चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराती प्रतियोगिता आजदेखि सुरु

   पुष २५, २०८१       admin

दाङ, २५ पुस।दाङको तुलसीपुरमा आज बिहीबारदेखि चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता तथा सातौं राष्ट्रिय रेफ्री सेमिनार र कोच एक्रिडिटेशन कार्यक्रम सुरु हुनलागेको छ। नेपाल कराते महासंघ लुम्बिनी प्रदेश तथा जिल्ला कराते संघ दाङको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

प्रतियोगिता अनुशासनका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रमको पूर्वसन्ध्यामा तुलसीपुर स्थित रिपोर्टस् क्लबको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर लुम्बिनी प्रदेशका अध्यक्ष पदम बस्नेतले कार्यक्रमको उद्घाटन बिहीबार दिउँसो १ बजे हुने जानकारी दिए ।

उनले प्रतियोगितामा देशभरका ७७ जिल्लाका करिब २०० देखि २५० खेलाडी सहभागी हुने बताए । प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता तथा नामावलीका लागि बुधबार बेलुका ४ बजेसम्म समय तोकिएको छ।

सहभागी खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिनुपर्नेछ। तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता तुलसीपुरको इन्द्रनगरस्थित कर्भड हलमा हुनेछ।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेशस्तरबाट राष्ट्रिय टिम निर्माण गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका १२ जिल्लाबाट खेलाडी छनोट गरिने योजना बनाइएको छ जानकारी गराईएको थियो ।

आउँदो फागुन २७ र २८ गते ललितपुरमा हुने चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिताका लागि उत्कृष्ट टिम छनोट गरिने समेत अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै कार्यक्रममा रेफ्री सेमिनारमा सहभागीताका लागि रेफ्रीहरुलाई एक हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ भने नयाँ रेफ्रीका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। नयाँ रेफ्रीहरुलाई टाई र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी रहेका छन् । भने कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामा लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश महासंघका सचिव ओमलाल थापा, प्रदेश रेफ्री कृष्णबहादुर घर्ती, दाङ जिल्ला कराते सचिव प्रतीक्षा नेपालीलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विश्वकपका लागि नेपाली टोली घोषणा

   पुष २१, २०८१       admin

काठमाडौँ २१ पुस। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली घोषणा गरेको छ। ज्ञानले आईसीसी यू-१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको हो।

संघले पूजा महतोको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, क्रिश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसाकुमारी यादव छन्।

गत महीना भएको यू-१९ एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो। यू-१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेशियामा हुँदै छ। प्रतियोगितामा १६ टोली सहभागीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल रहेको समूह ‘डी’ मा बाङ्लादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। नेपालले पहिलो खेल माघ ५ गते बाङ्लादेशसँग खेल्नेछ। त्यसैगरी, दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रदेश सरकार खेलक्षेत्रको विकासमा अभिभावकत्व प्रदान गर्न प्रतिबद्ध छ:मुख्यमन्त्री आचार्य

   पुष १७, २०८१       admin

बुटवल, १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा सुरु भएको मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र खेलाडिहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका हुन् ।

‘प्रदेश भित्र सबै प्रकारको खेल क्षेत्रलाई समुचित रुपमा विकास गर्न, खेलाडीहरुमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौं’उनले भने,‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगीताहरु सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।’

खेलाडी उत्पादन गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीको भूमिका मत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यले स्मरण समेत गरे ।

‘मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापनादेखी हाल सम्म खेलाडी उत्पादनका साथै खेल क्षेत्रको विकासमा थुप्रै उपलब्धि हाँसिल भएका छन्’उनले भने’ यो उत्साहलाई कायमराख्दै थप रचनात्मक कामहरु गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’

२४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिष्पर्धा गर्दैछन् । ती समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहनेछन् ।

प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा आकर्षक पुरस्कार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालले चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दै

   पुष १७, २०८१       admin

काठमाडौँ,१७ पुस। नेपालले फेब्रुअरी १७ देखि २६ सम्म काठमाडौंमा चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आयोजक नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारका महिला टोलीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगितामा सहभागी टोलीहरू मध्ये म्यानमार ९५५औं० फिफा वरीयतामा छ। नेपाल वरीयतामा १०३ मा छ। कीर्गिस्तान १२८औं, लेबनान र १३४औं स्थानमा छन्।

नेपालले २०२४ डब्लूएएएफ महिला च्याम्पियनसीपमा लेबनानलाई २-१ ले पराजित गरेको थियो। त्यस्तै, नेपालले म्यानमारसँग चार पटक प्रतिस्पर्धा गरेकोमा एक खेल बराबरी र तीन खेलमा हार व्यहोरेको छ। त्यस्तै, नेपालले २०१९ को नाज्दा कपमा कीर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनप्याब्सनको बृहत खेल प्रतियोगितामा ज्ञानज्योति च्याम्पियन

   पुष १२, २०८१       admin

लक्ष्मण बस्नेत ,१२ पुस। एनप्याब्सन दाङले आयोजना गरेको बृहत खेल प्रतियोगिता २०८१ मा तुलसीपुरमा रहेको ज्ञानज्योति मावि च्याम्पियन बनेको छ। दाङ जिल्ला अन्तरविद्यालय स्तरीय बृहत खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्दै ज्ञानज्योति च्याम्पियन बनेको हो।

एनप्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण,३ रजत र १ कास्य पदक हात पार्दै ज्ञान ज्योती माबी तुलसिपुर च्याम्पियन बनेको हो ।

त्यस्तै ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ दोस्रो हुदा जनप्रीय बोर्डिङ स्कुल बालापुर ५ स्वर्ण,४ रजत र ४ कास्य पदकका साथ तृतिय भएको छ ।

त्यस्तै अमृत बाल एकेडेमीले ३ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्दै चौथो स्थान हात पार्दा श्रीगाउ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजतक पदक हात पारेर पाचौ स्थानमा प्राप्त गर्न सफल भएको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिए ।

तीन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका १३ ईभेन्टस् ,भलिबल छात्र/ छात्रा तर्फ कडा प्रतिस्पर्धा भएको थियो ।प्रतियोगितामा एन प्याब्सनमा आबद्ध २७ विद्यालयको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह एन प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डागिको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार र एन प्याब्सनका केन्द्रीय सदस्री प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यमा भएको थियो ।कार्यक्रमको संचालन एन प्याब्सनका जिल्ला सचिब शालिकराम कार्कीले गरेका थिए ।

सो अवसरमा बिजेता विद्यालय,खेलाडी तथा उद्घाटन समारोहमा भएको मार्चपास र नृत्यमा प्रथम स्थान हासिल गर्ने डिभाईन टेम्पल एकेडेमी लगाएतका बिधालय लाई ट्रफि मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्यानबाट विदाई हुँदै प्रमुख प्रशिक्षक मोन्टी

   पुष १२, २०८१       admin

काठमाडौं,१२ पुस। । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । दुई वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको हो ।

देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले लिग २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो । तर पछिल्लो अवधिमा राष्ट्रिय टिमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

नेपालले टी–२० विश्वकपमा भाग लिएपछि नै देसाईलाई हटाउनेबारे क्यानमा छलफल भएको थियो । लिग २ को पछिल्लो शृङ्खलामा खराब प्रदर्शन र विश्वकपमा पनि जितविहीन भएपछि प्रमुख प्रशिक्षक परिवर्तन गर्नुपर्नेमा क्यानका पदाधिकारीहरू सहमत भएका थिए । तर, सम्झौता अवधि नसकिँदै हटाउँदा राम्रो सन्देश नजाने र ‘भारत चिढिने’ ठानेर क्यानले निर्णय लिन नसकेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दोस्रो ललित स्मृति कप सुरु:रुकुम पश्चिमको बिजयी सुरुवात

   पुष ११, २०८१       admin

लक्ष्मण बस्नेत,११पुस ।आजदेखि दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेस तुलसिपुर नगर सभापती तथा त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले गरेका हुन् ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर सभापति हमालले सभ्य समाज निर्माणमा खेलकुदको अहम भुमिका रहेको बताएका छन् । खेलकुद स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो भएको भन्दै यसले सभ्य समाज निर्माण र रुपान्तरणमा अहम भुमिका निर्वाह गरेकाले यसको गरिमा लाई सदैव उच्च राख्नु पर्ने उनले बताए । साथै अनुशासनको उच्च आदर्श लाई आत्मसात गर्दै आफ्नो खेल कौशल प्रदर्शन गर्न खेलाडी लाई आग्रह समेत गरे ।

नेपाल शिक्षक संघ तुलसिपुर नगर अध्यक्ष घनश्याम डागिको स्वागत रहेको कार्यक्रममा विशिष्ट अतिथी राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसि लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरका संचालक राजु यरिको अध्यक्षता तथा नेपाली काग्रेस तुलसिपुर नगर सभापती सुरेश हमालको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसि र दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष भरत कवरको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रमको संचालन दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो । यसैबिच आज भएको उद्घाटन खेलमा रुकुम पश्चिम ले बिजयी सुरुवात गरेको छ ।

गुरुजजुर नमुना माबी रक्षाचौर लाई २५ -१६ र २५-१९ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिम ले बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत भोलि शुक्रबारको पहिलो खेलमा अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसिपुर रुकुम भलिबल टिम भिड्नेछन् । खेल बिहान ७ बजे बाट सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा न्यु स्टार र जनश्रम माबी खाद्रे, तेस्रो खेलमा ग्रेट अरनिको माबी तुलसिपुर र नेपाल राष्ट्रिय युवा संघ तुलसिपुर ३ आमनेसामने हुनेछ्न् ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको बिजेता,उपबिजेता र तृतिय स्थान हात पार्ने टिम लाई क्रमशः नगद ५०,३० र १५ हजार पुस्कार संगै कप,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधाका खेलाडी लाई ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा दाङ,सल्यान,रोल्पा,रुकुम लगाएत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कचिली ‘ए’जित्यो अध्यक्ष कप फुटबलको उपाधी

   पुष ०, २०८१       admin

लक्ष्मण बस्नेत ,९ पुस। तुलसिपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधी कचिली फुटबल टिम ‘ए’ ले जितेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न १२ को आयोजनामा संचालित प्रतियोगिताको आज मंगलबार सम्पन्न फाईनल खेलमा कपडादेवी फुटबल टिम लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै कचिली ‘ए’ ले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद नगद ५५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो ।

फाईनलमा सम्माजनक हार ब्यहोरेको कपडादेवी उपबिजेतामा सिमित रहदै नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगिताको तृतिय स्थान हासिल गरेको टरिगाउ फुटबल टिमले नगद१५हजार,कप,मेडल,प्रमाणपत्रमा हात पार्‍यो ।

५ दिन सम्म संचालित प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी कचिली ए का मनराज बुढामगर,सर्वाधिक गोलकर्ता कचिली ए का सुवास बुढामगर र उत्कृष्ट गोल रक्षक कचिली ए कै नारायण बुढाथोकी भए । उत्कृष्ट तिनै जनालाई ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको पुरस्कार बितरण तथा समापन समारोह तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष खुसिराम चौधरिको अध्यक्षतामा तथा तुलसिपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरिको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अवसरमा उपप्रमुख चौधरी,जसपुर प्रहरी चौकिका ईन्चार्ज भरतनाथ योगि,समाजसेवी केदार आचार्य, प्रतियोगिताका संयोजक तथा वडा सदस्य शेषमणि भन्डारी,भलिबलका पुर्व खेलाडी टङक केसि,भरत आचार्य लगाएतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको संचालन वडा सचिव गणेश कुमार आचार्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यू-१९ महिला एसिया कपमा नेपाल विजयी

   पुष ०१, २०८१       admin

दाङ, १ पुस । यू-१९ महिला एसिया कपमा पहिलो जितसँगै नेपाल सुपर फोरमा

नेपालले मलेसियामा जारी यू-१९ महिला एसिया कपमा विजयी सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । योसँगै नेपाली महिला टोली पाकिस्तानी महिला टोलीलाई पराजित गर्दै इतिहास बनाएको छ ।

लगातार दोस्रो हार भोगेको पाकिस्तान समूह चरणमै रोकिएको छ । समूह बीको आफ्नो पहिलो खेलमा पाकिस्तान आइतबार भारतसँग ९ विकेटले पराजित भएको थियो ।

भारत पनि सुपर फोरमा पुगेको छ । मंगलबार हुने नेपाल र भारतबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

किन्नारा क्रिकेट ओभल मैदानमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा क्याप्टेन पूजा महतोले नटआउट ४७ रनको योगदान गरिन् । सिमाना केसी १२ रनमा नटआउट रहिन् । पाँचौ विकेटका लागि पूजा र सिमानाले नटआउट ३९ रनको साझेदारी गरेपछि नेपाल जित निकाल्न सफल भयो ।

साना प्रवीनले १०, सोनी पाख्रिनले १३ र सावित्री धामीले ८ रन बनाइन् । ज्योत्सनिका मरासिनीले भने खाता खोल्न पाइनन् ।फतिमा खान र युरातुलिनले समान एक विकेट लिए पनि नेपालको जित भने रोक्न सकेनन् ।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् । माहम एनिस २९ रनमा नटआउट रहिन् ।

नेपालका लागि क्याप्टेन पूजा महतोले २ तथा रचना चौधरी र रिया शर्माले समान एक विकेट लिए ।

पहिलो पटक आयोजना भएको प्रतियोगिताको समूह ुबीुमा नेपाल र पाकिस्तानसँगै भारत छन् । समूह ‘ए’ भने श्रीलंका, बंगलादेश र मलेसिया छन् । एसियाबाट यू(१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पोखराविरुद्ध सुदुरपश्चिमको ब्याटिङ

   मङि्सर ३०, २०८१       admin

काठमाडौँ ,३० मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङका लागि बोलाएका हुन् ।

सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक रूपमा प्लेअफमा स्थान पक्का भई क्वालिफायर्स १ को नजिक पुग्ने छ । टोली सोमबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा कर्णाली याक्सको सामना गर्दैछ ।

चार दिनअघि जनकपुर बोल्ट्सविरुद्ध विजय हात पारेको टोलीबाट सुदूरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन । अघिल्लो दिन काठमान्डु गुर्खाजसँग पराजित पोखराले ३ खेलाडी परिवर्तन गरेको छ ।

टोलीले आकर्षित गोमिल, आकाश चन्द र नारायण जोशीको स्थानमा जेन मलिक, किरण ठगुन्ना, सुदीप अर्याललाई खेलाएको छ । ट्यालेन्ट हन्टबाट आएका सुदीपको प्रतियोगितामा यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology