घोराही, १८ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर च्याम्पियन बनेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा मंगलवार भएको फाइनल खेलमा बडहरा फुटबल क्लव घोराहीलाई ४–२ गोल अन्तरले पराजित गर्दै जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको हो ।
फाइनल खेलमा बडहराले गोल गरेर अग्रता लिएपनि सम्मालिन नसक्दा पराजित हुन पुगेको हो । ंपहिलो हाफमा न्यु स्टारले गोल फर्काउदै १–१ गोलको बराबरी खेलेपनि दोश्रो हाफमा न्यु स्टारले तीन गोल थप्दै बिजयी बनेको हो ।
दोश्रो हाफमा सुरुदेखि नै दबाफमा परेको बडहराले अन्तिम समयमा १ गोल फर्काए पनि खेलमा ४–२ गोल अन्तरले पराजित हुन पुगेको थियो ।
पानीको झरीसँगै बेलझुण्डी रंगशालामा भएको खेलमा न्यु स्टारको जितमा खेलाडीहरु दिपेश पुन, रामु दहित, नविन मगर र भिमसेन थापाले समान १÷१ गोल गरेका थिए ।
त्यसैगरी बडहराकातर्फबाट खेलाडीहरु प्रदिप सुनार र रेवन बुढामगरले गरेका थिए ।
लिगको च्याम्पियन न्यु स्टार फुटबल एकेडेमी बन्दै नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपबिजेता बडहरा फुटबल क्लवले नगद २५ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा न्यु स्टारका खेलाडीहरु दिपेश पुन बेष्ट मिडफिल्डर,विकेश चौधरी बेष्ट डिफेन्डर, समर्पन थापा वेष्ट गोलपिकर र बडहरा फुटबल क्लवका बेष्ट प्लेयर प्रदिप सुनार घोषित भएका थिए ।
दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको असारको ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागीता रहेको थियो ।
दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजय धितालको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतमको प्रमुख आतिथ्यतामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ १८ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसको मुख्य कार्यालय सानेपामा पुगेका छन्।
कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् ।
मुख्यालयमा पुगेसँगै नेपाली काङ्ग्रेसले एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत गरेको छ।
कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेको अर्को दिन ओली सानेपा पुगेका थिए ।
ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले स्वागत गरेका थिए ।
कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
सिरहा,१८ असार । पोखरीमा डुबेर सिराहामा दुई बालकको मृत्यु भएको छ।
नरहा गाउँपालिका- ३ खोरियाका दुई बालकको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय शुशील मण्डलका ७ वर्षीय राहुल मण्डल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डल छन् । उनीहरू सोमबार दिउँसो १२ बजेबाट हराइरहेका थिए ।
त्यसपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।
खोजी गर्ने क्रममा उनीहरू मंगलबार बिहान साढे ८ बजे बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा मृत भेटिएका हुन् ।
घटना मुचुल्का गरी शव पोष्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।
स्थानीयका अनुसार यो पोखरी ठेकेदारहरूले ग्राभेल खनेर अलपत्र छाडिदिएका थिए ।
सो क्षेत्रमा जथाभावी ग्राभेल उत्खननका कारण जताततै बनेको पोखरीमा डुबेर बर्सेनि बालबालिकाको ज्यान जाने गरेको छ ।
वर्षायाम सुरु भएसँगै खाल्डा र पोखरीहरूमा पानीको सतह बढेको र यसले मानवीय दुर्घटना निम्त्याउने जोखिम रहेको भन्दै प्रहरीले बालबालिकामाथि विशेष निगरानी राख्न आग्रह गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ असार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ ।
मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ ।
वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ ।
वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुचि अनुसार पेशाबारे सूचना र सहायता लिन सक्ने शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयको दाबी छ ।
विद्यार्थीले पाउने छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिनुका साथै सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक हुने भएको छ ।
जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई वेबसाइट मार्फत सहजीकरण गर्ने मन्त्रालयको भनाइ छ ।
शिक्षा मन्त्री श्रेष्ठ भन्छिन् ‘यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ ।’
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ असार । आज (मंगलबार) देशका ४३ जिल्ला र त्यस आसपास बाढीको जोखिम देखिएको छ ।
जोखिम देखिएको र प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाएको छ ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार इलाम, झापा, मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो।
यस्तै सप्तरी, सिराहा, धनुषा, महोत्तरी, उदयपुर, सिन्धुली, मकवानपुर, धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, लमजुङ, स्याङजा, कास्की, पर्वत, गोरखा, म्याग्दी, पाल्पा, चितवन, अर्घाखाँची, प्युठान, सल्यान, सुर्खेत, मुगु, दार्चुला, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने तथा केही ससाना नदीमा पनि आकस्मिक बाढीको जोखिम देखिएकाले महाशाखाले जनाएको छ।
महाशाखाले आज कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने अवस्थामा रहेको जानकारी पनि दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् ।
कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धन बनाउने सहमति भएपछि राजनीतिक रुपमा अल्पमतमा परेका दाहाल पार्टीको पदाधिकारी बैठक सकेर बालुवाटारबाट शीतल निवास पुगेका हुन् ।
माओवादी पदाधिकारी बैठकले दुई दलबीच नयाँ सहमति भएपनि प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्मा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।
तर कांग्रेस र एमालेले भने राजनीतिक रुपमा अल्पमतमा परेकाले राजीनामा दिइ मार्ग प्रशस्त गर्न भनेका छन् ।
दाहालले प्रधानमन्त्री पद नछोड्ने बरु सबै दलसँग संवाद अघि बढाउने रणनीति तय गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ, १७ असार । सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दी घर भई ललितपुर बस्ने क्षेत्रबहादुर शाही, धादिङ घर भई काठमाण्डौ बस्ने दीपक थापा, दाङ घर भई काठमाण्डौ बस्ने वसन्त चौधरी र काठमाण्डौका रविन महर्जन जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
यस्तै भारतको उडिसाका कलाकार दाससमेतलाई पक्राउ गरिएको छ ।
भारतीय नागरिक दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा बिक्री गरेका तर नक्कली भएको पाएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । प्रहरीले मूर्ति र १४ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।।
२२ सय व्यक्ति फरार सूचिमा
असार १७, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको रोल्पाको
पश्चिम तालाबाङ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटना हुँदा १ बच्चा सहित ६ यात्रुको मृत्यु भएको छ ।
सोमबार दिउँसो ४ बजे माडी गाउँपालिका-३ परेवा छहरा नजिकै सडकबाट करिव ४ सय मिटर तल जिप खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको हो । दुर्घटना स्थलमै ५ जनाको ज्यान गएको हो
। उपचारका लागि उद्दार गरि घर्तिगाउँ समृती हस्पितल ल्याईएका १ जना घाईतेको समेत ज्यान गएको छ ।
घाईते ५ जनालाई रेउघा अस्पताल पठाईएको माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको सनाखत भैसकेको छैन । दुर्घटनामा परेकाको स्थानीयले उद्दार गरिरहेका छन । दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी घटनास्थल पुगेर उद्दार गरिरहेको जनाईएको छ ।
दुर्घटनाका के कारणले भएको भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकाम लिबाङबाट करिव ३५ किलोमीटर पश्चिम पर्दछ ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान,१७ असार । सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् ।
जिल्लाको त्रिवेणी ६, लुहाममा रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक चन्द्रबहादुर डाँगीले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण विकलाई कुटपिट गरी घाइते बनाएका हुन् ।
आइतबार दिउँसो कक्षामा साथीहरूसँग खेलिरहेका बेला शिक्षक डाँगीले फलामको स्केल प्रयोग गरी रगताम्य हुने गरी कुटपिट गर्दा घाइते भएको आमा तुलसी विकले जानकारी दिए।
कुटपिटबाट टाउकोमा गहिरो चोट लागी रगत धेरै बगेको उनको भनाइ छ । यस विषयमा तुलसीले इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको पनि बताए। दलित भएकै कारण आफ्नो छोरालाई कुटपिट गरेको आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यलय लुहामका इन्चार्ज रेशम पौडेलले यस विषयमा उजुरी परेकाले छानबिनको प्रक्रिया अगाडि बढाइने जानकारी दिए। घाइते अरुणको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने बताएको छ ।
सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो । परियोजनाबारे आफूहरु नकारात्मक नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
तर नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदान मात्र लिनुपर्ने आफूहरुको धारणा रहेको भन्दै उनले भने, अनुदानलाई नेपाली कांग्रेस सहर्ष स्वीकार गर्दछ, तर ऋण लिन सक्षम छैनौं ।’
चीन सरकारलाई पनि अनुदानका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।
आफूहरुको धारणा रहेको भन्दै उनले भने, अनुदानलाई नेपाली कांग्रेस सहर्ष स्वीकार गर्दछ, तर ऋण लिन सक्षम छैनौं ।’
चीन सरकारलाई पनि अनुदानका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस