दाङका दुई उम्मेदवारसहित बन्दसूचीबाट ७६ जनाको नाम हटाइयो

   माघ २१, २०८२       admin

दाङ, २० माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट दाङका दुई उम्मेदवारसहित ७६ जना उम्मेदवारको नाम हटाएको छ।

निर्वाचन आयोगले घोराही उपमहानगरपालिका–१५ की जनता समाजवादी पार्टी (जसपा) की उम्मेदवार कमला खत्री र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गढवा गाउँपालिका–७ की उर्मिला चौधरीको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट हटाएको हो ।

आयोगले खत्रीको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको कारण हटाइएको हो भने चौधरीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लिखित अनुरोधअनुसार हटाइएको जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूचीसम्बन्धी परेका उजुरी, उम्मेदवारको योग्यता, प्रचलित कानुनी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय तथा राजनीतिक दलहरूले बुझाएको विवरण मापदण्डअनुसार नपुगेको पाइएपछि नाम हटाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार हटाइएका ७६ उम्मेदवारमध्ये २५ जना प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेत नाम समावेश भएकाले अयोग्य ठहरिएका छन्।

त्यसैगरी, कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना तथा सम्बन्धित राजनीतिक दलले नै लिखित रूपमा नाम हटाउन अनुरोध गरेका १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको छ।

उम्मेदवारमध्ये २५ वर्ष उमेर पूरा नगरेका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना तथा पिछडिएको क्षेत्रको मतदाता नामावलीमा नाम नसमेटिएका २ जना रहेका छन्।

यस्तै, महिला उम्मेदवार पेश गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवारको नाम समावेश गरिएको १ जना र एकभन्दा बढी कारणले अयोग्य ठहरिएका २ जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिल्ला समन्वय समितिको अधिकार बढाइने छ: मुख्यमन्त्री आचार्य

   माघ २१, २०८२       admin

दाङ,२० माघ । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रमको प्रभावकारी अनुगमन सुनिश्चित गर्न जिल्ला समन्वय समितिको भूमिका सशक्त बनाइने भएको छ। यसका लागि ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५’ संशोधन गरिने मुख्यमन्त्री चेतनारायण आचार्यले स्पष्ट पारेका छन्।

प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत चौथो बैठकमा ऐन संशोधनसम्बन्धी विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार, स्थानीय तह र जिल्ला समन्वय समितिबीचको अनुगमन संयन्त्र प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक परेको बताएका हुन्। उक्त विधेयकमाथि भएको छलफलमा प्रदेश सभा सदस्य रत्न खत्रीले भाग लिएका थिए।

यसैबीच, प्रदेश सभाको बैठकले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ। लुम्बिनी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको छ।

त्यसैगरी, दलितको अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सामाजिक विकास समितिमा र प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक कृषि, वन तथा वातावरण समितिमा पठाइएको छ।

बैठकमा मुख्यमन्त्री आचार्य तथा कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले सम्बन्धित विधेयकहरू समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले ती प्रस्तावहरू निर्णायार्थ प्रस्तुत गरेपछि बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।

बैठकमा प्रदेश सभा सदस्यहरू सुधाकर पाण्डे, भगवती अधिकारी, वसीउद्दीन खाँ, रामजीप्रसाद घिमिरे र यमुना रोका तामाङले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कर्मचारीको राजीनामा र सरुवामा रोक

   माघ २१, २०८२       admin

काठमाडौं,२० माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले संगठनभित्र जनशक्ति व्यवस्थापन कडाइ गरेको छ।

निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले कर्मचारीको राजीनामा, रवाना र बिदा अस्थायी रूपमा रोक्ने निर्णय गरेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना ०८२ अनुसार निर्वाचन अवधिमा अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले यस्तो व्यवस्था लागू गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार माघ १९ गतेदेखि लागू भएको निर्णयअनुसार निर्वाचन प्रक्रिया सकिन्जेल कर्मचारीको राजीनामा स्वीकृत नहुने, अन्य कार्यालयमा सरुवा वा रवाना नगर्ने तथा अत्यावश्यक बाहेक बिदा स्वीकृत नगर्ने निर्देशन दिइएको छ।

निर्वाचनको समयमा सुरक्षा व्यवस्थापन अत्यन्त संवेदनशील हुने भएकाले जनशक्ति अभाव हुन नदिन यो कदम चालिएको सशस्त्र प्रहरीले जनाएको छ। निर्वाचनका बेला मतदान केन्द्र, मतपेटिका सुरक्षा, संवेदनशील क्षेत्र निगरानी तथा सीमा क्षेत्रमा सुरक्षालाई मजबुत बनाउन ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिने योजना छ।

सुरक्षा निकायका अधिकारीहरूका अनुसार निर्वाचन अवधिमा सानो कमजोरीले पनि समग्र निर्वाचन प्रक्रियामा असर पार्न सक्ने भएकाले सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ अघि बढाइएको छ। सशस्त्र प्रहरीले आन्तरिक व्यवस्थापन कडाइ गर्दै निर्वाचन सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१३७ गोही राप्तीमा छाडियो

   माघ २१, २०८२       admin

काठमाडौं ,२० माघ । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई यस आर्थिक वर्षमा प्राकृतिक बासस्थानमा छाडिएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सोमबार २० गोही राप्ती नदीमा छाडिएसँगै चालु आर्थिक वर्षमा हालसम्म कुल १३७ गोही नदीमा छाडिएका हुन्। यस पटक छोडिएका सबै गोही पोथी रहेको उनले जानकारी दिए।

उनका अनुसार प्रजनन केन्द्र स्थापना भएयता हालसम्म २ हजार २०७ गोही हुर्काएर प्राकृतिक बासस्थानमा छाडिएको छ।

नदी किनारबाट सङ्कलन गरिएका गोहीका अन्डा तथा केन्द्रमै जन्मिएका बच्चाहरू हुर्काएर निश्चित समयपछि नदीमा छाड्ने गरिएको निकुञ्जले जनाएको छ। हाल प्रजनन केन्द्रमा ६३० गोही रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभाबाट तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

   माघ २०, २०८२       admin

काठमाडौं,१९ माघ । राष्ट्रिय सभा बैठकले सोमबार विभिन्न तीन अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

सिंहदरबारमा बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश पारित गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले ती अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभामा पेस गरिन।


त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते शुक्रबार बस्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

   माघ २०, २०८२       admin

काठमाडौं ,१९ माघ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतंकित नहुन आग्रह गरेको छ । नेपालमा हालसम्म निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन आग्रह हो ।

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैलाई आतंकित नहुन तथा आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न पनि अनुरोध गर्दछ । मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूसँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन गरिरहेकाले सबैलाई अफवाहमा नपर्न र मन्त्रालयद्वारा जारी आधिकारिक सूचना मात्र विश्वास गर्न पनि मन्त्रालय यस विज्ञप्तिमार्फत अनुरोध गर्दछ ।”- सोमबार (माघ १९) मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

छिमेकी मुलुकमा देखिएको निपाह भाइरसका केही घटनालाई मध्यनजर गर्दै मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराइएको पनि विज्ञप्तिमा उल्लेख छ । 

कुनै शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आयोगको कल सेन्टरमा १ हजारबढी जिज्ञासा

   माघ २०, २०८२       admin

दाङ,१९ माघ । निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म चुनावसम्बन्धी १ हजार ६ सय ७७ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा अधिकांश मतदाता नामावलीसम्बन्धी रहेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त जिज्ञासामध्ये ९०६ वटा मतदाता नामावली, १३५ वटा निर्वाचन आचारसंहिता, ६१ वटा मतदाता शिक्षा र ५७५ वटा अन्य विषयसँग सम्बन्धित छन्।

प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी फैलाइने मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्तिको निगरानी बढाइएको जानकारी दिए।

यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई नियामक निकायसँग समन्वय गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको उनले बताए ।

आयोगका अनुसार हानिकारक सूचना उत्पादन वा सम्प्रेषण गर्ने १२० विषयवस्तु उत्पादक वा सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ।

त्यस्तै, ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।

यसैबीच, निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ सामग्री स्वीकृत गरी आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत सार्वजनिक गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रवि लामिछानेको दोहोरो राहदानी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पेशी

   माघ २०, २०८२       admin

काठमाडौं,१९ माघ । रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ।

अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेपछि त्यसलाई कानूनविपरीत ठहर गर्दै रिट दायर गरिएको थियो।

न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिए पनि १२औँ नम्बरमा परेकाले आज सुनुवाइ हुने सम्भावना कम रहेको छ। यसअघि सर्वोच्च अदालतले यस मुद्दामा तीन पटक फाइल मगाउने आदेश दिएको थियो।

अदालतले महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध राहदानी मुद्दा नचलाउने निर्णयको कारण माग गरेको थियो। उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइका लागि पेशी तोकिएको हो।

लामिछानेले अदालतको फैसलापछि नेपाली नागरिकता पुनः प्राप्त गरे पनि दोहोरो राहदानीसम्बन्धी मुद्दा भने बाँकी थियो। सो मुद्दा नचल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्युठानमा भाइसंग मिलेर श्रीमतीको हत्या

   माघ २०, २०८२       admin

प्यूठान ,१९ माघ । प्यूठानमा एक युवकले आफ्नै भाइसँग मिलेर योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। गौमुखी गाउँपालिका–६ लिबाङका १९ वर्षीय अनिल घर्तीले १९ वर्षीया श्रीमती शर्मिला घर्तीलाई भीरबाट धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार अनिलले १७ वर्षीय भाइको सहयोगमा हत्या योजना बनाएका थिए। प्रेम सम्बन्धपछि कानुनविपरीत दुई वर्षअघि बालविवाह गरेका अनिल पछिल्लो समय श्रीमतीमाथि शंका गर्न थालेका थिए।

प्रहरीका अनुसार उनले शर्मिलामाथि परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउँदै बारम्बार विवाद गर्दै आएका थिए। यही विषयमा भाइसँग छलफल गरेपछि दुवैले मिलेर हत्या गर्ने योजना बनाएका थिए।

माघ १६ गते राति साढे ८ बजेतिर अनिलले शर्मिलालाई ‘इभनिङ वाक’ जाने बहानामा घरबाट बाहिर लगेका थिए। घर नजिकैको चौरसँगै रहेको भीरमा पुगेपछि उनले शर्मिलामाथि दुर्व्यवहार गर्दै स्टिलको रेलिङमा टाउको ठोक्काइ घाइते बनाएका थिए। कराउन खोजेपछि उनलाई भीरबाट तल धकेलिएको प्रहरीले जनाएको छ।
शर्मिला पहिलो पटक करिब २५–३० मिटर तल अड्किएकी थिइन्।

त्यसपछि अनिल र उनका भाइ भीरमुनि झरेर अचेत अवस्थामा रहेकी शर्मिलालाई पुनः तलतिर धकेलेका थिए। दोस्रो पटक धकेलिँदा उनी झन्डै १५० मिटर तल खसेकी थिइन्।


घटनास्थलको अवस्था शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। “शव पुगेको स्थान सामान्य दुर्घटनाबाट सम्भव नदेखिएपछि शंका उत्पन्न भयो,” प्रहरी निरीक्षक भट्टराईले बताए।

सोधपुछका क्रममा अनिलले दाजुभाइ मिलेर हत्या गरेको योजना र घटनाको विवरण स्वीकार गरेको प्रहरीले जनाएको छ। परपुरुषसँग सम्बन्धको शंकाकै कारण हत्या गरिएको उनीहरूले बताएका छन्।

हाल अनिल र उनका भाइ प्रहरी हिरासतमा छन्। जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ

   माघ २०, २०८२       admin

काठमाडौँ ,१९ माघ। आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ।

निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको आयोगले जनाएको छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ।

त्यसैगरी, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ।

आयोगका अनुसार ती सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण गरिएको छ। यस्ता सामग्रीले निर्वाचनको स्वच्छता अभिवृद्धि गर्नुका साथै नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना उपलब्ध गराई मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख एवं प्रतिनिधिलाई ब्रिफिङ गरेको छ।

कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको वातावरण, आयोगले गरेका तयारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणलगायत विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology