काठमाडौँ,२१ असार ।नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ ।
क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो ।
ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।
क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।
त्यस्तै ग्रेड (बी) मा भने कुशल मल्ल, गुल्सन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।
ग्रेड (सी) मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।
ग्रेड (डी)मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सुर्य तामाङले मासिक ३५ हजार पाउने क्यानले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमण्डौं,२१ असार । गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओलाई गृह मन्त्रालयले भनेको छ ।
गृह सचिव एकनारायण अर्यालले भर्चुअलु माध्यमबाट कमाण्ड पोष्टुका संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका पदाधिकारीसँग विपदजन्य घटना व्यवस्थापनबारे भएको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।
उनले देशभर हुनसक्ने विपदजन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्था परिचालनका निम्ति समन्वय गर्न एवम् सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।
मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्वार र राहतका लागि हेलिकप्टरदेखि अरू प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई गृहले अनुरोध गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान, २१ असार । जबरजस्ती करणीका आरोपितलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ। सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोप बहादुर ओलीलाई भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार यही असार १९ गते ४३ वर्षीया एक महिलालाई पीडितकै घरमा गएर बलात्कार गरेको भनी जाहेरी परेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसी रहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनको घर खानतलासी गर्ने क्रममा घरको बैकलमा भरेर ठिक्क पारेको एक नाले भरुवा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।
आरोपित वलीलाई जबरजस्ती करण तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा सल्यान जिल्ला अदालत सल्यानबाट ४ दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
तर, क्यानको यो निर्णयप्रति केन्द्रीय समितिका केही सदस्यहरूले मनोनीत सदस्यलाई प्रवक्ता बनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २१ असार । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद सुल्झिने भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको जग्गा विवादबारे छानबिन गर्न समिति गठन गरेसँगै २३ वर्ष पुराना जग्गा विवाद सुल्झाउने बाटो खुलेको हो ।
दाङमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउन भन्दै पूर्व न्यायाधिश शेखर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको विश्वविद्यालय सभाका सदस्य एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार समितिको सदस्यका भूमि व्यवस्था कार्यालयका पूर्व डीजी रोहितकुमार भट्टराई, जनता विद्यापीठका पूर्व प्राचार्य प्राध्यापक ईश्वर पोख्रेल र
कपिल डंगाेेल रहेका छन् ।
सदस्य सचिवमा जिल्ला शिक्षा समन्वय ईकाइ दाङका प्रमुख देवमणि चौधरी रहेका छन् ।
बिहीबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न समिति गठन सरकारका गरेको प्रवक्ता शर्माले जानकारी दिइन्
विश्वविद्यालयको नाममा जिल्लाको तुलसीपुर उपमहानगरपालिका र देउखुरीका लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयको एक हजार चार सय बिघा जग्गा रहेको छ ।
वि.सं. २०५८ सालदेखि विश्वविद्यालयले देउखुरीस्थित जग्गाबाट कुनै आयस्रोत लिन सकिरहेको छैन भने जोतभोग गरिरहेका किसानहरू पनि मोही दर्ताबाट वञ्चित रहेका छन् ।
विश्वविद्यालयले पछिल्लो समय जग्गा विवाद सुल्झिाउन सरकारसँग आग्रह गर्दै आइरहेको थियो ।
विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएर आएसँगै प्रा.डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयको जग्गा विवाद टुंगोमा पु¥याउने प्रतिबद्धता जनाए ।
विश्वविद्यालयले पटक–पटक सरोकारवालासँग जग्गा विवाद टुंग्याउने विषयमा छलफल गरेको थियो ।
जिल्लाका गत फागुन १४ गते विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको नेतृत्वमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य सम्मिलित प्रतिनिधि टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जग्गा विवाद समाधानका लागि शक्तिशाली आयोग गठन गरिदिन आग्रह गरेको थियो ।
प्रतिनिधि टोली समक्ष प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेक थिए।
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरेर वा आफूले कुलपतिका तर्फबाट निर्णय गरेर समस्या समाधान गर्ने आश्वासन दिएका थिए।
ऐतिहासिक कार्यको थालनी–उपकुलपति
यसैबिच विश्वविद्यालयले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयको स्वागत गरेको छ ।
उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले सरकारको निर्णयले आशा जगाएको प्रतिक्रिया दिए।
विश्वविद्यालयले २०५८ सालदेखि देउखुरीको जग्गाको आयस्रोत नपाउँदा विश्वविद्यालय सञ्चालनमा समस्या उत्पन्न भइरहेको भन्दै प्रा.डा. लामिछानेले २३ वर्षदेखिको जग्गा विवाद टुंगोमा पुग्नेमा विश्वस्त भएको बताए ।
‘नेपाल सरकार मन्त्रीपरिषद्को हिजो बसेको बैठकले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद समाधानका लागि समिति गठन गरेको छ । यो निर्णयको स्वागत गर्दछौं । उपकुलपतिको जिम्मेवारी सम्हालेकै दिनदेखिको सपना पुरा भएको छ । ‘
“यस कार्यका लागि विश्वविद्यालयका कुलपति एवं सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमद दाहाल प्रचण्डज्यूसहित सिंगो मन्त्रीपरिषद्प्रति कृतज्ञता ज्ञापन गर्दछु’, उपकुलपति प्रा.डा. लामिछानेले भने-, ‘जग्गा विवाद समिति गठनका लागि वातावरण बनाउन लागिपर्ने जिल्लाका राजनीतिक दल, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य, प्रदेश सभा सदस्य, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकारलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गर्दछु ।”
सरकारको निर्णय स्वागत योग्य–नागरिक समाज
नागरिक समाज दाङले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद समाधानका लागि सरकारले गठन गरेको समितिलाई सघाउने जनाएको छ ।
जग्गा विवाद सुल्झाउन नागरिक समाजले पटक–पटक पहल गर्दै आएको स्मरण गर्दै समाजका सचिव नारायण श्रेष्ठले सरकारले समिति गठन गरेर विश्वविद्यालय र किसान दुवैको हितमा काम गरेको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ,२१ असार । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ ।
मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ ।
यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।
चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय १२ रुपैयाँ र मध्यम धान दुई सय १७ रुपैयाँले बढी हो ।
सरकारले हरेक वर्ष धानको समर्थन मूल्य वृद्धि गर्दै लगेको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६३ रुपैयाँ थियो ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ असार । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ। वर्षायाम सुरु भएसंगै दैनिक रुपमा पानी पर्न थालेपछि डेंगीको संक्रमण दरपनी बढ्दै गएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ ।
उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको सङक्रमण देखिएको जानकारी दिए ।
मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगी रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।
सबभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगी देखिएको छ।
झापामा एक सय २० र चितवनमा ८३ जनामा डेंगी संक्रमण देखिएको छ।
उनले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ ।
त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ । रोग शाखाका प्रमुख डा दाहालले डेंगी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
बांके,२० असार । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले बर्दिया जिल्लाका वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ ।
मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयसँगको समन्वयमा बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूह मध्येबाट वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७सय ५६ जना स्थानीय नागरिकको क्षति बिमा गरिदिएको हो ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७सय ५६ स्थानीय नागरिकहरूको क्षति बिमाका लागि मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयसँग सम्झौता गरेको बताए ।
उनले आगामी आर्थिक वर्ष ०८१–८२ बाट यो बिमा लागु हुने जानकारी दिए।
उनका अनुसार वन्यजन्तुको आक्रमणमा परी हुनसक्ने सबै किसिमको क्षति बिमा गरिएको हो ।
त्यसैगरी कुनै नागरिकको मृत्यु भइहालेमा मन्त्रालयको तर्फबाट आठ लाख रुपियाँ र इन्स्योरेन्स कम्पनीको तर्फबाट दुई लाख रुपियाँ गरी दश लाख रुपियाँ मृतकको परिवारलाई उपलब्ध गराइनेसमेत भएको छ।
क्षति बिमाले वन्यजन्तुबाट घाइते नागरिकको उपचार खर्चमा राहत मात्र नभएर मानव वन्यजन्तुबिच समयसमयमा हुने द्वन्द्वलाई समेत न्यूनीकरण गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले र राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयका प्रमुख नवीन शर्मा पौडेलबिच आगामी आर्थिक वर्षबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको खड्काले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
मुगु,२० असार ।छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा डुबेर मृत भेटिएको भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।
उनका अनुसार गाउँले साथीसंग तालमा पौडी खेल्ने क्रममा डुबेर रावलको डुबेर मृत्यु भएको हो ।
निकुञ्ज संरक्षण अधिकृत घिमिरेका अनुसार तालमा एक जना युवक बेपत्ता भएको भन्ने खबर आएपछि निकुञ्जबाट कर्मचारी र रारा हुटु हनुमानध्वज गुल्मका नेपाली सेनाका जवान गएर तालको छेउछाउ हेर्दा रावल डुबेर मृत अवस्था फेला परेका हुन् ।
तालबाट शव निकाल्न जिल्ला प्रहरी कार्यालयलाई खबर गरिसकेको उनले बताए ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २० असार । राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।
बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।
संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको हो।

२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस