आवश्यकता औंल्याए। प्रतियोगिता अन्तर्गत दोस्रो स्थानमा रहेको सुनौलो बिहानी युवा क्लबले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतिय स्थानमा रहेको टाइगर युवा क्लबले १५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति पनि भएको थियो। जसमा आमा समूहलाई सम्मानित गरियो, जसले खेल प्रतियोगितालाई सफल बनाउन योगदान दिएका थिए। कार्यक्रमको सहजीकरण वडासदस्य राजेन्द्र कुमार गुरुङले गरेका थिए।यो प्रतियोगिता ३ माघमा शुरु भएको थियो र रानागाउँमा सुकिदह खेल मैदानमा आयोजना गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ८ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । वीरगञ्ज र जनकपुरमा भएको जय ट्रफी क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयबारे विवाद गरेको र सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई अनुशासनको कारबाही गरेको हो ।
सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको र मेरिट पोइन्ट समेत घटाइएको क्यानले जएको छ । आचारसंहिताको बुँदा नम्बर २ दशमलव ७ अनुसार क्यान, एसीसी र आईसीसी, खेलाडी, म्याच अफिसियल र टिमका बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न प्रतिबन्ध लगाइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सन्चालन भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को आयोजना तथा तुलसीपुर युथ्स क्लब अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा उक्त प्रतियोगिता सन्चालन हुने भएको हो।
माघ १९ गतेदेखि सुरु हुने प्रतियोगिता अरनीको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका मुल आयोजक समितीका संयोजक एवं वडा नं ६ का वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिए।
सोमबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारीबारे जानकारी गराउदै उनले १९ वटै वडाका खेलाडीहरुको सहभागिता सुनिश्चित गर्ने गरि प्रतियोगिता सन्चालन गर्न लागिएको बताए। उनले यस प्रतियोगितामा उत्कृष्ट हुनेले सर्वाधिक राशीको पुरस्कार प्राप्त गर्ने जानकारी दिए
प्रतियोगिता सामाजिक उत्तरदायित्वसहित खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए।
उनका अनुसार प्रतियोगितामा डिजिटल स्कोर बोर्ड राखिनेछ भने खेलाडीहरुलाई थप प्रोत्साहन प्रदान गर्न विभिन्न संस्थाहरुसँग समन्वय गरिने छ।
प्रतियोगिताको अनुमानित खर्च १६ लाख २९ हजार २सय ८२ रुपैयाँ अनुमान गरिएको उनले अताए । प्रतियोगिताको लागि ज्ञानज्योति फाउन्डेसनले खेलाडीका लागि जर्सीमा ७० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
प्रतियोगिता माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। विजेता र उपविजेतालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित चादिको कप,मेडल र प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ६५ हजार ६ सय ६६ रुपैयाँ सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक भण्डारीले जानकारी गराएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २५ पुस।दाङको तुलसीपुरमा आज बिहीबारदेखि चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता तथा सातौं राष्ट्रिय रेफ्री सेमिनार र कोच एक्रिडिटेशन कार्यक्रम सुरु हुनलागेको छ। नेपाल कराते महासंघ लुम्बिनी प्रदेश तथा जिल्ला कराते संघ दाङको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
प्रतियोगिता अनुशासनका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रमको पूर्वसन्ध्यामा तुलसीपुर स्थित रिपोर्टस् क्लबको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर लुम्बिनी प्रदेशका अध्यक्ष पदम बस्नेतले कार्यक्रमको उद्घाटन बिहीबार दिउँसो १ बजे हुने जानकारी दिए ।
उनले प्रतियोगितामा देशभरका ७७ जिल्लाका करिब २०० देखि २५० खेलाडी सहभागी हुने बताए । प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता तथा नामावलीका लागि बुधबार बेलुका ४ बजेसम्म समय तोकिएको छ।
सहभागी खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिनुपर्नेछ। तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता तुलसीपुरको इन्द्रनगरस्थित कर्भड हलमा हुनेछ।
रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेशस्तरबाट राष्ट्रिय टिम निर्माण गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका १२ जिल्लाबाट खेलाडी छनोट गरिने योजना बनाइएको छ जानकारी गराईएको थियो ।
आउँदो फागुन २७ र २८ गते ललितपुरमा हुने चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिताका लागि उत्कृष्ट टिम छनोट गरिने समेत अध्यक्ष बस्नेतले बताए ।
त्यस्तै कार्यक्रममा रेफ्री सेमिनारमा सहभागीताका लागि रेफ्रीहरुलाई एक हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ भने नयाँ रेफ्रीका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। नयाँ रेफ्रीहरुलाई टाई र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी रहेका छन् । भने कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामा लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश महासंघका सचिव ओमलाल थापा, प्रदेश रेफ्री कृष्णबहादुर घर्ती, दाङ जिल्ला कराते सचिव प्रतीक्षा नेपालीलगायतको सहभागीता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस