दाङ,७ साउन। लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले महासचिब संकर पोख्रेलको चाहानामा संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्ने भएका छन् ।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि एमाले महासचिब शंकर पोख्रेलको चाहानामा संसदिय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश अधिबेसनमा आफु निकटका उम्मेद्धारलाई सहयोग नगरेको भन्दै एमाले महासचिब पोख्रेल लिला गिरीसंग असन्तुष्ट रहँदै आएका थिए ।
एमाले उपाध्यक्ष विष्णु पौडेल निकट रहेका लिला गीरीलाई यसअघिको गठवन्धनमा पनि मुख्यमन्त्री बन्नबाट रोक्नकै लागि लुम्बिेनी प्रदेशसभाको सबैभन्दा ठुलो दल एमाले भागमा मुख्यमन्त्री नपारेर माओवादीलाई दिनुपर्ने वकालत महासचिब पोख्रेलले गरेका थिए।
लुम्बिनी प्रदेशमा एमाले महसचिव शंकर पोख्रेल र उपाध्यक्ष विष्णु पौडेल बिच शितयुद्धको राजनिती चलिरहेको छ । महासचिब पोख्रेलले पार्टि अध्यक्ष प्रधानमन्त्री केपि शर्मा वलीको आडमा विष्णु पौडेलमाथी दवाव बढाइरहेको बताइएको छ ।
भावि पार्टि अध्यक्षका रुपमा आफुलाई अघि बढाइरहेका महासचिब पोख्रेल २०७९ को आम निर्वाचनमा दाङ क्षेत्र नम्बर दुईबाट माओवादी केन्द्रकी उम्मेद्धार रेखा शर्मासंग पराजित भएका थिए । महासचिब पोख्रेलले परिवारवादको राजनिती गर्ने गरेको आरोप जिल्लामा पनि छ ।
नाम उल्लेख नगर्ने शर्तमा एमाले दाङका एक नेताका अनुसार महासचिब पोख्रेलले बहिनी मेनका पोख्रेललाई समानुपातिक कोटाबाट प्रतिनिधीसभा सदस्य बनाएको र चुनावी प्रतिष्प्रधा गर्नबाट रोकेर टिका लगाइ वहिनी ज्वाइँ शीवकुमार आचार्यलाई एमाले दाङको अध्यक्ष बनाएको बताए ।
एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले अहिले बुटवलमा काग्रेस एमालेको संयुक्त बैठक बसिरहेको र अबको केहीबेरमा एमाले संसदिय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए ।
संसदिय दलका नेता लिला गीरीलाई मुख्यमन्त्री नबनाएर उपनेतालाई मुख्यमन्त्री बनाउने यो निर्णयले एमाले दुई धुर्वमा बाँडिएको छ । यसको असर लुम्बिनी प्रदेशसभामा पनी पर्ने एमाले श्रोतले बताएको छ ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रिय सदस्य हुन् ।
आचार्य २०७४मा शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,७ साउन। भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन् ।
अख्तियारको टोलीले उनलाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ साउन। नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए ।
‘अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं,’ उनले भने ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ साउन। केन्द्रमा सत्ता सकिकरण फेरिए पछि लुम्बिनी प्रदेश सरकार नयाँ बन्ने चरणमा पुगेको छ ।
वर्तमान मुख्यमन्त्री जोगबहादुर महराले राजिनामा दिए पनि याहा एमाले काग्रेस नयाँ सरकार गठनको तयारीका जुटेका छन ।
प्रदेश सभाका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरका गठनको लागी गृहकार्यमा जुटेका हुन ।
प्रदेश सभाको आजको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिएपछी लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।
तीन महिना अघि नेकपा एमाले सहित राजनीतिक दलको समर्थनमा नेकपा माओवादी केन्द्रका दल नेता जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
अहिले साझेदार दलले समर्थन फिर्ता लिएपछी महराले पदबाट राजीनामा दिनुप¥यो । लुम्बिनी प्रदेशमा दुई ठूला दल एमाले र कांग्रेसले नयाँ सरकार बनाउनेछन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागी आह्वान गर्ने र बहुमत सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने तयारीमा दलहरु जुटेका छन् ।
सरकारमा सहभागी हुने र नयाँ मन्त्रिपरिषद् बनाउने बारेमा दलहरुको विचमा छलफल अघि बढेको छ । मुख्मयन्त्री सहित सरकारमा सहभागी हुने मन्त्रिहरुको सपथ एकै चरणमा गर्नेगरी तयारी थालेको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए ।
लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद सहित १२ मन्त्रालय छन् । अव बन्ने नयाँ सरकारले मन्त्रालयको संख्या घटाउने देखी प्रदेशको कामकाजलाई प्रभावकारी बनाउन जिम्मेवारी निर्वाह गर्ने तयारी गरेको देखिन्छ ।
राजनीतिमा देखिएको अस्थितरता अन्त्य गर्दै जनताको आर्थिक अवस्था सुधार गर्ने संकल्प सहित नयाँ सरकार बन्ने एमाले संसदीय दलका नेता लिला गिरीले बताए ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद भए पुग्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज छ ।
प्रदेश गठन भएदेखी सधैं सरकारमा सहभागी भएको दल नेकपा माओवादी केन्द्र भने पहिलो पटक प्रतिपक्ष दलको भूमिकामा पुगेको छ । सरकारले गर्ने कामको आधारमा सदनमा प्रमुख प्रतिपक्ष्को रुपमा भूमिका निर्वाह गर्ने प्रमुख सचेतक ईन्द्रजीत थारुले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ६ साउन। दाङको तुलसीपुरस्थित कमलपोखरी योग साधना केन्द्र रजौला दाङमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। योग साधना केन्द्रका अध्यक्ष बलदेव रजौरीको अध्यक्षतामा गुरु पूर्णिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा यो गुरु नीलप्रसाद सापकोटाले गुरु पूर्णिमाको महत्व र सान्दर्भिकताको बारेमा चर्चा गरेका थिए।
पछिल्लो समय गुरु र सिस्य बीचको सम्बन्ध कमजोर बन्दै गएको उनले बताएका थिए। गुरुपूर्णिमाले गुरुभक्ति अझ प्रगाट बनाउने र मनभित्रको अन्धकार हटाउँदै उज्यालो यात्रातर्फ लाग्न प्रेरित गर्ने उनले बताएका हुन्।
सो अवसरमा सालिक्राम रजौरे , झग्गु प्रसाद पोख्रेल र बामदेव बिष्ट लगायेतले आफ्नो धारणा व्यक्त गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ६ साउन । महामानव विपी कोइरालाको ४२ औ स्मृती दिवसको अवसरमा वृक्षारोपण गरिएको छ।
दिवसको अवसरमा नेपाली काङ्ग्रेस तुलसीपुर ५ को आयोजनामा विपीको सालिकमा माल्यार्पण गरिनुको साथै वृक्षारोपण गरिएको हो।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गेहेन्द्रगिरीको प्रमुख अतिथिता एवं नेपाली कांग्रेस दाङ जिल्ला पूर्व पार्टी सभापति घनश्याम रेग्मीको विशेष आतिथ्यतामा वृक्षारोपण तथा मल्यार्पण कार्यक्रम गरिएको थियो।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि बिमल रिजाल, टिका घर्ती , सुष्मा गिरी, नेत्र ओली, अरुण लहरे, घनश्याम भण्डारी गेहेन्द्र ओली ,तुलसीपुर नगर सभापति सुरेश हमाल, शान्तिनगर सभापति झलक केसि , नेविसङ्घ केन्द्रीय सदस्य रवि बुढाथोकी, यसैगरी नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र खड्का, किरण शाह, जितबहादुर केसी ,फल्कुदत्त भण्डारी बिजय केसि ,दुर्गा खड्का भिम बहादुर बुढाथोकी ,ललित घर्ती , बेनु अधिकारी लगायतको उपस्थिति रहेको थियो।
यसैगरी नेपाल तरुण दल जिल्लाको शाध्यक्ष नवीन योगी, तरुण दल जिल्ला सदस्य पूर्ण विक्रम बिसी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका पदाधिकारी पूर्णप्रसाद धिताल, डिलबहादुर ओली, पहलबहादुर रोकाय, ऋषिराज भण्डारी, तस्बिर अलि हाफिज सल्लाहकार टिकाराम रोका लगायतको सहभागिता रहेको थियो। यसैगरी वृक्षारोपण कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसी सहित पदाधिकारीहरूको सहभागिता रहेको थियो।
वृक्षारोपणमा सहभागी हुने सम्पूर्ण संघसंस्था राजनीतिक दलका प्रतिनिधिहरूलाई आयोजक समितिले धन्यवाद समेत दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ साउन। पाण्डवेश्वर महादेव मन्दिर धारापानीले यही श्रावण १ देखि ३२ गतेसम्म संचालन हुने शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती बढ्ने बढ्दै गईरहेको छ ।
सनातन हिन्दुु धर्मको प्रचारप्रसार तथा मन्दिर परिसर भित्र विभिन्न देवीदेवताका संरचना निर्माणको उद्देश्य राखेर संचालनमा ल्याएको महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती र दानदिव्य बढ्दै गइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीले बताए ।
महायज्ञको पाँचौदिन शनिवार मात्रै करिव साढे पाँचसय भक्तजनहरुको उपस्थिती रहेको थियो । शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा घोराही उपमहानगरपालिका –१५ निवासी अन्नतराज घिमिरे र मिनराज घिमिरे, घोराही उपमहानगरपालिका –१८ लङ्क बहादुर बुढा, घोराही –ं६ निवासी रेव बहादुर बुढाथोकी, गोमा बुढाथोकी, रणबहादुर बुुढाथोकी र जीवा बुढाथोकी , विष्णुु पौडेल रहेका छन् ।
यस्तै घोराही–१८ निवासी स्वस्तिक पोख्रेल, सोही ठाउँ निवासी कुवेर पाण्डे, घोराही–१५ निवासी दामोदर खनाल र घोराही ६ निवासी ऋषिराज जंगली महाआरती संकल्प गरेको महाआरती मुल आयोजक समितिले जनाएको छ ।
त्यस्तै महायज्ञ तथा महाआरतीमा संचालनका लागि सहयोगदाताहरुको सहयोग पनि दिनानुदिन बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
महायज्ञका लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सरसामानहरुको दानदिव्य पनि मन्दिरमा बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक अधिकारीले जानकारी दिए ।
बासुदेव शर्मा,सुरज मल्ल, पुस्कर बेलबासे, भिष्मा भुुषाल र बसन्ता केसी , अकबर अली , कुदबुदिन ,सकिल कवारी राई र सावित्री गुुप्ता, नारायण प्रसाद शर्मा (कार्की),मामा भान्जा किराना पसल, तारा डाँगी, बुद्रुुबिन राइ र मानबहादुर घर्तीले सहयोग गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ साउन । तुलसीपुर उपमहानगरपालिका द्वारा संचालित मेट्रो कलेजका विद्यार्थीले ´मेट्रो मर्मत केन्द्रसंचालनमा ल्याएका छन् ।
कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले मर्मत केन्द्र संचालनमा ल्याएका हुन् । मर्मत केन्द्रको उद्घाटन तुलसीपुरका नगर प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष टीकाराम खड्काले गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले वर्कसपले विद्यार्थीको पढाइ सँगै सीप र आयआर्जनको वृद्वि गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
कलेजको ´पढ्दै र कमाउँदैअभियान अन्तर्गत विद्युतीय सामग्री ममर्त केन्द्रको सुरूवात गरिएको प्राचार्य बसन्त आचार्यले जानकारी दिए ।
ममर्त केन्द्रमा एसी,फ्रिज,पंखा,वासिङ मेसिन,मोटर लगाएतका विद्युतीय सामग्री ममर्त गरिने विद्यार्थी
तारा कँवरले जानकारी दिए । आफ्नो पढाई खर्च आफैँ कमाउने उदेश्यका साथ वर्कसप संचालन गरिएको उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
६ साउन, हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।
आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो ।
प्रदेश सभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६साउन। श्रीलङ्कामा जारी नवौँ संस्करणको महिला एसिया कपमा नेपालले आइतबार आफ्नो दोस्रो खेल खेल्दैछ।
दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समयअनुसार साँझ सवा ७ मा सुरु हुनेछ। नेपालले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी२० आई मान्यताप्राप्त खेल भने पहिलोपटक खेल्न लागेको हो।
सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो। तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी२० मान्यताको मात्र भएको थियो।
२०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तर्राष्ट्रिय मान्यताका हुँदै आएका छन्।
२०२४ को नवौँ संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो। यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालीन क्रिकेट पनि हुनेछ।
नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ। आजै हुने अर्को खेलमा यूएईको महिला टोली र भारतीय महिला टोली भिड्ने छन्। समूह एमा रहेका यी चार टोलीमा भारत एक खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस